अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
 

काठमाडौँ, कात्तिक २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याएर विकासप्रक्रिया अगाडि बढाउनु चुनौतीपूर्ण भए पनि सफल हुने बताउनुभएको छ ।विगत कालमा पनि ठूलो षड्यन्त्रको कठिन र चुनौतीपूर्ण अवस्था पार गरेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अहिलेका बाधा अडचनलाई पनि नेपाली जनताको एकताले परास्त गरिने दाबी गर्नुभयो ।

शनिबार बिहान कालीमाटीस्थित चित्तधरचोकमा नेपाल भाषाका कविकेशरी चित्तधर 'हृदय'को प्रतिमा अनावरण कार्यक्रममा उहाँले यथास्थितिवादी परम्पराले सोच्ने व्यक्तिहरूले शान्तिप्रक्रियालाई अवरोध खडा गरिरहेको आरोप पनि लगाउनुभयो ।

उहाँले इतिहास, संस्कृति, भाषा, परम्पराका ज्ञाताहरूलाई कार्यदलमा सङ्गठित गराएर युगान्तकारी परिवर्तन गर्ने प्रक्रियामा सरकार र जनताको एकताले इतिहासलाई पछि धकेल्न खोज्ने गलत प्रवृत्ति परास्त हुने दाबी गर्नुभयो ।

जसरी नेवार समुदायले आˆनो भाषा र संस्कृतिको आन्दोलनको बेला एकता देखाएको थियो, सङ्घीय राज्य बनाउने बेलामा पनि त्यो एकता अपरिहार्य रहेको कुरामा उहाँले जोड दिनुभयो ।

"दुई वर्षमा नयाँ संविधान बनाएर शान्तिको आधारभूमि नयाँ र सुदृढ नेपाल बनाउनेछांँै", प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "भावी सन्ततीलाई दिगो शान्ति र सङ्घीय गणराज्य उपहारका रूपमा दिने होे ।"

नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाको माल्यार्पण कार्यक्रमको स्मरण गर्नुहँुदै उहाँले विगतमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता नदिनुको पछाडि नेवारहरूको मात्र भन्ने गलत प्रवृत्ति भएकोमा नेपाल संवत् सबै नेपालीको भएको स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयोे, "वि.सं. २००६ मा नेवारहरूले स्थापित गरेको नेपाल कम्युनिस्ट पार्टी नेवारहरूको मात्र भन्दा हास्यास्पद र लाजमर्दाे हुन्छ ।"

आजीवन नेपाल भाषा र साहित्यका लागि योगदान गर्नुभएका कविकेशरी चित्तधर 'हृदय'को चर्चा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "नेपाल भाषाका कविकेशरी चित्तधर हृदय सम्पूर्ण नेपालीका गौरवको महापुरुष हो ।"

कविकेशरी चित्तधर 'हृदय' सालिक निर्माण समितिको सल्लाहकार सर्वाेत्तम डङ्गोलले सङ्घीय नेपालमा स्वायत्त नेपाल मण्डल निर्माण गर्ने सिलसिलामा नेवाः स्वायत्तता झल्कने नेपाल भाषा र साहित्यका कविकेशरीको प्रतिमा अनावरण पहिलो कार्य भएको दाबी गर्नुभयो । उहाँले स्वायत्त नेपाल मण्डलको परिकल्पनाअनुसार अहिले काठमाडौंँका २१ वटा विद्यालयमा नेवार र गैरनेवारहरूले नेपाल भाषाको अध्ययन गरिरहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डसमक्ष नेवारहरूको केन्द्रबिन्दु वसन्तपुर हनुमानढोकामा रहेका महानगरीय प्रहरी प्रभाग हटाउन आग्रह गर्दै नेपाल संस्कृति विश्वविद्यालयको ठाउँमा नेवार जातीय सङ्ग्रहालय राख्न सरकारले अनुमति दिनुपर्ने बताउनुभयो ।

नेपाल भाषा परिषद्का अध्यक्ष फणिन्द्ररत्न वज्राचार्यले कविकेशरीको प्रतिमाको परिभाषित चित्राङ्कन गर्नुभएको थियो ।

नेपाल संवत् १०२६ बछलागा ११ मा काठमाडांँै रक्तकालीमा पिता द्रव्यधर तुलाधर र माता ज्ञानलक्ष्मी तुलाधरको कोखबाट जन्मनुभएका कविकेशरी चित्तधर 'हृदय' -चित्तधर तुलाधर) वि.सं. १९८६ राणाशासनको विरोधमा सार्वजनिक पुस्तकालय स्थापना गर्नका लागि सही गरेबापत र पछि १९८७ मा पनि आडम्बरमत पर्वमा संलग्न भएको अभियोगमा जेल सजायमा पर्नुभएको थियो । त्यसैगरी उहाँद्वारा सिर्जित निकुञ्ज सङ्ग्रहमा समावेश भएको कविता 'मां' -आमा) राणाविरोधी भएको आरोपमा १९९७ सालको राजनीतिक पर्वमा पक्राउपछि छ वर्ष जेलजीवन बिताउनुभयो ।

तत्कालीन राजा महेन्द्र शाहले २०१३ सालमा उहाँलाई कविकेशरीको उपाधिसहित तीन सय रुपियाँ भत्ता दिनुभएको थियो । नेपाल भाषाका साहित्यकारलाई दिइएको सम्मान यो नै पहिलो हो ।

नेपाल भाषा परिषद्को महाधिवेशन भइरहेको अवस्थामा कविकेशरीको नेपाल संवत् ११०२ तछलागा ३ मा निधन भएको थियो ।

कविकेशरी चित्तधर 'हृदय'ले स्वाध्ययन गरेर पहिलो कृति 'बुद्धोपासकया पापदेशना' कविता, पहिलो किताव 'पद्य निकुञ्ज', महाकाव्य सुगत सौरभ, वभ्रुवाहनलगायतका ३७ वटा प्रकाशित गर्नुभएको छ । नेपाल भाषा परिषद्का संस्थापक पनि रहनुभएका उहाँ साहित्यकार मात्र नभएर चित्रकार, कलाकार र पत्रकार पनि हुनुहुन्थ्यो ।

राजा महेन्द्रले सम्मान गरेको कविकेशरीको प्रतिमा अहिले राजा महेन्द्रको प्रतिमा रहेको स्थानमा नै बनेको छ । राजा महेन्द्रको प्रतिमालाई जनयुद्धरत नेकपा -माओवादी)ले दुई पटक बम विस्फोट गरेर ध्वस्त बनाएको थियो भने पुनःनिर्मित महेन्द्रको सालिकलाई जनआन्दोलन-२ पछि माओवादी भ्रातृ सङ्गठन अखिल -क्रान्तिकारी)ले फेरि तोडफोड गरेको थियो ।

कविकेशरीकी भान्जी डा. केशरीलक्ष्मी मानन्धरको छ लाख रुपैयाँको आर्थिक सहयोगबाट बनेको प्रतिमा मूर्तिकार बालकृष्ण तुलाधरले बनाउनुभएको हो भने काठमाडौँ महानगरपालिकाले प्रदान गरेको तीन लाख २२ हजार रुपियाँले प्रतिमास्थल पुनःनिर्माण गरिएको छ ।

प्रतिमा अनावरण कार्यक्रममा नेपाल भाषा परिषद्का सचिव अष्टमुनि गुभाजू, कविकेशरी सालिक निर्माण समितिका संयोजक वरिष्ठ म्याराथन धावक तथा कार्यक्रमका सभापति वैकुण्ठ मानन्धरलगायतले मन्तव्य दिनुभएको थियो ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home