अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
प्रमुख समाचार
 
नौ बुँदे मागमा सहमति
 

काठमाडौँ, कात्तिक २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कानुनी शासनप्रति सरकारको प्रतिबद्धतासहित अराजकता र दण्डहीनता अन्त्य गर्ने दृढता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले कोही पनि कानुनभन्दा माथि हुन सक्दैन भन्दै रामहरि श्रेष्ठ हत्या प्रकरणमा संलग्न दोषीहरूमाथि कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ तर उहाँको आग्रह छ- कारबाही प्रक्रियामा थोरै पनि 'प्रोभोकेसन'ले शान्ति र संविधान बनाउने ऐतिहासिक अभियानलाई ओझेलमा पार्नसक्छ । त्यसैले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र नयाँ संविधान निर्माण गर्ने ऐतिहासिक दायित्वलाई कसैले नभुलौँ ।

व्यवस्थापिका-संसद्को मङ्गलबारको बैठकमा सभामुखसँग विशेष समय लिएर प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसलगायतले अगाडि सारेका नौ बुँदे मागलगायतका विषयमा सरकारको दृष्टिकोण राख्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

चालू आर्थिक वर्षको विनियोजन विधेयक पारित गर्ने कार्यक्रम रहेको मङ्गलबारको बैठक प्रतिपक्षी दलहरूले उठाएका माग सम्बोधन नभए चल्न नसक्ने चेतावनी दिइएको थियो । त्यसैले सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमतिको प्रयास गर्दा निर्धारित समयभन्दा साढे चार घण्टा ढिलो बैठक सुरु भएको थियो ।

यसबीचमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले राखेका नौ बुँदे मागबारे सरकारले सहमति स्थापित गर्‍यो । त्यही सहमतिपछि सुरु भएको बैठकमा विपक्ष तथा सत्तापक्षका साभासद्हरूले समेत रामहरि श्रेष्ठको हत्या प्रकरण र रक्षामन्त्रीको जवाफ, काङ्गे्रसका मागलगायतका विभिन्न विषयमा प्रधानमन्त्रीले सदनमा स्पष्टीकरण दिनुपर्ने माग गर्नुभएको थियो ।

यसपछि सभामुख सुवास नेम्वाङसँग समय मागेर प्रधानमन्त्री प्रचण्डले रामहरि श्रेष्ठ प्रकरणमा संलग्न आˆनै पार्टीका सदस्यलाई पार्टीको निर्णयसमेत गरेर पार्टीले त्यतिबेलै प्रहरीलाई बुझाएको स्मरण गराउँदै भन्नुभयो- कोही पनि कानुनमाथि हुनसक्दैन । दोषी देखिएका कसैलाई बचाउने दिशामा यो सरकार र यसको नेतृत्व छैन ।

आˆनो ३४ मिनेट लामो वक्तव्यमा प्रधानमन्त्रीले पटकपटक शान्ति प्रक्रिया र नयाँ संविधान निर्माण गर्ने कार्यलाई महìव दिन आग्रह गर्दै विगतका विसङ्गतिजस्तै एक अर्कोलाई हिलो छ्याप्नेतिर बहस केन्दि्रत भएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो ।

साझा कार्यभारप्रति हामी गम्भीर छौँ, कुन पार्टी कति इमानदार छ भनेर जनताले राम्ररी चिनेका छन् र पूरै दुनियाँले हामीलाई हेरेको छ- प्रधानमन्त्रीले भन्नुभयो । शान्ति र संविधानको बाटोभन्दा बाहिर जान हामी सक्दैनौँ र सहमतिको विकल्प नरहेको उहाँले बताउनुभयो ।

सत्तारूढ दलका सभासद्ले पनि प्रतिपक्षी दलका सदस्यले जस्तै आवाज उठाएपछि प्रधानमन्त्रीले त्यसप्रति सङ्केत गर्दै "सत्तारूढ र प्रतिपक्ष दलका सभासद् कसले बोल्नुभयो भनेर सोध्नुपर्ने स्थिति पनि आयो" भन्नुभयो ।

प्रधानमन्त्रीले विभिन्न दल र समूहसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकार दृढ रहेको बताउनुभयो । उहाँले सहमति सजिलै गर्ने तर कार्यान्वयन त्यत्तिकै फितलो हुने गरेको अनुभव सुनाउँदै भन्नुभयो- आफू प्रधानमन्त्री भएको पाँचै दिनमा बेपत्ताहरूको स्थिति अध्ययन गर्न आयोग गठन गर्छु भनेको, तीन महिना भइसक्यो बन्न सकेको छैन तर अब अन्तिम चरणतिर पुगेका छौँ ।

नेपाली काङ्ग्रेसले राखेका नौवटै मागमा सहमति भएको जानकारी सदनलाई दिँदै उहाँले यी पुनः प्रतिबद्धता र पुनः सहमतिलाई कार्यान्वयनमा उतार्ने नयाँ सङ्कल्प पनि गर्नुभयो ।

प्रधानमन्त्रीले जानकारी दिनुभएको सहमति अनुसार द्वन्द्वका क्रममा र त्यसपछि पनि कब्जा गरिएका घरजग्गा तत्काल फिर्ता गरिनेछ । २०६५ मङ्सिरसम्म फिर्ता नभएको अवस्थामा २०६५ असार ११ मा सात बुँदे सहमतिमा उल्लेख भएको समयसीमाभित्र फिर्ता नभएको अवधिको आय मूल्याङ्कन गरी राज्यका तर्फबाट क्षर्तिपूति र राहत दिइनेछ । जग्गा फिर्ता, क्षतिपूर्ति तथा राहतको अनुगमन गर्न व्यवस्थापिका-संसद्को अनुगमन समितिले गर्ने व्यवस्था मिलाइनेछ ।

वाईसीएलको अर्धसैनिक कार्यशैली र क्रियाकलापको पूर्णरूपमा समाप्ति र उनीहरूको नियन्त्रणमा रहेका सार्वजनिक, सरकारी-निजी भवन र जग्गा फिर्तासम्बन्धी सहमति असार ११ कै सहमति अनुसार कार्यान्वयन गरिनेछ । त्यतिबेला १५ दिनभित्र खाली गरी सम्बन्धित व्यक्ति वा संस्थालाई फिर्ता गर्ने सहमति भएको थियो ।

सहमति अनुसार राजनीतिक दलका नेताहरूका लागि नेपाल सरकारले गर्नेबाहेक अलग अर्थात् दोहोरो सुरक्षा संयन्त्र नराख्ने भनिएको थियो ।

त्यसलाई कार्यान्वयन गर्ने पुनः प्रतिबद्धता

जनाइएको छ ।

यसैगरी, शिविरमा रहेका माओवादी लडाकुहरूको आर्थिक दायित्वबारे निर्णय

गर्नुपरेमा सेना समायोजनसम्बन्धी विशेष समितिले गर्नेछ । स्थानीय शान्ति समितिको कार्य क्षेत्रगत विवरण -टीओआर) दलीय सहमतिका आधारमा परिमार्जन गरिनेछ ।

सरकारले शान्ति प्रक्रियासाग सम्बन्धित निर्णयहरू गर्दा दलीय सहमतिका आधारमा गर्ने, विगतदेखि सञ्चालनमा आएका तर सम्पन्न नभइसकेका योजनाहरूलाई निरन्तरता दिइनेछ र त्यसका लागि बजेट विनियोजन गरिने भएको छ ।

संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत संविधानसभामा प्रतिनिधित्व गर्ने ६०१ जना सदस्यलाई नै १० लाख रुपियााका दरले उपलब्ध गराइने सहमति भएको जानकारी प्रधानमन्त्रीले दिनुभएको छ । बजेट वक्तव्यमा सो कार्यक्रम समावेश थिएन ।

बजेटमा घोषणा गरिएका राजनीतिक प्रकृतिका कार्यक्रमहरूको कार्यान्वयनको अनुगमन व्यवस्थापिका-संसद्को अर्थ समितिले गर्ने सहमति भएको छ । यस अन्तर्गत साक्षरता अभियान, युवा स्वरोजगार कार्यक्रम, स्थानीय विकास पूर्वाधार कार्यक्रम र सहकारी विकासलगायतका कार्यक्रम पर्छन् ।

प्रधानमन्त्रीले विगतलगायत यो सहमतिको कार्यान्वयनमा 'गहिरो प्रतिबद्धता'सहित सदनमा रहेका सदस्यहरूबीच झन् उच्चस्तरको सहमति र सहकार्यको आवश्यकता रहेको बताउनुभएपछि नेपाली काङ्ग्रेसका रामचन्द्र पौडेलले पार्टीका तर्फबाट सन्तोष व्यक्त गर्नुभयो । यसपछि मात्र सदनको नियामित कारबाही सुरु भएको हो ।

 
अन्य शीर्षक
नौ बुँदे मागमा सहमति
आवश्यक परे संविधान लेख्न गोप्य बैठक
काङ्ग्रेसका नौ सर्त
दिगो शान्ति र सङ्घीय गणतन्त्र भावी सन्ततीलाई उपहार
सदनमा भयो तनाव, बजेट पारित हुन नदिने काङ्ग्रेसको चेतावनी
उपराष्ट्रपति झाद्वारा 'संविधान उल्लङ्घन'
अमेरिकामा अश्वेत राष्ट्रपति, विश्वलाई बदल्ने ओबामाको प्रतिबद्धता
नेपाली दूतावासका दुई भवन बेवारिस
अमेरिकी राष्ट्रपति चुनाव आज
सरकार चलाउने बन्यो संयन्त्र

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home