Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मधुपर्क २०६६ जेठ
मसली भाउजू
राममणि पोखरेल
 

असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ । आनो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ । सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ । यस वर्षको मनसुन ढिलो प्रारम्भ भएको कारण पानी परेको छैन । सिचाइको अभावमा जमिन मुख बाएर बसेका छन् । अधिकांश आकाशे खेत बाझो पल्टेका छन् । थोरै कुलो लाग्ने खेतको पनि रोपाइ थालनी भएको छैन । राकसे बूढाको धेरैजसो खेत पानी पट्ने हुनाले खेतको काम भ्याइनभ्याइ छ । गाउमा राकसे बूढा आफैा पनि खेतमा दिन बिताउाछन् । हली, गोरु बिहानै खेतमा पुग्दछन् । आफू र जन-वन झण्डै बराबरी लगाउाछन् ।

सााझमा पानी छिट्याएजस्तो भएको थियो । बाहिर काममा जानेहरू अलि ढिलो घरमा भित्रिन आउने गर्थे । खेतको काम प्रशस्त हुने गथ्र्यो । दिन लामा, रात छोटा हुादा थकाई मार्दै काम गर्दा पनि कामको भाग बढी देखाउन सकिने । जोत्ने, आली काट्ने, बियाड उखेल्ने, रोप्ने आदि काम गर्नुपर्ने । खेतको कामको व्यस्तता छ भने बारीको कामको पनि व्यस्तता थपिन लाग्या छ । अघौटे मकै पूरै पाकेर भााच्ने समय भएको छ र पाकेको मकैलाई सुगाले ज्यादै खेदो गर्छ । केटाकेटी लगाएर टिन ठटाएर हाहा-स्यूास्यूा गरेर धपाउन बाध्य हुनपर्छ । अझ नजिक बाासझ्याङ्ग भएका स्थानमा त मकैको खेदो पाइलो गर्छ सुगाले । मकैको घोगैपिच्छे सुगा सलबलाउाछन् र ठुङ्छन् ।

राकसे बूढाको गाईले सााझ दूध दिएन, दुहुन बसेको नरमानलाई लात्तीले हानेर बलड्यान खेलाइदियो । नरमान तीन हात पर उछिट्टयिो । गोबरमा लटपटिन पुग्यो । नरमानले गाईको फााचो धुन मात्र के लागेको थियो, ढुङ्ग्राको पानी पोखिनुको साथै ढुङ्ग्रो विपरीत दिशामा घोप्टिन पुग्यो गाईको खुट्टाले । गोबरमा लटपटिएको शरीर लिएर नरमान जेठीमैयाालाई गाईले दूध नदिएको खबर सुनाउन पुग्यो । कोठीको चामल झिकेर नाङ्लोमा राखेर निफन्दै थिइन् जेठीमैयाा । के कुतल पर्‍यो । घाास पनि पुगेन कि भनेर चर्चा भएन, त्यतातिर कसैको ध्यान गएन ।

नाङ्लामा केलाउादै गरेको चामल भान्साकोठामा राखेर जेठीमैया सारी सुर्कदै आागनमा आइन् । ठूलो स्वरले "कुन रााडीले गाईलाई टुनामुना गरिदियो भनेर कराउन लागिन् । कुन रााडीका आाखा र छौडा लागे भन्दै आागनमा चक्कर काटिन् । बूढीका आाखा राता भए । चाडबाडका दिन अनेकथरिका रााडहरूलाई यहीा गाड्न मुन्ट्याउाछन् । ए नरमान जा धामी बोलाउन, पुछारघरे साहिला घरमा आइपुग्या होला, बोक्सी रााडीहरूको करामत हो । ब्याएको तीन महिना भएको छ ।" जेठीमैयााको आाखा गाईको थलामा घुम्न सकेन । गाईको थलामा घाास छ, छैन । चरणबाट आउादा गाईले पेट उकासो, उकासेन । दिउासो खोले पनि पायो पाएन आदिबारे जेठीमैयााको सोच पुगेन ।

दूध किन दिएन भन्नेतिर मात्र मन कुतकुत्तियो, आक्रोशित मात्र भइन् बूढी । बेला न कुबेला रााडीहरू घर-आागन-गुवाली चाहार्न आउाछन् । दशथरिका प्रश्न सोध्न तम्सिन्छन् । तरकारी, नून भुटुन चाहिन्छ बजिनीहरूलाई, रााडीहरूको केही खाएको न पाएको बोक्सी रााडी छिर्किनी गर्न आएकी थिई, उसैको नजर लागे क्यार । शोभ सालधुप र झुम्रो सल्काएर गाईको तारैतिर घुमाई दे, त्यही केही क्षणपछि नजर भगाएर दिन्छिन् कि जेठीमैयााको आक्रोश थामियो यति भन्दै ।

बुहारी शोभा सालधुप खोजेर, घुमाउनतिर लागी । सासूका वचन कानमा थापिरही, केही जवाफ गर्न सकिन । सासूका मुखबाट व्यक्त भएका असभ्य शब्दहरूसाग ऊ सहमत भने थिइन । शोभालाई बोक्सी विद्या भन्ने कुरीतिगत सोचाइमा त्यति विश्वास थिएन । विरोध गर्ने आाट पनि भएन ।

अलिकति घाास थपिदिन्छु, पेट उकासेपछि केही क्षणमा दिन्छ कि बाच्छो बााधेको छु । नरमानले नरम जेठीमैयाालाई जवाफ गर्‍यो । मकैको थाङ्ग्राको बलामा ल्याएर रित्तो ढुङ्ग्रो झुण्ड्यायो ।

केही क्षणपछि बूढीको बक्बक् पुनः प्रारम्भ भयो । जथाभावी कुरा छाद्न थालिन् । दिउासो त्यही लखवेश्या पापिनी सङ्गारे आइमाई उमेरमै पोइलाई अघि लगाएर, दुईवटी छोरी चेपेर जीवन घिसार्दै छनि, नक्कली विधवा भएर पनि कोरीबाटी गरेर हिाड्छे । चाउरी परेको गालाको मुजा थाहा छैन । छोरी पधलेर पोइ खोजेर हिाड्न आाट्याछन् । आमालाई बैासले छाडेको छैन । केही क्षणअघि मुन्टेकी थिई यहा । बजिनी निकै समयसम्म थच्चिई । बारह सत्ताइस कुरा बखानी । त्यसको देवर विदेश गएर पैसा कुम्ल्याएर पठाएको समाचारसमेत फलाक्थी । त्यस बजिनीको देवरले पठाएको सम्पत्तिसाग हाम्रो के नातो र स्वार्थ । चोथालेको देवर थियो, पोइ बनाएको हो कि, पैसा पठाइदिएकाले सुखका दिन आए भन्थी ।

नरमान बूढीका कुरा कान थाप्दै गुवालीको बलेसीमा घुर बाल्दै थियो । मच्छडले गाई-गोरु ज्यादै छट्पटाएका थिए । वषर्ा यस्तै हो । गोवरग्यास र बिजुलीको कारण र पानी नजिकै जमेपछि भुसुना र मच्छड लाग्नु स्वाभाविकै हुन्छ नि, गर्मी पनि त अति छ ।

पर दोबाटोको छेउमा सञ्जयले आमाको चर्को स्वर सुनेको थियो । केही नबोली सरासर आागनमा आएर उभियो । आमालाई भान्साकोठामा बसेर जथाभावी फलाक्दै गरेको देख्यो, सुन्यो । आमा यसरी किन उम्लिरहेकी थिइन् । ज्वालामुखी पड्केजस्तै । आखिर यो फलाको र ईष्र्या, डाह कोमाथि खन्याएको हो बुझ्न चाहृयो ।

आमाको आवेग र आक्रोश कम गर्न, शालिन तरिकाले नरम स्वरमा सञ्जयले सोध्यो ? के भयो आमा, किन यसरी ठूलो स्वरले जथाभावी गाली गर्दै हुनुहुन्छ । घरमा त नरमान र बुहारी मात्र छन् । बुइनी पनि देखिएकी छैन । साना नानीहरूलाई तपाईंका यी शब्द वाणसाग कुनै साइनो र सम्बन्ध हुादैन । भयो के ?

"बाबु खेतबाट दिनभरिको कामले लखतरान भएर खेतालाका साथ आउादै हुनुहुन्छ ।"

दिनभरि बजारमा घुमेर आएको छस् ता, पाहुनाजस्तो भएर टुपलुकिएझैा । घरमा कस्तो घटना घट्छ, कस्ता मान्छेले के टुनामुना गरेर जान्छन् । घरमा परेको बिघ्नबाधामा न उमेर पुगेकी छोरीलाई चासो छ, न बुहारीलाई, न जागिर खाएको छोरालाई । हण्डर खेप्नुपर्ने त हामी दुई जोई-पोइले मात्र त हो नि । उमेरले बूढो भनेर पार पाइएको छैन । हण्डर र मुक्तमान कति भोग्नु, जीवनभरि दुःख गर्न लेखिया रहेछ । दिनभरि घरमा बसेर अनेकौा लण्ठा भोग्नु न हो ।

"कमसेकम तपाईंले बुझेको, तपाईंलाई मर्का परेको झ्याउला पन्साउन परेको दिकदारी चोट हाम्रा सामु राम्रो तरिकाले बुझाएर भने पो न्याय, अन्याय र मर्का कस्तो पथ्र्यो बुझ्न पाए पो बोल्नु त", सञ्जयले आमालाई कडा शब्द भावभङ्गी मिलाएर आागनको कुर्सीमा बस्तै व्यक्त गर्‍यो ।

पार्वती र शोभा पनि आागनमा आएर त्यही समयमा ठिङ्ग उभिए । उनीहरूको अनुहार गम्भीर चिन्तायुक्त देखिन्थ्यो । एक प्रकार स्थिति बेग्लै हुन गयो । वास्तविक कुरा खोतल्नु सञ्जयको कर्तव्य नै थियो । सबै जना आागन र दलानमा भेला भए । जेठीमैयाले उठाएको रडाको बारे पार्वती र शोभा अनभिज्ञ नै थिए । मेलोमेसो नै थिएन । झोल घोप्ट्याएजस्तो अनुहार पारेर नरमानले भन्यो गाईले दूध दिएन ।

गाई सबेरै बााधेको, खोलेपानी पनि दिन भ्याएको थिएन । खेतको चटारोले सबको ध्यान खेततिर केन्दि्रत भएको छ । शोभाले घोसेमुन्टो लगाएर डराई डराई भनी । सञ्जयले बोल्न नपाउादै बूढी सबका सामु कुर्लिन् । मसली आएकी थिई, थोरै बात चुटेर गई । रााडीका मुखका दाात झरेका छन् । अनुहार हेर्दै बोक्सीजस्ती लाग्छे । पोतो बसेको अनुहार छ । लेघ्रो तानेर चिप्लाई घसेर बोलेर गाड्छन् । काकीको त गाई दूध दिादै छ, थाकेको छैन । मेरो भैासी त थाक्यो, साटोपाटोको चााजोपााजो मिलाउन भनेको भनेर लेघ्रो तान्थी । निकै समय थचारिई । काम न काजकी बजिनीलाई पिाधमा फोका उठुञ्जेल बसे पनि के बित्ने लवस्तरीको । के तन्तर मन्तर गरेर गई, गाईले टाङमुनि बस्न दिएन । नरमानलाई नै पल्टाई दियो । तिमीहरूलाई भाग बस्न पाए भई हाल्ने, पुर्‍याउनु टार्नुसाग कुनै सरोकार छैन । छोराबुहारी र छोरीको सामु भुत्भुताएपछि बूढीको रिस आधा घट्यो । एकपल्ट आाखा फर्काएर पूर्वी आकाश हेरेर मौन भइन् । शोभा केही नबोली भान्सामा प्रवेश गरिन् । पेटभरि घाास खान दिउा दूध, देला नि । गाईवस्तु यदाकदा यस्तो भइहाल्छ नि । आमाको बानी पनि ठीक छैन क्या । बढी अर्कालाई आरोप र दोष लगाउनुहुन्छ पार्वतीले आनो मनको कुरा गरी ।

आमाले टिप्पा खाइन् । तालाई लवस्तरी, नक्कली । लाद्रो भर्न पाए भइहाल्छ । पोइको घर खान सकिनस् । बाबु र दाजुको कमाईमा भाउजूलाई कजाएर खान पल्केकी छस् र गोडा पसारेर हसुर्छेस् । टार्न पुर्‍याउने मान्छे दोषी हुन्छ । टार्नु पुर्‍याउनु नपर्नेलाई सधैा हाइसञ्चो ।

निकै गम खाएर सञ्जयले आमाको रिसलाई कम गर्ने प्रयत्न गर्‍यो । आमालाई सम्झाउने किसिमले भन्यो तपाईंले जीवनको लामो यात्रा पार लाउनुभएको छ । सत्तरीको नजिक पुग्नु भो । केश फुलेर हिमालजस्तै सेता भएका छन् । तपाईंको रिस कम भएको छैन । दायााबायाा बुझ्न हुन्न । कसैसाग रिस उठ्नेबित्तिकै बोक्सीको आरोपमा मान्छेलाई मुछ्नु हुन्न । अपराध हुन्छ । सक्नेले मुद्दा लगाइदिन सक्छन् । दाात झर्नेबित्तिकै बोक्सी हुादैन । विधवा अथवा एकल महिला हुनु अपराध होइन, बाध्यता हो । तपाईंका छोरा छन् । उनका छोरी मात्र छन् । तपाईंसाग सम्पत्ति छ, उनी गरिब छिन् । आफूले सम्मान पाउन अर्काको पनि सम्मान गर्न जान्नुपर्छ ।

सञ्जयले यति लामो कुरा गर्दा जेठीमैयाा कान थापेर सुनिरहिन् । एक शब्द पनि फर्काउन सकिनन् । आफूले गल्ती गरेको महसुस गरेर जवाफ नफर्काएको हुनसक्छ । बूढीको अनुहार मलिन भएको र पश्चाताप महसुस गरेको जस्तो लाग्दथ्यो ।

केही क्षणको मौनतापछि सञ्जयले आना कुरा फेरि भन्न थाल्यो बिचरी मसली भाउजूले भैासीको दूध बेचेर छोरी पढाएकी छन् । देवरले विदेशबाट पैसा पठाइदिन थाल्या छ । सुखका दिन आए भनेर खुसी छन् । नागरिकता बनाइदिन अधिकार पाए महिलाले छोराछोरीको नागरिकता बनाउन अब देवर-जेठाजुको शरण पर्न परेन गाईले दूध नदिनुको कारण त पेटभरि खोले-घाास खान नपाएर पो त हो त । बुढेसकालमा सम्मान खोज्नेकी अपमान । तपाईंले व्यक्त गरेका शब्दहरू र शब्दवाण मसली भाउजूले थाहा पाइन् भने के हुन्छ ? जीवनको नियति यस्तै कठोर हुन्छ कि नरम ?

सञ्जयले सम्झाएपछि जेठीमैयाको रिस केही कम त भयो तर भुत्भुताउन भने केहीबेरसम्म थामिएकी थिइनन् । के युग आयोआयो हगेका लिाडको शासन सहनुपर्ने, लाद्रो भर्न पाएपछि जे बोल्दा पनि हुने, अरूले पचाई दिनुपर्ने त्यसो त अब संसारमा भगवान् पनि छैनन्, धामी, झााक्री, ज्योतिषी सब नष्ट भए, बोक्सी नभए धामी किन चाहियो । गोठको धूप किन गर्ने, कुलाइन पूजा किन गर्ने ? आदि बकवासपछि बूढी भित्र प्रवेश गरिन् ।

पार्वती र शोभा केही बोलेनन् । नरमान गाईलाई खोले दिन थाल्यो । सञ्जयले घरमा भएका सबैले सुन्ने गरी पुनः आनो भनाइ राख्ने प्रयत्न गर्‍यो ।

विगतको युग नै त्यस्तै थियो, मान्छेले आनो शक्ति चिन्न-बुझ्न सकेका थिएनन्, अाध्यारो युगमा निरीह भएर बााचेका थिए, एक्लो जीवन बिताएका थिए । भौतिक प्रगति भएको थिएन । अाध्यारो युगले दिएको गलत संस्कृति र अन्धविश्वास हो । बोक्सीका कुरा अब गर्दै हिाड्नु अपराध हुन्छ । अब हामी नयाा युगमा प्रवेश गरेका छौा । भोलि उमेर, सम्पत्ति र छोराको धाक नदेखाई मसली भाउजूसाग यी आज व्यक्त गरेका बकवास र आरोप अब आइन्दा कसैलाई लगाउने छैन भनेर माफी माग्नुपर्छ भन्दै सञ्जयले आमालाई सम्झायो ।

सञ्जयका घरमा भएका कुरा थाहा पाएर हो या नपाई हो, मसली भाउजू बिहान सबेरै त्यस घरमा आइन् । राकसे बूढाका घरपरिवार सब चुपचाप भए । मसलीले जेठीमैयाालाई नमस्कार गर्दै आागनको कुर्सी तानेर बसिन् । केही क्षण सब मौन रहे । मसलीसाग बोल्ने आाट गरेनन् । केही क्षणको मौनतापछि मसली आफैाले भनिन्- "काकी तपाईंलाई देख्दा आमा देखेजस्तै लाग्दथ्यो र आदर गर्दथेा । कसैको नम्रता, श्रद्धा र आदर्शलाई कमजोरी ठानेर दशथरिका आरोप लगाउन कति निन्दनीय छ" भन्दै बसेको ठाउाबाट उठेर बाटो लागिन् । कसैले पनि उनलाई बस भन्न सकेनन् र विषय र प्रयोजन पनि कोट्याउन चाहेनन् ।

-उदयपुर, गाईघाट

अन्य शीर्षक
मेरो उही भुत्ते गिदी -बालकृष्ण पोखरेल
अध्ययन र समर्पण -कुलचन्द्र वाग्ले
साहित्यिक पत्रकारिताको कष्टकर यात्रा -विजय चालिसे
गयो वर्ष - आयो वर्ष -मेदिनीकुमार केवल
मलामी -पद्मा अर्याल
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
देशभित्र सिमाना खोज्दै -अच्युत घिमिरे
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
आमाको जतन -डम्बर रसिक भारती
आँकुरा
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
ए सप्तकोशी ! -दिलीप राई सगर
आमाको जतन -डम्बर रसिक भारती
केही हाइकु -ज्ञान उदास
अक्षर -प्रल्हाद पोखरेल
गजल -सुवासचन्द्र ढुङ्गेल
कविता -तानिकावा शुन्तारो
गजल -काशीराम विरस
मन परेको राम्रो -केदार न्यौपाने
गजल -दिव्य गिरी
नेता नबन्ने म ता -पर्शुराम पराजुली 'पराशर'
स्मृति क्यानभासमा हजुरआमा -लक्ष्मी उप्रेती
जीवित नायकको आत्मकथा -शैलेन्द्र साकार
पहाड र आकाश -मञ्जुल
सहिदको सम्झना -ज्ञाननिष्ठ ज्ञवाली
झुमी -चंकी श्रेष्ठ
कालीका सुसेली -बाबुराम लामिछाने
स्मृतिमा इश्वरदाइ -गीता त्रिपाठी
नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म -कृष्णकुमार प्रजापति
स्कटल्याण्डतिरका पदचाप -मुकुन्द पोखरेल
को हुन् चार जना ? -धु्रव थापा
भारतमा नेपाली नाटक -देवी पन्थी
नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास डा. गङ्गाप्रसाद अकेला
अमेरिकाको रहर -डा. हंसपुरे सुवेदी
पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा -नरेन्द्रजंग पिटर
खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू -तेजेश्वरबाबु ग्वंग
लोकतान्त्रिक आन्दोलनमा स्रष्टा, गणतान्त्रिक चेतना र नेपाली साहित्य -मधुसूदन पन्थी
शैशवका तीन पुस्ता -मदनमणि दीक्षित
नेपाली साहित्यमा 'मधुपर्क'को योगदानको मूल्याङ्कन -शिव रेग्मी
हाम्रो प्रतिबद्धता
मधुपर्क २०६६ जेठ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px