Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मधुपर्क २०६६ जेठ
कृत्रिम तालहरूमा डुबुल्की मार्दा
प्रकाशप्रसाद उपाध्याय
 

आना ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पौराणिक महवका विभिन्न स्थल र नगरहरू वा प्राकृतिक सुन्दरताले सिँगारिएका वा औद्योगिक महवका प्रतिष्ठानहरूसित सम्बद्ध रहेकाले पाएका ख्यातिको परिणामस्वरूप संसारका अनेक देसहरू विश्वभरिका पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र बन्ने गरेका छन् । आनो व्यापारिक महव, शिक्षाका उच्च केन्द्रहरू र विशाल मिसिगन लेकको अलौकिक सुन्दरताले गर्दा संसारभरिका पर्यटकहरूलाई आफूतर्फ आकषिर्त गर्ने यस्तै स्थलमा उत्तरअमेरिकाको शिकागो नगर रहेको छ । इलिनाय राज्यको यस हरिलोभरिलो र नैसर्गिक सुन्दरताले परिपूर्ण शिकागो नगरलाई आनो विशाल जलराशिद्वारा मिसिगन लेकले जुन सुन्दरता प्रदान गरेको छ, त्यो पर्यटकहरूका लागि मात्र मनोहर र दर्शनीय नरही कविको कल्पना र कृतिको एक उत्तम विषय बनिरहेको अनुभूति पङ्क्तिकारलाई त्यतिबेला भयो, जब एक पर्यटकका रूपमा उसले विगत जुलाई महिनामा त्यस भूखण्डमा खुट्टा टेक्ने र त्यसको सुन्दरतालाई प्रत्यक्षरूपमा नियाल्ने अवसर पायो ।

उत्तर अमेरिकाका पाँच विशाल तालहरूमध्ये रहेको यस तालले सहरलाई विश्वका सुन्दरतम् नगरमध्ये गणना मात्र नगराई चार छिमेकी राज्यहरूमा फैलेर आनो हृदको विशालतालाई समेत प्रकट गरेको छ । यसको भौगोलिक आकारको विशालता भने यसको लम्बाइ ३०७ माइल, चौडाइ ११८ माइल र गहिराइ सरदर २७९ फिटले छर्लङ्ग पार्दछ । आना देशवासीहरूका पानीको आवश्यकता परिपूर्ति गर्ने र पर्यटकहरूका अतिरिक्त स्थानीय वासिन्दाहरूलाई समेत आनो तटमा घुम्ने, आनो गाढा नीलो जलले प्रदान गर्ने सुन्दरतालाई सूर्योदयको अवसरमा होस् वा सूर्यास्तको अवसरमा बसेर नियाल्ने वा दिउँसोको मध्य घाममा नौकाटन गर्ने वा तटमा अवस्थित रमणीय नेभी पेयरभन्ने व्यापारिक स्थलमा घुमफिर गर्ने सुनौलो अवसर प्रदान गरेबाट यस तालको सहृदयता र सौजन्यता छर्लङ्ग हुन्छ ।

शिकागो सहरका हिन्दू धर्मावलम्बीहरूद्वारा निर्मित विभिन्न मनोहर मन्दिरहरूको दर्शनपछि इलिनाय राज्यको तेस्रो सबभन्दा ठूलो ताललाई हेर्न पङ्क्तिकार पुग्दा सूर्यास्तको बेला भइसकेको थियो तर गोधूलिको बेलाले उत्पन्न गरेको वातावरणमा पनि अमेरिकाका विसकोजिन, इलिनाय, इन्डियाना र मिसिगनका भूखण्डहरूलाई सिँच्दै र सुशोभित गर्दै बग्ने यस तालले सम्मोहित मात्र गरेन, जुलाई महिनाको प्रचण्ड गर्मीको बेलामा जुन शीतलता प्रदान गर्‍यो, त्यो अविस्मरणीय नै रहेको छ । त्यसका तटमा बाँधेर राखिएका विभिन्न रङ र आकारका अनगिन्ती डुँगा र मोटरबोटहरू, जसमाथि सेता, नीला र राता पालहरू बाँधिएका थिए, वरिपरि गाढा नीलो पानीमा तीव्रगतिले पानी छ्याप्दै गतिमान रहेका मोटरबोटहरूले उत्पन्न गरेका दृश्य, वरिपरिका गगनचुम्बी भवनहरूमा बलिरहेका बत्तीहरूको प्रकाशको पानीका लहरहरूमा पर्ने प्रतिबिम्ब र तटका छेउछाउमा रहेका फोहराहरूमा जडिएका विभिन्न रङका बत्तीहरूमाथि पानी झर्दा उत्पन्न हुने दृश्य र तालको जललाई स्पर्श गर्दै बग्ने शीतल हावाले प्रस्तुत गरिरहेका सम्मोहनकारी परिवेश कुनै पनि पर्यटकका लागि अविस्मरणीय हुनुपर्दछ । मिसिगन लेकको यस सन्ध्याकालीन सुन्दरता र परिवेशबाट सम्मोहित हुँदै अर्को दिन बिहानको बेलामा तालको गाढा नीलो पानीलाई, जुन साँझको बेला कालोकालो देखिन्थ्यो, राम्ररी नियाल्न जाँदा मोटरबाट सञ्चालित सानो पानीजहाजमा विचरण गर्ने र वरिपरि रहेका सङ्ग्रहालय 'मत्स्यालय' तारामण्डल वधशाला आदिको अवलोकन गर्ने र नेभीपेयर घुम्ने अवसर पनि पङ्क्तिकारलाई प्राप्त भयो । नेभीपेयर मिसिगन लेकको तटमा अवस्थित एउटा यस्तो रमणीय व्यापारिक केन्द्र हो, जहाँ अनेक प्रख्यात आहारगृहहरू, किनमेल गर्ने पसलहरू र थकाई मेटाउने फोटो खिच्ने स्थलहरू छन् ।

पर्यटकका लागि शिकागोको आकर्षणको प्रमुख केन्द्रबिन्दु मिसिगन लेक र यसको तटका छेउछेउमा रहेका दर्शनीय स्थलहरू भए पनि यस सहरलाई आनो जलराशिले सुसम्पन्न गर्ने फक्स रिभर, कलनट रिभर र शिकागो रिभरका अतिरिक्त यसका छेउछेउका इलाकाहरूमा रहेका अनेक कृत्रिम तालहरूले पनि यसको सुन्दरतालाई बढाउनमा आनो योगदान पुर्‍याइरहेका देखिन्छन् । यी नदीहरूमा नौका विहार गर्ने स्थानीय बासिन्दाहरूका शोख र चाहनाले गर्दा ठाउँठाउँमा डुङ्गा र मोटरबोटहरू भाडामा दिने वा बेच्ने पसलहरू देखिन्थे भने आनो मोटरको पछाडि अड्काएर डुङ्गाहरू नदीतर्फ लगिराखिएको दृश्यले यहाँका मानिसहरू नौका विहारप्रति रहेको रुची पनि अनुभव गर्न सकिन्थ्यो । अन्यथा विदेशी गोराहरू समुद्र तटमा घाम ताप्दै समुद्रको प्रवाह र उर्लंदो-घट्दो समुद्री छालहरू नियाल्दै आनो सप्ताहान्त बिताउने गर्दछन् भन्ने भ्रम थियो ।

शिकागो नगरका पर्यटकहरूका लागि आनो घुमफिरलाई जारी राख्नको निम्ति सहरका निकटवर्ती दर्शनीय स्थलहरूसम्म पुग्न वा स्थानीय मेट्रो रेल्वे स्टेसनसम्म जान निःशुल्क बसयात्राको सुविधा, घुमफिर सकेर घर र्फकन प्राइवेट बस र ट्याक्सीका अतिरिक्त त्यहाँको मेट्रो रेल सेवाको आनै आकर्षण छ । शिकागो नगरका छ ग्रामीण क्षेत्रहरू भएर दगुर्ने यो रेल सेवा उत्तर-दक्षिण र पूर्व-पश्चिम खण्डका मानिसहरूका अतिरिक्त त्यहाँ घुम्न आउने पर्यटकहरूका लागि पनि आवागमनको एक तीव्र र सस्तो साधन रहेको प्रत्यक्ष अनुभव युनियन स्टेसनबाट मेट्रो समातेर आनो निवासस्थल र्फकंदा भयो । स्टेसनमा यात्रीहरूका सुविधाका लागि जडान गरिएका एलिवेटर

-बिजुलीबाट गतिमान हुने भर्‍याङ), वरिपरि व्याप्त स्वच्छताको वातावरण, दुर्गन्धरहित र सफा शौचालयले समुन्नत देशमा रहेको व्यवस्थित सुविधाको पनि बोध गराइरहेका थिए । च

अन्य शीर्षक
मेरो उही भुत्ते गिदी -बालकृष्ण पोखरेल
अध्ययन र समर्पण -कुलचन्द्र वाग्ले
साहित्यिक पत्रकारिताको कष्टकर यात्रा -विजय चालिसे
गयो वर्ष - आयो वर्ष -मेदिनीकुमार केवल
मलामी -पद्मा अर्याल
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
देशभित्र सिमाना खोज्दै -अच्युत घिमिरे
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
आमाको जतन -डम्बर रसिक भारती
आँकुरा
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
ए सप्तकोशी ! -दिलीप राई सगर
आमाको जतन -डम्बर रसिक भारती
केही हाइकु -ज्ञान उदास
अक्षर -प्रल्हाद पोखरेल
गजल -सुवासचन्द्र ढुङ्गेल
कविता -तानिकावा शुन्तारो
गजल -काशीराम विरस
मन परेको राम्रो -केदार न्यौपाने
गजल -दिव्य गिरी
नेता नबन्ने म ता -पर्शुराम पराजुली 'पराशर'
स्मृति क्यानभासमा हजुरआमा -लक्ष्मी उप्रेती
जीवित नायकको आत्मकथा -शैलेन्द्र साकार
पहाड र आकाश -मञ्जुल
सहिदको सम्झना -ज्ञाननिष्ठ ज्ञवाली
झुमी -चंकी श्रेष्ठ
कालीका सुसेली -बाबुराम लामिछाने
स्मृतिमा इश्वरदाइ -गीता त्रिपाठी
नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म -कृष्णकुमार प्रजापति
स्कटल्याण्डतिरका पदचाप -मुकुन्द पोखरेल
को हुन् चार जना ? -धु्रव थापा
भारतमा नेपाली नाटक -देवी पन्थी
नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास डा. गङ्गाप्रसाद अकेला
अमेरिकाको रहर -डा. हंसपुरे सुवेदी
पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा -नरेन्द्रजंग पिटर
खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू -तेजेश्वरबाबु ग्वंग
लोकतान्त्रिक आन्दोलनमा स्रष्टा, गणतान्त्रिक चेतना र नेपाली साहित्य -मधुसूदन पन्थी
शैशवका तीन पुस्ता -मदनमणि दीक्षित
नेपाली साहित्यमा 'मधुपर्क'को योगदानको मूल्याङ्कन -शिव रेग्मी
हाम्रो प्रतिबद्धता
मधुपर्क २०६६ जेठ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px