Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मधुपर्क २०६६ जेठ
साहित्य र राजनीति
- कुलचन्द्र वाग्ले
 

नेपाली साहित्यमा अत्यन्त चर्चित विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा वीपी कोइराला नामले सम्बोधित हुनुभयो । समाजवादी चिन्तक र आधुनिक प्रजातान्त्रिक चेतका अग्रणी वीपी जयन्तीको महिना भदौमा शून्य-सर्ग अन्तर्गत साहित्य र राजनीति शीर्षक दिएर यो आलेख तयार हुने सुखद संयोग मिल्यो । लाग्छ, विषय शीर्षकको सान्दर्भिकता राजनीति र साहित्यको योग वीपीको जयन्तीमा हुनुले राख्दछ ।

साहित्य र राजनीतिमा को जेठो ? बहस टुङ्गिएको हुनुपर्छ तर फेरि पनि तर्क गर्न मिल्छ । विकासका क्रमहरू छिचोल्दै जब मानिस ओडारवासी भयो अनि क्रमशः सामाजिक संरचना ग्रहण गर्न थाल्यो, मुखिया वा मूलीहरूको स्थापना सुरु भयो । यसैलाई राजनीतिको आरम्भिक चेत मान्ने हो भने साहित्यभन्दा जेठो राजनीति देखिएला तर यतिबेला मूली, मुखिया राजनीतिको परिभाषाभित्र पक्कै पनि थिएन । त्यस्तै मानिसले जन्मसागै पाएको स्वर सुसेली पनि साहित्यको पहिचानभित्र थिएन । विकसित परिभाषाभित्र नपरे पनि मुखैमा राजनीति थियो, मौखिक साहित्य थियो । लिपिमा त धेरै पछि यी दुई विधा समेटिए । यदि जन्मसागै पाएको स्वर सुसेली साहित्यको सङ्केत थियो भने साहित्य मानव जीवनसागै अविच्छिन्न रहृयो । यो बहसको विषय मात्र हो । श्रुति परम्परामा साहित्य आयो, अनुकरणमा राजनीति ।

जे होस् , तर विकसित राजनीतिले साहित्यलाई निर्देशित गर्न चाहेको चर्चा मात्र होइन प्रयत्न अद्यापि जारी छ । सत्तामा रहेकाहरूको सुखानुभूति र रञ्ननका लागि साहित्य, सङ्गीत, नाटक वा नृत्य प्रयुक्त भएको प्रसङ्ग पूर्वीय कथ्यका भोज राजाको मोजमा होस् कि नेपाली राणा दरबारमा गुञ्जिएकै हो । मुस्लिम सम्राट्का सायरहरू अनि पश्चिमी साहित्य सभ्यताका प्रस्थान बिन्दुहरू योभन्दा निश्चय पनि भिन्न छैनन् । भाटगिरी र स्वान्तसुखायका लागि राजनीति वा सत्ताले साहित्यलाई उपयोग गरेको पुरानो खेल अर्वाचीनसमेत हो । त्यही पुरानो मनसाय नयाा कलेबरमा अर्वाचीन बनेको छ । पुरानो खेलाका दरबारी पर्खाल नाघेर साहित्य पनि सामाजिक भएको हो, राजनीतिको निर्देशभन्दा भिन्न आफ्नै बाटो हिाडेको हो ।

साहित्यलाई सबैभन्दा प्रयोग भन्नोस् वा उपयोग राजनीति र धर्मले गरेको मानिन्छ । सत्य पनि हो । धर्मका लागि साहित्यलाई प्रयोग गरिएका छरपष्ट उदाहरण भेटिन्छन् । प्राचीन साहित्यहरूको सङ्केत मात्र बुझ्दा पनि विश्वमा ईश्वर वा आ-आफ्नो धार्मिक आस्थाहरूका प्रशस्तीमा कृतिहरू समेटिका तथ्य छन् । सत्ताले साहित्यमार्फत प्रशस्ती गरायो । आधुनिक र वैज्ञानिक भनिएको माक्र्सवादी विचारधाराले पनि साहित्यको स्वायत्ततालाई अद्यापि स्वीकृत गरेको छैन । उसको वर्गीय चिन्तनबाट निर्धारित सीमारेखाभन्दा माथि वा स्वतन्त्र साहित्यको उपयोगिता भन्नोस् वा अस्तित्व छैन, उसका सामु साहित्यको आफ्नै अतिरिक्त बाटो छैन । साहित्यको स्वच्छन्दता उसका लागि पुाजीवादी अपव्याख्या मात्र हो ।

अहिले नेपाली साहित्य सन्दर्भमा चलेको उत्तर आधुनिकतावादी वहसको विषयमा पनि यो कुरा प्रस्टिएको छ । भलै, पश्चिमी संसारमा उत्तर आधुनिकतावादको उत्थान आधा शताब्दीभन्दा अघि भएको होस् तर नेपालमा यतिबेला यो जब्बर बहसमा छ । माक्र्सवादी साहित्यकारहरू यो वादले माक्र्सवादविरुद्ध बहुकेन्द्र स्थापना गर्छ, केन्दि्रयतालाई मान्दैन, यो अराजकतावाद हो र माक्र्सवादविरुद्ध यसको जन्म भएको हो भन्ने तर्कमा उत्तरआधुनिकतावादलाई तिरस्कार गर्दछन् । अर्थात्, उनीहरू साहित्यलाई माक्र्सवादी चिन्तनभन्दा पर उन्मुक्त एवं स्वायत्तसमेत हुने विषयलाई अस्वीकृत गर्छन् । माक्र्सवादीले लगाएको आरोपमा रहेको सत्य चाहिं स्वायत्त साहित्य स्वीकार गर्ने यसवादको दृष्टिकोणप्रति छ । उत्तर आधुनिकतावाद साहित्यको विश्लेषणमा मात्र सीमित छैन, यसले समग्र सामाजिक विकास प्रक्रियाको विवेचनासमेत गर्छ भन्ने मान्यता यसका समर्थकहरू राख्छन् । सामाजिक वा साहित्यिक परिवेशलाई विकेन्दि्रत अथवा स्वायत्त हैसियतमा मान्यता प्रदान नगर्नुबाट अहिले पनि माक्र्सवादी चिन्तनधारका प्रतिनिधिहरू आफ्नै वर्गीय चिन्तनमा साहित्यलाई सीमित राख्न खोज्छन् भन्ने बुझ्न कठिनाइ हुादैन । भौतिकवादी कट्टर माक्र्सवादीद्वारा निर्धारित साहित्यको सीमाभित्र अध्यात्मवादी चिन्तनलाई सायदै ठाउा हुनसक्छ तर अधुना वा साहित्यमा परिभाषित अध्यात्मवाद निश्चय पनि धार्मिक सङ्कुचनको विषय-विशेष मात्र होइन । सार्वभौम साहित्यको फराकिलो क्षितिजमा माक्र्सवादी चिन्तनधारबाट सिर्जित साहित्य प्रतिबन्धित हुादैन । स्वतन्त्र साहित्यले सामाजिक न्याय बोल्ने पनि स्वतन्त्रता राख्छ । अनि राजनीतिले मात्र होइन, साहित्यले पनि राजनीतिलाई निर्देश र आलोचना गर्न मिल्छ, मिल्नुपर्छ । यो त्यतिबेला मात्र सहज हुन्छ जतिबेला हामी विचारहरूको अस्तित्वलाई निषेध गर्दैनौं र साहित्यमा स्वतन्त्रतालाई स्वीकृत गर्छौं । साहित्य भान्छा हो र राजनीति शौचालय । यस्तो मान्यता पनि सुनिएकै हो, पढिएकै छ । साहित्यकार एवं राजनीतिज्ञ केदारमान व्यथितको भनाइबाट यसले चर्चा पाएको थियो । जगदीश घिमिरेको अन्तर्मनको यात्रा पढ्दा रामेछापमा साहित्यकार हुनुहुन्थ्यो साम्बभक्त सुवेदी, उहााले पनि आफ्नो साहित्यिक कोठालाई भान्छा र छोरा नवराज सुवेदीको राजनीतिक भेटघाटको कोठालाई शौचालय भन्ने गरेको थाहा हुन्छ । भन्नेहरूले कस्तो अनुभूतिमा यस्तो भने बेग्लै कुरा हो तर साहित्यिक भनाइलाई व्याख्या गर्न मिल्छ भने भान्छा विविध परिकारको संरचना, खुराक हो र शौचालय सीमित उत्सर्जनको । यसबाट पनि साहित्यमा विविधता निहित छ भन्ने बुझिन्छ । भलै, मानव सभ्यताले राजनीतिलाई शौचालयमा सीमित देख्ने वा नदेख्ने ? शौचालयले भान्छासाग कति तादत्म्य खोज्ने ? यी प्रश्नमा बहस हुनसक्छ ।

सत्ता र राजनीतिले अचेट्न वा घचेट्न खोजे पनि साहित्य स्वतन्त्र विचारको पर्याय भन्ने अर्थमा नै विश्वेश्वरप्रसाद कोइरालाले भन्नुभएको हो साहित्यमा सम्राट् पनि नााङ्गै हुन्छ । राजनीति बुझाउने सत्ता भन्नोस् या सम्राट् वा शासन, जसको सीमा अनि अर्कै उचाइ र सम्मान हुनसक्छ तर साहित्यमा ऊ, उसका कृत्य वा अन्य केही प्रसङ्गमा त्यो सम्राट् नााङ्गै देखिनसक्छ । साहित्यले सम्राट्लाई नाङ्गो पार्न पनि र देखाउन पनि सक्छ । अर्थात् सत्ता, राजनीति वा सम्राट्को दासता साहित्यलाई मञ्जुर छैन, साहित्य त्योभन्दा धेरै माथिको स्वतन्त्रता हो । साहित्यकार कोइराला राजनीतिमा आफूलाई समाजवादी र साहित्यमा अराजकतावादी घोषणा गर्नुहुन्छ । यहाा प्रयुक्त अराजकतावाद एवं अबद्ध स्वायत्त साहित्यको पक्षमा अर्थात् जहाा रवि पुग्दैनन् त्यहाा कवि -साहित्यकार) पुग्छन् भन्ने गाम्भीर्यसाग जोडिएको छ । सिर्जना प्रकृतिसाग सम्बन्धित छ, साहित्यसाग सम्बन्धित छ, सिर्जना स्वयंमा विविध छ । यसलाई राजनीतिको नीतिले सीमाबद्ध गर्न चाहनु असम्भव मात्र होइन, प्रकृति -स्वभाव)विरुद्ध पनि हुन्छ । मुख्यतः साहित्य विचार हो, राजनीति विवेक र नीतिमा भरपर्छ । विवेकको आधिक्य यदि राजनीतिमा छ भने त्यसले विचारलाई निषेध वा तिरस्कृत गर्ने सोच बनाउन सक्दैन । राजनेता वा साहित्यकार बीपीले देखेको र लेखेको साहित्य उन्मुक्त र विविध छ, अनि सम्राट् नाङ्गै ।

अन्य शीर्षक
рдореЗрд░реЛ рдЙрд╣реА рднреБрддреНрддреЗ рдЧрд┐рджреА -рдмрд╛рд▓рдХреГрд╖реНрдг рдкреЛрдЦрд░реЗрд▓
अध्ययन र समर्पण -कुलचन्द्र वाग्ले
साहित्यिक पत्रकारिताको कष्टकर यात्रा -विजय चालिसे
गयो वर्ष - आयो वर्ष -मेदिनीकुमार केवल
मलामी -पद्मा अर्याल
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
देशभित्र सिमाना खोज्दै -अच्युत घिमिरे
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
आमाको जतन -डम्बर रसिक भारती
आँकुरा
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
ए सप्तकोशी ! -दिलीप राई सगर
आमाको जतन -डम्बर रसिक भारती
केही हाइकु -ज्ञान उदास
अक्षर -प्रल्हाद पोखरेल
गजल -सुवासचन्द्र ढुङ्गेल
कविता -तानिकावा शुन्तारो
गजल -काशीराम विरस
मन परेको राम्रो -केदार न्यौपाने
गजल -दिव्य गिरी
नेता नबन्ने म ता -पर्शुराम पराजुली 'पराशर'
स्मृति क्यानभासमा हजुरआमा -लक्ष्मी उप्रेती
जीवित नायकको आत्मकथा -शैलेन्द्र साकार
पहाड र आकाश -मञ्जुल
सहिदको सम्झना -ज्ञाननिष्ठ ज्ञवाली
झुमी -चंकी श्रेष्ठ
कालीका सुसेली -बाबुराम लामिछाने
स्मृतिमा इश्वरदाइ -गीता त्रिपाठी
नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म -कृष्णकुमार प्रजापति
स्कटल्याण्डतिरका पदचाप -मुकुन्द पोखरेल
को हुन् चार जना ? -धु्रव थापा
भारतमा नेपाली नाटक -देवी पन्थी
नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास डा. गङ्गाप्रसाद अकेला
अमेरिकाको रहर -डा. हंसपुरे सुवेदी
पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा -नरेन्द्रजंग पिटर
खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू -तेजेश्वरबाबु ग्वंग
लोकतान्त्रिक आन्दोलनमा स्रष्टा, गणतान्त्रिक चेतना र नेपाली साहित्य -मधुसूदन पन्थी
शैशवका तीन पुस्ता -मदनमणि दीक्षित
नेपाली साहित्यमा 'मधुपर्क'को योगदानको मूल्याङ्कन -शिव रेग्मी
हाम्रो प्रतिबद्धता
मधुपर्क २०६६ जेठ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px