Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मधुपर्क २०६६ जेठ
दुई विदेशीले रोल्पामा लालसलाम गर्न सिकें
 

हामीले हुग्री खोलाको पुल तरेपछि पुलकै मुखमा बनाएको सहिद गेट भेट्यौ । बाटोमा बनाएको त्यो सहिद गेटलाई पनि क्यामाराभित्र कैद गर्‍यौ । गेटभन्दा माथि दुईवटा रूखमा ठूलो झण्डा फरफराइरहेको थियो । हुग्री खोला अलि तल पुगेर माडीखोलामा मिसिएको थियो । माडीचौरबाट पारिपट्ट भर्खर बनाएको नया मोटरबाटो पनि देखिन्थ्यो । पहिलोचोटि पुगेको भन्दा निकै फरक थियो रोल्पा । वर्गसंघर्षले झन् खारिएको थियो ।

हामीसाग भएका सबै पत्रकार साथीहरू र दुईजना विदेशी लेखक तथा पत्रकार 'पेटि्रक' र 'सिमेस' पनि धेरै दङ्ग देखिन्थ्ो । सबै पत्रकारका कलम र क्यामेराले धेरै दृश्यहरू कैद गर्नमा व्यस्त थिए । दुई विदेशी पत्रकारले यति धेरै फोटो खिचेकि हामी सबै चकित पर्‍यौा । खोला तर्नासाथ हामीले अलि माथि एक लर्कन बन्दुक बोकेका मानिस पनि देख्यौा मनमनले सोच्यौा यी माओवादीका जनसेना होलान् । हामीले माओवादी साथीहरूको सम्पर्क खोज्यौा । अलि ढिलो भए पनि एकजनाले सही सम्पर्कमा पुर्‍याए । मेरो लागी माडीचौर नयाा थिएन । गत वर्षको भदौ ६ गते यसरी नै पत्रकार साथीहरूसाग माडीचौर टेक्ने अवसर पाएको थिएा । भनौ रोल्पासाग मेरो प्रत्यक्ष भेटघाट पहिला नै भएको थियो । जनयुद्धको अविरल यात्रामा रहेको रोल्पा हिजो जस्तो थियो, आज त्यस्तै थिएन । हिजो भेटेको माडीचौर पनि मेरा लागी बेग्लै भएको थियो । साथी शिव तिवारी सम्पर्क स्थानमा पुगेपछि पनि रोल्पा जस्तो नलागेको बताउादै हुनुहुन्थ्यो । पत्रकार साथीहरू अनन्त लुइटेल, किशोर सापकोटा, गोविन्द पोखरेल र उजिर मगर सम्पर्क स्थानमा थकाइले सुत्नुभयो । विदेशीहरू पनि सुस्ताउादै थिए तर मलाई भने त्यो माडीचौरसाग अलि धेरै मन फूकाएर गफ गर्न मनलागेको थियो ।

एक वर्षपछि भेटेको माडीचौर भिन्नै भइसकेको रहेछ । गत वर्षभन्दा ११ जना बढी योद्धाहरूले रगत बगाइसकेको रहेछन् । भनौ माडीचौर होइन रोल्पा झन् बढी रातो भएछ । अझै तेजवान् र गतिवान् भएछ । हार्दै नहार्ने अविरल यात्रामा रोल्पाका माडीचौरजस्ता दर्जनौ गाउहरू अझै खारिएर स्पात बनेछन् । पोहोर सुनसान भेटेको माडीचौर आज सुनसान थिएन । वरपर थुप्रै महिलाहरू थिए । हामीलाई लाग्यो यिनीहरू कतै जादैछन् तर हामीले कसैलाई सोधपुछ गरेनौ । सबैको लागि हामी अपरिचित थियौ । जेठको दोस्रो दिन थियो । साथीहरूले हाम्रो लागि खाना बनाउने तयारी गर्दै थिए । समय भने दिउसोको खाजा खाने समय भएको थियो तर हामीले बिहानको खाना पनि खाएका थिएनौ ।

हाम्रो लागि सम्पर्कमा कमरेड शक्तिमान र छिरिङ बस्नुभएको रहेछ । हामीसाग केही समयपछि भेट भयो । उहाका अनुसार हामी खाना खाएर बेलुका ५ बजेतिर केही समयपछि हिाड्ने कुरा थाहा भयो । राम्रोसाग अङ्ग्रेजी बोल्ने कमरेड शक्तिमानले विदेशीहरूलाई पनि हार्दिकतापूर्वक रोल्पा भ्रमणमा आउनु भएकोमा स्वागत गर्दै धन्यबाद दिनुभयो । आयरल्यान्डबाट आएका ती दुवै विदेशी लेखकहरूले पनि आफूहरू रोल्पा भ्रमणमा आउन पाएकोमा खुसी व्यक्त गरे । केही समय कमरेड शक्तिमान र छिरिङले हामीलाई पार्टी नीति निर्देशन र पत्रकार साथीहरूले निर्वाह गर्नुपर्ने भूमिका र अनुशासनका बारेमा जानकारी गर्नुभयो । हाम्रो भलाकुसारी चल्दै थियो भने बाहिर एक हुल महिलाहरू खाना खादै थिए । ती मध्ये कसै-कसैले बन्दुक पनि बोकेका थिए ।

हामीलाई गर्मी भएको थियो र थकाई पनि लागेको थियो । घर नजिकै ठूलो धारो थियो, काठमाडौामा एक हप्तामा एक दिन नुहाउन पनि पानीको ठूलो जोरजुलुम गर्नुपर्दथ्यो । घर नजिकैको चिसो र स्वच्छ पानी बगेको देखेपछि सबैलाई नुहाउन मन लाग्यो । हामीले नुहायौा र केही कपडा पनि धोयौ । रविन के.सी. कमरेडले खाना तयार भएको जानकारी दिएपछि हामी सबैले खाना खायौ । हामीलाई साथीहरूले लोकल कुखुराको मासुसाग मीठो खाना खुवाउनु भयो । खाना खाइसकेपछि केही सुस्तायाै तर त्यही घर नजिकबाट थुप्रै महिला पुरुषहरू झोला बोकेर कतै जादै थिए । हामी सबैले यी सबै जना माओवादीको कार्यक्रममा हिडेको अड्कल काट्यौ ।

हामीलाई माडीचौरबाट हिड्ने सूचना दिदै कमरेड शक्तिमानले भन्नुभयो-'साथीहरूको झोला गह्रौा छ भने बोक्ने बन्दोबस्त गछौ' तर हामीले हाम्रो झोला आफै बोक्ने बताएपछि हामी हिाड्यौा माडीचौरबाट ठीक उत्तरपट्टकिो विकट उकालोतिर जम्कोटको त्यो विकट उकालो हाम्रो लागी ज्यादै अप्ठ्यारो थियो तर रोल्पा टेकेपछिको त्यो पहिलो उकालो थियो । हाम्रो अघिपछि राइफल बोकेका एक दर्जन जति माओवादी जनसेनाहरू पनि थिए । गफको सिलसिलामा जम्कोटको पहिलो एउटा उकालो काट्यौ । साथीहरू सबै जना कमरेड शक्तिमान र छिरिङसागै जिज्ञासा राख्दै थिए । ऊ त्यो गाउको नाम के हो ? त्यो जलजलाको नाम के हो ? जलजला कता पर्छ यस्तै- यस्तै प्रश्नहरू पनि हामीले राख्यौ । जम्कोटको बीचमा पर्ने एउटा चौतारीमा थोरै थकाई मार्‍यौा । हामीसागै चौतारोमा एक दर्जनभन्दा बढी भरियाहरू पनि थिए । यी भरियादाइहरूले बोकेका सामानहरू पनि माओवादीका कतै कार्यक्रममा लगेको हुनुपर्छ ।.............पनि कमरेड शक्तिमानले हुनसक्छ मात्रै उत्तर दिए । उनीहरूले पसलका किराना सामान मात्रै बोकेका रहेछन् ।

सिागो संसार हल्लाउने रोल्पाको अपराजय यात्रालाई अब कसैले रोक्न नसक्ने अनुभूति पनि भयो । मैले वास्तवमा यो अनुभूति मात्र नभएर साचो पनि थियो । इतिहासले यही बताइरहेको छ । मेरा अनुभूतिहरू सबै पत्रकार साथीहरूलाई राखे । सबैको एउटै अनुभूति थियो । वास्तवमा रोल्पाले धेरै बहादुर छोराहरू गुमाएर पनि आИना सुन्दर समाज निर्माण गर्ने सङ्कल्प पूरा गर्ने गतिशील यात्रामा अग्रपङ्क्तिमा छ । सबैलाई मुठ्ठी उठाएर लाल सलाम गर्ने बानी परेका रोल्पाली सामु भने हाम्रो नमस्ते मात्रै हुन्थ्यो मतलब हामी लाल सलाम गर्न पनि जान्दैनथ्यौा । विस्तारै हामीले पनि सिक्यौा । हामीसाग भएका दुई विदेशीहरूलाई पनि रोल्पालीहरूले गरेजस्तै लालसलाम गर्न सिकायौ । विदेशी लेखक पेटि्रक पनि लाल सलाम कमरेड भन्न सक्ने भएका थिए ।

आज जेठ ३ गते हामीले बिहानै जम्कोटबाट हिड्ने तयारी गर्‍यौ । कमरेड शक्तिमान छिरिङ हामीसागै हुनुहुन्थ्यो । हामीले दक्षिण पश्चिममा कोर्चावाङ, घर्तीगाउ । पाखापानी, जिनाबाङलगायतका गाउहरू देखेका थियौ आज हाम्रो पार्टीको ठूलो जनसभा छ, त्यही जनसभाको लागि तपाईंहरूलाई निमन्त्रणा पठाएका हौ । त्यसैले यहाबाट जतिसक्दो हामी छिटो हिड्नुपर्छ । नत्र समयमा सभास्थल पुगिदैन, हामी हिड्ने तरखर गरेपछि कमरेड शक्तिमानले भन्नुभयो । हामीले कार्यक्रमको पूर्व जानकारी पायौ र सभास्थल पुग्न हतारियौ । हाम्रो टोली ८,१० जनाको भए पनि अघिपछि थुप्रै जनता हामी हिडेको बाटो हिड्दै थिए । हामीलाई लाग्यो- 'यो जुलुस हो कुनै सभातिर जादैछ ।' जम्कोटबाट अझै माथी लागेपछि झन् अप्ठेरो र भीरको बाटो आयो । अप्ठ्यारो र भीरको बाटो उक्लेपछि हामी एकछिन बस्यौ त्यहााबाट लिवाङ देखेका थियौा । एकजना साथीले टिप्पणी गर्नुभयो- 'लिवाङबाट प्रहरीहरू बाइनाकुलर लगाएर हामीलाई हेर्दै होलान् ।'

हामीले जलजला पहाड पनि देख्यौ । मैले मनमनले सोचाे त्यो पहाड आस्थाको धरोहर हो र मनमनले नै सलाम भने । साच्चै कहिल्यै नझुक्ने जलजला एउटा उच्च पहाड मात्र थिएन । त्यो क्रान्तिकारीहरूको अभेद्य चट्टान थियो-जसले ठूलाठूला आाधीबेहरीसाग पौाठेजोरी खेलेको छ । वरपर थुप्रै गुरासका बोटहरू थिए तर सबैमा फूलहरू थिएन । कतै-कतै बााकी रहेको गुरासका राताम्मै फूलहरू पनि थिए । मैले छिरिङ कमरेडको सहयोगले फूल टिपीमागे एक मुठ्ठी गुरासको फूल बोकेर हामी फेरी माथि उक्लिरह्यौ । तेस्रोबाटो आयो तेस्रो काटेपछि थोरै उकालो फेरी आयो ।

अब धेरै छैन थोरै हिाडेपछि कार्यक्रम स्थल आउछ त्यो भावाङ रे पछि शक्तिमानजीले देहोर्‍याउनुभयो समय बिहानको ९.३० बजेको थियो । थोरै उकाले काटेपछि फेरि तेस्रो आयो हामीलो भावाङको डाडोमा रहेको ठूलो खुला चौर देख्यौ, जहा राताराता झण्डा फरफराइरहेको थियो । टाढैबाट राताराता ब्यानर देखिन्थ्यो । हाम्रो आजको गन्तव्यस्थल आइपुग्न लागेकोले हामीलाई लागेको थकाई पनि मर्‍यो ।

हामी ठीक ९.४५ बजे त्यो ठूलो भावाङको खुल्ला चौरमा पाइला टेक्यौा । हामीलाई साथीहरूले कार्यक्रम सुरु हुनुपूर्व कार्यक्रमस्थलभन्दा माथिको घरलाई देखाउादै त्यहाा बस्ने जानकारी दिनुभयो । हामीले आ-आИना झोला बोकेर त्यही एक्लो घरमा गयौा, त्यो घरलाई हाम्रो कार्यालय बनाइएको रहेछ । त्यहा लेखिएको थियो- पत्रकार कार्यालय तर थुप्रै स्वयंसेवकहरू कार्यक्रम स्थल रङ्ग्याउदै थिए । गत साल भेटिएका आदरणीय कमरेडहरू ...सुनिल, सिजनलाई फेरी भेट्न पाउदा असाध्यै खुसी लाग्यो । भूपू जिल्ला विकास समिति रोल्पाका सभापति झक्कुप्रसाद सुवेदीलाई नचिने पनि फोटोमा देखेको अनुहारको भरमा ठ्याक्कै चिने । वरपर रहेका थुप्रै कमरेडहरूसाग पनि थोरै-थोरै वात मार्‍यौा । हामीलाई केही खाने सल्लाह दिादै माथिबाट छिरिङ कमरेडले बोलाउनुभयो । सबै साथी हाम्रै कार्यालयतिर गयौा । खााजा खाादा नखाादै पूर्वबाट ठूलो मार्चसहितको जनमिलिसियाको जुलुस आयो यतिबेला ठीक १० बजेको थियो ।

छिरिङ कमरेड हाम्रो लागी खाजा भाग लगाउदै थिए तर हामीलाई तल जनमिलिसियाको विशाल मार्चसहितको लामो जुलुस देखेपछि लागिरहेको भोक पनि हरायो । म र उजीर ठूलो कान्लाबाट हाम्फालेर फोटो खिच्न पुग्यौ । खाजा खाएनौ र हामी क्यामेरा, रिल, क्यासेट, डायरीलगायतको पोकापुन्तुरा बोकेर सभास्थलतिर लाग्यौा । अरू साथीहरू खाजा खाएर फर्किए । हामी असाध्यै हतारीएका थियौा पूर्वपटि्टका गाम सेरम, स्यूरी, हारजङ, गुम्चाल, सिर्प, तेबाङ, मिझिङ, गजुल, खुमेस, थाङमी, घपाङ, जैमकसला र होमाबाट आएका हजारौाको जुलुसलाई हामीले क्यामेरामा कैद गर्न सकिराखेको थिएनौ । कहिले यता दौडिादै कहिले उता दौडिादै सकेसम्म गरेर फोटो खिचिरहेका थियौा तर आफैालाई चिक्त बुझिरहेको थिएन । मतलब हाम्रा क्यामाराले ती दृश्यहरू जुलुसका फर्मेशनहरू खिच्न सकिरहेको थिएन ।

क्षितिज छेउहरूबाट मलिन स्वरमा थुप्रै जुलुसका नाराहरू सुनिएका थिए । हामी अतास्सिएका थियौा । हामीलाई छुट्टै अनुभूतीले उकुसमुकुस बनाइरहेको थियो । हामीले देखेका थियौा-चारैतिरबाट भवाङमा ओर्लिरहेको मानव महासागर । हामी थोरै पत्रकारहरू रोल्पाली मानव महासागरभित्र कतै हराएका थियौा । जुलुससागै देखिएका बिरता र क्रान्तिप्रतिको समर्पणभावले हामीलाई हीनताबोध भइरहेको थियो । हेर्दा हामी सुकीलो मुकीलो थियौा तर रोल्पाली बीच हामी त्यस्तो देखिएका थिएनौा । मतलब उनीहरू संसार बदल्न हिाडेका लालयात्रीहरू थिए, हामी मात्रै दर्शक ।

हामीले रोल्पा र काठमाडौालाई एकछिन दाज्यौा, रोल्पाको तुलनामा काठमाडौा फुक्का लाग्यो । रोल्पाका तुलनामा काठमाडौा कायर लाग्यो, काठमाडौाका जनता भोग, विलास, ऐशआराममा चुर्लुम्म डुबेका थिए । भने धेरै फरक देख्यौा काठमाडौा र रोल्पामा । रोल्पा हिम्मतिलो, फूर्तिलो, जागरिलो वीर थियो तर काठमाडौा डरपोक, अल्छी र कायर थियो । हामीभित्र यस्ता दर्जनौ कल्पनाहरू दौडिरहेका थिए तर जुलुस भावाङतिर आर्लिरहेको थियो । मिनेट बित्यो, घण्टा बित्यो, बित्दै गयो तर जुलुस आइरह्यो ।

घडीले एघार बजायो सभास्थलमाथिको लेकबाट थवाङ, मिरुल, जेलवाङ, उचालगायतका गााउबाट यति ठूलो जुलुस आयोकी हामीले देखेभरको बाटो खाली थिएन । हरियो जङ्गलबीचबाट राताम्मै ब्यानर झण्डाले सजिएको सो जुलुस तल झर्दा जङ्गलमा ठूलो कपडा टाागिएको जस्तो देखिन्थ्यो । जनकलाकारहरूको मार्च समेतको जुलुस देख्दा सबैलाई नाचौा नाचौा लागेको थियो, उजीर र मैले भने एकछिन कलाकारहरूको सङ्गीतमय मार्चमा मिसिएर नाच्यौा पनि । क्रमशः कुरेली, कोटगाउा, कोर्चावाङ, अर्नीगाउा, जम्कोट, दक्षिणपश्चिम क्षेत्रबाट बुढागउा.........जुलुससाग जलवाङ, करेण्टी, सखी, डुबीडाडा, झेनाम, डुबिडको अर्को जुलुस थपियो । पूर्वदक्षिणबाट खुग्री, घोडागाउा, मसिना, जोलीपोखरीको जुलस आयो भने सुदूरपश्चिममा रहेका ओन, पाखापानी, रााकेबोट अर्को विशाल जुलुस थपियो । केही समय अघि झण्डा र ब्यानरले मात्रै रङ्गएिको भावाङको चौर केही घण्टापछि एक पाइला राख्न नसक्ने गरी मानव सागरले भरिन पुग्यो । भावाङ असाध्यै निकट थियो, तर एकछिनमै क्रान्ति र परिवर्तनको उल्लासले असाध्यै सुगम बन्न पुग्यो चारैतिरबाट उर्लिएको जनसागर जनसेनाहरूको मार्च, जनसागरले गुञ्जायमान बनाएका नाराहरू र बाजागाजाहरूले भावाङ मात्र होइन वरपरका गाउाहरूसमेत गुञ्जायमान भएका थिए । जताततै झण्डैझण्डा, ब्यानरैब्यानर र ध्वजापतकाहरूले रङ्गएिको भावाङ हेर्दाहेर्दै पुतली जस्तै भएको थियो । रङ्गीचङ्गी र झिलिमिली भएको थियो ।

नयाा सम्भावना र नयाा चुनौतीहरूको सामाना गर्न जुझारु जनचेतनाको विकास गरौा । सभाको पूर्वपट्टकिो एउटा घरमा राखिएको ब्यानरमा मेरो आखा ठोक्कियो । वास्तवमा धेरै नयाा सम्भावना बोकेर अग्रगामी कदम उठाइरहेको रोल्पाले विगतमा पनि ठूला र गम्भीर चुनौतीहरूको सामना गरेको थियो र आज पनि जनयुद्धले ल्याएको महान् सम्भावनाहरू पूरा गर्न गम्भीर चुनौतीको सामना गर्न विगतमा झैा अहिले पनि रोल्पा अडिक छ र जुझारु जनचेतनाको विकास गर्न अझै स्पात बन्दै महाअभियानमा लागिरहेको छ । भावाङको जेठ ३ गते भएको मानव महासागरले यही बताउाथ्यो ।

बिहान १० बजेसम्म सागै भएका पत्रकार साथीहरू कता-कता थिए, खोज्न पनि र भेट्न माइकबाट सूचना जारी गर्नुपर्दथ्यो । सबैजना आ-आИना ध्याउन्नमा व्यस्त थिए तर हिमालयन टाइम्मसका पत्रकार साथी अनन्त लुइाटेलजी अलि निन्याउरो अनुहार लगाइरहनुभएको थियो । यसको कारण थियो-सभाका दृश्यहरू क्यामेरामा बन्द गर्न नपाएकोमा मतलब उहााले हतारको कारण क्यामेरा ल्याउन सक्नुभएनछ । साह्रै थुक्क थुक्क मान्दै उहाा पनि मनभित्रको क्यामेरामा भए पनि दृश्यहरू बन्द गर्दै हुनुहुन्थ्यो । गोविन्दको भिडीयो क्यामेरा ल्याउन नपाएकोमा दुःख मनाउ गर्दै हुनुहुन्थ्यो । जेहोस् जसले, जसले जति सकियो हेरियो घुमियो । मैले भावाङलाई मनमनले धेरै चोटी लालसलाम टक्र्याएा ।

सभाका सबै दृश्यहरूले अनौठो बनाइरहे पनि जुलुसका विभिन्न झााकीहरूले हामी सबै पत्रकारहरूलाई आश्चर्यचकित बनाएको थियो । जुलुसका सारङ्गी नाच, धनुषकार नाच, लहरे नाचले रोल्पाको आИनो संस्कृतिको प्रतिनिधित्व गरेको थियो । सांस्कतिक रूपमा सत्तामा बस्नेहरूले माओवादीहरूलाई संस्कृतिविरोधी भनेर लगाउले गरेका आरोपहरूको खण्डन पनि यी झााकीहरूले गरिरहेका थिए । हामीलाई लाग्यो- वास्तवमा माओवादीहरूले यो आИनो राष्ट्रिय मौलिक संस्कृतिको जगेर्ना गर्दा रहेछन् ।

हामीसाग भएका दुईजना विदेशी लेखकहरूमध्ये सिमेसले हतार-हतार गर्दै लगभग दिनभर फोटो खिचिरहे-खिचिरहे । हामीसागका अर्को पत्रकार साथीले टिप्पणी गर्नुभयो- यो मोरो कुइरेले यही फोटो बेचेर कति पैसा कमाउाछ । ती विदेशीले लगभग पााचसयभन्दा बढी फोटो खिचेका थिए । यसरी फोटो खिच्न पाएकोमा ती दुवै विदेशी लेखक धेरै खुसी देखिन्थ्ये ।

घडीले ४ बजायो लगभग जुलुस आउने क्रम बन्द भयो । कमरेड दीपेन्ऽ पुनले जिल्ला संयुक्त, जनसमिति रोल्पाको घोषणा सभा हुन लागेको जानकारी गराउादै कार्यक्रम सुरु गर्न लाग्नुभयो । चारैतिरबाट फायरिङ सुरु भयो, मैले हत्तपत्त फायरिङ गन्ती गरेा- एक दुई तीन लगातार फायरिङ भइरर्‍यो १५ फाइरिङमा बन्द भयो । कार्यक्रमको सुरुवातसागै सभाले जेडजोडले ताली बजायो । भावाङ फेरि गुञ्जायमान भयो । रोल्पा जनसरकार प्रमुख सन्तोष बुढामगरले हामी सबै पत्रकार साथीहरूलाई फूलमाला र अवीरले अभिनन्दन गर्दै मञ्चमा सम्मानका साथ राख्नुभयो । हामीले फेरि फोटो खिच्यौा । सभामा उपस्थित सबैलाई कमरेड नन्दबहादुर बूढाले स्वागत गर्नुभयो ।

आकाशमा हेलिकोप्टरले फन्को मार्यो-सभास्थलभन्दा धेरै टाढाबाट लगाएको हेलिकोप्टरको फन्कोलाई हामीसागै गएका सेना प्रमुखले टिप्पणी गर्दै भन्नुभयो- हाम्रो रेन्जभन्दा धेरै टाढा छ रेन्जभित्र प्रवेश गर्यो भने त्यसलाई खसालिदिनेछौा, सभामा बोल्ने क्रम सुरु भयो । बीच-बीचमा जलजलाका स्थानीय कलाकारहरूले निकै जोशिला क्रान्तिकारी गीतहरू गााउनुभयो । हामीले धेरै गीतहरू रेर्कड पनि गर्‍यौा । कार्यक्रम हुादाहुादै झमक्क रात पर्‍यो । रात धेरै गुजि्रयो । कार्यक्रमको अन्त हुुादा घडीले १२.१० बजाएको थियो । भावाङले ०५६ असार ८ गते ११ जना कलाकारहरू गुमाए पनि हजारौा जनतासाग प्रतक्ष्य भेटघाट गर्न पायो । जेठ ३ गते आИनो पार्टीको शीर्षस्थ नेता नरबहादुर पुनः -ज्वालालाई गुमाए पनि ने.क.पा.माओवादी रोल्पाले नरबहादुर पुनको रगतबाट लाखौा अरू छोराहरू जन्माए । यिनै भावका साथ वक्ताहरूले आИनो मन्तव्य टुङ्ग्याए ।

रातो रुमाल बोक्नेलाई नभेटेपछि

बेला-बेलामा राजधानीका पत्रकार साथीहरूले माओवादी जनयुद्धको प्रभावित क्षेत्रमा जानका लागि सम्पर्क मिलाइदिने अनुरोध गरिरहेकै बेलामा हामीलाई पश्चिमबाट खबर आएको थियो । माओवादी क्षेत्र घुम्न इच्छुक पत्रकारहरूलाई आवश्यक व्यवस्था मिलाएको खबर अनुसार केही दैनिक पत्रिका र केही साप्ताहिक पत्रिकाहरूका संवादाताहरूलाई पनि यस्तै निमन्त्रणा पठाएको खबर थाहा पाएपछि हामी केही पत्रकार साथीहरू पश्चिमका जिल्लामा रिपोर्टिङका लागि जाने तयारीमा जुट्यौा । काठमाडौामा टीम मिलाउने काम भने हामी जनादेश र जनआहृवान साप्ताहिकका पत्रकारहरूबाट भएको थियो । पश्चिम जानुपूर्व जमघटको थलो हामीले नेपाल पत्रकार महासङ्घ काठमाडौा शाखालाई बनायौा । सुरक्षाका कारण हामीलाई लिन आउने साथीले पनि हामी कुन जिल्ला जाादैछौा भन्ने कुरासमेत भनेका थिएनन् र हामीले पनि उहााको गोपनियताको लागि बढी खोजीनीति पनि गरेनौा । हामी पश्चिम हिाड्ने जम्माजम्मी १५/ १६ जना पत्रकार थियौा । हिाड्ने अन्तिम समयमा लिन आउने साथीको सल्लाहअनुसार तीन टोली भएर सुर्खेतसम्म जाने सल्लाह भयो । त्यसैअनुसार म नगेन्द्र प्रसाई, स्वागत नेपाल र फोटो पत्रकार धुव्र आले नयाा बसपार्क पुग्यौा र सुर्खेतसम्मको टिकट काट्यौा ।

२०५८/ जेठ ११ गते हामी नयााबसपार्कबाट सुर्खेत जाादैछौा । पक्का पनि हामी सुर्खेत पुगेपछि उत्तर पश्चिमका कुनै लेक काट्छौा बिहान ८ बजे बस चढ्नासाथ मनमा त्यस्तै कल्पना आयो । विगतमा पनि ४ पटक सुर्खेत पुगेको र सुर्खेत नजिकै अग्ला-अग्ला लेक देखेकोले यस्ता कल्पनाहरू मनभित्र एक्कासि पलायो । बस थानकोट नौबिसे मुङ्लिन हुादै राती १० बजेमात्र नारायणगढ पुग्यो । हामीले नारायणगढमा स्थानीय चुरे सन्देशका पत्रकार साथी सुरेशचन्द्र अधिकारीलाई पनि पश्चिम जाने खबर गरेका थियौा र त्यसै अनुसार उहाा पनि हाम्रो पर्खाइमा हुनुहुादो रहेछ र भेट भयो । नारायणगढमा खाना खायौा । त्यसपछि हाम्रो यात्रा पश्चिम सोझियो ।

हामी भोलिपल्ट बिहान ९ बजेतिर मात्रै सुर्खेत पुग्यौा । केही पत्रकार साथीहरू भने आउन बााकी नै थियो । हामी चढेको बसले बीच बाटोमा बढी नै अलमल गर्‍यो । केही यात्रुहरू चिढिादै पनि थिए तर हामी भने धैर्य गरैर बस्यौा । तैपनि अरू साथीहरू भन्दा हामी अघि भएका थियौा । सुर्खेत पुगेपछि हाम्रो लागी स्थानीय होटलमा बस्ने बन्दोबस्त गरिएको रहेछ । त्यैसै अनुसार सोही हाटेलमा झोला राख्यौा र केही बेर सुस्तायौा ।

हामीलाई खबर आयो १३ गते बिहान अर्थात् भोलि बिहानै हिाड्नुपर्छ । हामी जाने बाटोमा गाडी त जान सक्थ्यो तर हामी हिाड्ने दिन जेठ १३ गते सुर्खेत बन्द थियो । त्यसकारण गाडी हिाड्ने बाटोमा पनि खुट्टाले हिाड्नुपर्ने भयो । ने.क.पा. -माओवादी) का स्थानीय कार्यकर्ताहरू कुलबहादुर मल्ल, भीष्म, टीका खत्री र चन्दा विकलाई सुर्खेत जिल्लाकै तातोपानीमा एकै चोटी प्रहरीहरूले गोलीहानी हत्या गरेको विरुद्ध सुर्खेत बन्दको आयोजना गरिएको रहेछ । बेलुका सबै पत्रकार साथीहरू आइपुग्नु भयो । केही नयाा पत्रकार साथीहरू पनि हुनुहुन्थ्यो उहाासाग पनि चिनजान भयो ।

१३ गते बिहानै हामी सुर्खेतबाट ठीक उत्तरतिरको उकालो बाटो लाग्यौा । बजार सकियो जङ्गल आयो । जंगल सागसागै उकालो पनि आयो । एक जना साथीले बताए- 'यो लादेको उकालो हो ।' बाटोमा दाउरा बोक्ने महिलाहरू थिए । बिहानै पनि भारीले थिचेर पलाएको पसिना पुछ्दै उनीहरू हामीलाई नौलो मानेर हेरिरहेका थिए । उनीहरू कोही उकालो लाग्दै थिए । कोही ओरालो झर्दै थिए । काठमाडौा बसेर हिड्न बिर्सेका हामी पत्रकारहरूलाई लादेको उकालो काट्न मुस्किल परेको थियो । उकालो निकै लामो पनि थियो । जति लामो भए पनि काट्नै पर्ने पनि थियो । सुर्खेत बजारबाट सागसागै पाइला अगाडि बढाएका पत्रकार साथीहरू घण्टा बित्दानबित्दै लादेको उकालोमा धेरै अघि पछि भएको थियौा ।

उकालो बाटो, जेठको महिना हिाड्न छोडेका पत्रकारहरूलाई पर्नु मुस्किल परेको थियो तर कोही पनि आИनो जाागरिलो पाराले बोलिरहेका थिएनन् । पसिनाले निथ्रुक्क भिजेका थियौा । हामीलाई पानी तिर्खाले पनि उत्तिकै सताइरहेको थियो तर लादेको उकालो पानी विहीन थियो । उकालोको बीचमा कटुवा भन्ने ठाउामा हामीले दही भेट्यौा, मरुभूमिमा उाटले पानीभेटे भन्दा धेरै गुणा खुसीका साथ हामीले दही खायौा । दहीमात्र होइन दहीचिउरा खायौा । खाना खाने ठाउा आइपुग्न अझ थुप्रै हिाड्न पर्दथ्यो । हामीलाई सागै लैजाने साथी भीमजी बताउादै हुनुहुन्थ्यो । भोक र तिर्खा एकैचोटी मारेपछि भातको चिन्ता कमै थियो । बाटोमा भेटिएको ऐासेलुले झन् हामी सबैलाई रमाइलो बनाएको थियो ।

घडीले १२.४५ बजायो । हामी यतिखेर एउटा विकट लेकमा आइपुग्यौा । चिसो हावा चलेको छ । वरपर बारीमा आलु मात्रै छ । कहीाकहीा आलुको बोट फूलेको पनि छ । हामीलाई भोकले च्याप्दै लगेको थियो । अघि खाएका दहीचिउरा, आरुबखडा र ऐासेलुको शक्ति सकिएको थियो । उकालो सकिएर हामी सुर्खेतको रातानाङला पुगिसकेका थियौा । यो सानो बजार पनि हो । हामीले वरपर ठूला-ठूला पहाड पनि देखेका छौा । एकछिन हामी त्यहीा अलमलीयौा । नेपाल पत्रकार महासंघ काठमाडौाका सभापति ईश्वरी वाग्ले लगायतका साथीहरू अनि अगाडि नै त्यहाा आइपुगेका थिए । उनीहरूले खाना खाएर हामी पछि आउनेलाई खाना बनाउन लगाउनुभएको रहेछ । खाना पाक्दै थियो । वातावरण पत्रकार मोहन के.सी जी आИनो भिडियो क्यामेरामा वरपरका वातावरणहरू कैद गर्दै थिए । नौला-नौला एक हुल मान्छे देखेर रातानाङलाको बासिन्दा जिज्ञासापूर्ण आाखा लगाउादै थिए ।

खाना खाएपछि हामी तेर्सो बाटो लाग्यौा । वरपर कुहिरो पनि लागेको थियो । लादेको उकालोमा लागेको थकाई लेक आइपुगेपछि हराएको थियो । हाम्रो एउटा जमात आИनो गन्तव्यतिर लम्किरहेको थियो । यात्रा लामो र रमाइलो पनि थियो । हिाड्दाहिाड्दै हामी सुर्खेत र दैलेखको सीमानामा पुग्यौा । रानीमत्ताबाट सुर्खेत र दैलेखकोे सीमाना छुट्टनिे रहेछ । रानीमत्तामा इलाका प्रहरी कार्यालय थियो । प्रहरीले हाम्रो टोलीलाई बाटैमा रोकेर यात्राको जानकारी माग्यो । प्रहरी इञ्चार्ज बाहिर नै ननिस्की हाम्रो यात्राको खबर जिल्लामा पुर्‍याउादै थिए । हामीले दैलेख, कालिकोट, जुम्लालगायतका जिल्लामा पुग्ने जानकारी दिएपछि हामीलाई विभिन्न बाहानामा रोक्ने प्रयास गरियो तर हामीले हाम्रो यात्रा कुनै पनि हालतमा रोक्न नमिल्ने र हामीले सबै जानकारी पनि दिइराख्न नपर्ने अड्डी लिएपछि शङ्ख्या र जाने जिल्लाको जानकारी दिएर हामी हाम्रो बाटो लाग्यौा ।

बाटो तेर्सो र ओरालो आयो । अलिपर पुगेपछि एउटा सानो बजार आयो । बजारमा बेच्न राखेका काफल किन्यौा र काफल टोक्दै ओरालो लाग्यौा । रतीखोलामा पुगेपछि हामीले चिया खाने बन्दोबस्त गर्‍यौा । बाटाभरी चिया खान परखीमा गनिएका म र नगेन्द्र प्रसाइजी जहाा चिया भेटे पनि २/२ कप खान्थ्यौा । रती खोलामा पनि हामीले दुई-दुई कप चियाको साथमा दुई-दुई वटा लोकल कुखुराको अण्डा पनि खायौा ।

हामी हरेक होटलमा पछाडि छुटेका साथी भेट्थ्यौा र सागै यात्रा अगाडि बढाउथ्यौा तर हिाड्दा हिाड्दैं हामी फेरी छल्ली हाल्थ्यौा । हिाड्दा-हिाड्दै बाटोमा हामीलाई हुरी वतास र पानीले सतायो । ओत लाग्ने ठाउा थिएन । हतार -हतार हामीले ओरालो काट्ने जमर्को गर्‍यौा । हाम्रो हतारको हिाडाइले नगेन्द्र प्रसाइजी र हामीलाई लैजाने साथी भीमजी पछाडी नै पर्नुभयो । तल एउटा खुल्ला चौरमा म, यदु र बुटवलका दिपकजी मिलेर पछाडीका साथीहरूलाई पर्खियौा ।

हामी असाध्यै विकट र दूर्गम क्षेत्रमा हिाडिरहेका थियौा । भोक लाग्नासाथ हामीले खाना खान पाउादैनथ्यौा र तिर्खा लाग्दा पानीसमेत भेट्न मुस्किल पर्दथ्यो तर दुनियाा बदल्नका लागि जीवन मरणको लडाइा लड्ने बहादुरहरूको गाउातिर हामी हिडिरहेका थियौा । वरपर जङ्गल थियो तर सुुन्दर थियो । रिमझिम सााझ पर्दा हामी दैलेखको डााडापराजुल गाविसको माथिल्लो डुङेश्वर बजार पुग्यौा । हामी पुग्नु भन्दा केही समय पहिले अघि मात्र बजारमा माओवादीहरूले मसाल जुलुस निकालेका रहेछन् । उनीहरू मसाल जुलुस निकालेर हिाडिसकेको कारणले हामीले सम्पर्क भेट्न सकेनौा । तैपनि कोही साथी बााकी नै छन्कि भनेर जुलुसको अन्त्य गरेतिर जान प्रयास गर्‍यौा तर एकजना व्यापारीले 'माइन' राखेको हुन सक्ने बताएर सचेत गराए । हामीले धेरै प्रयास गर्दा पनि माओवादी सम्पर्क भेट्न सकेनौा । रात झमक्कै परिसकेको थियो । बजारको धेरै भाग घुमेर कसेैलाई नभेटे पछि हामी डुङेश्वरमै बस्ने सुर कस्यौा । एक व्यापारीले हामीलाई निकै मीठो मासको दाल र तरकारीसाग भात ख्वाएर सुताए । दिनभरको थकाइले निद्रा भने खुब लाग्यो । भोलिपल्ट बिहान पनि सजिलै सम्पर्क भेटेनौा ।

हामीलाई लैजाने साथीले सम्पर्क बिधिवारे भने केही पनि बताएका थिएनन् तर भोलिपल्ट थाहा भयो- हामीलाई लिन आउने साथीले बजारकै बीचमा रहेको चौतारोमा रातो रुमाल बोकेर बसेको साथी नै हाम्रो सम्पर्क सुत्र रहेछन् तर अघिल्लो दिन हामी आउन ढिला भएको कारण उनी त्यहााबाट हिडिसकेका रहेछन् ।

अन्य शीर्षक
рдореЗрд░реЛ рдЙрд╣реА рднреБрддреНрддреЗ рдЧрд┐рджреА -рдмрд╛рд▓рдХреГрд╖реНрдг рдкреЛрдЦрд░реЗрд▓
अध्ययन र समर्पण -कुलचन्द्र वाग्ले
साहित्यिक पत्रकारिताको कष्टकर यात्रा -विजय चालिसे
गयो वर्ष - आयो वर्ष -मेदिनीकुमार केवल
मलामी -पद्मा अर्याल
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
देशभित्र सिमाना खोज्दै -अच्युत घिमिरे
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
आमाको जतन -डम्बर रसिक भारती
आँकुरा
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
ए सप्तकोशी ! -दिलीप राई सगर
आमाको जतन -डम्बर रसिक भारती
केही हाइकु -ज्ञान उदास
अक्षर -प्रल्हाद पोखरेल
गजल -सुवासचन्द्र ढुङ्गेल
कविता -तानिकावा शुन्तारो
गजल -काशीराम विरस
मन परेको राम्रो -केदार न्यौपाने
गजल -दिव्य गिरी
नेता नबन्ने म ता -पर्शुराम पराजुली 'पराशर'
स्मृति क्यानभासमा हजुरआमा -लक्ष्मी उप्रेती
जीवित नायकको आत्मकथा -शैलेन्द्र साकार
पहाड र आकाश -मञ्जुल
सहिदको सम्झना -ज्ञाननिष्ठ ज्ञवाली
झुमी -चंकी श्रेष्ठ
कालीका सुसेली -बाबुराम लामिछाने
स्मृतिमा इश्वरदाइ -गीता त्रिपाठी
नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म -कृष्णकुमार प्रजापति
स्कटल्याण्डतिरका पदचाप -मुकुन्द पोखरेल
को हुन् चार जना ? -धु्रव थापा
भारतमा नेपाली नाटक -देवी पन्थी
नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास डा. गङ्गाप्रसाद अकेला
अमेरिकाको रहर -डा. हंसपुरे सुवेदी
पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा -नरेन्द्रजंग पिटर
खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू -तेजेश्वरबाबु ग्वंग
लोकतान्त्रिक आन्दोलनमा स्रष्टा, गणतान्त्रिक चेतना र नेपाली साहित्य -मधुसूदन पन्थी
शैशवका तीन पुस्ता -मदनमणि दीक्षित
नेपाली साहित्यमा 'मधुपर्क'को योगदानको मूल्याङ्कन -शिव रेग्मी
हाम्रो प्रतिबद्धता
मधुपर्क २०६६ जेठ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px