Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मधुपर्क २०६६ जेठ
रक्सीको मात
- वसन्त ढकाल
 

मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आИनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई दुःख दिनु भनेको चाहि झन् दुःखको भारी बोक्नु हो भन्ने कुरा पनि आउछ । हुन त मात मदिराको मात्र हुदैन । धन सम्पत्तिको मात पनि चानचुने हुदैन । किनकि ठूल्ठूला विश्वयुद्धको सुरुवात धन-दौलतले भरिपूर्ण देशहरूबाटै भएको थियो । साथै रूप र लावण्यको मातले पनि ठूला-ठूला युद्ध निम्ताएको छ । तर्क गर्नेहरू भन्छन्- द्रौपदीले दुर्योधनको सामु आИनो रूपको मात प्रदर्शन नगरेकी भए सायद महाभारतको युद्ध हुदैन थियो कि ? तर हामी चल्तीको भाषामा मात्तिनु भनेको मदिरा सेवन गरी बहकिनुलाई नै लिन्छौं ।

फेरि अहिलेको आधुनिक जमानामा कसैको जीवनयापनको औकात नाप्नु पर्‍यो भने उसको भोजमा राखिएको रक्सीको स्तरबाट परिचान गर्ने गरिन्छ तर यही मदिराले हाम्रोजस्तो गरिब मुलुकमा कतिको घर बरवाद गरेको छ, त्यसको तथ्याङ्क कुनै सरकारी वा गैह्रसरकारी सङ्घ-संस्थाले आजसम्म अध्यावधि गरेको दृष्टान्त भने भेटिादैन । हाम्रै कवि भूपि शेरचनले भने नि-"मलाई पिएकोमा गाली गर्नेहरू, एक पटक पिएर त हेर पिउन कति गाह्रो छ ।" हुन पनि हो जब मान्छेले रक्सी सेवन गर्छ, ऊ मान्छे नै रहिरहन्छ तर जब रक्सीले मान्छे सेवन गर्न सुरु गर्छ, तब उसको इज्जत, प्रतिष्ठा, मानवता सबै दाउ लाग्छ । त्यसैले होला पिउन गाह्रो भएको तर मलाई भने पिउने मान्छेप्रति ईष्र्या जागेर आउाछ । किनकि उनीहरू आफूले गरेका गल्तीको दोष कमसेकम रक्सीमाथि थोपर्न सक्छन् । आफू सजिलै उम्कन सक्छन् ।

गएको दसैाअघिको कुरा हो, एक जना मनकारी साथीले उनको विवाहको वर्ष गााठको भोज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिए । थरीथरीका देशी-विदेशी रक्सीहरूको खोलो बगेको थियो । सङ्गीतको सुमधुर धुन बजिरहेको थियो- 'मुझे पिनेका सोख नही पिता हु गम भुला ने को .... ।' साथीहरू स्वाद लिदै पिइरहेका थिए । अब उनीहरू दुःख भुल्न पिइरहेका थिए वा दुःख दिन पिइरहेका थिए । त्यो त उनीहरूको कुरो भो । यत्तिकै एक जना साथी । कस्सिए... "हामीलाई हेप्ने ? के हाम्रो औकात छैन ? एउटा जाबो बिहे गर्दैमा यत्रो पार्टी दिनुपर्छ ? मैले चाहे भने काठमाडौका सम्पूर्ण भट्टी पसल किन्न सक्छु ।" अब उनलाई रोक्ने कसले । उनी झन् बम्किए- "मोफसलको मान्छे ठानेर मलाई हेप्ने ? के मेरो स्तर छैन ? लु जा, म ब्ल्याक लेभलभन्दा मुनिको रक्सी नै छुन्न । आज मलाई रोयल स्टागको गिलास थमाउने ।" उनले भोजमा राखिएको मदिराबाट नै तहसनहस पारे । उनकी श्रीमतीजी आखाभरि आसु भरेर सबै इज्जत माटोमै मिलिहाल्यो नि भनेझै गरी लाजले खुम्चिएर एक कुनामा बसिरहेकी थिइन् । भोज दिने साथीलाई पनि लाग्यो होला- "घाटी भरिन्जेल पियो । अनि मैसाग निहु खोज्न थाल्यो ।"

भोलिपल्ट अफिसमा सबैजना जम्मा भइयो । उनी दसैं पेश्की निकाल्न निवेदन लेखिरहेका थिए । मैले सोधे- "हैन हो, तपाईं त हिजो आधा काठमाडौ किन्ने कुरा गर्नु हुन्थ्यो । फेरि आज पेश्कीको निवेदन .... ?" उनले किञ्चित लाज नमानी भने- साथीहरूले पनि यसो विचार गर्नुपर्छ नि कसले कति पियो भनेर ... ।" "यसरी उनले सम्पूर्ण आИनो क्रियाकलापको दोष रक्सीमाथि थोपरेर हामीप्रति पो गुनासो पोखे, पानीमाथिको ओभानोझै । भोज दिने साथी पनि त्यहीा थिए । हिजोको कुरो सबै बिर्सिएझै गरी उनी मुसुक्क हासे मात्र । ल अब हेरौ त, म उनको पिउने बानीप्रति ईष्र्या गरौ कि नगरौ । यदि रक्सी नपिउनेले हिजो यसरी आमा-चकारी गाली गरेको भए आज उसले प्रतिवादी लगाउनु पथ्र्यो होला अड्डातिर ।

मेरा एक जना मित्र छन् । उनी रक्सी त त्यति मात्तिने गरी पिउदैनन् तर उनी रक्सी भट्टी टोलटोलमा खुल्नुपर्छ, नभए सरकारी तवरबाटै व्यवस्थापन गर्नुपर्छ भन्ने दलिल ठाउ-ठाउमा पेस गर्छन् । उनको तर्कअनुसार रक्सी भट्टीमा जात-भात, उच-नीच, भाषा-भाषी, धर्म-सम्प्रदायको कुरो हुादैन । जो हुन्छन् ती सबै समग्रमा जड्याहाा हुन्छन् । जसले गर्दा राष्ट्रिय एकता बलियो हुन्छ । हुनत भारतीय कवि हरिवंश राय बच्चनले पनि लेखेका छन्- "बैर कराती मन्दिर-मस्जिद, प्रेम जगाती मधुशाला ।"

यो रक्सी पिउने तरिका पनि जात वर्णअनुसार फरकफरक हुन्छ कि क्या हो ? आजभन्दा आठ-दस वर्षअघि एक जना साथीको बिहेमा जन्त जानुपर्ने थियो पहाडतिर । हामी जन्तीहरू उकालो उक्लिादै थियौा । पछाडि पनि अर्को बिहेका एक हूल जन्तीहरू आउादै थिए । तिनीहरू पाखुरा सुर्की-सुर्की कराइरहेका थिए र बाजा पनि बजिरहेका थिए तर मान्छेहरूले कराउन भने छोडेका थिएनन् । एकछिनपछि त्यो बिहेका जन्तीहरूसाग भेट भयो । मैले अलि पाको देखिने एक जनासाग सोधे "हैन, कसको बिहे हो ? किन त्यस्तो हल्लाखल्ला गरेको हा ?" ती पाका भलाद्मीले भने "बिहे चाहि मेरो छोराको हो । त्यहा खाजा घरमा खाजा खादा बेहेलाले अलि बढ्तै पिएछ । त्यसै हामी मतवालीले विस्तार-विस्तार ठिक्क पो पिउनुपर्छ । बाहुन-क्षेत्रीले जस्तो ठाउ-कुठाउ ठाडै घुट्क्याउनु हुन्न लत्तो छाडेर भनेर सम्झाको पो त, कुनै झगडाको हल्लखल्ल हैन ।" त्यसपछि मलाई लाग्यो यो पिउने तरिका पनि जात-जाति र वर्ण व्यवस्थाअनुसार फरक हुादोरैछ ।

फेरि यो रक्सीमाथि जेब्रा क्रसिङ्गको ट्राफिक, रोकावट पनि छैन । यसलाई कसैले कहीा पनि रातो बत्ती बालेर रोक्दैन । रक्सी निषेधित क्षेत्रमा यसका अगुवा नै मातिएर ढलिरहेका भेटिन्छन् । अमेरिकी राष्ट्रपतिको हृवाइट हाउसदेखि रुवाण्डाको भोकमरी पीडित ठाउामा समेत बेरोकतोक यो पुगेकै छ । नेपालको प्रधानमन्त्रीको क्वाटरदेखि रोल्पाको गाउले बस्तीसम्म मान्छेलाई यसको मातले घुमाएको छ । होला, मान्छेको औकातअनुसार यसको स्तरमा फरक पर्ला तर यो सर्वव्यापी र सर्वसुलभ नै छ । बिरामी परे लौन औषधि खान दुई सय सापट देउन भन्दा दिने मान्छे भेटिदै तर तलतल लाग्यो रक्सी पिलाउन भन्यो भने दुई हजार नै खर्च गर्न मान्छे पछि पर्दैन । कस्तो मानव निर्मित मादक पदार्थ होला यो जसको अगाडि परिवार, इज्जत, धन-सम्पत्ति, सामाजिक मान मर्यादा केही होइन भन्ने सोच्छ मान्छे ।

यसको उत्पादन रोके राष्ट्रिय आयमा मात्र गिरावट आउने हैन घरेलु-ग्रामीण आयमा समेत असर पर्छ र धेरै गरिबका भट्टी पसलमा चुल्हो-चौको बल्न छोड्छ भन्छन् रक्सी अर्थ विज्ञहरू । भालुको कन्पटजस्तो रैछ यो रक्सी । छोडे पनि ज्यान धराप, नछोडे पनि ज्यान धराप । हुन पनि मान्छे मात्रले रक्सीलाई यस्तो अमूर्त परम्मित्रको रूपमा लिएको दुःख पर्दा दुःख भुल्न पिएा । सुख हुदा सुख बाड्न पिएा तर जस जसले जुन जुन हिसाबले पिएका हुन् त्यो भगवान् जानुन् तर हाम्रोजस्तो गरिब मुलुकका धेरै घर-परिवारलाई रक्सीको मातले घुमाएर उठ्ठविास चाहिा पारेको छ । त्यसैले पिउादै नपिउनु राम्रो । पिउनै परे औकातअनुसार पिएको राम्रो होला ।

-सिन्धुली, ढकालगाउा- ५

अन्य शीर्षक
рдореЗрд░реЛ рдЙрд╣реА рднреБрддреНрддреЗ рдЧрд┐рджреА -рдмрд╛рд▓рдХреГрд╖реНрдг рдкреЛрдЦрд░реЗрд▓
अध्ययन र समर्पण -कुलचन्द्र वाग्ले
साहित्यिक पत्रकारिताको कष्टकर यात्रा -विजय चालिसे
गयो वर्ष - आयो वर्ष -मेदिनीकुमार केवल
मलामी -पद्मा अर्याल
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
देशभित्र सिमाना खोज्दै -अच्युत घिमिरे
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
आमाको जतन -डम्बर रसिक भारती
आँकुरा
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
ए सप्तकोशी ! -दिलीप राई सगर
आमाको जतन -डम्बर रसिक भारती
केही हाइकु -ज्ञान उदास
अक्षर -प्रल्हाद पोखरेल
गजल -सुवासचन्द्र ढुङ्गेल
कविता -तानिकावा शुन्तारो
गजल -काशीराम विरस
मन परेको राम्रो -केदार न्यौपाने
गजल -दिव्य गिरी
नेता नबन्ने म ता -पर्शुराम पराजुली 'पराशर'
स्मृति क्यानभासमा हजुरआमा -लक्ष्मी उप्रेती
जीवित नायकको आत्मकथा -शैलेन्द्र साकार
पहाड र आकाश -मञ्जुल
सहिदको सम्झना -ज्ञाननिष्ठ ज्ञवाली
झुमी -चंकी श्रेष्ठ
कालीका सुसेली -बाबुराम लामिछाने
स्मृतिमा इश्वरदाइ -गीता त्रिपाठी
नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म -कृष्णकुमार प्रजापति
स्कटल्याण्डतिरका पदचाप -मुकुन्द पोखरेल
को हुन् चार जना ? -धु्रव थापा
भारतमा नेपाली नाटक -देवी पन्थी
नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास डा. गङ्गाप्रसाद अकेला
अमेरिकाको रहर -डा. हंसपुरे सुवेदी
पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा -नरेन्द्रजंग पिटर
खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू -तेजेश्वरबाबु ग्वंग
लोकतान्त्रिक आन्दोलनमा स्रष्टा, गणतान्त्रिक चेतना र नेपाली साहित्य -मधुसूदन पन्थी
शैशवका तीन पुस्ता -मदनमणि दीक्षित
नेपाली साहित्यमा 'मधुपर्क'को योगदानको मूल्याङ्कन -शिव रेग्मी
हाम्रो प्रतिबद्धता
मधुपर्क २०६६ जेठ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px