गनेपाली भाषा र नेपालभाषाको साहित्यमा के कस्ता समानता र के कस्ता अन्तरहरू छन् ?
-नेपाली भाषा र नेपालभाषाका साहित्यहरू, दुवै एकै राष्ट्र नेपालका एउटै हावापानी, एउटै अवस्था-व्यवस्था, एउटै स्थिति-परिस्थितिमा अर्थात् एउटै राजनीतिक, आर्थिक, राजकीय संस्कारमा हुर्की बढेका नागरिकका साधनाका उपज हुन् । दुवै एउटै राष्ट्रव्यापी समाजको सुख, शान्ति, समुन्नतिको एउटै भिजन अन्तर्गत एउटा मूलभूत साध्यको खोजीले निर्देशित छन् । भाषा मात्रै अलग-अलग भएर हो, नत्र दुवै राष्ट्र-साहित्य हो । नेपाल भाषाभाषीले नेपालीमा लेखिएको साहित्य नेपाली भाषाको साहित्य भएको छ भने नेपाली वा अन्य भाषाभाषीले नेपालभाषामा लेखिएको साहित्य पनि नेपालभाषाको साहित्य भएको छ । विधाको दृष्टिले हेर्ने हो भने पनि नेपालभाषामा गीत-सङ्गीत दोहा-चौपाइदेखि लिएर खण्डकाव्य, महाकाव्य, फुटकर कविता, हाइकु, मुक्तक अनि समस्यापूर्ति पनि नेपाली भाषामा जस्तै लेखिएका छन् । विषयवस्तुको हिसाबले हेर्ने हो भने पनि भक्ति, रति, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदिदेखि देशमा चलेका आन्दोलन, द्वन्द्व आदि विषय पनि लेखिएका छन् । पत्रपत्रिका पनि पाक्षिक, मासिक आदि आब्धिक उस्तै प्रकारका प्रकाशित छन् । विधि-संविधान, रचनागत संरचनाको हकमा पनि युग अथवा समयअनुसार फेरिादै, बदलिादै, नयाा रूप, रङ्ग, ढााचा, बनोट लिादै आइरहेका छन् । जीवन-जगत्को अवलोकन निरीक्षण, त्यसप्रतिको धारणा-अवधारणा समयसापेक्ष भएर आइरहेका छन् र अभिव्यक्ति, अभिव्यञ्जना र उपमान-उपमेय, बिम्ब, प्रतीक आदिको प्रयोग पनि नेपाली साहित्यमा सरह नै समयअनुसार उस्तैउस्तै भएर आइरहेका छन् । खालि अन्तर के छ भने यसको पृष्ठभूमिमा, स्वाभाविकरूपले रचना गर्ने नेपाल भाषाभाषीको समाजको, संस्कृतिको वस्तुस्थिति प्रतिबिम्बित भइरहेको हुन्छ, मानसिकता क्रियाशील हुन्छ । अर्को अन्तर भनेको भाषाको प्रकृतिअनुसार अभिव्यक्ति, अभिव्यञ्जनाको शैली हो, ढााचा हो, छााट छन्द हो । अझ अर्को अन्तर भनेको नेपाली भाषाको साहित्यमा बेलाबखतमा हुने, भई आएजस्तो प्रयोगात्मक चिन्तन वा सुधारवादी आन्दोलनहरू नहुनु हो ।
गविकासको दृष्टिले नेपालभाषा साहित्यको स्थिति कस्तो छ ?
-असन्तोषपूर्ण छैन । कविता र कहानीको क्षेत्रमा सङ्ख्यात्मक र गुणात्मक हिसाबले उल्लेख्य विकास भएको छ । उपन्यास र नाटकको क्षेत्रमा गुणात्मक विकास भएकै छ । निबन्ध-प्रबन्ध र आलोचना-समालोचना क्षेत्रमा भइरहेको विकास उल्लेखनीय नै छ ।
ग साहित्यका विविध विधामध्ये कुन विधामा योगदान पुर्याउन सकेको जस्तो
लाग्छ ? कसरी ?
-दुई-चार दशकयतादेखि देखापर्न थालेका रचनाबाट कविता-कहानी-निबन्ध क्षेत्रमा समयसापेक्ष विशेष योगदान गरेको देखिएको छ । तिनीहरूबाट नया सीप र शैलीको प्रस्तुति र प्रतिस्थापना हुन आउनका साथै विद्यमान वस्तुस्थितिलाई हेर्ने दृष्टिकोणमा नया प्रवृत्तिको विकास भई अग्रगामी चिन्तन र मननको अभ्यास भएको छ । भाषा साहित्यको परम्परावादी परिपाटीमा यो एउटा स्वभावतः परिवर्तनकारी योगदान हो ।
ग शारदाकालीन साहित्य र वर्तमान नेपाली साहित्यमा के कस्ता अन्तर पाउनुभएको छ ?
-शारदाकालीन साहित्य भनेको २००७ सालको अगाडिको साहित्य हो जब 'प्रजातन्त्र' भन्ने शब्दको 'प्र.' को उच्चारण नै देशका वासिन्दाको लागि एक किसिमले 'ट्याबु' अर्थात् रोक लागेको शब्दको उच्चारण थियो । त्यो बेला एउटा गतिलो पत्रिका चलाउनलाई एकातिर सत्ताधारीको क्रिपापूर्ण निगाहको आराधना गरिरहनुपथ्र्यो भने अर्कोतिर साहित्य रचना गर्नेहरूलाई 'साहित्य सङ्गीत कलाविहीन साक्षात् पशु पुच्छ विषाणहीन' भन्दै खुशामद गरिरहनुपथ्र्यो । त्यसैले त्यो बेलाको साहित्य सुरक्षाको दृष्टिले अगाडि-पछाडि, दायाबाया हेरी तथा भित्ताको पनि कान हुन्छ भन्ने बुझी चनाखो साथ लेखिने विशुद्ध प्रकृतिको साहित्य थियो भने अहिलेको साहित्य २००७ साल, २०४६ साल र २०६१ साल पनि नाघि गणतन्त्र भएको नेपालको साहित्य हो । त्यसैले अहिलेको साहित्य भनेको आम जनताको हितको ख्याल गरेर आम जनताको सुख संमृद्धि र शान्तिको लक्ष्य अगाडि राखेर निर्धक्क भएर लेखिएको साहित्य हो । वर्तमान नेपाली साहित्य शारदाकालीन साहित्यको दाजोमा जीवनको भोगाइको पृष्ठभूमिमा आम नागरिकको जीवनको जिम्मेवारीप्रति सजग भएर लेखिएको जीवनमुखी साहित्य भएको छ ।
गतपाईं समालोचक पनि हुनुहुन्छ तर समालोचना परम्पराभन्दा माथि उठ्न नसक्नुको कारण के हुन सक्छ ?
-समालोचनाको परम्परा भनेको गुण दोष केलाई मूल्याङ्कन गर्ने मान्यतालाई लिएर भन्नुभएको हो भने त्योभन्दा माथि उठ्नु भनेको के हो ? त्यसमा स्पष्ट हुनु जरुरी छ । समालोचना भनेको वास्तवमा कुनै साहित्यिक रचनालाई भित्र-बाहिर राम्रोसाग जााचीवरी त्यसमा के-कस्ता तव छन्, त्यो के- कस्तो हो आदि केलाई त्यसको निरूपण गरेर आनो सम्मति दिनु हो । भन्नाले, त्यो आलोच्यवस्तु के कस्तो हो, त्यसले प्रतिपादन गरेको सत्य, तथ्य तथा वास्तविकता यथार्थ बुझेर त्यो कतिसम्म 'सत्य'छ, 'तथ्यपूर्ण' छ, यथार्थपरक छ र कलाको दृष्टिले कतिको प्रभावकारी छ विभिन्न कोणले हेरी ग्राहृय-अग्राहृय निधो गर्ने कुरा आउाछ । परम्पराबाट माथि उठ्न नसक्नुको कारण चाहिा लेखक-पाठक दुवैको चित्त नबुझ्नुमा केन्दि्रत रहेको देखिन आउाछ । लेखकलाई या त आफूले प्रस्तुत गरेको सही कुराको सहीरूपले बुझेर सही मूल्याङ्कन भइरहेको छैन भन्ने लागिरहेको हुन्छ अथवा सही कुरा सहीरूपले बुझेर पनि गलत मूल्याङ्कन भइरहेको छ भन्ने लागिरहेको हुन्छ । पाठकलाई पनि आफूले बुझेभन्दा बेग्लै किसिमले बुझिदिएर आफूलाई समालोचकले दिग्भ्रमित पारिहेको छ भन्ने लागिरहेको हुन्छ । यसको मुख्य कारण एकातिर लेखक-पाठकले आनो प्रतिक्रिया नजनाउनु हो भने, अर्कोतिर समालोचकले आनो तर्क प्रतिस्थापन गर्दा प्रमाण अथवा आधार अगि नसार्नु हो । समालोचना भनेको वास्तवमा एकातिर बहस हो भने अर्कोतिर सिर्जना र कला पनि हो । बहस भनेको तर्कातीत वा प्रमाणविहीन हुादैन । त्यसो भएमा त्यसमा समालोचकको दम्भ वा अहङ्कार मात्र बोलिरहेको प्रतीत हुनजान्छ, त्यो विश्वासजनक वा सन्तोषजनक हुादैन । सिर्जना पनि त्यसरी नै तथ्यपरक वा प्रमाणिक आधारयुक्त भएन भने सन्तुष्टि दिनेखालको हुादैन ।
आलोचनाका धेरै पद्धतिहरू छन्, गुणदोष केलाउने धेरै तरिकाहरू छन्, सिद्धान्तहरू छन्, आधारहरू छन् । ती सबैको विचार नभई खालि स्वविवेकले मात्र ग्राहृय-अग्राहृय, राम्रो-नराम्रो, असल खराब भनिदिने गर्नाले व्यक्तिपरक भई आत्मगत आलोचना हुन जान्छ । त्यसभन्दा पनि 'माथि उठेर' कुनै रचनाको आलोचना गर्ने हो भने तुलनात्मक समीक्षा हुनु समीचिन हुन्छ, जसमा अरू रचनासाग मात्र तुलना हुादैन त्यो रचनामा प्रतिपादित कुराको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, संस्कारिक, वैज्ञानिक, मनोवैज्ञानिक, स्थानिक, सामाजिक आदि यावत् कुराहरूको आधारमा प्रतिपादित तथ्यहरूसित तुलना गरी समीक्षा गरिएको हुन्छ । बरु प्रस्तुत वस्तुस्थितिको पृष्ठभूमिमा यो कति सम्भव र व्यावहारिक छ भन्ने विचारणीय छ ।
ग तपाईं लेखक/समालोचक हुनुहुन्छ, एकै व्यक्ति लेखक-समालोचक हुादा फाइदा वा हानी के हुन्छ ? कसरी ?
-लेखक पनि स्वभावतः चिन्तक, विचारक हुने भएकोले ऊ पनि हरबखत जीवन जगत्का क्रियाकलाप, वस्तुस्थितिको जानीनजानी, चिन्तन-मनन्, विश्लेषण, गरिरहने प्राणी हो । त्यसैको आधारमा ऊ लेख तयार गर्छ, साहित्य रचना गर्छ । यस हिसाबले हरेक लेखक समालोचक पनि हो । अरूले लेखेको लेख-रचनाको समालोचना गर्ने जाागर उसमा नहुन सक्छ, त्यो बेग्लै कुरा हो । समालोचकले समालोचना गर्दा यथासम्भव हरेक आधार, साधन प्रयोग गर्छ भनेझैा लेखकले पनि आनो लेख तयार गर्दा सबै दृष्टिले त्यसलाई सम्पन्न गर्न खोज्दछ । त्यसैले लेखक समालोचक पनि हुादा फाइदै हुन्छ, बेफाइदा हुादैन ।
ग नेपाली साहित्यमा अनुवादको स्थिति के कारणले कमजोर भइरहेछ ?
-कमजोर नै भइरहेछ भन्न त मिल्दैन होला तर लागिरहेको छ चाहिा अवश्य हो । कारण के भने जति पनि अनुवाद भएर गइरहेका छन्, आइरहेको छन्, त्यसको लेखाजोखा भएको छैन र प्रचार-प्रसार पनि भइरहेको छैन । एक अध्ययनअनुसार १८५५ देखि २०५८ सालको लगभग २०० वर्षको अवधिमा अरू भाषाबाट नेपालीमा र नेपालीबाट अरू भाषामा अनुवाद गर्नेहरूको सङ्ख्या लगभग ६०० जना देखिएको छ भने नेपाली साहित्यमाअनुवादतिर ध्यान कम गएको छ भन्न अलि मिल्दो देखिादैन, जब कि १८५० देखि २०५४ सम्मकेा उत्तिकै वर्षको अवधिमा साहित्यमा हात चलाउनेहरूको सङ्ख्या त्यो भन्दा कम नै देखिएको छ । बरु कुरा के हो भने एक्काइसौा शताब्दीको अहिलेको अवस्थामा आएर पनि देशको खुला वातावरणमा समेत अनुवादको काम धेरैजसो व्यक्तिगत रुचि र व्यक्तिगत प्रयासको भरले मात्र भइरहेको छ र कमै मात्र कुनै खास योजनामा वा सामूहिक लक्ष्य प्राप्तिको हिसाबले कुनै संस्था वा निकायमार्फत् भइरहेको छ । अर्को कुरा, बाहिरको साहित्यको अनुवाद गर्ने आकर्षण यतातिर जति छ बाहिरतिर यताको साहित्यको अनुवाद गर्ने आकर्षण कम्ती भएको देखिन्छ । कतिपय देशहरूमा आना लेखक-साहित्यकारहरूको जन्मशताब्दी युनेस्कोजस्ता विश्वसंस्थाहरूमार्फत् विश्वव्यापीरूपले मनाउने गरेको देखिन्छ तर हामीकहाा लेखक-साहित्यकारहरूको त्यस्तो गरी मनाउने चलन छैन । नेपाली आप्रवासीहरू त्यतातिर मनग्य पुगिसकेको अवस्थामा यसो गर्न नसकिने पनि होइन । हाम्रा यताातिरका लेखक-कविहरू कुनै पनि 'अन्तर्राष्ट्रिय स्तर' मा पुगिसकेका छैनन् कि भन्नेजस्तो हीनताबोधको भावना लुकेर बसेको भए पनि त्यसलाई पन्छाएर पाइला चाल्न आवश्यक देखिन्छ । प्रचार-प्रसार गरी बाहिरकेा पाठकको खुल्दुली मेटाई आकर्षण गर्नको लागि अरू देशबाट भई आएसरह अन्तर्राष्ट्रिय भाषामा नेपाली भाषा साहित्यको अनुवाद गराई नियमितरूपले पत्रपत्रिका चलाई उपलब्ध गराउन सके पनि अनुवाद परम्परा अगाडि बढ्न सक्छ । अनुवाद साहित्य भनेको एक्लैको व्यक्तिगत प्रयास वा रहरले मात्र सफलतापूर्वक सम्पन्न हुने कुरा होइन ।
ग नेपाली साहित्यमा भइरहेका विभिन्न प्रयोगहरूलाई कुनरूपमा लिनुभएको छ ?
-प्रयोगहरूलाई मैले सकारात्मकरूपमा लिएको छु । एक त यी प्रयोगहरूबाट हामी पनि सिर्जनशील छौा र हामी पनि नयाानयाा सोच र विचार गर्दछौा भन्ने सावित हुन्छ अर्को कुरा यी प्रयोगहरूबाट साहित्यमा लागिपरेका साधक र पाठकलाई तत्तत् समयसम्ममा भएका साहित्यिक गतिविधि, क्रियाकलाप र गति-प्रगतिको समीक्षा, पुनरावलोकन गरी अगाडि बढ्न, नयाा कदम चाल्न बल मिल्दछ । त्यसले युग र परिस्थिति अनुसार साहित्यलाई विकिसत हुादै जाने मार्ग प्रशस्त हुन्छ । यसबाट नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय समाजमा घुलमिल हुन जान पनि सजिलो हुन्छ ।
ग नेपाली र नेपालभाषाको साहित्यमध्ये कुनमा तपाईंको मूल्याङ्कन राम्रो भएको जस्तो लाग्छ ?
-कुनमा बढी कुनमा घटी भन्ने कुरा त त्यस्तै हो तर दुवैमा उस्तैउस्तै माया-प्रेम र सद्भावना पाएको छु ।