Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मधुपर्क २०६६ जेठ
शून्य-सर्ग-साहित्यमा सम्पादन
कुलचन्द्र वाग्ले
 

लेखकीय शिल्पमा सम्पादन सहज विषय हुादै होइन र यो कार्य प्रायः निर्विवाद पनि हुने गर्दैन । लेख्नु एक प्रकारको कला हो भने त्यसमाथिको सम्पादन अर्को प्रकारको कला । लेखनका कमजोरी वा कच्चापदार्थलाई कुशल सम्पादनबाट आकर्षक एवं स्तरीय बनाइन सक्ने कुरा त्यति नै सही हो जति स्तरीय लेखनलाई असक्षम सम्पादनले कुरूप पारिदिनसक्छ । साहित्यजस्तै शाश्वत सम्पादनकला पनि सधैंको बहसको विषय हो । खासगरी लेखक र सम्पादकबीच बहस हुने यस विषयमा गम्भीर पाठकले कमजोरी फेला पार्दा लेखकलाई दोष त दिन्छ नै तर त्यसको अपजस सम्पादकले पनि लिनुपर्ने हुन्छ । विशेषतः साहित्यिक पत्रकारिता वा अखबारी -समाचार । विचार) पत्रकारितामा यो सवालले महьव राख्दछ ।

त्यसो त सम्पादन लेखनी र लेखकीय विषयमात्र होइन । सम्पादनको विस्तारित अर्थले कुनै पनि काम कुशलता साथ सम्पन्न गर्नु, सफल पार्नुलाईसमेत बोध गराउाछ तर व्यापक प्रचलनबाट सम्पादनको सम्मानित र सीमित अर्थले लेखनसाग तादात्म्य राख्न पुगेको बोध हुन्छ । यहाा साहित्यमाथिको सम्पादनलाई उठाउन खोजिएको हो । साहित्यमाथिको सम्पादन सर्जक भनियोस् वा लेखक एवं सम्पादकबीचको विवादको कुरा पनि हो र सहमतिको विषयसमेत हो ।

मानव सभ्यतामा भाषा साहित्यको विकासको क्रम मौखिक परम्पराबाट अभ्युदय भएको हो । लेखन सम्पादनको परम्परालाई पनि मौखिक प्रणालीले दिग्दर्शन गरेको सत्यमाथि आशङ्का गर्नु तथ्यसङ्गत हुादैन । भाषाका माध्यमबाट मानव समाजमा लोक परम्पराको प्रस्तुति अहिले पनि गीत, सङ्गीत र साहित्यका स्वरूपमा प्रष्फुटित भइरहेकै भेटिन्छन् । सबै लिखित छैनन्, हुन सक्दैनन् होला पनि । स्वर साहित्य मौखिक परम्परामा विकास भयो, अनि मात्र भाषा, अक्षरको सहयोगमा लिपिबद्ध । मौखिक साहित्यलाई वा कुराकानीमा प्रयुक्त भाषालाई त्यतिबेलै अर्थात् मानव बोलीको प्रारम्भसागै बुज्रुकहरूले सुधार गरेको वा सच्याएको हुनुपर्छ । यही सच्याउने प्रारूप प्रक्रिया नै त्यही बेलाबाट सम्पादन भयो । सम्पादन नाम वा शब्द भाषाको विकासका क्रममा हासिल गरियो । यसरी हेर्दा सम्पादन कला पनि भाषा साहित्यसागै शाश्वत छ ।

जसरी सम्पादनको अर्थ विस्तार वा सङ्कुचन छ, त्यसरी नै साहित्यिक पत्रकारिताको सीमामा पनि गोलमाल छ । परिभाषाहरू भिन्नभिन्न छन् । पत्रकारिता र साहित्यिक पत्रकारिता वा साहित्यमा कति र कस्तो भिन्नता छ ? प्रश्न सरल छ तर उत्तर सहज छैन । अहिलेको अखबारीसमेत विद्युतीयमाध्यमबाट हुने पत्रकारिताले समाचारलाई मात्र होइन, विचारलाई पनि प्राथमिकता दिएका छन् । साहित्यको प्रमुख शर्त विचार हो । त्यसो भए पत्रकारिताले पनि साहित्यिक पत्रकारिता गरिरहेको छ ? यदि गरेको हो भने यी दुईबीचको भिन्न अस्तित्व, स्वायत्त स्वरूप र बेग्लै औचित्यको सबाल गहन रूपमा उपस्थित हुन्छ । अनि साहित्य र साहित्यिक पत्रकारिता ? अहिलेको प्रचलन अनुरूप सामान्य अर्थमा भन्दा कुनै व्यक्ति विशेषले खास विधाअन्तर्गत लेखिएको कृति साहित्यमा र कुनै संस्था वा व्यक्तिबाट आवधिक रूपमा प्रकाशित म्यागेजिन वा किताब साहित्यिक पत्रकारितामा पर्छन् भन्न सकिन्छ तर यी दुईलाई परिचय दिन बनाइएका परिभाषालाई हेर्दा पाइने स्वरूपमा थप भिन्नता पनि देखिन्छ । साहित्य काल्पनिक पनि हुनसक्ने तर साहित्यिक पत्रकारिता बढी यथार्थवादी रहने परिभाषाअन्तर्गत साहित्यिक पत्रकारितामा निबन्ध, दैनिकी, आत्मकथा, यात्रासंस्मरण र इतिहासजस्ता विधा र साहित्यमा कथा, कविता जो बढी काल्पनिक छन् तिनीहरू पर्दछन् भनिएको छ । त्यसो भए साहित्यिक पत्रकारिताको विकासमा लागेका मधुपर्क र गरिमाजस्ता प्रकाशनमा समेटिने कथा, कविता के साहित्यिक पत्रकारिताका विधा होइनन् त ? यस्तो प्रश्नमा विद्युतीयमाध्यमबाट प्रसारण गरिने सिर्जना र साहित्यिक वेभसाइटहरूलाई पनि समेट्नुपर्नेछ । यी अलग्गै बहसका विषय हुन् । यहाा सम्पादन पक्षमा थप केही राख्नु विषयगत आवश्यकता र सम्भव छ ।

खप्तड बाबा 'आत्मज्ञान' पुस्तकमा भन्छन्-विचार नै शब्दको आत्मा हो, विचार व्यक्त गर्ने स्थूल मार्ग शब्द हो । विचारको अभावमा शब्द निर्जीव एवं निष्प्रभावि हुन्छ, यसबाट बुझिने भनेको अभिव्यक्तिको माध्यम शब्द र शब्दले विचार वहन गर्दा मात्र अर्थ प्राप्त हुन्छ भन्नु हो । अर्थहीन आवाज पनि प्राकृतिक सिर्जनामा जहाातहींा भेटिन्छन् । आवाजमा व्यक्त अनुकरणात्मक शब्द प्रायः सम्पादनको विषय बन्न सक्दैनन् । यसैले सम्पादन शब्दमाथिको कार्य मात्र नभएर विचारमाथिको अभिभारा पनि हो । विचारमाथि सम्पादन गर्नुभनेको निश्चय पनि ठट्टाको विषय भएन । साहित्य विचार प्रधान रहने र त्यसमाथि गरिने सम्पादनलाई शब्द, वाक्य वा शुद्धाशुद्धीमा सीमित गर्न पनि नमिल्ने जटिलता यसरी बोध हुन्छ ।

तर लेखक र रचनाकारको सिर्जनामा अभिव्यक्त विचार नै अन्यथा हुने गरी साहित्यिक पत्रिकामा सम्पादन गर्न मिल्छ र ? मिल्दैन । त्यसो भए विचारमाथिको सम्पादन कसरी ? केबल, व्यक्त विचारलाई उजिल्याउन आवश्यक देखिादा वा सङ्क्षिप्त प्रस्तुतिका लागि उचित वाक्यचयन र शैलीबाट सम्पादन गर्न मिल्छ । खजमजिएको, बारम्बार दोहोरिएको र द्विविधाग्रस्त विचारलाई सिलसिलाबद्ध वा एकरूपता दिनसक्ने अधिकारमात्र साहित्य सम्पादनसाग हुन्छ । सायद् विचारमाथिको सम्पादनको सीमा यतिमात्रै हो । कविताका लागि सायद् यो सूत्रले काम गर्दैन । प्रकाशन र प्रसारणमा आउने साहित्य सिर्जनामा धेरैजसो सम्पादन तिनको आफ्नो नीतिगत एवं पेज र समयको सीमाले तोक्ने बाध्यता पनि हो । तिनमा स्तरीयता रहनु अर्को आवश्यक अपेक्षा हो । यस्ता सीमा बाहिरका सिर्जनालाई लेखकको आफ्नै प्रयास अथवा स्वीकृतिमा सीमा अनुकूल बनाउने वा रचना सर्जक स्वयंलाई फिर्ता दिने उपायमात्र सम्पादकसाग रहन्छ । कुनै लेखकद्वारा प्रकाशित विधागत पुस्तकको सम्पादन योभन्दा धेरै खुकुलो र लेखकको चाहना अनुसार हुनसक्छ । तर साहित्यिक पत्रकारितामा यो सम्भव हुादैन ।

लेखकीय सामग्रीमा निहित योग्यता र शैली-शिल्पलाई ठम्याउन नसक्दा दुर्घटनामा पर्नसक्ने सम्पादन योग्यताको संवेदनशीलताबाट नै यस कार्यको गुरुत्वबोध गर्न सकिन्छ । सम्पादनमा सधैा परम्परागत शैली होइन, नयाा शैलीलाई आहृवान गर्न पनि आवश्यक छ । समय र समाज जसरी गतिशील छन् त्यसरी नै यीसाग आबद्ध मानव जीवनका भाषा, साहित्यलगायतका पक्ष पनि सम्बद्ध छन् । यदि नयाापन नभित्र्याइएको भए, सिञ्जामा जन्मिएको नेपाली भाषा र साहित्यले वर्तमान उचाइ पाउाथेन र भविष्य पनि बन्दैन । सम्भव र सहज रूपान्तरबाट साहित्य सम्पादनमा नयाापन सिर्जना वा नवीन शैली भित्र्याउनु अहं पहिचान स्थापित गर्नु हो । अन्यबाट स्थापित पन प्रयोग गर्नु अनुकरण हो तर अनुकरणलाई अनुचित भन्न खोजिएको होइन । लेखकले सम्पादनलाई डोर्‍याउने र सम्पादनले सर्जकलाई नयाा बाटो खोलिदिने दुवै कार्य पारम्पारिक एवं सहज हुन् । विवाद, बहस र सहमतिबीच सर्जक र सम्पादकको संयुक्त भूमिका साहित्यिक पत्रकारिता पनि हो । अन्त्यमा- यो बहसले निकास पाउादा आगामी यात्रालाई दिशानिर्देश गर्न सहज हुन सक्छ ।

अन्य शीर्षक
рдореЗрд░реЛ рдЙрд╣реА рднреБрддреНрддреЗ рдЧрд┐рджреА -рдмрд╛рд▓рдХреГрд╖реНрдг рдкреЛрдЦрд░реЗрд▓
अध्ययन र समर्पण -कुलचन्द्र वाग्ले
साहित्यिक पत्रकारिताको कष्टकर यात्रा -विजय चालिसे
गयो वर्ष - आयो वर्ष -मेदिनीकुमार केवल
मलामी -पद्मा अर्याल
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
देशभित्र सिमाना खोज्दै -अच्युत घिमिरे
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
आमाको जतन -डम्बर रसिक भारती
आँकुरा
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
ए सप्तकोशी ! -दिलीप राई सगर
आमाको जतन -डम्बर रसिक भारती
केही हाइकु -ज्ञान उदास
अक्षर -प्रल्हाद पोखरेल
गजल -सुवासचन्द्र ढुङ्गेल
कविता -तानिकावा शुन्तारो
गजल -काशीराम विरस
मन परेको राम्रो -केदार न्यौपाने
गजल -दिव्य गिरी
नेता नबन्ने म ता -पर्शुराम पराजुली 'पराशर'
स्मृति क्यानभासमा हजुरआमा -लक्ष्मी उप्रेती
जीवित नायकको आत्मकथा -शैलेन्द्र साकार
पहाड र आकाश -मञ्जुल
सहिदको सम्झना -ज्ञाननिष्ठ ज्ञवाली
झुमी -चंकी श्रेष्ठ
कालीका सुसेली -बाबुराम लामिछाने
स्मृतिमा इश्वरदाइ -गीता त्रिपाठी
नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म -कृष्णकुमार प्रजापति
स्कटल्याण्डतिरका पदचाप -मुकुन्द पोखरेल
को हुन् चार जना ? -धु्रव थापा
भारतमा नेपाली नाटक -देवी पन्थी
नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास डा. गङ्गाप्रसाद अकेला
अमेरिकाको रहर -डा. हंसपुरे सुवेदी
पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा -नरेन्द्रजंग पिटर
खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू -तेजेश्वरबाबु ग्वंग
लोकतान्त्रिक आन्दोलनमा स्रष्टा, गणतान्त्रिक चेतना र नेपाली साहित्य -मधुसूदन पन्थी
शैशवका तीन पुस्ता -मदनमणि दीक्षित
नेपाली साहित्यमा 'मधुपर्क'को योगदानको मूल्याङ्कन -शिव रेग्मी
हाम्रो प्रतिबद्धता
मधुपर्क २०६६ जेठ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px