लेखकीय शिल्पमा सम्पादन सहज विषय हुादै होइन र यो कार्य प्रायः निर्विवाद पनि हुने गर्दैन । लेख्नु एक प्रकारको कला हो भने त्यसमाथिको सम्पादन अर्को प्रकारको कला । लेखनका कमजोरी वा कच्चापदार्थलाई कुशल सम्पादनबाट आकर्षक एवं स्तरीय बनाइन सक्ने कुरा त्यति नै सही हो जति स्तरीय लेखनलाई असक्षम सम्पादनले कुरूप पारिदिनसक्छ । साहित्यजस्तै शाश्वत सम्पादनकला पनि सधैंको बहसको विषय हो । खासगरी लेखक र सम्पादकबीच बहस हुने यस विषयमा गम्भीर पाठकले कमजोरी फेला पार्दा लेखकलाई दोष त दिन्छ नै तर त्यसको अपजस सम्पादकले पनि लिनुपर्ने हुन्छ । विशेषतः साहित्यिक पत्रकारिता वा अखबारी -समाचार । विचार) पत्रकारितामा यो सवालले महьव राख्दछ ।
त्यसो त सम्पादन लेखनी र लेखकीय विषयमात्र होइन । सम्पादनको विस्तारित अर्थले कुनै पनि काम कुशलता साथ सम्पन्न गर्नु, सफल पार्नुलाईसमेत बोध गराउाछ तर व्यापक प्रचलनबाट सम्पादनको सम्मानित र सीमित अर्थले लेखनसाग तादात्म्य राख्न पुगेको बोध हुन्छ । यहाा साहित्यमाथिको सम्पादनलाई उठाउन खोजिएको हो । साहित्यमाथिको सम्पादन सर्जक भनियोस् वा लेखक एवं सम्पादकबीचको विवादको कुरा पनि हो र सहमतिको विषयसमेत हो ।
मानव सभ्यतामा भाषा साहित्यको विकासको क्रम मौखिक परम्पराबाट अभ्युदय भएको हो । लेखन सम्पादनको परम्परालाई पनि मौखिक प्रणालीले दिग्दर्शन गरेको सत्यमाथि आशङ्का गर्नु तथ्यसङ्गत हुादैन । भाषाका माध्यमबाट मानव समाजमा लोक परम्पराको प्रस्तुति अहिले पनि गीत, सङ्गीत र साहित्यका स्वरूपमा प्रष्फुटित भइरहेकै भेटिन्छन् । सबै लिखित छैनन्, हुन सक्दैनन् होला पनि । स्वर साहित्य मौखिक परम्परामा विकास भयो, अनि मात्र भाषा, अक्षरको सहयोगमा लिपिबद्ध । मौखिक साहित्यलाई वा कुराकानीमा प्रयुक्त भाषालाई त्यतिबेलै अर्थात् मानव बोलीको प्रारम्भसागै बुज्रुकहरूले सुधार गरेको वा सच्याएको हुनुपर्छ । यही सच्याउने प्रारूप प्रक्रिया नै त्यही बेलाबाट सम्पादन भयो । सम्पादन नाम वा शब्द भाषाको विकासका क्रममा हासिल गरियो । यसरी हेर्दा सम्पादन कला पनि भाषा साहित्यसागै शाश्वत छ ।
जसरी सम्पादनको अर्थ विस्तार वा सङ्कुचन छ, त्यसरी नै साहित्यिक पत्रकारिताको सीमामा पनि गोलमाल छ । परिभाषाहरू भिन्नभिन्न छन् । पत्रकारिता र साहित्यिक पत्रकारिता वा साहित्यमा कति र कस्तो भिन्नता छ ? प्रश्न सरल छ तर उत्तर सहज छैन । अहिलेको अखबारीसमेत विद्युतीयमाध्यमबाट हुने पत्रकारिताले समाचारलाई मात्र होइन, विचारलाई पनि प्राथमिकता दिएका छन् । साहित्यको प्रमुख शर्त विचार हो । त्यसो भए पत्रकारिताले पनि साहित्यिक पत्रकारिता गरिरहेको छ ? यदि गरेको हो भने यी दुईबीचको भिन्न अस्तित्व, स्वायत्त स्वरूप र बेग्लै औचित्यको सबाल गहन रूपमा उपस्थित हुन्छ । अनि साहित्य र साहित्यिक पत्रकारिता ? अहिलेको प्रचलन अनुरूप सामान्य अर्थमा भन्दा कुनै व्यक्ति विशेषले खास विधाअन्तर्गत लेखिएको कृति साहित्यमा र कुनै संस्था वा व्यक्तिबाट आवधिक रूपमा प्रकाशित म्यागेजिन वा किताब साहित्यिक पत्रकारितामा पर्छन् भन्न सकिन्छ तर यी दुईलाई परिचय दिन बनाइएका परिभाषालाई हेर्दा पाइने स्वरूपमा थप भिन्नता पनि देखिन्छ । साहित्य काल्पनिक पनि हुनसक्ने तर साहित्यिक पत्रकारिता बढी यथार्थवादी रहने परिभाषाअन्तर्गत साहित्यिक पत्रकारितामा निबन्ध, दैनिकी, आत्मकथा, यात्रासंस्मरण र इतिहासजस्ता विधा र साहित्यमा कथा, कविता जो बढी काल्पनिक छन् तिनीहरू पर्दछन् भनिएको छ । त्यसो भए साहित्यिक पत्रकारिताको विकासमा लागेका मधुपर्क र गरिमाजस्ता प्रकाशनमा समेटिने कथा, कविता के साहित्यिक पत्रकारिताका विधा होइनन् त ? यस्तो प्रश्नमा विद्युतीयमाध्यमबाट प्रसारण गरिने सिर्जना र साहित्यिक वेभसाइटहरूलाई पनि समेट्नुपर्नेछ । यी अलग्गै बहसका विषय हुन् । यहाा सम्पादन पक्षमा थप केही राख्नु विषयगत आवश्यकता र सम्भव छ ।
खप्तड बाबा 'आत्मज्ञान' पुस्तकमा भन्छन्-विचार नै शब्दको आत्मा हो, विचार व्यक्त गर्ने स्थूल मार्ग शब्द हो । विचारको अभावमा शब्द निर्जीव एवं निष्प्रभावि हुन्छ, यसबाट बुझिने भनेको अभिव्यक्तिको माध्यम शब्द र शब्दले विचार वहन गर्दा मात्र अर्थ प्राप्त हुन्छ भन्नु हो । अर्थहीन आवाज पनि प्राकृतिक सिर्जनामा जहाातहींा भेटिन्छन् । आवाजमा व्यक्त अनुकरणात्मक शब्द प्रायः सम्पादनको विषय बन्न सक्दैनन् । यसैले सम्पादन शब्दमाथिको कार्य मात्र नभएर विचारमाथिको अभिभारा पनि हो । विचारमाथि सम्पादन गर्नुभनेको निश्चय पनि ठट्टाको विषय भएन । साहित्य विचार प्रधान रहने र त्यसमाथि गरिने सम्पादनलाई शब्द, वाक्य वा शुद्धाशुद्धीमा सीमित गर्न पनि नमिल्ने जटिलता यसरी बोध हुन्छ ।
तर लेखक र रचनाकारको सिर्जनामा अभिव्यक्त विचार नै अन्यथा हुने गरी साहित्यिक पत्रिकामा सम्पादन गर्न मिल्छ र ? मिल्दैन । त्यसो भए विचारमाथिको सम्पादन कसरी ? केबल, व्यक्त विचारलाई उजिल्याउन आवश्यक देखिादा वा सङ्क्षिप्त प्रस्तुतिका लागि उचित वाक्यचयन र शैलीबाट सम्पादन गर्न मिल्छ । खजमजिएको, बारम्बार दोहोरिएको र द्विविधाग्रस्त विचारलाई सिलसिलाबद्ध वा एकरूपता दिनसक्ने अधिकारमात्र साहित्य सम्पादनसाग हुन्छ । सायद् विचारमाथिको सम्पादनको सीमा यतिमात्रै हो । कविताका लागि सायद् यो सूत्रले काम गर्दैन । प्रकाशन र प्रसारणमा आउने साहित्य सिर्जनामा धेरैजसो सम्पादन तिनको आफ्नो नीतिगत एवं पेज र समयको सीमाले तोक्ने बाध्यता पनि हो । तिनमा स्तरीयता रहनु अर्को आवश्यक अपेक्षा हो । यस्ता सीमा बाहिरका सिर्जनालाई लेखकको आफ्नै प्रयास अथवा स्वीकृतिमा सीमा अनुकूल बनाउने वा रचना सर्जक स्वयंलाई फिर्ता दिने उपायमात्र सम्पादकसाग रहन्छ । कुनै लेखकद्वारा प्रकाशित विधागत पुस्तकको सम्पादन योभन्दा धेरै खुकुलो र लेखकको चाहना अनुसार हुनसक्छ । तर साहित्यिक पत्रकारितामा यो सम्भव हुादैन ।
लेखकीय सामग्रीमा निहित योग्यता र शैली-शिल्पलाई ठम्याउन नसक्दा दुर्घटनामा पर्नसक्ने सम्पादन योग्यताको संवेदनशीलताबाट नै यस कार्यको गुरुत्वबोध गर्न सकिन्छ । सम्पादनमा सधैा परम्परागत शैली होइन, नयाा शैलीलाई आहृवान गर्न पनि आवश्यक छ । समय र समाज जसरी गतिशील छन् त्यसरी नै यीसाग आबद्ध मानव जीवनका भाषा, साहित्यलगायतका पक्ष पनि सम्बद्ध छन् । यदि नयाापन नभित्र्याइएको भए, सिञ्जामा जन्मिएको नेपाली भाषा र साहित्यले वर्तमान उचाइ पाउाथेन र भविष्य पनि बन्दैन । सम्भव र सहज रूपान्तरबाट साहित्य सम्पादनमा नयाापन सिर्जना वा नवीन शैली भित्र्याउनु अहं पहिचान स्थापित गर्नु हो । अन्यबाट स्थापित पन प्रयोग गर्नु अनुकरण हो तर अनुकरणलाई अनुचित भन्न खोजिएको होइन । लेखकले सम्पादनलाई डोर्याउने र सम्पादनले सर्जकलाई नयाा बाटो खोलिदिने दुवै कार्य पारम्पारिक एवं सहज हुन् । विवाद, बहस र सहमतिबीच सर्जक र सम्पादकको संयुक्त भूमिका साहित्यिक पत्रकारिता पनि हो । अन्त्यमा- यो बहसले निकास पाउादा आगामी यात्रालाई दिशानिर्देश गर्न सहज हुन सक्छ ।