Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मधुपर्क २०६६ जेठ
नारी सिर्जना र अबको बाटो
भागीरथी श्रेष्ठ
 

'नारी-पुरुष एउटा रथका दुई पाङ्ग्रा हुन्' भनेर परम्परागतरूपमै भनिादै आएको हो र पनि यतिबेला आएर पुरुषप्रधान समाजले नारीलाई माथि उठ्न नदिएकाले पछि परिएको निष्कर्ष निकाल्दै आरक्षणका लागि हरेकक्षेत्रमा पहलहरू भइरहेका छन् । मुलुकको सिङ्गो जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने नारीहरू परम्परा र संस्कारले हरेकक्षेत्रका लागि जगको रूपमा रहेको शिक्षाक्षेत्रमा पछि परेकाले नै एक्काइसौा शताब्दीमा आएर आरक्षणका लागि आवाज उठाउनु परेको यथार्थ बोलिदै आएको छ । छोरीमान्छेले पढ्नु हुादैन, अर्काको घर गरेर खाने जातलाई पढाएर के फाइदा ? जस्ता सोच र मानसिकताका उपजकै कारण शिक्षाक्षेत्रमा महिलाले पछि पर्नुपरेको हो भन्ने यथार्थलाई सबैले आत्मसात गर्नैपर्छ । यसैको क्षतिपूर्तिका रूपमा भए पनि आरक्षणको आवाजले प्राथमिकता पाउन थालेको छ ।

अघिल्लो पुस्ता सामाजिक परम्परा र व्यावहारिक असजिलोमा परेको भए पनि अबको समाजमा त्यस किसिमको समस्या छैन । हरेकक्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने क्षमतावान् नारी प्रतिभाहरूको पनि कमी छैन अब । सिर्जनाका क्षेत्रमा हेर्ने हो भने यतिबेला प्रशस्तै नारी प्रतिभाहरू देखिएका छन् । अघिल्लो पुस्तामा पनि 'खाने मुखलाई जुागाले छेक्दैन' भनेझैा प्रतिभा हुनेहरू सिर्जनाकै बलमा स्थापित भएर नबिर्सिने नामका सूचीमा इतिहासमा अङ्कित भएका छन् ।

नारी स्रष्टाका सिर्जनाहरू परम्परागत र आनै दुःख-पीडाका सेरोफेरोका हुन्छन्, परिवर्तित सन्दर्भअनुरूप नवीन सोच र मान्यतामा अगाडि आउन सकेका छैनन् भन्नेहरूलाई अबका दिनमा स्वयं नारी स्रष्टाले नै जवाफ दिनुपर्ने अवस्था छ । जवाफ मुखको तीतो नभएर सिर्जनाको बलको हुनुपर्छ । यसै सन्दर्भमा-परिवर्तत सन्दर्भ अनुसार नारीस्रष्टाहरूले कलम चलाउन सकेका छन् कि छैनन्, सिर्जनाका क्षेत्रमा नारी-पुरुष भनेर छुट्याउनुपर्ने अवस्था छ कि छैन, बौद्धिक खुवी देखाउनुपर्ने साहित्यिक क्षेत्रमा आरक्षणका कुराहरू कत्तिको आवश्यक छन्, लगायतका कुराहरूमा केन्दि्रत रहेर नारीस्रष्टाहरू-भागीरथी श्रेष्ठ, डा. ज्ञानू पाण्डे र गीता त्रिपाठीसाग गरिएका कुराकानीहरू यहाा प्रस्तुत छन्-

खनारी साहित्यकारहरूको साहित्यिक लेखनको वर्तमान अवस्था कस्तो छ ?

धभागीरथी श्रेष्ठ- नारी साहित्यकारहरूको साहित्यिक लेखन यतिबेला ज्यादै उर्वर अवस्थामा छ । विशेषतः काव्य विधाका क्षेत्रमा कलम चलाउनेहरू अन्य विधाको तुलनामा निक्कै सशक्त देखिएका छन् । अध्ययनशील भएर लागिपर्दा अवश्य पनि गुणात्मकता देखिन्छ नै । कथा, उपन्यास, यात्रासंस्मरण लगायतका विधाहरूमा कलम चलाउनेहरू पनि शक्तिशाली भएर देखिएका छन् । त्यसैले म त भन्छु- सन्तोष गर्ने ठाउा छ । भविष्यको सुन्दर कल्पना गर्ने ढोका वर्तमानले खोलिसकेको छ ।

धडा. ज्ञानू पाण्डे- तुलनात्मकरूपमा भन्नुपर्दा अहिलेका नारी साहित्यकारहरूको साहित्यिक लेखन उत्साहजनकरूपमा आएकोले प्रशस्त सम्भावना बोकेर झाङ्गिदो अवस्थामा छ । परम्परागत मानसिकताको सानो वृत्तबाट उठेर हरेक विधामा नवीन सोच र शैलीलाई समात्दै सर्जकहरू अघि बढिरहेका छन् । अहिलेको जल्दोबल्दो अवस्थाको डायस्पोरिक साहित्यमा पनि नारी साहित्यकारहरू देखिएका छन् । नाटकक्षेत्रलाई छोडेर कुनै पनि विधामा यतिबेला नारीस्रष्टाहरू कमजोर देखिएका छैनन् । यो ज्यादै सुखद कुरा हो ।

धगीता त्रिपाठी- विगतको तुलनामा त यसै पनि राम्रो अवस्थामा छ नै । हिजो एकाध नारीस्रष्टाले सिङ्गो प्रतिनिधित्व गरेका थिए भने अबको अवस्था त्यस्तो छैन । हरेक विधामा नारी साहित्यकारहरू उत्तिकै सशक्तरूपमा देखिएका छन् । लेखनको निरन्तरता र विधागत वैशिष्ट्यमा चाहिा कमी छ भनेर स्वीकार्नैपर्छ । सक्रियता बढ्नु राम्रो हो तर गुणात्मकताका हिसाबले चाहिा शिल्पपक्षमा कमजोरीहरू प्रशस्त छन् । त्यसमा क्रमशः सुधार आउने कुरामा विश्वास गर्नसक्ने आधारहरू यतिबेला देखिएका छन् ।'

ख नारी स्रष्टाहरू परम्परागत साहित्यिक लेखनभन्दा माथि उठ्न सकेका छैनन्' भन्ने टिप्पणीप्रति तपाईंको दृष्टिकोण के छ ?

धभागीरथी श्रेष्ठ- एउटा सर्जकलाई जुन विषयले छुन्छ, त्यसैमा लेख्ने हो । नयाामा प्रवेश गर्नलाई परिवेश, ज्ञान, अनुभव हुनुपर्‍यो । कतिपय विषयवस्तुमा पुरुष साहित्यकारले भोगेर, अनुभव गरेर लेख्छन् तर नारी स्रष्टाले त्यसो गर्न सक्दैनन् । त्यसको पछाडि कारणहरू होलान् । हाम्रो पुस्ताले पारिवारिक कुराहरूलाई जोड दिएको अवश्य हो तर पछिल्लो समयमा आएर हाम्रो लेखनमा पनि परिवर्तन आएको छ । नयाा शैली र धारलाई समातेर अघि बढ्ने चाहना त समय-परिवेशअनुसार स्वतः भइहाल्छ । विदेश जानेहरूले त्यहााका भोगाइ, अनुभव र अनुभूतिहरूलाई लेखनमा उतार्दै आएका छन् । यसले पनि परिवर्तनमा सघाउ पुर्‍याउाछ ।

धडा. ज्ञानू पाण्डे- यसमा वास्तविकता छ । नारी भएपछि उसका आनै विषयमा केन्दि्रत हुनुपर्छ भन्ने मान्यता र व्यवहार अधिकांशमा छ । हाम्रो बुझाइ पनि त्यस्तै नै भएर हो । हामीले पनि यो समस्या हामी नारीको समस्या मात्र नभएर सिङ्गो समाजको हो भन्ने बुझाउन सकेका छैनौा । आखिर समाज भनेकै नारी-पुरुषको हो । जसले उठाए पनि समस्या साझा हो तर बढी जिम्मेवार नारी नै हुनुपर्छ । यो अवधारणा र चिन्तन सबैभन्दा पहिला त नारीमै हुनुपर्‍यो । पुरुषको कारणले दुःख-पीडा पाएको हो भन्ने सङ्कुचनमा परिवर्तन हुनुपर्छ । यो परिवर्तन गराउने कुरामा समालोचकहरू पनि अग्रसर हुनुपर्छ ।

धगीता त्रिपाठी- केही हदसम्म टिप्पणी सही पनि हो । अध्ययनको कमीले गर्दा पनि त्यस्तो भइरहेको छ । गुनासो, पीडामात्र साहित्य होइन । आफूलाई स्वयंले नै सुधार्नुपर्छ । हाम्रो समाज, परिपाटी परम्परागत छ । पुरुषबाट लैङ्गिक समानता पाइएको त छ तर वैचारिक समानतामा त आफैा खरो उत्रिनुपर्छ । आफूलाई माथि उठाउन महिला आफैा अग्रसर हुनुपर्‍यो । विश्व साहित्यतिर हेर्ने हो भने त यसै पनि नेपाली साहित्य पछि परेको छ नै तर यसमा पनि नारी स्रष्टाहरूको लेखनीमा प्रशस्त कमी- कमजोरीहरू छन् ।

खपरिवर्तित सन्दर्भलाई आत्मसात् गर्दै कलम चलाउन सक्ने नारी स्रष्टाहरूको कमी भएको अनुभव तपाईंले गर्नुभएको छ कि छैन ?

ध भागीरथी श्रेष्ठ- एउटा स्रष्टाले कलम चलाउनलाई विषय पाउने नै समय, परिवेश र त्यसैअनुरूपको परिवर्तनबाटै हो । वर्तमानमा नभिजी लेख्न सकिादैन । पछिल्लो पुस्ता त यसै पनि अग्रसर भइहाल्यो, मेरो पुस्ताले पनि वर्तमानको बोध गरेरै कलम चलाइरहेको अनुभव मैले गरेकी छु । वर्तमानको राजनीति, अराजकता, गुट चरित्र लगायतका कुराहरू लेखनमा स्वाभाविकरूपमै आउाछन् ।

धडा. ज्ञानू पाण्डे- तुलनात्मकरूपमा कमी छ । त्यसको पछाडि आनै पृष्ठभूमि र बाध्यताले बााधेको छ । पहिलो त हाम्रो सामाजिक संरचना नै त्रुटिपूर्ण भएर हो । समस्या भनेका परिवारका, समाजका, देशका र सबैका साझा हुन् । त्यसलाई खोतलेर किन, कसरी र कसले भन्ने पहिचान गर्नुपर्छ । तब मात्र परिवर्तित सन्दर्भ र समयलाई समातेर नवीन सोच र चिन्तनमा अघि बढ्न सकिन्छ ।

धगीता त्रिपाठी- हो, त्यस्तो अवस्था टड्कारोरूपमा छ । महिलाको अवस्थालाई माथि उठाउन महिला नै अग्रसर हुनुपर्छ । सर्पको खुट्टा सर्पले नै देख्छ भन्छन् तर दुःख-पीडा परेको बेलामा मात्र लेख्ने र अरू बेला नलेख्ने गर्दा त्यसले घाटा हुन्छ । समय-राजनीतिले परिवर्तन त ल्याएको छ तर जरैदेखि दरिएर बदलिनुपर्छ । सही र सकारात्मक सोच जाग्नुपर्छ । घरबाट थालिएर समाज र राष्ट्रमा फैलिनुपर्छ । व्यवहारमा परिवर्तन आएपछि सोचमा परिवर्तन नआउने भन्ने हुादैन ।

खसाहित्यिक सङ्घ-संस्थाहरूमा नियुक्ति एवं पुरस्कार-सम्मानहरूमा आरक्षण भन्दा पनि प्रतिस्पर्धाप्रति जोड पुर्‍याउनुपर्छ भन्नेतर्फ तपाईं कत्तिको अग्रसर हुनुहुन्छ ?

धभागीरथी श्रेष्ठ-भागवण्डा, आरक्षण खोज्नु भनेको आफू कमजोर छु भन्ने ठान्नु हो । म त्यतापट्ट िपटक्कै सहमत छैन । पुरस्कार-सम्मान खोजेर र मागेर लिनु, त्यसकै लागि लेख्नु लेखकको धर्म होइन । म आफू मात्र भन्दिन, मजस्तै समर्पित नारी स्रष्टाहरू धेरै छन् । हामीले भागवण्डा खोजेका छैनौा । हामीले आनो पहिचान आफैाले बनाएका हौा । यो नै दिगो र आत्मसम्मानको बाटो पनि हो ।

धडा. ज्ञानू पाण्डे- अन्ततः सबैले प्रतिस्पर्धामै जानुपर्छ । महिला हुा भनेर भिन्न सोच राख्नुभन्दा पनि म व्यक्ति हुा भन्ने पुष्टि गर्नुपर्‍यो । बराबरको स्थितिमा उकास्नलाई आरक्षणको प्रारम्भिक रणनीति लिनु ठीक होला तर अन्ततः यसले प्रतिभा खार्दैन । वातावरण र परिस्थिति बनाइदिएपछि, सकारात्मक र समतामूलक समाजको अवधारणा स्थापित भइसकेपछि दयाको र लाचारीको आरक्षण आवश्यक पर्दैन । दिन चाहादा लिनसक्ने र त्यसलाई धान्ने क्षमता बनाउनुपर्छ । यो नै ठूलो र भरपर्दो आधार हुन्छ ।

धगीता त्रिपाठी- आरक्षणले कमजोर बनाउाछ । कमजोरीबाट माथि उठ्न र सङ्घर्ष गर्नलाई बाटो छेक्ने काम गर्छ । लेखन भनेको युगजन्य चेतना र युग परिवर्तनको माध्यम हो । लेखकले पाठकसम्म फैलिन सक्नुपर्छ । सम्मान, पुरस्कार, पद भन्ने कुरा नै सबैथोक होइनन् । नोवेल पुरस्कार पाएर पनि 'मेरो लेखनमा बाधा पुग्यो, घाटा भयो' भन्ने महिला देखिएकी छिन् । यो पुरस्कार उनले आरक्षणमा पाएकी थिइनन् । सङ्घर्ष र प्रतिस्पर्धाले नै प्रतिभालाई खार्दछ भन्ने कुरा बुझ्नुपर्छ ।

ख अबको साहित्यिक लेखनमा नारी साहित्यकारहरूको भूमिका कस्तो रहला ?

धभागीरथी श्रेष्ठ-अबको साहित्यिक लेखनमा नारी स्रष्टाहरूको भूमिका अत्यन्त सक्रिय र सफल देखिादै आएको छ । पारिजातले धानेको युगबाट माथि उठेर मूलधारमा जोडिन हामी प्रयासरत छौा । कलम चलाउनेहरू माझिदै आएका छन् । साहित्य भनेको सिङ्गो चौतारी हो, आ-आनै तरिकाले रम्नुपर्छ । भित्री प्रतिस्पर्धा आफैमा रहिरहन्छ र यसैले अगाडि बढाउाछ पनि । हरेकविधामा नारी साहित्यकारहरू सक्षम देखिएका छन् । जो परिवर्तित सन्दर्भअनुसार चल्न सक्दैनन्, तिनीहरू पाठकबाट टाढा छुट्दै जान्छन् ।

धडा. ज्ञानू पाण्डे- आशावादी त हुनैपर्छ । परिवर्तित सन्दर्भ अनुसारका आवाजहरू उठेका छन् । जनयुद्धको प्रभावले असर पारेको छ र युद्ध साहित्यमा कलम चलाउन नारी स्रष्टाहरू अग्रसर देखिएका छन् । डायस्पोरिक दायरा उसैगरी बढेको छ । अबको साहित्य हरेक दृष्टिले अग्रसर छ । नारी-पुरुष भनेर छुट्याउन सकिादैन । हुर्किएको रूखलाई काटेर बराबरी बनाउने पनि सोच्नुहुन्न । साथ-सहयोगले माथि उठाउनुपर्छ । सङ्घ-संस्थाहरू, सेमिनार-गोष्ठीहरू आदिका माध्यमबाट नारी स्रष्टालाई जागरुक बनाएर हुर्काउनुपर्छ ।

धगीता त्रिपाठी- यतिबेलाको समय नै त्रासद् र विसङ्गत छ । अन्योल र अस्थिरता बढेको छ । महिलाले झन् बढी सङ्घर्ष गर्दै चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था छ । यथास्थितिमा झट्टै परिवर्तन भइहाल्ने अवस्था पनि छैन । आर्थिक विशृङ्खलता र राजनीतिक परिवर्तनसाग जुद्धै निरन्तरको यात्रामा अघि बढ्दा समय र परिस्थितिलाई आत्मसात् गर्न सजिलो हुन्छ । परिवर्तनले चेतना जागृत गराएको छ तर व्यावहारिक पक्षमा सुधार हुन अझै समय लाग्छ । मूलकुरा त नारी-पुरुषबीचको विभेदपूर्ण मानसिकताको खाडल पुर्नलाई अग्रसर हुनुपर्छ । जति छिटो पुरिन्छ, उत्ति नै सिर्जनाका खुड्किलाहरू चढ्न सहज हुादैजान्छ ।

परिवर्तित सन्दर्भ र समयले हरेक क्षेत्रमा लैङ्गिक समानताका कुराहरू पनि उठिरहेका छन् र अर्कोतर्फ आरक्षणको मागले दोहोरो भूमिका खेलिरहेको पनि देखिन्छ । नारी स्रष्टाहरूमा अध्ययनको कमी र समयको अभाव भएको कुरामा स्वयं नारी स्रष्टाहरूले नै स्वीकारेको पाइन्छ । सिर्जनामा पछि पर्नुको कारण पनि यसैलाई मान्ने गरिन्छ तर इच्छा भएमा उपायहरू स्वयं निस्किन्छन् । मनमा विरह उब्जिएर, पीर परेर लेख्न थालेकी हुा भन्नेहरू धेरै छन् । यस्तोले गुणात्मकतामा बल पुर्‍याउादैन, खाली सङ्ख्यात्मक वृद्धिमात्र हुन्छ । चेतना जागृत भएर, उत्प्रेरित भएर साहित्य सिर्जनामा लागेकी हुा भन्नेहरूको सङ्ख्या बढ्नु आवश्यक छ ।

साहित्य सिर्जना सोखको विषय र समय कटाउने माध्यम पक्कै पनि हुनुहुादैन । हतारहतारमा लेखेर सङ्ग्रह प्रकाशित गरिहाल्नुभन्दा पनि गुणात्मक सिर्जनातिर अग्रसर हुनैपर्छ । परिवर्तित सन्दर्भ, विश्व भूमण्डलीकरणको प्रभाव, अत्याधुनिक प्रविधिहरूको विकास लगायतका कुराहरूलाई आत्मसात् गर्दै अगाडि बढ्न सक्नुपर्छ । वर्तमान पुस्ता हरेकक्षेत्रमा जुनरूपमा अग्रसर देखिएको छ, नेपाली साहित्यका क्षेत्रमा पनि सशक्तरूपमा अघिबढेको छ । भोलिका दिनमा अवश्य पनि नारी स्रष्टाहरूले सिङ्गो साहित्यिक बागडोर समात्नेछन् ।

अन्य शीर्षक
मेरो उही भुत्ते गिदी -बालकृष्ण पोखरेल
अध्ययन र समर्पण -कुलचन्द्र वाग्ले
साहित्यिक पत्रकारिताको कष्टकर यात्रा -विजय चालिसे
गयो वर्ष - आयो वर्ष -मेदिनीकुमार केवल
मलामी -पद्मा अर्याल
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
देशभित्र सिमाना खोज्दै -अच्युत घिमिरे
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
आमाको जतन -डम्बर रसिक भारती
आँकुरा
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
ए सप्तकोशी ! -दिलीप राई सगर
आमाको जतन -डम्बर रसिक भारती
केही हाइकु -ज्ञान उदास
अक्षर -प्रल्हाद पोखरेल
गजल -सुवासचन्द्र ढुङ्गेल
कविता -तानिकावा शुन्तारो
गजल -काशीराम विरस
मन परेको राम्रो -केदार न्यौपाने
गजल -दिव्य गिरी
नेता नबन्ने म ता -पर्शुराम पराजुली 'पराशर'
स्मृति क्यानभासमा हजुरआमा -लक्ष्मी उप्रेती
जीवित नायकको आत्मकथा -शैलेन्द्र साकार
पहाड र आकाश -मञ्जुल
सहिदको सम्झना -ज्ञाननिष्ठ ज्ञवाली
झुमी -चंकी श्रेष्ठ
कालीका सुसेली -बाबुराम लामिछाने
स्मृतिमा इश्वरदाइ -गीता त्रिपाठी
नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म -कृष्णकुमार प्रजापति
स्कटल्याण्डतिरका पदचाप -मुकुन्द पोखरेल
को हुन् चार जना ? -धु्रव थापा
भारतमा नेपाली नाटक -देवी पन्थी
नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास डा. गङ्गाप्रसाद अकेला
अमेरिकाको रहर -डा. हंसपुरे सुवेदी
पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा -नरेन्द्रजंग पिटर
खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू -तेजेश्वरबाबु ग्वंग
लोकतान्त्रिक आन्दोलनमा स्रष्टा, गणतान्त्रिक चेतना र नेपाली साहित्य -मधुसूदन पन्थी
शैशवका तीन पुस्ता -मदनमणि दीक्षित
नेपाली साहित्यमा 'मधुपर्क'को योगदानको मूल्याङ्कन -शिव रेग्मी
हाम्रो प्रतिबद्धता
मधुपर्क २०६६ जेठ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px