Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मधुपर्क २०६६ जेठ
शोकमग्न यात्रा
गगनदीप सर्व
 

केही समयभित्रै बनेपा पुग्छौ र सबै एकै ठाउमा भेला हुन्छौ । म घडी हेर्छु साढे बाह्र बजेको हुन्छ । छवटा मोटरसाइकल एकैचोटि हुइकिन्छन् । हामीमध्ये कोही अगाडि-पछाडि पर्छौ । अब कुनै डर थिएन । कोही छुट्टहिल्ला कि भन्ने पीर पनि छैन । बाइक प्रतियोगिताजस्तै हुन्छ । यसमा पनि आИनै मज्जा छ ।

आइ.टि. पार्कको बिल्डिङ्ग एक्लै ठिङ्ग उभिएको छ । यसको सपना साकार हुन सकेको छैन । सूचना प्रविधिले आज संसार ग्लोबल भिलेजमा परिणत भइसकेको छ । यसलाई अझै किन उपयोगमा नल्याएको होला । दुःख र चिन्ता एकैचोटि हृवात्त बढ्छ । त्यसको योगदान र महьवलाई बुझ्छौा हामी तर सम्बन्धितले नबुझ्दा यो दुुर्दशा भइरहेको छ ।

पनौतीबाट खोपासी हुादै ढुंखर्कतिर बढ्छौा । यहाासम्म त बाटोले राम्रै साथ दियो । विस्तारै धुलाम्य बाटोले स्वागत गर्न थाल्दछ । कतै फेरि वगरजस्तो पनि छ । यसले सन्त्रास ल्याउाछ । बीचमा कतै मोटरसाइकल बिगि्रयो अथवा केही भयो भने गर्ने के ? यसबाट बच्ने उपाय खोज्दै जे पर्ला सो टर्ला भन्दै अगाडि बढ्छौा ।

चारैतिर पहाडले आИनो उपस्थिति देखाउन थाल्छ । त्यसलाई अगाडि पछाडि पार्दै जान्छौा हामी । "साला, पहाड मे क्या है" कवि मीनबहादुर विष्टलाई सम्भिmन्छु म । अब पहाडमा सबथोक हुन र पाउन थालेको छ । वास्तवमा गाउापछिको देश पहाड हो । पहाडले जिल्ला र सिमाना पनि छुट्याएको छ । यसैबाट घेरिएको छ । पहाडको छातीबाटै झरना बगेको छ । आमाको दूधजस्तै ।

यौटा खोलासाग टुपलुक्क भेट हुन्छ । दायाा-बायाा त्यसको प्रभाव देख्छु । पुलले जोडेको छैन । पीडा सुसाइरहेछ अनवरत आसुजस्तै, कहिले नसकिने गरी ।

चलाल गणेशले एकछिन रोक्छ हामीलाई । प्रसादस्वरूप सुन्तला आउछ । सानो छ तर गुलियो छ, मनकामनाको जस्तै ।

"मैले सोचेको थिइन, यस्तोबाटो होला भनेर ।" राजुको निराशा प्रकट हुदै थियो । "यस्तो थाहा पाएको भए, म तयारी साथ आउने थिए ।"

विस्तारै उकालो बढ्दै आयो । बाइकले अब दुईजनालाई बोक्न गाह्रो मानेजस्तो गर्‍यो । पछाडि सिटमा बस्नेहरू ओर्लनुपर्ने देखियो । अझ राजु एक्लै थियो । तैपनि अगाडि बढ्न मानेको थिएन । उसलाई निकै सकस पर्‍यो क्यारे । तसर्थ, उमेशले बाइकलाई पछाडिबाट धकेलेर राजुलाई सजिलो पार्दै थियो । बेलाबेलामा यो क्रम दोहोरिदै थियो । ठेलागाडाको सम्झना भयो मलाई ।

दीप श्रेष्ठको लय गुञ्जन थाल्छ । म त्यसलाई लौरोजस्तो समातेर पाइला बढाउाछु । मनभित्रै आाट र साहस जन्मिन्छ । श्वास बढ्न थाल्छ । चारैतिर नियाल्छु मज्जाले । हावाले पनि साथ दिन्छ सुस्तरी ।

पहाडको उकालीलाई मैले

माया गरेजस्तो

सुनाखरी फुलिदिन्छ....

ढुङ्गाका सिढीजस्तो बाटो छ कतै । चिप्लिने डर हुन्छ । पनौतीदेखि यहा माथिसम्म गाडी चल्छ । वषर्ायाममा चल्दोरहेछ । कतै बाटो भासिएको देख्छु यतिबेला नै । तैपनि कसरी चलाइन्छ होला ? त्यो सोच्दा आङ सिरिङ हुन्छ । अहिले त गाह्रो छ । बाटोको छेउकुनामा धुवााले लक्ष्मण रेखा कोरेको देख्छु । त्यो कालो र लामो हुन्छ । त्यसको गति र उचाइ यसबाट मापन गरेको ठान्छु ।

ईशान कोणमा हिमाल टासेको देखिन्छ । नामसाग अवगत छैन । अलि धमिलो नेपाली चलचित्रजस्तै छ । नगरकोटबाट पनि देखिने आखिर त्यही रहेछ । पछि थाहा पाउाछु म । सबै पार्थलीमा पुगिसकेको हुन्छ । सबैभन्दा पछाडि पर्छु म । छोटो बाटो हिाड्ने लोभ पलाउछ । झन्डै आटेको पनि । धन्य, नसोधेको भए के हुन्छ, त्यो मलाई पनि थाहा छैन । निर्देशित दिशामा अगाडि बढे । विद्यालयको घण्टी बज्छ । भाइहरूको सामूहिक फोटो खिच्दै रहेछ विकास । सबै विद्यार्थी भाइबहिनीहरू विद्यालय पोशाकमा शोभायमान देखिन्छन् । विद्यालयको अवस्थाजस्तै परिस्थिति नाजुक छ । घन्टी बज्छ विद्यार्थीहरू नजिक आएर नियाल्छन् पर्यटकलाई जस्तै । शान्तिको लागि बालबालिका अभियान पनि चलेको हो एकताका विद्यालय नजिकै छ । त्यसैले, कोही खेल्न, हेर्न, खान झुम्मिएका छन् । शिक्षाको घाम न्यानो हुन्छ । अतः महेश योगी भन्छन्- "अध्यारोसाग नलड्नु, त्यो बत्ती बाल्नेबित्तिकै आफै हराउछ ।

शान्तिको फर्माइसमा चिया आउछ । स्टीलको गिलास तातेको छ । सेलाउनलाई पर्खिनैपर्छ । "त्यो त कमाण्डरजस्तो छ नि ?"

राजुले छविरमणको पोशाकलाई नियालेर मलाई सोध्यो । हुन त छविरमणको ज्यान पनि त्यस्तैखालको छ । पहिले देख्नेहरूलाई यस्तो अड्कल काट्नु कुनै कठिन छैन । धुलाम्य बाटोले फेरि दुःख दिन्छ । धूलो हाम्रो बुइ चढ्छन् र लुगालाई सिरकले जस्तै छोप्न खोज्छ । बाइकमा चढ्दा त त्यस्तो हविगत भयो । अझ हिडेको भए हाम्रो हालत कस्तो हुन्थ्यो होला । मनमा कताकता काउकुती लाग्छ । अघिभन्दा निकै रमाइलो दृश्य देखिन्छ अब । तरेली परेका खेतहरू मानौ, कलाकारको चित्रजस्तो लाग्छ । सपना जम्मै त्यसमा पोखिएको छ । त्यो हेराइबाट मनमा उत्रेको छ । प्रकृति स्वयंमा उत्कृष्ट कलाकार हो, ती सिर्जनाहरू खुल्ला ग्यालरीमार्फत अभिव्यक्त भएका हुन् । त्यसको आकर्षणले मलाई खुबै तान्यो । क्यामेरालेजस्तै त्यसलाई मनभरि उतार्न थाल्छु । त्यो गरा परेको सौन्दर्य कुनै चित्रजस्तै टागेको देखिन्छ ।

अघिभन्दा अहिले अलि सजिलो भएको छ । ओरालोले गर्दा यताउति हेर्न भ्याइएको छ । गेल्डुङ पुग्न त्यति समय लागेन । यतैबाट मोड्ने हो, पहिलेको मेरो अनुभवले ठम्यायो । यहाा पनि सानो खोला रहेछ । त्यही खोलाले पानीघट्ट चलाएको छ । बिजुली पुगिसकेको छ, तैपनि घट्टमा पिसेको अन्न मीठो हुन्छ भन्छन् । बाइक खोलामाथि तार्छौं, पहिलेभन्दा अहिले सजिलो भयो । हाम्रो गन्तव्य नजिकै छ यहाबाट ।

बाइक एक ठाउमा जम्मा हुन्छन् । सानो बाटोको सहाराले पुग्छौ । कवि रमेशप्रसाद सागरकी आमाको निधनको पाचौ दिन आज । पाचैजना दाजुभाइ क्रियाकर्ममा संलग्न हुनुहुन्छ । हामी सामूहिक समवेदना व्यक्त गछार्ंै । मान्छेको जिन्दगी दुई दिनको चोला नै त हो । जो आउछ, त्यो एकदिन जानैपर्छ । त्यसैले भन्छन् नि जन्मनु नै मर्नु हो ।

ठ्याक्क आगनमा बस्छौ । सबैका दृष्टि परपर पुग्छन् । चीसोले विस्तारै सताउाछ । मन पनि हिउजस्तै जमेको छ । त्यो घाममा पनि पग्लिन सकेको छैन भन । शोकलाई शक्तिमा बदल्नुपर्छ, अब रमेशले आफै । जन्म दिने आमाको माया छायााजस्तै अघिपछि लागिरहन्छ ।

हाम्रा आखा दक्षिणतिर पुग्छन् । त्यहाा बाक्लो र अग्लो जङ्गल छ । पहाडको टुप्पोबाट धुवाा उडिरहेको छ । कतै आगो लागेको हो कि भन्ने आशङ्का व्यक्त गर्न सकिन्छ तर हैन रहेछ । त्यहाा नारायणस्थान मन्दिर भएको जानकारी पाइन्छ । त्यो भक्तपुरका नेवारहरूको कुल देवतास्थान रहेछ । विशेष गरी फागु पूणिमामा मेला लाग्ने जानकारी पनि पाइयो ।

ढुंखर्क नाम रहनुको पनि यौटा रोचक किम्वदन्ती रहेछ । परापूर्वकालमा भक्तपुरका नेवारहरू मेला भर्न त्यहाा जाादै थिए । घना जङ्गलमा बाघ कराएजस्तो सुनिएछ । यसैमा कसैले "ढुंख-ढुंख" भनेर साउती गरेछ । -"ढुंख" को अर्थ नेवारीमा "बाघ हो" भनेका हुन् ।) त्यसैबाट पछि त्यस ठाउाको नाउा "ढुंखर्क" रहन पुगेको हो भन्ने जनश्रुति पाइन्छ । "नौसय ढुंखर्क बाह्र सय भ्यावर" भन्ने आहान पनि पहिले प्रचलित रहेछ । यसबारे रमेशका काका हामीलाई सुनाउनुहुन्छ । नारायणस्थान पारि मकवानपुर जिल्लाको सिमाना पर्दोरहेछ । माथि पुग्न लगभग तीनघण्टा लाग्ने रहेछ । ढुंखर्कको सांस्कृतिक पक्षबारे कवि रामप्रसाद ज्ञवालीले शोधपत्र तयार पार्नुभएको रहेछ । जुन यस ठाउाबारे थाहा पाउन सहायकसिद्ध हुन सक्दछ ।

फर्किने तयारीमा लाग्छौा । त्यो दुःखद घडीमा शोकमग्न यात्रीहरू थियौा हामी । मन फुकाएर कुरा गर्न पनि उचित लागेन । सामान्य औपचारिकता पूरा गरी फर्कियौा । मनभरि वेदना भरिएको छ । त्यो छताछुल्ल भई कतै बग्न खोज्दैछ । आासु गहबाट मैनबत्तीजस्तै तप... तप ... चुहिन र जम्न मात्र बााकी छन् । आमाको मायाबिनाको सन्तान मरुभूमिको बिरुवाजस्तै हुन्छ । 'पाइलाका नीबहरूले' त्यो डोवलाई बिर्सन नसकेपछि कवि तीर्थ श्रेष्ठको भाव सम्भिmन्छु ।

आमा हुनु

साह्रै असजिलो छ

पहाडजस्तो ।

राजुलाई मोज छ । उनीहरू एक्लैएक्लै बाइकमा सवार छन् । शान्तिको ज्यान पनि गजबको छ । कतै गणेश भगवान्ले मुसोमा चढेझैा लाग्छ । बाइकमा यथाक्रम बस्छन् सबै । अर्को साथीसाग बिनापरिचय पनि पछि परिचित हुन पुग्र्छांै । उमेश र होमशङ्करले एकै ठाउामा आसन जमाएका छन् । अलि पर पुगेपछि ढुङ्गा छापेकोले फेरि हिाड्न थाल्छौा । त्यो पनि बाइकको पछाडि सिटमा बस्नेहरू मात्र हुन्छन् । हिाड्नुको मज्जा बेग्लै आउाछ । अनन्त, रविन्द्र र मेरो ट्रेकिङ्ग सुरु हुन्छ । सााच्चि, त्यो हिडाइा बाइक चढ्नुभन्दा अतृप्त छ । अहिले आफैाबाट भए पनि उन्मुक्त भयौा ।

त्यो स्वतन्त्रता कति महान् छ, थुनिनुभन्दा उड्नुमा चराजस्तै । वास्तवमा अहिले त्यो आएको जस्तो लाग्यो । त्यसको उपभोग गरिराखेका छौा हामी । चारैतिर मीठो सन्नाटा फैलिएको छ । आाखाले भ्याउञ्जेल खिचेर हेर्न खोज्छौा ।

फेरि चलाल गणेशमा भेला भयौा । सुनको भाउमा रहेछ सुन्तला बनेपा चोकमा तर यहाा सस्तो र मीठो पनि पायौा । सुन्तलाले गुलियो साथ दियो । राजुको अत्तोपत्तो छैन साथै छविरमणको पनि । मनमा चीसो पस्छ । ओरालो बाटो छ । बाइक स्टार्ट नगरी डोर्‍याउादै आएको छ राजु । अब वित्यास पर्ने भयो कि भन्ने शङ्का लाग्छ । पछि बुझ्दा ढुङ्गाले लाग्दा पछाडिको ब्रेक बाङ्िगएको रहेछ । ब्रेक त्यति लागेन । त्यसलाई सोझ्याउन खोज्दा केही सीप लागेन । विस्तारै चलाउनुपर्ने भयो । होमशङ्करको वाहनको पनि पुग्नु अगावै ब्रेकको तार चुाडिएको थियो । राजुको यो नौलो र पहिलो यात्रा थियो । धन्य, त्यति मात्र भएछ । नत्र कस्तो सास्ती खप्नुपर्ने हुन्थ्यो । दोस्रो कणर्ाली पार गर्दै खोपासी आइपुग्छााै । कम्पोष्ट मल मगमगाउाछ तरकारीको स्वादजस्तै । त्यो काठमाडौामा फैलिन आतुरझैा लाग्दथ्यो ।

अन्य शीर्षक
рдореЗрд░реЛ рдЙрд╣реА рднреБрддреНрддреЗ рдЧрд┐рджреА -рдмрд╛рд▓рдХреГрд╖реНрдг рдкреЛрдЦрд░реЗрд▓
अध्ययन र समर्पण -कुलचन्द्र वाग्ले
साहित्यिक पत्रकारिताको कष्टकर यात्रा -विजय चालिसे
गयो वर्ष - आयो वर्ष -मेदिनीकुमार केवल
मलामी -पद्मा अर्याल
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
देशभित्र सिमाना खोज्दै -अच्युत घिमिरे
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
आमाको जतन -डम्बर रसिक भारती
आँकुरा
पुस्ता अपभ्रंश र संस्कृति -बालमुकुन्द कार्की
अधिकारको परिभाषा -युवनाथ लम्साल
आमाको पुकार -कृष्णप्रसाद भण्डरी
ए सप्तकोशी ! -दिलीप राई सगर
आमाको जतन -डम्बर रसिक भारती
केही हाइकु -ज्ञान उदास
अक्षर -प्रल्हाद पोखरेल
गजल -सुवासचन्द्र ढुङ्गेल
कविता -तानिकावा शुन्तारो
गजल -काशीराम विरस
मन परेको राम्रो -केदार न्यौपाने
गजल -दिव्य गिरी
नेता नबन्ने म ता -पर्शुराम पराजुली 'पराशर'
स्मृति क्यानभासमा हजुरआमा -लक्ष्मी उप्रेती
जीवित नायकको आत्मकथा -शैलेन्द्र साकार
पहाड र आकाश -मञ्जुल
सहिदको सम्झना -ज्ञाननिष्ठ ज्ञवाली
झुमी -चंकी श्रेष्ठ
कालीका सुसेली -बाबुराम लामिछाने
स्मृतिमा इश्वरदाइ -गीता त्रिपाठी
नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म -कृष्णकुमार प्रजापति
स्कटल्याण्डतिरका पदचाप -मुकुन्द पोखरेल
को हुन् चार जना ? -धु्रव थापा
भारतमा नेपाली नाटक -देवी पन्थी
नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास डा. गङ्गाप्रसाद अकेला
अमेरिकाको रहर -डा. हंसपुरे सुवेदी
पट्यारिंदो ओछ्यानमा अन्तस्करणका कुरा -नरेन्द्रजंग पिटर
खुट्टाभरिका हिँडाइ र हिँडाइभरिका खुट्टाहरू -तेजेश्वरबाबु ग्वंग
लोकतान्त्रिक आन्दोलनमा स्रष्टा, गणतान्त्रिक चेतना र नेपाली साहित्य -मधुसूदन पन्थी
शैशवका तीन पुस्ता -मदनमणि दीक्षित
नेपाली साहित्यमा 'मधुपर्क'को योगदानको मूल्याङ्कन -शिव रेग्मी
हाम्रो प्रतिबद्धता
मधुपर्क २०६६ जेठ
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px