कुरो असार ११ गतेको हो, पोखरा उपमहानगरपालिका १७ को सेती नदी नजिकै चिहानघारीमा मानिसको ठूलो भीड लागेको थियो । भीडमा जम्मा भएका सबैजना चिन्ता र छटपटीले उकुमुकुस थिए । अब के होला ? खोाचमा खसेकी साढे दुई वषर्ीय बालिका आराधना प्रधानको जीवन कसरी बच्ला ? नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल क्यानोनिङ एसोसिएसनकाका विशेषज्ञ तथा प्राविधिक टोलीले जति उपाय गरे पनि केही लागेन । बालिका ६५ फिट तल खसेको २१ घण्टा बितिसकेको थियो । खोाचभित्र ठूलो मानिस छिर्नै नसक्ने भएकाले सानो जीउडाल भएको मानिस जानसके बालिकालाई बचाउन सकिने अन्तिम आशा उद्धार टोलीले देखाए तर यस्तो जीउडाल भएको मानिस को होला ? ठूलो मानिस सबैको शरीर ठूलै हुन्छ । सानो शरीर भएको मानिस बालबालिका मात्रै हुन्छन् । एक बालिकालाई बचाउन अर्को बालक वा बालिकाको जीवन जोखिममा पार्ने कुरो पनि भएन । अनि यस्तो काम गर्न आाट भएको बालबालिका पनि त चाहियो । यस्तो अवस्थामा चञ्चले स्वभाव र पातलो शरीर भएका १२ वषर्ीय कमल नेपाली दाइ सलुम नेपालीसाग खोाचभित्र खसेकी बालिकालाई बचाउन घटनास्थल पुगे ।
प्राविधिक टोलीले कमललाई सोधे -"जान सक्छौ ?" कमल 'सक्छु' भन्थे अरू केही भन्दैनथे । भाइ कमललाई पठाउन दाजु सलुम पनि तयार भए । सानो बालकलाई खोचभित्र पठाउन लागेको दखेर स्थानीय प्रशासनले थप दुर्घटना हुने डरले हुन्छ भनेर अनुमति दिएन तर आटिला कमलले बालिकालाई बचाउन जाने निधो गरे । अनि प्राविधिक टोलीले कमललाई डोरीमा झुण्डाएर हेरे, नडराएपछि प्राविधिक टोली पनि कमलसित प्रभावित भयो । अनि देख्दै डरलाग्दो अध्यारो खोचभित्र कमल झरे ।
खोाचमा स-साना माटो र ढुङ्गा झरिरहन्थे । पानी तप-तप चुहिरहेको थियो । ठाउ ठाउमा छिर्नै मुस्किल पर्ने अप्ठ्यारो ककरो फेलापथ्र्यो । कमल उपलब्ध प्राविधिक समानसहित बत्ती लिएर भित्र छिरेका थिए । कमललाई खोचभित्र र बाहिर नेपाल क्यानोनिङ एसोसियसनका कविन्द्र लामा, सुमेक अधिकारी, राजेश लामा, जाङ्बु शेर्पा र दोमी शेर्पाले विभिन्न सहयोग र सल्लाह दिइरहेका थिए । आखिर बालिका भएको ठाउमा कमल पुगेरै छाडे । बालिकालाई पहिलोपटक देखेपछिको कुरा सम्झादै कमल अहिले भन्छन् -" बहिनी आराधनाको टाउको माथि थियो । कुप्रो परेर बसेकी रहिछ । नानी भने । अलिकति जुस खान दिए तर जुस खाादाखाादै जुसको बट्टा खस्यो । त्यसपछि बहिनीलाई झोलामा राखिदिए ।" कमलले आराधनालाई झोलाभित्र राखेपछि नेपाल क्यानोनिङ एसोसियसनका उद्धार टोलीले बालिका खसेको २२ घण्टापछि बाहिर निकाले ।
कमलको साहसको प्रसंशा गर्दै उद्धार टोलीका सुमेक अधिकारी भन्छन्-"शरीर मात्रै पातलो भएर हुन्थेन, त्यहा पुग्न नडराउने बहादुर शूरो बालक आवश्यक थियो । कमल त्यस्तै रहेछन् ।" कमल जिम्न्यास्टिक खेलाडी भएकोले पनि उनलाई यस काममा सहयोग भएको उद्धार टोलीले बताए ।
कमल खोचभित्र पसेको आधा घण्टामा आराधनालाई बाहिर निकालियो । यो सफलताले वरिपरि रहेका भीड र उद्धार टोलीको खुसीको सीमा नै रहेन । खोचभित्रबाट हिलाम्ये भएर निस्कने बित्तिकै कमललाई बधाई दिनेको भीड लाग्यो । "सानो भए पनि बहादुर रहेछौ, कालको मुखमा पुगिसकेकी छोरीलाई बचायौ" कमललाई अगालो हालेर खुसीको आसु झार्दै आराधनाको बुबा जोन प्रधानले भने । आराधनाको बुबा मात्र होइन त्यहा कमललाई बधाई दिने र नगद पुरस्कार दिनेको ओइरो लाग्यो ।
खोचमा खसेकी आराधना जोन र एस्तर प्रधानकी एक्ली छोरी हुन् । छिमेकी पि्रस्किला पौडेलको सात वषर्ीय छोराको निधन भएको थियो । समाधिका लागि गएका बाबुआमासागै आराधना पनि गएकी थिइन् । यही समयमा आराधन खोचमा खसेकी थिइन् ।
कमलको साहसिक काम पोखरा उपत्यकामा मात्र सीमित रहेन, देशविदेश सबैतिर फैलियो । उनी असार १२ गते बुबा नीलबहादुर र दाई सलुमका साथमा काठमाडौ आए । भाइको साहसको कदर गरेर राजधानीबासीले बोलाएपछि आफूहरू राजधानी आएको कमलका दाइ सलुमले भने । राजधानीमा आएपछि कमललाई सम्मान र पुरस्कार लिन जाने फुर्सदै थिएन । असार १३ गते बिहान उनी त्रिपुरेश्वरस्थित कवर्ड हलमा बास्केटबल च्याम्पियनसिप २००८ को उद्घाटन गर्न पुगे । यसपछि सगरमाथा टेलिभिजनले आयोजना गरेको र्यालीमा थिए । र्याली अनामनगर, माइतीघर, न्युरोड हुदै प्रदर्शनीमार्गस्थित पर्यटनबोर्डमा पुगेको थियो । र्यालीमा कमललाई टाटामोबाइल मोटरमा राखेर घुमाइएको थियो । बाटोमा कमललाई हेर्ने र नगद पुरस्कार दिनेको भीड नै लागेको थियो ।
कमलको यो साहसिक कामपछि पोखराको शिशु निकेतन स्कुलले दश कक्षासम्म निःशुल्क पढ्न, काठमाडौंको जेभिएर इन्टरनेसनल स्कुलले स्नातक तहसम्म पढ्न, खान, बस्न निःशुल्क, एभरेस्ट इन्सुरेन्स कम्पनीले १ लाख १ हजार रुपैया पुरस्कार, २५ हजार रुपियााको वीर गणेशमान बालप्रतिभा पुरस्कार, मितेरी अस्पतालले निःशुल्क आजीवन स्वास्थ्य परीक्षण र औषधी उपचार, रमपम तयारी चाउचाउले यस वर्षदेखि रमपम बे्रभरी अवार्ड स्थापना गरी पहिलो वर्षको अवार्ड दिएको छ । यसैगरी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल सरकारको तर्फबाट साहसी कमललाई ३ लाख र सम्मानपत्र प्रदान गर्नुभयो । प्रधानमन्त्रीले कमललाई साहसी, आाटी र बहादुर बालकको संज्ञा दिनुभयो । यसबाहेक पनि उनले थुपै सम्मान र पुरस्कार पाएका छन् ।
पोखरा-१५, टुटंुगामा कमल बस्छन् । गरिब परिवारमा जन्मेकाले उनको पढाइ निरन्तर अगाडि बढ्न सकेको थिएन । उनका बुबाले जुत्ता सिलाएर परिवारको पेट पाल्दै आएका छन् । साहसको यो उदाहरणीय काम गरेर सबैलाई प्रेरणा दिने कमलले अब पढ्न कुनै आर्थिक समस्या भोग्नुपर्ने छैन । अब भविष्यमा के बन्ने त ? कमल भन्छन् -
"ठूलो डाक्टर बन्छु । बाबुआमा, दाजुभाइ र दिदीबहिनीलाई सुख दिन्छु ।" साहसी बालक कमलको भविष्यको लक्ष्य पनि पूरा होस् ।