Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
कथा/चित्रकथा
शीर्षक के हो ?
देवेन्द्रप्रसाद उप्रेती
 

पुतली भुर्र उड्दाउड्दै तल झर्‍यो । उसको पखेटामा चोट लागेको थियो । भुइमा सर्प घिसि्रादै थियो । पुतली सर्पको ढाडमा खस्यो ।

सर्पले मनमनै भन्यो -"मेरो ढाडमा के बस्यो हा ?" सर्पले टाउको फर्काएर हेर्‍यो । उसले आप\mनो ढाडमा पुतली देख्यो । उसले पुतलीको पखेटामा रगत पनि देख्यो

रङ्गीचङ्गी पुतली देख्दा सर्पलाई रमाइलो पनि लाग्यो ।

सर्पले पुतलीलाई सोध्यो -"तिम्रो पखेटामा रगत देखिएको छ । के भएको हो, हा ?"

पुतलीले भन्यो -"एउटा किराले मलाई टोक्यो । म उड्दाउड्दै तपाईंको ढाडमा पो खस्न पुगे ।"

पुतलीको कुराले सर्पलाई दया जाग्यो । ऊ पुतलीलाई ढाडमै राखी अस्पतालतिर लाग्यो ।

सर्पले डाक्टरलाई परैबाट भन्यो -"डाक्टर, यो पुतली सिकिस्त बिरामी छ । यसलाई उपचार.........।"

डाक्टरले चिच्याउदै भन्यो -"नाइ.......नाइ !" डाक्टर भाग्दै थियो ।

सर्प नर्सको छेउमा पुग्यो । नर्स पनि डराइन् । उनी भाग्न खोज्दा चिप्लेर बल्र्याङ्ग पछारिइन् ।

सर्प निराश बन्यो । ऊ अस्पतालबाट बाहिर निस्कियो । उसले पुतलीलाई उपचार गराउन सकेन । उसले पुतलीलाई भन्यो -"अब के गर्ने पुतली ? उपचार गराउने डाक्टर पनि सबै भाग्छन् । तिमीलाई उपचारको आवश्यकता छ । तिमी पनि सल्लाह देऊ न ।"

पुतलीले भन्यो -"अब जङ्गलतिरै जानुपर्छ होला । औषधी त त्यहा पनि त पाइन्छ नि !"

सर्पले भन्यो -"तिमीले ठीक भन्यौ है । अस्ति मलाई पुच्छरमा घाउ भएको थियो । जङ्गलकै एक किसिमको झार पिसेर लगाउदा ठीक भएको थियो । म तिमीलाई पनि जङ्गलमै लैजान्छु ।"

पुतली सर्पकै ढाडमा झोक्राएर बसेको थियो । सर्प १० मिनेटमै जङ्गलभित्र पस्यो ।

पुतलीले भन्यो -"पर्खनुस् ! औषधी झार त यहीा छ । तर यसलाई पिस्ने कसरी ?"

सर्पले भन्यो -"म बिस्तारै मुखले ढुङ्गामा पिसुला नि ।"

'..........तर तपाईंसाग त मुखमा विष पनि छ । मलाई विष लाग्दैन ?' पुतलीले भन्यो ।

'लाग्दैन, म विष निकाल्दिन नि !" सर्पले भन्यो ।

सर्पले पुतलीको पखेटामा झारको रस लगाइदियो । पुतलीलाई तुरुन्त आराम भयो । पुतली उड्न सकेको भने थिएन ।

केही समयपछि नै पुतली उड्न सक्ने भयो । दुवै जङ्गलकै फूलबारीमा रमाएर बस्न थाले ।

अन्य शीर्षक
चराको भाषा बुझ्ने वैद्य उद्धव उपाध्याय
ट्याम्केकी देवी रामविक्रम थापा
शीर्षक के हो ? देवेन्द्रप्रसाद उप्रेती
धरहरा चढ्दाको मज्जा कार्तिकेय घिमिरे
कल्पनाको भविष्य खिमानन्द पोखरेल
चराहरूको वनभोज लुमडी आचार्य
बुद्धिमान पाठी
पछुतो
कुभलो चिताउँदा आफैं फस्यो
उँट र स्याल ज्ञान उदास
शिर्षक के हो ?
आमाको माया सुशीला प्रधाना·
नोआको कथा
निर्माता खलिल जिब्रान
सहयोगी मैना ललीता 'दोषी’
खसी चोरको बिजोग नर्वदाकुमारी भट्ट
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px