Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
विविध
फुटबलको जादुगर पेलेः केही रोचक तथ्य
 

'पेले' फुटबल जगत्को एउटा यस्तो नाम हो जुन बिना आधुनिक फुटबल जगत्को चर्चा नै अधुरो हुन्छ । प्रकृतिको वरदान पाएका यी फुटबल खेलाडी विश्वमा सबैभन्दा लोकपि्रय खेलाडी हुन् । उनको प्रशंसामा असङ्ख्य कविता र उपन्यासहरू समेत लेखिएका छन् । खेलकुद जगत्मा पेले जति लोकपि्रय, चर्चित र प्रख्यात छन् त्यति आजसम्म कोही पनि हुनसकेका छैनन् । उनको नसा-नसामा फुटबल भरिएको छ । उनी फुटबल खेल्नकै लागि जन्मिएका हुन् जस्तो लाग्छ ।

यस्ता महान् खेलाडीको जीवनसाग जोडिएका

धेरै रमाइलो प्रसङ्गहरू छन् । तीमध्ये कही यस्ता

छन् ः

पेले सानोमा खाली खुट्टै फुटबल खेल्थे । त्यसैले सबैले उनलाई 'पेलेदास' भनी बोलाउथे । उनीपछि 'पेले' नामबाट चर्चित भए । उनको वास्तविक नाम भने एड्सन अरान्तेस दो नासिमेन्टो -भ्मकयल ब्चबलतभक मय ल्बकimभलतय) हो ।

पेलेको परिवार गरिब भएको कारण उनले आˆनो फुटबल किन्ने रहर पूरा गर्न हलमा चना बेचेर र जुत्ता पालिस गरेर पैसा बटुलेका थिए ।

पेलेले १७ वर्षको उमेरमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए भने १८ वर्षमा विश्वकप फुटबल प्रतियोगितामा भाग लिएका थिए । यसमा उनी सर्वश्रेष्ठ खेलाडी घोषित भए र ब्राजिलले पनि पहिलोपटक विश्वकप जित्यो ।

सन् १९७० को विश्वकपमा पेलेले इङ्ल्यान्ड विरुद्ध गरेको प्रहार रोक्न खोज्दा इङ्ल्यान्डका गोलकिपर गोर्डन व्याङ्कसको हात नौ ठाउमा भाच्चिएको थियो ।

फुटबलप्रेमीहरूले पेलेलाई माया गरी करिब एक दर्जनभन्दा बढी उपनाम दिएका छन् तीमध्ये 'बादशाह', 'कालो मोती', 'फुटबलका जादुगर' बढी प्रख्यात छन् ।

पेलेलाई भेट्दा बेलायतकी महारानी एलिजावेथ द्वितीयाले आˆनो मर्यादाक्रम नै भुलेकी थिइन् । इरानका शाहले उनलाई भेट्न मात्र पनि तेहरान अन्तर्राष्ट्रिय विमानस्थलमा तीन घण्टाभन्दा बढी समयसम्म प्रतीक्षा गरेर बसेका थिए ।

पेलेले पनि एकपटक रातो कार्ड पाएका थिए तर पछि उनले त्योविरुद्ध फिफामा उजुरी गरी सुनुवाई गर्न लगाए । त्यसपछि उल्टै त्यो कार्ड दिने रेप|mीलाई एक महिना लामो निलम्बनको सजाय दिइयो ।

पेलेले आˆनो हजारौ गोल पेनाल्टी प्रहारबाट

गरेका थिए ।

पेलेले ९९९ गोल गरिसकेको तथ्य थाहा पाएका दर्शकहरूले त्यो पेनाल्टी पेलेबाहेक अरूलाई हान्न दिएनन् । फलस्वरूप त्यो प्रहार पेलेले नै हाने र गोलमा परिणत गरे । पेले विश्व फुटबलको इतिहासमा १००० गोल गर्ने पहिलो खेलाडी पनि बने ।

पेलेको आत्मकथा 'माइ लाइफ एण्ड द ब्युटिफूल गेम' को प्रथम संस्करणमा हस्ताक्षर गर्न जादा त्यहा भेला भएका उनका प्रशंसकहरूले उनको लुगा टुक्राटुक्रा पारेर चिनो स्वरूप लगेका थिए । लुगा नपाउनेले उनको कारको पार्टपूर्जासमेत बााकी राखेनन् । भनिन्छ त्यो दिन पेले लगभग नाङ्गै हिडेर घर पुगेका थिए ।

पेलेले सन् १९५७ देखि १९७७ सम्म फुटबल खेलेर अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिए । उनले आˆनो लामो व्यावसायिक खेल जीवनमा कुल १३६३ वटा अन्तर्राटि्रय खेल खेले र कुल १२८१ वटा अन्तर्राष्ट्रिय गोल गरे ।

प्रस्तुति - चन्द्र राई, कक्षाः ८, ज्ञानेन्द्र सैनिक प.आ.म.वि. फूलबारी, पोखरा

अन्य शीर्षक
उड्न नसक्ने चराहरू
यो पनि जानी राखौ
बैकुण्ठको म्याराथुन दौड उमेश ओझा
जूनकिरी
दादुराबाट बेलैमा जोगिऔ दिनमान गुर्मछान 'दिगु’
फुटबलको जादुगर पेलेः केही रोचक तथ्य
अनौठो यन्त्र क्यामेरा
कोइलीले कसरी चोर्छे कागको फूल ?
बल उडाउने जादु !
अट्लान्टिक महासागर
रमाइलो गरौं
चीनमा ओलम्पिक खेलकुद कृष्णराज खनाल
गीत गाएर समाजसेवा गर्ने निराजन पुष्पराज जोशी
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px