(एउटा घरको ढोका छ । बरण्डामा दिनेश गुन्द्रीमा ढल्केर सुतिरहेको हुन्छ । वातावरण शून्य छ । घरको आगन र बरण्डा जताततै फोहोरै फोहोर छ ।)
रमेशः -टुप्लुक्क देखापर्छ) दिनेश, किन
सुतिरहेको ? -दिनेशले सुन्दैन) दिनेश --- ए ! दिनेश -नजिकै गएर झकझकाउदै उठाउछ, किन सुतेको दिउसै ?
दिनेशः -उठेर टुक्रुक्क बस्दै) ज्वरो आएर सुतेको ।
रमेशः ए ज्वरो पो आएछ तिमीलाई ? त्यसैले पो हिजो तिमी विद्यालय नआएका रहेछौ ।
-दिनेशलाई छाम्दै) बेस्सरी ज्वरो आएको रहेछ ।
दिनेशः -रमेशतिर हेर्दै) रमेश मलाई त रुघाखोकी र अलि अलि पखाला पनि लागेको छ ।
-भित्रबाट मैला लुगा लगाएकी दिनेशकी आमा निस्किन्छिन्, उनको हातमा पानीको गिलास हुन्छ ।)
आमाः रमेश तिमी आयौ ? -रमेशले काकीलाई नमस्ते गर्दै दुई हात जोड्छ ।) नमस्ते Û ---- हेर न, दिनेशलाई त हिजो बिहानबाट ज्वरो आएको छ । रुघाखोकी, पखाला पनि छ । त्यति मात्र कहा हुनु र ! मसिना डाबर, बिबिराहरू पनि आएको छ ।
रमेशः हो र ! बिबिरा कता छ ? -भन्दै दिनेशको कान र घााटी पछाडि हेर्छ । उसले त्यहा बिबिरा डाबर देख्छ) ए दिनेशलाई त दादुरा आएको जस्तो छ । सबै लक्षण दादुराको जस्तै छ ।
आमाः दादुरा !
दिनेशः दादुरा !! -दुवैले एकै स्वरमा भन्छन्)
रमेशः हो, यो दादुराको लक्षण हो । हिजो मात्र कक्षामा सरले हामीलाई दादुरा रोग
के हो ? कस्तो हुन्छ र कसरी निको पार्न सकिन्छ भनेर सिकाउनुभएको थियो ।
दिनेशः ए ! त्यति राम्रो विषय छुट्यो है मेरो त ।
आमाः अब के गर्नु पर्ला त रमेश ?
रमेशः काकी ! डराउनु पर्दैन । समयमै उपचार गरे निको हुन्छ । अनि समयमै उपचार नगरे अङ्गभङ्ग पनि हुनसक्छ ।
दिनेशः -चाख लिदै सुन्दै) रमेश उपचार के होला त ?
रमेशः (हास्दै) हेर, सरले भन्नुभएको - ज्वरो, बिबिरा, राता डाबर, रुघाखोकी, पखाला यी सबै एकैपटक देखापर्नु वा ज्वरो र कान पछाडि डाबर बिबिरा देखापर्नु दादुरा रोगको लक्षण हो रे ! समयमै उपचार गरे निको हुन्छ, यसैले हामी स्वास्थ्य संस्थामा जानुपर्छ ।
दिनेशः भोलि नै स्वास्थ्य चौकी जान्छु ।
(भक्त सर हातमा झोला लिएर आगनमा देखापर्छन् )
भक्तसरःकहा जाने कुरा हुदैछ ? -मुसुक्क हास्दै)
रमेशः नमस्ते सर !
दिनेशः नमस्ते सर !
आमाः नमस्ते सर ! -तीनैजनाले एकै स्वरमा दुईहात जोड्दै भन्छन् ।)
भक्तसरःनमस्ते । -दुवै हात जोड्दै)
रमेशः स्वास्थ्य चौकी जाने कुरा हुदैछ सर ! दिनेशलाई दादुरा आए जस्तो छ । त्यसैले ऊ भोलि नै उपचार गर्न जान्छु भन्दैछ ।
भक्तसरःए, हो र ! ल राम्रो । जानुपर्छ बेलैमा उपचार गराउनु नै बुद्धिमानी हो । -भक्तसर आखाले भ्याएसम्म यताउता हेर्नुहुन्छ । आगन, बरण्डाको फोहोर देखेर अचम्म
मानेझैं गर्नुहुन्छ । )
रमेशः सर ! यो त सरुवा रोग पनि हो नि, हैन
र ?
भक्तसरःहो त नि ! यो रोग सरसफाइको कमी र बेलैमा बुद्धि नपुर्याए सर्छ । हेर त घर आागन कति फोहोर छ ? जताततै फोहोर भयो भने हामीलाई सरुवा रोग सर्छ । त्यसैले हामीले व्यक्तिगत र वातावरणको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
दिनेशः ए -- हो ।
रमेशः अनि दादुराको विशेष खोप बच्चा १० महिनाको हुदा दिनुपर्छ । सरले भन्नुभएको यो खोप लगाउदा सर्ने सम्भावना कम हुन्छ । राष्ट्रिय दादुरा खोप कार्यक्रममा पनि १५ वर्ष मुनिकाले खोपाउनुपर्छ रे !
भक्तसरःहो, तिमीले राम्रो कुरा गर्यौ । त्यसैले स्वास्थ्यको ख्याल राख्न सरसफाइ, खोप तथा बेलाबेलामा स्वास्थ्य सल्लाहमा ध्यान दिनु राम्रो हो ।
आमाः ए ! त्यस्तो कुरा पो रहेछ । मैले बुझेा, आज राम्ररी बुझेा, आजैदेखि यो घर आगन सफा राख्छु । बेलैमा ध्यान नपुर्याए त हाम्रो स्वास्थ्यमा नराम्रो असर पो पुर्याउदो रहेछ ।
रमेशः हो काकी ! यस्तो कुरा हामी सबैले बुझ्नुपर्छ ।
दिनेशः ए हो ! हामीले साथीभाइसाग पनि यस्ता कुराहरू छलफल गरिरहनु पर्ला ।
भक्तसरःल कुरा बुझियो, अब भने घरतिरै हिड्नुपर्ला ।
(रमेश र भक्तसर बिदा लिएर हिड्छन् ।)
मापन इकाई
१. व्यारेलः यो शब्द तरल पदार्थ नाप्न प्रयोग गरिन्छ ।
२. नेनो सेकेण्डः अन्तरीक्षको दूरी र समय नाप्न प्रयोग गरिन्छ ।
३. केवलः यो तारहरू नाप्न प्रयोग गरिन्छ । १०० केवलमा ६०० फिट हुन्छ ।
४. क्यारेटः बहुमूल्य पत्थर नाप्न र सुनको शुद्धता कति छ भन्ने थाहा हुन्छ । २४ क्यारेटको सुन शुद्ध सुन मानिन्छ ।
५. रिमः कागज नाप्न प्रयोग गरिन्छ ।
६. फ्यादमः समुद्र वा पानीको गहिराइ नाप्न यो इकाई प्रयोग गरिन्छ ।
७. हर्जः विद्युत चुम्बकीय तरङ्ग आवृत्ति नाप्ने इकाई
८. नटः पानीको जहाजको गति नाप्ने इकाई ।
९. वाटः विद्युत् शक्तिको इकाई ।
१०. क्यूसेकः नदीको पानीको वेग नाप्ने यन्त्र ।
११. डायोपट्रप्सः लेन्स -चश्मा आदि) को शक्ति नाप्ने यन्त्र ।