Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मुख्य आकर्षण
मेरा गाजलु आँखामा जादु छ
 

पप गायिका शशि रावल

'चाहाना सकियो, बहाना सकियो

अब उसको र मेरो नजरमा निराशा सकियो

जब देखि उसको र मेरो सिमाना सकियो ।'

'नखाएको विष पनि कहिलेकाहीँ लाग्छ' भन्ने गाउँघरको उक्ति पप गायिका शशि रावलका आमाबुबाका हकमा त्यतिबेला चरितार्थ हुन पुग्यो, जब उहाँले गाउनु भएको यही बोलको गीतका कारण शशिले यस वर्षको उत्कृष्ट इमेज महिला पप गायिकाको उपाधी प्राप्त गर्नुभयो । छोरीलाई व्यवस्थापन विषयमा राम्रो दख्खल राख्ने व्यक्तिको रूपमा उभ्याउने आमाबुबको सपना थियो तर छोरीले गाएको गीत टेलिभिजन च्यानल र एफ एम रेडियोमा घन्किएको क्षण व्यवस्थापन विषय पढाउने सपनाको कुनै प्रवाह नै नगरी बुबाले जिब्रो टोक्दै 'स्यावास् छोरी' भनेको कुरा गायिका शशि रावललाई भर्खरै भने जस्तो लाग्दैछ ।

बुबा मोहन रावल र आमा आशाको कोखबाट कान्छी सन्तानका रूपमा जन्मिएकी शशिको एउटा मात्र दाजु हुनुहुन्छ । व्यापार व्यवसाय गर्ने पिता मोहन रावलले आफनो व्यवसायमा सजिलो होस भनेर नै व्यवस्थापनको पढाइतिर लगाउनु भएको थियो होला तर घरकी एक्ली प्यारी छोरी शशिले अभिभावकको इच्छालाई नमार्दै दुई वर्षसम्म सङ्गीतको अध्ययनलाई पनि अगाडि बढाइन् । सायद थाहा थिएन होला, घरका अभिभावकलाई छोरीले सङ्गीतको औपचारिक कक्षा लिएर गायन क्षेत्रमा यति ठूलो प्रगति गर्लिन भनेर । त्यसैले नसोचेको कुरा भएपछि छोरीको नाम एक्कासि विभिन्न मिडियामा सुन्दा शशिका बुबाआमा अचम्ममा पर्नु स्वभाविक थियो ।

घरकी पुलपुलिएका एक्ली छोरी । मैले आफनो अभिभावकबाट गाली कहिल्यै खानु परेको छैन । घरमा एउटा दादा अनि म । सबैलै काली भनेर माया नै माया गर्छन गायिका शशि रावललेे भन्नुभयो । कहिले जन्मनु भयो ? "प्लीज यस्तो त मलाई कसैले पनि सोधेको छैन, मेरो विवाह पार्टीमा म तपाईंलाई बोलाउँछु , त्यतिबेला कानमा सुटुक्क भनौंला ल ।" १९/२० की लाग्ने पप गायिका रावलले पहिलो प्रश्नमा नै तिखो जवाफ दिनुभयो ।

गहुँगोरी अनुहार अनि एकदमै स्लिम बडी तर साथीभाईहरूले मायाले 'कालु' भनेर बोलाएका उहाँलाई एकदमै मनपर्छ । म ब्ल्याक ब्यूटी छु नि । उहाँले आˆनो अनुहारको आफेैले बखान गर्दै यसो भने पनि गायिका रावल साँच्चै काली भने हुनुहुन्न । गीत सङ्गीत क्षेत्रमा लाग्नुभन्दा पहिले एकदमै कम बोल्ने शशि आजकल भने सबैसँग 'ओपन भएर' बोल्न मन पराउनुहुन्छ । घरका मानिसले माया गरेर हो कि क्या हो, जहाँ गए पनि माया नै माया पाउने गरेकी छु- रावलले भन्नुभयो ।

छोटो अवधीमा गीत सङ्गीत क्षेत्रका प्रगति हात पार्न सफल गायिका रावल पढाइमा पनि पछि हुनुहुन्न । काठमाडौंको डिल्लीबजार स्थित कन्या क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक तहको अन्तिम वर्षको परीक्षा दिई सक्नुभएकी रावल परीक्षाफलको प्रतीक्षामा हुनुहुन्छ । माष्टर्स ज्वाइनको समयलाई पर्खेर बसेकी छु ," - स्कुले जीवनदेखि लगातार उत्तीर्ण हुँदै आउनु भएकी गायिका रावलले भन्नुभयो ।

चाहाना सकियो, बहाना सकियो .......गीतको बोलले बजारमा निकै चर्चा पायो । आर्थिक लाभ पनि भयो होला नि ? गायिका रावलले भन्नुभयो- 'राम्रै पाएकी छु, कमाईभन्दा पनि क्यारिएर बनाउने बेलामा श्रोताहरूले माया गरेर सुनिदिनुभएको छ, त्यो सबैभन्दा ठूलो कमाई के हुनसक्छ र ?

चक्लेटी अनुहारकी ब्ल्याक ब्यूटी गायिकालाई बाटोमा जिस्काउनेको कमी छैन । साह्रै सताउँछन् है केटाहरूले ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो- मैले गाएको गीत गाएको केटाहरूले बाटोघाटोमा जिस्काउँछ तर के गर्नु आफै चुप लागेर हिँड्नुपर्छ । साँच्चै भन्नुपर्दा उहाँको त्यो गीत मोबाइलको रिङ टोनदेखि लिएर प्रत्येक युवायुवतीको ढुकढुकीको गीत बन्न सफल भएको छ । एफएम रेडियोका गीत सङ्गीत कार्यक्रममा सबैभन्दा बढी श्रोताहरूले उहाँकै गीतका अनुरोध गरेर सुन्ने गरेकोे विभिन्न एफएमका गीत सङ्गीत कार्यक्रमका नियमित अनुरोधकर्ता मैतीदेवीका युवा प्रलेख जोशी बताउनुहुन्छ ।

'इन्ट्रास' नामक पप गीतको एउटा एल्बम श्रोता माझ ल्याइसक्नु भएकी गायिका रावल निकट भविष्यमा एउटा म्युजिक भिडियो ल्याउने तयारीमा हुनुहुन्छ ।

न त हाँस्न सको न त रुन नै सको

यस्तै भयो मेरो जीवनमा ............।

चार दजर्ंनभन्दा बढी आधुनिक, पप गीत गाइसकेकी गायिका रावल सबैभन्दा बढी सन्तुष्टि यही गितबाट पाएको बताउनुहुन्छ । आफूले जन्माएका बच्चा सबै राम्रा र प्यारा लाग्नु पर्ने होइन र ? भन्ने कौतुहलतालाई उहाँले यसरी मेटाउनुभयो -'मेरा लागि सबै बच्चाहरू समान हुन् तर काखबाट भुइर्ंमा राख्नै नसकिने बच्चा चाहीँ त्यही हो ।' वास्तवमा गीत, सङ्गीतको सधैँ रसपान गरिरहने पारखीले यही गीतलाई मन पराउने गरेका छन । बढी जसो टिन एजरहरूले 'चाहाना थियो बहाना थियो .......' बोलको गीतलाई नै मुटुमा राखेका छन् ।

माया के होला ? 'साँच्चै भनी हालौं, माया मान्छेको लागि नभई नहुने कुरा हो ।' उहाँले हाँस्दै छोटो उत्तर दिनुभयो । मुसुक्क हाँस्दा हिस्स परेकी देखिने रावलका अगाडि अभिभावकको व्यवस्थापनविज्ञ बनाउने सपना र आˆनो सबैले मन पराउने गायिका बन्ने योजना चुनौतीका रूपमा खडा भएका छन । )

'यो क्षेत्रमा लागेका व्यक्तिको श्रम शोषण भएको हुन्छ, सुनिन्छ पनि त्यस्तै । आˆनो भविष्य यही क्षेत्रलाई बनाउने कि नबनाउने भन्ने अझै निर्णय गरिसकेकी छैन, माष्टर्स समाप्त गरेर बाहिर जान्छु होला ।' सुरिलो स्वरकी धनी रावलले पेशाको रूपमा गायनलाई नअँगाले पनि यो क्षेत्रबाट आफू अलग भने कहिल्यै हुन नसक्ने पनि विश्वास दिलाउनु भयो ।

बिहान उठ्ने बित्तिकै हारमोनियम र तबलासँग खेल्ने रावलले पत्रपत्रिका पढ्ने, टेलिभिजनका कार्यक्रमहरू हेर्ने गर्नुहुन्छ । राजनीतिमा त्यति चासो नभए पनि कहिलेकाहीँ पदको लोभले नेताहरूबीच किचलो भएको सुन्दा नरमाइलो लाग्छ

उहाँलाई) 'पीर त लाग्छ नि । देश हाँक्ने नेताहरू नै शुद्ध नियतका नभएपछि हामीले को बाट के आशा गर्ने ?' गायिका रावलले भन्नुभयो ।

ठूल्ठूला आँखामा कालो गाजल गज्जबले लगाएकी रावलले मुस्कुराउँदै एक प्रश्नको जवाफमा भन्नुभयो-

'मसङ्ग जे जति जादू छ, त्यो मेरा गाँजलु आँखामा नै छ ।' मेकअप कत्तिको गरिन्छ ? अहँ, त्यति साह्रो गर्दिन, घरमै आमाले बनाएको मि...ठो गाँजल नै लगाउन्छु । त्यति भए मलाईर् पुगिहाल्छ ।'

भगवान्प्रति विश्वास गर्ने रावललाई भगवान् सर्वव्यापी भएपछि किन मानिसलाई दुःख दिएको होला भन्ने कौतुहलताको तिर्खा कसैले पनि मेटाइदिएको छैन । डेटिङ कति पटक गइन्छ ? एक छिन ..... अक्मकिएर .... कोही छैन , त्यस्तो डेटिङ जानु पर्ने ...सोम ओन स्पेसल ।

परिवारबाट पुलपुलिएर नै होला, कसैले अलि चित्त दुखाउने कुरा गर्नै बित्तिकै गायिका रावलको मुटुमा ठूलो भक्कानोको चोट लाग्ने गर्छ । 'हो, मलाई कसैले चित्त दुखाउने काम गर्दा म रुन्छु । मेरो मन सानो छ, न त म अरूको चित्त दुखाउने काम गर्छु, न कसैले त्यसो गरेको मलाई मन पर्छ ।' गायिका रावलले भन्नुभयो ।

उहाँले गाएको गीत लोकपि्रयताको जति उचाइमा पुगेको छ , गायन क्षेत्रमा उहाँको माग पनि हृवात्तै बढेको छ । मैले नचाहेर मात्र हो, गाउनका लागि अफर निकै आउँछन, सबै परिस्थिति हेरेर मात्र गाउने गरेकी छु ।

मिस कलले निक्कै सताउन्छ, हैरानै पार्छन् ? मिस कल आउनु समस्या होइन, मलाई मन पराउनेे श्रोताहरूले माया गरेकाले यो कुरालाई अन्यथा लिनु हँुदैन भन्ने तर्क उहाँको छ । पपगीतकी स्टार रावललाई नेपाली मौलिक गीत र सङ्गीतको माया पनि उत्तिकै छ । "म पप गायिका हुँ, तर मैले नेपाली लोक गीत, लोकदोहोरी र पश्चिमको डेउडा गीतको भाखा अति नै सुन्ने गरेकी छु । पप गायिका रावलले एक पटक नेपाली लोक गीत पनि गाएरै श्रोता माँझ आउने वाचा गर्नुभयो ।

युवाहरूबाट सधैँ जसो अफर आइरहनु उहाँका लागि सामान्य कुरा हो, तर कसैलाई एस/नो भनी नसकेकी दावी गर्ने पप गायिका रावलले दुई घण्टाको भलाकुसारीमा एउटा कुराको गाँठो फुकाउँदै भन्नुभयो- "जतिले मलाई अफर गरे ती सबै अति मिलनसार ˆयान भएका छन । ....... -त्यो व्यक्ति ) कुन हो भनेर म पनि पर्खि रहेकी छु, भगवान्ले कसलाई जुराउँछ ? पर्खेर बसेकी छु । "

'मेरो दिलको धड्कन खाली छ , सुटुक्क जो आएर पनि बस्न सक्छ । भ्याकेन्सी ओपेन छ ।' चाहाना सकियो, बहाना सकियो बोलको सुपर टप पप गीतका गायिका रावलले आˆनो जीवनसाथीको लागि भ्याकेन्सी ओपन गर्दै भन्नुभयो ।

अन्य शीर्षक
कोसीको कहर सचिन पोखरेल
वर्षभरिको दुःख बिसाउने पर्व दसैँ कमल रिजाल
एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ आरवी बस्नेत
घटस्थापनादेखि पुजिने प्रमुख शक्तिपीठहरू सुदर्शन अधिकारी
देवीका भिन्नाभिन्नै स्वरूप उमा कोइराला
महिमाबडा दसैँको बोधनाथ पौडेल
बीभत्स बलि प्रथा टीकाराम यात्री
चङ्गाको राम कहानी त्रिचन्द्र 'प्रतीक्षा'
अभिनेत्रीहरूसँग दसैँ संवाद लक्ष्मी खतिवडा
दसैँमा घुमघाम सहनशीला शर्मा
प्रसिद्धि सिद्धिथुम्काको नेमिष गौतम
कथा-व्यथा महिला पदयात्रा भरियाको निनाम लोवात्ती कुलुङ
स्वास्थ्यका कुरा थेरापीका कारण यौन चाहनामा तीव्रता
सुन्दर र स्वस्थ रहन एरोबिक नम्रता भण्डारी
अभिवादनका फरक फरक शैली विष्णुकुमार श्रेष्ठ
ढुङ्गे कुवा खन्दै ठाकुरदाइ केशव लामा
कृति परिचय
मानवोपयोगी प्राकृतिक वरदान - मह नारायण काफ्ले
मेरा गाजलु आँखामा जादु छ
सानो पुँजीबाटै ठूलो व्यवसाय गर्न सकिन्छ'- दिलीप अग्रवाल
सफलताका वैकल्पिक उपाय आर. मानन्धर
भर्ना भइन् कलेजमा कमला, निरन्तरतामा शंका रामकुमार एलन
अग्रणी महिला निर्मलकुमार आचार्य
छोराको अंश ढाकर, तोक्मा - छेटु शेर्पा
चाडपर्व मनाउने सन्दर्भमा देखिएको तडक भडकमा सुधार गर्न के गर्नुपर्ला ?
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px