Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मुख्य आकर्षण
ढुङ्गे कुवा खन्दै ठाकुरदाइ
केशव लामा
 

ताप्लेजुङ जिल्लास्थित खेवाङ गाउँ विकास समिति वडा न.९ निवासी ७४ वषर्ीय प्रेमप्रसाद दाहाल जङ्गल, भिर, पाखामा गई ढुङ्गे कुवा खन्न व्यस्त देखिनुहुन्छ । अनौठा कार्यहरू गरेर नामको सुवास चलाउनेहरूको होडबाजी चलिरहेको अवस्थामा उहाँको ढुङ्गे कुवा खन्ने अभियानको एउटै उद्देश्य हो - तिर्खाएका जङ्गली जनावर तथा चराचुरुङ्गीलाई सहज रूपमा पानी पिलाउनु ।

निश्चित ठाउँमा बाहेक जङ्गलभित्र र भिरपाखामा पानीको स्रोत पर्याप्त नहुँदा जङ्गली जनावर तथा चराचुरुङ्गीलाई समस्या पर्ने गरेको कुरालाई मनन गरी 'ठाकुरदाइ' उपनामले चिनिनुहुने पे्रमप्रसाद दाहालले सुरु गर्नुभएको यो कार्यलाई खेवाङवासी मात्रले नभई आम ताप्लेजुङवासीले नै अनौठो कार्यको सुरुवात भन्दै त्यसमा सहयोग गर्ने गरेका छन् । कमजोर आर्थिक अवस्था भएका दाहालले हालसम्ममा गाविसका विभिन्न स्थानमा लगभग पाँच मिटर चौडाइ, १२ मिटर लम्बाइ र दुई मिटरसम्म गहिराइ रहेका नौवटा ढुङ्गे कुवा खनिसक्नुभएको छ । प्रकृतिप्रेमी दाहाल उहाँको नामले भन्दा 'ठाकुरदाइ' उपनामबाट बढी चिनिनुहुन्छ । उहाँकै भाषामा भन्नुपर्दा सानो कुवा भनेको दुई मुरी धान जाने आकारको हुन्छ भने ठूलो कुवामा आठ मुरीसम्म धान जान्छ ।

ढुङ्गे कुवा निर्माण गर्न उहाँलाई न त आˆनो पैत्रिक सम्पत्ति खर्च गर्नु पर्‍यो न त कुनै संस्थाको आर्थिक सहयोगको अपेक्षा नै गर्नुपर्‍यो । त्यसो त उहाँले कसैसँग पनि आर्थिक सहयोगको लागि हात जोड्नुभएको छैन तर उहाँको आर्थिक स्रोत जुटाउने तरिका भने अलि फरक रहेको स्थानीय खेवाङ -४ निवासी उमापति दाहाल बताउनुहुन्छ ।

घरेलु सीपका धनी ठाकुरदाइले आर्थिक स्रोत जुटाउन गाउँमा बाँस माग्नुहुन्छ । जसको घरमा गएर बाँस मागे पनि गाउँवासीले उहाँलाई एकपटक निःशुल्क बाँस दिएर सहयोग गर्दछन् । ती बाँसबाट उहाँ साँझ बिहान डोको, डालो, नाङ्लो, नाम्लो र डोरी बनाई पुनः गाँउमै लगी बेच्नुहुन्छ । ठाकुरदाइले ल्याएको सबैखाले सामग्री उहाँले तोकेकै मूल्यमा बिनाहिचकिचाहट आवश्यक भए नभए पनि किनिदिएर स्थानीयवासी उहाँलाई सहयोग गर्दछन् र यही आम्दानीबाट ढुङ्गे कुवा खन्ने गरेको दाहाल बताउनुहुन्छ ।

मानिसले आˆनो लागि भनेर धेरै कार्य गर्ने तर जङ्गली जनावरहरूका लागि भनेर कसैले पनि यस्तो पहल नगरेकाले आफूले साहसिक कामको थालनी गरेको दाहालले बताउनुभयो । "मानव भएर जन्म लिइसकेपछि केही न केही त गर्नै पर्छ तर के गर्ने भनी सोच्दै जाँदा मलाई कसैले नगरेको कार्य गर्न मन लाग्यो । त्यसैले जङ्गलमा बसेर मीठो गीत गाई सधैँभरि रमाइरहने चराचुरुङ्गी र जनावरहरूलाई कति भोक तिर्खा लाग्ला भन्नेतर्फ अहिलेसम्म कसैको ध्यान नगएकोले आफू जङ्गली चराचुरुङ्गी र जनावरहरूलाई दाना खुवाउन नसके पनि पानीसम्म त खुवाउन सकिएला कि भनेर बूढेसकालमा नै भए पनि यसरी दुःख गरिरहेको छु", ठाकुरदाइ बताउनुहुन्छ ।

पानीको स्रोत नभएका खेवाङका विभिन्न जङ्गलभित्र रहेका ठूला ठूला चप्लेटी परेका ढुङ्गा खोजी झम्पल र छिनोको सहयोगमा ढुङ्गे कुवा बनाउनुका अतिरिक्त त्यस ठाउँमा गई पानी खान जनावरलाई सजिलो होस् भनी उहाँले बाटोसमेत बनाउनुभएको छ । पिता धनञ्जय दाहाल र माता दिव्यसोरा दाहालका कोखबाट माइला छोराका रूपमा जन्मनुभएका प्रेमप्रसाद दाहालका दुई छोरा र तीन छोरीहरू छन् । आफू र एक छोरीबाहेक सबै परिवार झापाको चन्द्रगढीमा बसाईँ सरी १६ वर्ष अघि नै गइसकेका भए पनि आफू भने विवाह गरिसकेकी छोरीको सहयोगमा जन्मस्थान खेवाङमा घरजग्गा नभए पनि बूढो शरीरले धर्म र नामका लागि निरन्तर लागि परिरहेको उहाँ बताउनुहुन्छ । साधारण लेखपढ मात्र गर्न जान्ने उहाँ एक दिनको कुरा सम्झँदै भन्नुहुन्छ, "आफूले बनाएको एक चौतारामा भरियाहरूले भारी बिसाई नजिकै आफूले बनाएकोे ढुङ्गे कुवामा गई पानी पिएको मेरो आँखाले नै देख्दा ज्यादै हषिर्त भएँ । यसबाट मलाई थप प्रेरणा मिलेको छ ।" बूढो शरीरले साथ दिइरहे र गाउँवासीहरूको सहयोग पाई नै रहे आवश्यकता भएका अरू ठाउँमा समेत एक दुई चौतारा र दुई/तीनवटा कुवा बनाउने इच्छा उहाँमा अझै जीवितै रहेको उहाँ बताउनुहुन्छ ।

अन्य शीर्षक
कोसीको कहर सचिन पोखरेल
वर्षभरिको दुःख बिसाउने पर्व दसैँ कमल रिजाल
एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ आरवी बस्नेत
घटस्थापनादेखि पुजिने प्रमुख शक्तिपीठहरू सुदर्शन अधिकारी
देवीका भिन्नाभिन्नै स्वरूप उमा कोइराला
महिमाबडा दसैँको बोधनाथ पौडेल
बीभत्स बलि प्रथा टीकाराम यात्री
चङ्गाको राम कहानी त्रिचन्द्र 'प्रतीक्षा'
अभिनेत्रीहरूसँग दसैँ संवाद लक्ष्मी खतिवडा
दसैँमा घुमघाम सहनशीला शर्मा
प्रसिद्धि सिद्धिथुम्काको नेमिष गौतम
कथा-व्यथा महिला पदयात्रा भरियाको निनाम लोवात्ती कुलुङ
स्वास्थ्यका कुरा थेरापीका कारण यौन चाहनामा तीव्रता
सुन्दर र स्वस्थ रहन एरोबिक नम्रता भण्डारी
अभिवादनका फरक फरक शैली विष्णुकुमार श्रेष्ठ
ढुङ्गे कुवा खन्दै ठाकुरदाइ केशव लामा
कृति परिचय
मानवोपयोगी प्राकृतिक वरदान - मह नारायण काफ्ले
मेरा गाजलु आँखामा जादु छ
सानो पुँजीबाटै ठूलो व्यवसाय गर्न सकिन्छ'- दिलीप अग्रवाल
सफलताका वैकल्पिक उपाय आर. मानन्धर
भर्ना भइन् कलेजमा कमला, निरन्तरतामा शंका रामकुमार एलन
अग्रणी महिला निर्मलकुमार आचार्य
छोराको अंश ढाकर, तोक्मा - छेटु शेर्पा
चाडपर्व मनाउने सन्दर्भमा देखिएको तडक भडकमा सुधार गर्न के गर्नुपर्ला ?
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px