Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मुख्य आकर्षण
अभिवादनका फरक फरक शैली
विष्णुकुमार श्रेष्ठ
 

नेपालमा अभिवादन गर्दा दुई हात जोडी नमस्कार गर्ने चलन पौराणिककालदेखि नै चल्दै आएको छ । यसरी दुई हात जोडी नमस्कार गर्दा आत्मादेखि नै समर्पित भएको ठानिन्छ । हुन त अहिले नेपालमा पनि पश्चिमी सभ्यताको प्रभावका कारण अभिवादनका क्रममा अङ्कमाल गर्ने, हात मिलाउने, अङ्ग्रेजी शब्दोच्चारण गर्ने चलन चल्न नथालेको होइन तर हाम्रो आˆनै अभिवादन शैली भने नमस्कार गर्नु नै हो । यसैगरी नेपालमा पनि आफूभन्दा ठूलालाई अभिवादन गर्दा शिर निहुराएर वा पाउमा ढोगेर सम्मान गर्ने गराउने चलन पनि छ ।

थाइल्याण्डका जनता एक आपसमा भेट हुँदा झुकेर नमस्कार गर्दै स्थानीय भाषामा 'सवाड्डी' भन्दछन् । जापानीहरू आफूभन्दा ठूला र पाहुनाहरूलाई स्वागत गर्नुपर्दा आ-आˆना दुवै खुट्टा खुम्चाई निहुरी परी स्वागत गर्दछन् भने ग्रामीण क्षेत्रका वासिन्दाहरू आफूले लगाइराखेको जुत्ता फुकाली अलिकति झुकी आˆनो दाहिने हात पाहुनाको देब्रे काँधमा राखी स्वागत गर्दछन् ।

मित्रराष्ट्र भारत र नेपालमा गरिने अभिवादन एकदम मिल्दोजुल्दो छ । मलेसियाका जनता एक आपसमा स्वागत वा अभिवादन टाउकोको कपाल सुँघेर गर्दछन् । युरोपेली राष्ट्रका जनता एक आपसमा भेट हुँदा 'हेल्लो' शब्द प्रयोग गर्दै एक आपसमा हात मिलाउँछन् र अङ्कमाल गर्दछन् । विश्वमा अभिवादनका लागि सबैभन्दा बढी प्रयोग हुने शब्द पनि 'हेल्लो' नै हो ।

तिब्बतीहरू एक आपसमा भेट हुँदा एक हातले आफूले लगाइराखेको टोपी शिरबाट झिक्दछन् भने अर्को हातले साथीको कान समाउँदै आˆनो जिब्रो बाहिर निकाल्छन् । चिनियाँ जनता अभिवादनको समयमा आˆनो टाउकोमा टोपी हुनु अनिवार्य ठान्दछन् भने चीनकै एक गाउँका मानिसहरू भने आˆनो दुवै हात तल झारी एक अर्कासामु निहुरिन्छन् ।

म्यानमारका जनता भने अभिवादन गर्ने बेलामा दुवै हात जोडेर एक आपसमा म्वाई खान्छन् । इङ्ल्याण्ड तथा त्यस भेक वरिपरिका मानिसहरू प्रायः अङ्ग्रेजी नै बोल्दछन् । उनीहरू एक आपसमा भेट हुँदा हात मिलाउने गर्दछन् । त्यसैगरी स्पेनमा एक आपसमा भेट हुँदा अभिवादन स्वरूप 'ओला' शब्द प्रयोग गर्दछन् ।

सुमात्रा द्वीपका जनता एक आपसमा भेट हुँदा घुँडा टेकेर भुइँमा बसी आˆनो साथीको देब्रे खुट्टा क्रमशः टाउको, निधार, छातीमा छुवाएर घुँडामा टाउको अड्याई एकछिन भुइँमा पल्टिन्छन् ।

दक्षिण अपि|mकामा जुलु जातिका दुई मित्रहरू भेट हुँदा एक अर्काको टाउकोमा हात राखी झुक्छन् र झुकेको बेला अझ निहुरी परी ताली बजाएपछि एक आपसमा अभिवादन सकिन्छ । आफूले मान्नुपर्ने व्यक्तिलाई अभिवादन गर्दा उनीहरूले अगाडि निहुरेर जमिनलाई चुमेमा बढी सम्मान गरिएको ठानिन्छ तर अपि|mकाकै पिग्मी जातिका मानिसहरू अभिवादन गर्दा भने एक अर्काको काँधमा फुकालेको लुगा राखिदिने चलन छ ।

खाडी मुलुकका मानिसहरू वा समस्त मुसलमानहरू एक आपसमा भेट हुँदा आˆनो हात आˆनै छातीमा राख्दै 'सलाम वालेकुम' भन्दै सम्बोधन गर्दछन् । यसरी सम्बोधन गरी एक आपसमा मित्रता बढाउन पाउँदा उनीहरू निकै गौरवान्वित ठान्छन् ।

आ-आˆनो देश र संस्कृति अनुसार अभिवादन गर्ने शैली फरक फरक भए पनि मानमर्यादा र सम्मानको भावना भने एउटै हो ।

अन्य शीर्षक
कोसीको कहर सचिन पोखरेल
वर्षभरिको दुःख बिसाउने पर्व दसैँ कमल रिजाल
एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ आरवी बस्नेत
घटस्थापनादेखि पुजिने प्रमुख शक्तिपीठहरू सुदर्शन अधिकारी
देवीका भिन्नाभिन्नै स्वरूप उमा कोइराला
महिमाबडा दसैँको बोधनाथ पौडेल
बीभत्स बलि प्रथा टीकाराम यात्री
चङ्गाको राम कहानी त्रिचन्द्र 'प्रतीक्षा'
अभिनेत्रीहरूसँग दसैँ संवाद लक्ष्मी खतिवडा
दसैँमा घुमघाम सहनशीला शर्मा
प्रसिद्धि सिद्धिथुम्काको नेमिष गौतम
कथा-व्यथा महिला पदयात्रा भरियाको निनाम लोवात्ती कुलुङ
स्वास्थ्यका कुरा थेरापीका कारण यौन चाहनामा तीव्रता
सुन्दर र स्वस्थ रहन एरोबिक नम्रता भण्डारी
अभिवादनका फरक फरक शैली विष्णुकुमार श्रेष्ठ
ढुङ्गे कुवा खन्दै ठाकुरदाइ केशव लामा
कृति परिचय
मानवोपयोगी प्राकृतिक वरदान - मह नारायण काफ्ले
मेरा गाजलु आँखामा जादु छ
सानो पुँजीबाटै ठूलो व्यवसाय गर्न सकिन्छ'- दिलीप अग्रवाल
सफलताका वैकल्पिक उपाय आर. मानन्धर
भर्ना भइन् कलेजमा कमला, निरन्तरतामा शंका रामकुमार एलन
अग्रणी महिला निर्मलकुमार आचार्य
छोराको अंश ढाकर, तोक्मा - छेटु शेर्पा
चाडपर्व मनाउने सन्दर्भमा देखिएको तडक भडकमा सुधार गर्न के गर्नुपर्ला ?
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px