पहिले पहिले मोटोघाटो मान्छेलाई खाइलाग्दो र राम्रो भन्ने गरिन्थ्यो तर हिजो आज 'स्लिम बडी' भएकाहरू सबैको रोजाइमा पर्दछन् । सुन्दर र आकर्षक देखिने तरिकाहरू फेरिएका छन् । राम्रो देखिने होडमा युवा मात्र नभएर वयस्क महिला र पुरुषदेखि पेट लागेकाहरू पनि उत्तिकै छन् । मोटो शरीरबाट छुट्कारा पाउन एरोबिक सेन्टरहरूमा धाउनेहरूको सङ्ख्या निकै बढेको छ ।
उमेरले ६० वसन्त पार गरिसक्नुभएकी नयाँसडककी लक्ष्मी श्रेष्ठ तीन नातिनातिनाका हजुरआमा हुनुहुन्छ तर अझै पनि प्रत्येक दिन उहाँ एक घण्टा शारीरिक व्यायाम -एरोबिक) गर्नुहुन्छ । स्वास्थ्यलाई फूर्तिलो र निरोगी बनाउन नै व्यायाम नियमित रूपले गर्ने गरेको श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ - हामीजस्ता पाका उमेरका व्यक्तिहरूका लागि त एरोबिक बरदान नै सावित भएको छ । विशेष गरी जिउ दुख्ने र अल्छी लाग्ने समस्याबाट पीडितहरूका लागि यो अचुक औषधि भएको छ ।
ट्राभल एजेन्सीमा कार्यरत बानेश्वरकी ऋतु अधिकारी आˆनो पेट घटाउन र फूर्तिलो बन्न नै एरोबिक सेन्टर धाउने गरेको बताउनुहुन्छ । एरोबिक गर्न थालेदेखि शरीर पहिलेकै आकारमा मात्र आएको नभई आˆनो स्वास्थ्य पनि राम्रो भएको छ - अधिकारीको कथन छ । मुटुसम्बन्धी रोगबाट पीडित उमेश महर्जन चिकित्सककै सल्लाह अनुरूप एरोबिक सेन्टर धाउने गरेको बताउनुहुन्छ । एरोबिकका हलुका व्यायामले गर्दा नै आˆनो स्वास्थ्य निकै राम्रो भएको उहाँको दाबी छ । पहिले तौल बढेका र मोटा मानिसहरूले मात्र एरोबिक गर्ने गरेको तर हाल आएर सामान्य मानिसदेखि बिरामीसम्मले एरोबिक गर्न थालेको एरोबिक प्रशिक्षक सीता गुरुङ बताउनुहुन्छ । गुरुङका अनुसार एरोबिक गर्दा टाउकोदेखि खुट्टाका औँलाहरूसम्म हरेक अङ्गमा रक्तसञ्चार राम्ररी हुन्छ । गर्भवती अवस्थामा भने महिलाले एरोबिक गर्न नहुने गुरुङ बताउनुहुन्छ ।
सङ्गीतको तालमा शरीरको नङदेखि कपालसम्मकै व्यायाम गरिने कला नै एरोबिक हो । यसमा सङ्गीतकै तालमा उठेर, नाचेर, उप|mेर र सुतेर व्यायाम गरिन्छ । विशेष गरी सङ्गीतकै तालमा 'हाइ बिट' र 'लो बिट'मा गरिने व्यायामलाई नै एरोबिक भन्ने गरेको एरोबिक सञ्चालकहरू बताउँछन् ।
बिरामीहरूले न्यून प्रभावयुक्त एरोबिक र सामान्य अवस्थाका मानिसले कुनै पनि व्यायाम आˆनो शरीरको क्षमता अनुसार गर्नहुने सञ्चालकहरू बताउँछन् । प्रायजसो २० वर्षदेखि २५ वर्षसम्मका र ४५ वर्षमाथिका मानिस नै एरोबिक सेन्टरहरूमा बढी जाने गर्छन् । हिजोआज सबैले शरीरलाई कसरी राम्रो र फूर्तिलो बनाउने भन्नेतर्फ बढी सोच्ने गरेको बताउँछन् सञ्चालकहरू । नेपाल पुलिस हेल्थ क्लबका एरोबिक सञ्चालक रामराज कुँवरका अनुसार पाको उमेर भएकाहरू स्वस्थ रहन र मोटोपन घटाउन व्यायाम गर्छन् भने युवकयुवती शरीर बनाउन र आकर्षक देखिन नै व्यायाम गर्छन् । सामान्य एरोबिक गर्दा पसिना धेरै निस्किने भएकोले सामान्य रोग त त्यसै हराउँछ भने अनुहारमा छुट्टै किसिमको चमक देखिन्छ - भन्नुहुन्छ कुशल नृत्याङ्गना एवं एरोबिक प्रशिक्षिक सीता गुरुङ ।
शान्त वातावरणमा सुमधुर सङ्गीतको तालमा व्यायाम गर्दाको अनुभूतिले नै शरीरलाई नै सुन्दर र लोभलाग्दो बनाउने मात्र नभएर सौन्दर्यमा निखारसमेत ल्याउने गरेको एरोबिक सिक्नेहरूको अनुभव छ तर खानामा मसलायुक्त र बढी चिल्लोखान नहुने उनीहरू बताउँछन् ।
नेपालमा एरोबिक १७/१८ वर्षअघि नै भित्रिए पनि अहिले आएर यसले निकै लोकपि्रयता पाएको एरोबिक सञ्चालकहरू बताउँछन् । त्यसैले होला, मानिसहरू आˆनो स्वास्थ्यप्रति निकै सचेत भएको देख्दा लाग्छ - 'स्वास्थ्य नै धन हो' ।