Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मुख्य आकर्षण
स्वास्थ्यका कुरा
थेरापीका कारण यौन चाहनामा तीव्रता
 

उमेर ढल्कँदै गएपछि जो कसैमा पनि यौन चाहनामा कमी आउनु स्वाभाविक हो तर अनुसन्धाताहरूले हर्मन प्रतिस्थापन थेरापी लिने वृद्ध महिलाहरूमा भने सो थेरापीका कारण यौन चाहना थप तीव्र हुँदै जाने दाबी गरेका छन् ।

मासिक धर्म रोकिएका बेलायत, न्युजिल्याड र अस्ट्रेलियाका गरी दुई हजार एक सय तीस जना वृद्ध महिलाहरू जो हर्मन प्रतिस्थापन थेरापी लिइरहेका छन् उनीहरूमाथि गरिएको सर्वेक्षणका आधारमा अनुसन्धाताहरूले यो तथ्य पत्ता लागेको बताएका छन् । ६० वर्ष उमेर नाघिसकेका र दसदेखि तेह्र वर्षअघि नै मासिक धर्म बन्द भइसकेका ति सहभागी महिलाहरूले हर्मन प्रतिस्थापन थेरापीका कारण आफूहरूमा यौन चाहनामा पहिलेको भन्दा कुनै कमी नआएको बरु तुलनात्मक रूपमा त्यस्तो चाहना बढेको सर्वेक्षणका क्रममा बताएका थिए ।

यो थेरापीका कारण यौन चाहनामा तीव्रता आउनुका अतिरिक्त कम निद्रा लाग्ने संसर्गका बेला कम उत्तेजना हुनेजस्ता समस्यासमेत समाधान हुने जनाइएको छ । मासिक धर्म बन्द भइसकेका महिलाले हर्मन प्रतिस्थापन थेरापी लिँदा मुटुको समस्या र स्तन क्यान्सरको जोखिम बढ्न सक्छ भन्ने कुरामाथि बहस चलिरहेकै बेला सार्वजनिक भएको यो सर्वेक्षणले वृद्ध महिलाहरूलाई यस्तो थेरापी लिन थप प्रेरित गरेको छ । अझ सर्वेक्षणमा सहभागी ६३ प्रतिशत महिलाहरूले थेरापीका कारण आफूहरूले भोग्दै आएको जोर्नी र मांसपेशी दुख्ने समस्याको समेत अन्त्य भएको बताएका थिए ।

छालाको क्यान्सरमा नयाँ गन्ध पत्ता लाग्यो

अमेरिकी विशेषज्ञहरूले छालाको क्यान्सरमा हुने एउटा नयाँ प्रकारको गन्ध पत्ता लगाएका छन् । लामो अनुसन्धानपछि पत्ता लागेको छालाको क्यान्सरमा हुने यो नयाँ प्रकारको गन्धले यो रोगको उपचारमा राम्रो योगदान पुग्ने विश्वास पनि उनीहरूले व्यक्त गरेका छन् ।

अमेरिकाको फिलोडोल्पिmयामा गत महिना सम्पन्न केमिकल सोसाइटीको सम्मेलनमा सहभागी विशेषज्ञहरूले सो नयाँ तथ्यबारे जानकारी दिँदै पत्ता लागेको गन्धका कारण भविष्यमा मानव छाला 'स्क्यानर' राखेर नै छालाको क्यान्सर हो होइन भन्ने कुराको सहज अनुसन्धान गर्न सकिने समेत बताए ।

चिकित्सकहरूले यसअघि पनि छालाको क्यान्सरमा कुनै खालको गन्ध हुन्छ भन्ने अनुमान गर्दै आएका भए पनि त्यो कस्तो गन्ध हो भन्ने निष्कर्षमा भने उनीहरू पुगिसकेका थिएनन् । विशेषज्ञहरू यसअघि मानव शरीरको कुन भागमा ट्युमर छ भन्ने कुरा कुकुरले सुँघेर पत्ता लगाउने जानकारी सार्वजनिक गरेका थिए । 'हामीले ट्युमरको पनि गन्ध हुने अनुमान गरेका छौँ र छालाको क्यान्सरका हकमा भने निश्चित प्रकृतिको गन्ध हुन्छ भन्ने तथ्य नै पत्ता लगाउन सफल भएका छौँ । चिकित्सा क्षेत्रका निम्ति यो आफैँमा महìवपूर्ण उपलब्धि हो' अनुसन्धाता एवं छालाको क्यान्सर विशेषज्ञ माइकल ग्यालेजरले भने ।

घर पालुवा जनावर नपाल्नु होस् है Û

के तपाइर्ं आˆना बालबालिकाको रहर पूरा गरिदिने नाममा कुकुर वा बिरालोजस्ता घर पालुवा खरिद गरिदिने सोचमा हुनुहुन्छ ? त्यसो हो भने होस गर्नुहोस् है घर पालुवासँग हुर्किएको तपाईंको बच्चामा भोलि कतै घुर्ने समस्या देखा नपरोस् । विशेषहरूले गरेको पछिल्लो अध्ययन अनुसार घर पालुवा जनावरसँग हुर्किएका बालबालिकामा पछि गएर अधिक घुर्ने समस्या देखापर्ने र यसबाट अल्पायुमै मृत्युको शिकार हुनुपर्ने स्थिति समेत निर्माण हुनेछ । स्वीडेनस्थित युनेआ विश्वविद्यालयका प्राध्यापक कार्ल ˆ्रयांकलिनको नेतृत्वमा भएको सो अनुसन्धानमा घुर्ने आदत भएको १५ हजार पाँच सय जनालाई सहभागी तुल्याएको थियो र उनीहरूको बाल्यावस्थाका बारे समेत सोधपुछ गरिएको थियो । सहभागीमध्ये झण्डै ८० प्रतिशतभन्दा बढीले आˆनो बाल्यावस्था घर पालुवा जनावरसँगै बितेको जवाफ दिएका थिए ।

चिकित्सकहरूका अनुसार घर पालुवा जनावरसँगै खेल्ने र सुत्ने बानीले बालबालिकामा श्वास प्रश्वाससम्बन्धी र कानसम्बन्धी समस्या उत्पन्न हुने बताएका छन् । घुर्ने आदत प्रकरान्तरले श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो र यो आदतले मानिसमा मुटु रोगको जोखिम बढाउने पनि चिकित्सकहरूको भनाइ छ ।

युरोपमा समेत शौचालयको अभाव

आधुनिक विश्वको नमुना मानिने युरोपमा समेत मानिसहरू शौचालय विहीन अवस्थामा छन् भन्दा तपाइर्ंलाई अनौठो लाग्दो हो तर हालैको एक सर्वेक्षणमार्फत युरोपेली सङ्घमा आबद्ध सबै राष्ट्रमा गरी झण्डै दुई करोडभन्दा बढी मानिस शौचालय विहीन स्थितिमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । शौचालयको अभावमा उनीहरू हैजालगायतका विभिन्न मौसमी प्रकोपको जोखिममा रहेको पनि सर्वेक्षणमा उल्लेख छ । अगष्ट महिनाको तेस्रो साता स्टकहोममा आयोजित विश्व पानी सप्ताहसम्बन्धी एक विशेष समारोहमा यो सर्वेक्षण सार्वजनिक भएपछि समारोहमा सहभागी झण्डै दुई हजार पाँचसयभन्दा बढी विशेषज्ञ र बुद्धिजीवीहरूसमेत स्तब्ध भएका थिए ।

बुल्गेरिया र रुमानियाजस्ता युरोपेली सङ्घमा आबद्ध नयाँ राष्ट्रमा मात्र होइन प|mान्स र आयरल्याण्डमा समेत शौचालयविहीन अवस्थामा ठूलो जनसङ्ख्या रहेको बताइएको छ । सर्वेक्षणमा रुमानियामा मात्रै दस लाखभन्दा बढी सर्वसाधारण शौचालय प्रयोग भने नसक्ने स्थितिमा छन् । 'खासगरी कतिपय युरोपेली राष्ट्रका दुर्गम क्षेत्रका विद्यालयहरू समेत शौचालय विहीन अवस्थामा छन् र शौचालयको अभावकै कारण विशेषगरी छात्राहरू विद्यालय जान अनिच्छा प्रकट गर्दछन्' सर्वेक्षण प्रतिवेदनमा भनिएको छ । á

एकै बेतमा चार सन्तान

भारतीय मुलकी एउटी ५५ वषर्ीया महिलाले हालैमात्र इटालीमा एकैपटक चारवटा सन्तानलाई जन्म दिएकी छन् । उत्तरी इटालीस्थित मान्टुवा सहरमा विगत पन्ध्र वर्षदेखि बसोबास गर्दै आएकी ति महिलाले जन्म दिएकी चारवटै शिशु छोरा भएको बताइएको छ ।

वैवाहिक जीवनमा बाँधिएको लामो समयसम्म पनि सन्तान नभएपछि उनीहरू केही अघि क्रृतिम गर्भाधानका लागि भारत आएका थिए । पूर्ण अवधी पुग्नु दुई महिनाअघि नै जन्मिएका चारजना छोराको नाम उनीहरूले क्रमश मानव, मनमित, रोशन र रादवीर राखेका छन् । चारैवटा शिशुको तौल क्रमशः सातसय ५० देखि नौसय ८० ग्रामसम्म रहेको जनाइएको छ ।

आˆनी ५५ वषर्ीया पत्नीले एकै बेतमा चारवटा सन्तान जन्माएपछि नवजात बालकहरूका ३८ वषर्ीय पिता पाब्ला माधर सिंहले भने हामी डेढ दशकदेखि यही क्षणको प्रतिक्षमा थियौँ इटाली, युरोपेली संघमा सबैभन्दा कम जन्मदर भएको मुलुक मानिन्छ ।

खोप लगाउनुपर्ने भयले घर छाडेर टाप

कतिपय बालबालिकाहरू खोप लगाउनुपर्ने भयले रुने कराउने गरेको वा भाग्ने गरेको कुरा त तपाइर्ंले देखे सुनेको हुनुपर्छ तर आˆनो बच्चालाई रोग प्रतिरोधक खोप दिनुपर्छ भन्ने भयले कुनै बाबुआमा घर छोडेर भागेको समाचार तपाईंले कहिल्यै सुन्नुभएको छ ?

यस्तो समाचार पढ्नु वा सुन्नु भएको छैन भने अब यहाँ पढ्नुहोस् । अस्ट्रेलियामा गत महिना मात्र स्थानीय एक जोडीले आˆनो नाबालक छोरालाई 'हेपाटाइटिस बी' को खोप लगाउनु पर्छ भन्ने भयले दुई दिनसम्म घर छोडेर अन्यत्रै लुकेर बसेको स्थानीय छापाहरूले प्रकाशमा ल्याएका छन् । स्थानीय अदालतले नै 'हेपाटाइटिस बी' को खोपलाई अनिवार्य गर्ने आदेश जारी गरेपछि त्यहाँ सुरु भएको 'हेपाटाइटिस बी' विरुद्धको खोप आˆनो नाबालक छोरालाई दिनुपर्छ र त्यसबेला छोराको चित्कार सुन्नुपर्छ भन्ने डरले चिनियाँ मुलकी पत्नी र अस्ट्रेलियाई नागरिक पतिले घर छोडेको बताइएको छ । सो जोडी हेपाटाइटिस बीले भन्दा पनि आल्मुनियमले बनेको सुई लगाउँदा आˆनो छोरालाई गम्भीर असर पुग्नेछ भन्ने थप अन्धविश्वासमा समेत रहेको कुरा समाचारमा उल्लेख छ ।

अन्य शीर्षक
कोसीको कहर सचिन पोखरेल
वर्षभरिको दुःख बिसाउने पर्व दसैँ कमल रिजाल
एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ आरवी बस्नेत
घटस्थापनादेखि पुजिने प्रमुख शक्तिपीठहरू सुदर्शन अधिकारी
देवीका भिन्नाभिन्नै स्वरूप उमा कोइराला
महिमाबडा दसैँको बोधनाथ पौडेल
बीभत्स बलि प्रथा टीकाराम यात्री
चङ्गाको राम कहानी त्रिचन्द्र 'प्रतीक्षा'
अभिनेत्रीहरूसँग दसैँ संवाद लक्ष्मी खतिवडा
दसैँमा घुमघाम सहनशीला शर्मा
प्रसिद्धि सिद्धिथुम्काको नेमिष गौतम
कथा-व्यथा महिला पदयात्रा भरियाको निनाम लोवात्ती कुलुङ
स्वास्थ्यका कुरा थेरापीका कारण यौन चाहनामा तीव्रता
सुन्दर र स्वस्थ रहन एरोबिक नम्रता भण्डारी
अभिवादनका फरक फरक शैली विष्णुकुमार श्रेष्ठ
ढुङ्गे कुवा खन्दै ठाकुरदाइ केशव लामा
कृति परिचय
मानवोपयोगी प्राकृतिक वरदान - मह नारायण काफ्ले
मेरा गाजलु आँखामा जादु छ
सानो पुँजीबाटै ठूलो व्यवसाय गर्न सकिन्छ'- दिलीप अग्रवाल
सफलताका वैकल्पिक उपाय आर. मानन्धर
भर्ना भइन् कलेजमा कमला, निरन्तरतामा शंका रामकुमार एलन
अग्रणी महिला निर्मलकुमार आचार्य
छोराको अंश ढाकर, तोक्मा - छेटु शेर्पा
चाडपर्व मनाउने सन्दर्भमा देखिएको तडक भडकमा सुधार गर्न के गर्नुपर्ला ?
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px