Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मुख्य आकर्षण
कथा-व्यथा महिला पदयात्रा भरियाको
निनाम लोवात्ती कुलुङ
 

नेपालमा कार्यरत महिला पदयात्रा -ट्रेकिङ) भरियाको सङ्ख्या यकिनसाथ भन्न नसकिए पनि पर्यटकीय मौसममा प्रशस्तै महिलाहरू पर्यटकको भारी बोकेर हिँडेका देख्न सकिन्छ । पुरुषसरह समान ज्याला भए पनि राति पुरुषहरूसँगै एउटै पाल वा ओढारमा सुत्नुपर्ने बाध्यता भने उनीहरूका निम्ति समस्याका रूपमा रहेको छ । विगतमा मुलुकमा सङ्कटकाललगायतका बेला यिनीहरूमध्ये अधिकांशले नागरिकता नभएका कारण पर्यटकको भारी बोकेर हिँड्न पनि पाएनन् ।

किन उनीहरू पर्यटककै भारी बोक्न चाहन्छन् त ? प्रश्नको जवाफमा महिला पदयात्रा भरिया फूलमाया तामाङ भन्नुहुन्छ, "के गर्ने ? घरमा दुःख छ । यसरी पर्यटकको भारी बोकेर हिँड्दा देशका विभिन्न भागको दृश्यावलोकन पनि गर्न पाइन्छ र ज्यालाको रूपमा केही पैसा पनि पाइने त छँदैछ ।" उहाँ सिजनमा कमाएको रकममध्ये केही आफू राख्नुहुन्छ भने बाँकी घर खर्चका लागि बाबु आमालाई दिनुहुन्छ ।

महिला भरियाहरूले विभिन्न रुटमा बास नपाउने, हिमाली क्षेत्रमा दाउरा नपाउने, खाना पकाउने भाँडाकुँडा आफँै बोक्नुपर्ने, कतिपय स्थानमा किन्न खोज्दासमेत खानेकुरा नपाइनेलगायतका थुप्रै समस्यासँग समेत जुध्नुपर्छ । केही समययता भने केही एजेन्सीहरूले यी दुःखी भरियाहरूका लागि खानाको व्यवस्था गर्न थालेका छन् । यस्ता एजेन्सीहरूले महिला भरियाका निम्ति सुत्नलाई ठूलो पालसमेत पठाउन थालेका छन् भने ज्यालामा पनि पहिलेभन्दा केही पारिश्रमिक थपेका छन् ।

अर्की महिला झापाकी मनिषा कार्की केटीलाई बास दिँदा समस्या हुन्छ भनेर कुनै ठाउँमा बास नै नपाइने स्थिति रहेको गुनासो गर्नुहुन्छ । तलबबारे प्रश्न गर्दा उहाँले खुलेर नबताउनुभए पनि 'ठीकै छ' सम्म भन्नुभयो । उहाँका अनुसार उहाँसम्बद्ध कम्पनीले पदयात्रासम्बन्धी विभिन्न तालिमहरू दिने गरेको छ बेला-बेलामा । त्यसो त हरेक वर्ष हिमालयन उद्यार सङ्घले पदयात्रा भरियाहरूलाई 'माउन्टेन सेˆटी' प्रशिक्षण दिँदै आएको छ ।

सरकारले तोकेको दैनिक ज्याला न्यूनतम रुट हेरी ३५०-४५० रूपियाँ हो । अधिकांश सरदारले भने पूरै राउन्ड काम दिने लोभ देखाएर महिला भरियाहरूलाई थोरै रकममै चित्त बुझाउन बाध्य पार्छन् । महिला र पुरुष दुवै पर्यटक भरियाको अर्को समान समस्या भनेको बिरामी भएमा बिनाऔषधोउपचार र क्षतिपूर्ति फिर्ता पठाउनु पनि हो ।

कुनै कुनै सरदार, कुक आदि स्टाफले यी भरियाहरूका लागि भनेर पर्यटकले दिएका लत्ताकपडामा समेत भ्रष्टाचार गर्छन् अर्थात्् भरियालाई दिनु भनेर पर्यटकहरूले छाडेका राम्रा राम्रा लत्ताकपडासमेत उनीहरूले पहिले नै छानेर झ्याप पारिदिन्छन्, अनि थोत्रा र काम नलाग्ने कपडा मात्रै बाँडी टोपल्छन् । यस्तो प्रवृति ट्रेकिङ् परम्परामा अझै पनि विद्यमान छ । अधिकांशले भने बक्सिसका रूपमा पर्यटकबाट उठाएको रकम पनि हजम पार्छन् भने भरिया नाइकेले पनि यिनीहरूबाटै दैनिक १०-२० रुपियाँ कमिसन खाइदिन्छन् ।

अन्य शीर्षक
कोसीको कहर सचिन पोखरेल
वर्षभरिको दुःख बिसाउने पर्व दसैँ कमल रिजाल
एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ आरवी बस्नेत
घटस्थापनादेखि पुजिने प्रमुख शक्तिपीठहरू सुदर्शन अधिकारी
देवीका भिन्नाभिन्नै स्वरूप उमा कोइराला
महिमाबडा दसैँको बोधनाथ पौडेल
बीभत्स बलि प्रथा टीकाराम यात्री
चङ्गाको राम कहानी त्रिचन्द्र 'प्रतीक्षा'
अभिनेत्रीहरूसँग दसैँ संवाद लक्ष्मी खतिवडा
दसैँमा घुमघाम सहनशीला शर्मा
प्रसिद्धि सिद्धिथुम्काको नेमिष गौतम
कथा-व्यथा महिला पदयात्रा भरियाको निनाम लोवात्ती कुलुङ
स्वास्थ्यका कुरा थेरापीका कारण यौन चाहनामा तीव्रता
सुन्दर र स्वस्थ रहन एरोबिक नम्रता भण्डारी
अभिवादनका फरक फरक शैली विष्णुकुमार श्रेष्ठ
ढुङ्गे कुवा खन्दै ठाकुरदाइ केशव लामा
कृति परिचय
मानवोपयोगी प्राकृतिक वरदान - मह नारायण काफ्ले
मेरा गाजलु आँखामा जादु छ
सानो पुँजीबाटै ठूलो व्यवसाय गर्न सकिन्छ'- दिलीप अग्रवाल
सफलताका वैकल्पिक उपाय आर. मानन्धर
भर्ना भइन् कलेजमा कमला, निरन्तरतामा शंका रामकुमार एलन
अग्रणी महिला निर्मलकुमार आचार्य
छोराको अंश ढाकर, तोक्मा - छेटु शेर्पा
चाडपर्व मनाउने सन्दर्भमा देखिएको तडक भडकमा सुधार गर्न के गर्नुपर्ला ?
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px