Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मुख्य आकर्षण
चङ्गाको राम कहानी
त्रिचन्द्र 'प्रतीक्षा'
 

हिजो आज आकाशमा रङ्गीचङ्गी साना ठूला चङ्गा उडिरहेका देखिन्छन् । नेपालमा खासगरी भदौदेखि कात्तिकसम्म चङ्गा उडाउने गरिन्छ । बालक, युवा र वृद्धहरू समेत चङ्गा उडाएर मनोरञ्जन लिने गर्दछन् । एकले अर्काको चङ्गालाई 'चेट' गर्नका लागि चल्ने होडबाजी निकै मनोरञ्जक र रोमाञ्चक हुन्छ । चङ्गा उडाउनु पनि एउटा कला हो । नेपालमा मात्र नभई विश्वका थुप्रै देशमा चङ्गा उडाउने गरिन्छ ।

चङ्गाको शाब्दिक अर्थ खोज्न शब्दकोष पल्टाउने हो भने मनमा उड्ने रहर पलाउन थाल्छ । चङ्गाको अर्थ 'कागज/कपडाको चार कुने टुक्रामा एउटा घुमाउरो र एउटा ठाडो सिन्के काम्रो हाली बनाइएको र धागो गाँसेर हावामा उडाइने खेलौना वा खेलको साधन वा खेल' उल्लेख गरिएको पाइन्छ । नेवार भाषामा 'भुटुमाली' र हिन्दीमा 'पतङ्ग' भनिने चङ्गाको अङ्ग्रेजी नाम 'काइट' नामक चराबाट रहेको छ ।

गुरुत्वाकर्षणको विपरीत यो माथि माथि उडिरहन्छ । यसो हेर्दा यो आˆनै भारले भुइँमा खस्नुपर्ने हो तर खस्दैन किन ? यसको रहस्य चङ्गामा हुने सन्तुलन अर्थात् 'इक्युलिबि्रयम' हो । चङ्गा कसरी उड्छ भन्ने जिज्ञासालाई विज्ञानको सिद्धान्तभित्र खोज्न थाल्यौँ भने न्यूटनले प्रतिपादन गर्नुभएको गतिका सिद्धान्तहरूलाई अँगाल्नुपर्ने हुन्छ । न्यूटनको तेस्रो सिद्धान्त अनुसार क्रिया र प्रतिक्रिया बराबर र विपरीत हुन्छ । जति ठूलो बल प्रहारले हामी आˆनो क्रिया जनाउँदछौ उति नै ठूलो बलको प्रतिक्रिया प्राप्त हुन्छ । चङ्गामा दुई विपरीत बलहरू पर्दछन् - एकातिर चङ्गालाई हावाले माथि हुत्याइरहेको हुन्छ भने अर्कातिर चङ्गामा बाँधिएको धागोले चङ्गालाई तानिरहेको हुन्छ । यसैको सामञ्जस्यताबाट चङ्गा आकाशमा उडिरहन्छ ।

चङ्गाको इतिहास

चङ्गाको आविष्कार गौतम बुद्ध जन्मनुभन्दा चार/पाँच सय वर्ष पहिले नै चीनको हान वंशमा भएको पाइन्छ । चौथो शताब्दीमा एैरदाइनका इरपुल नामक ग्रीक वैज्ञानिकले सर्वप्रथम चङ्गाको आविष्कार गरेको उल्लेख किंवदन्तीमा पाइन्छ तर चौथो शताब्दीभन्दा अघि नै एसियामा चङ्गा उडाउने खेल पर्याप्त लोकपि्रय भइसकेको मानिएको छ । चीनलाई चङ्गाको आविष्कारक मानिन्छ । सन् ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु-वानले काठ र बाँसको चरा आकारको चङ्गा बनाएर तीन दिनसम्म आकाशमा उडाउनुभएको उल्लेख छ । उक्त पुस्तक अनुसार गोङ्ग सु-वानको वास्तविक नाम 'लु वान' थियो भने उहाँ डुण्नु आङ्गका बासिन्दा हुनुहुन्थ्यो । चु राज्य र सोङ राज्यबीच सन् ४४४ मा भएको युद्धमा लुवानले जासुसी गर्नका लागि चङ्गाको निर्माण गर्नुभएको थियो । त्यही समयदेखि जासुसी काममा चङ्गाको प्रयोग प्रारम्भ भएको मानिन्छ । यो क्रम चीनमा ताङ्गवंश -६१८-९०७) सम्म कायम रहृयो ।

दसौँ शताब्दीमा हानवंशका लि-यीले चङ्गामा बाँसको ढुङ्ग्रो राखेर उडाउनुभयो । उक्त चङ्गा उड्दा हावाको दबाबका कारण एक प्रकारको अनौठो आवाज निस्कन्थ्यो । त्यसबेला चङ्गा निकै लोकपि्रय भयो र यसलाई 'हावाको बाँसुरी' नामकरण गरियो । यसपछि सन् १६४४ देखि १९११ सम्मको मञ्चुवंशको राज्यकालमा चङ्गामा निकै सुधार आयो । चङ्गाको आकार तीन मिटरसम्म पुग्यो भने पुच्छरसमेत राख्न थालियो । त्यसपछि विस्तारै यो प्रचलन विश्वका अनेक स्थानमा पुग्यो । युरोपमा पहिलो पटक सन् १८०४ मा लर्ड जर्ज क्यालीले १५४ वर्ग इञ्चको चङ्गा बनाएर उडाउनुभयो । सन् १९२५ मा जर्ज पोककले आˆनी छोरीलाई लिएर उड्नसक्ने चङ्गा बनाउनुभएको थियो ।

नेपाल र भारतमा चङ्गाको चलन जापानबाट आएको विश्वास गरिन्छ भने जापानमा यसको प्रचलन चीनबाट गएको मानिन्छ । नेपालमा चङ्गाको प्रचलन कहिलेदेखि सुरु भयो भन्नेबारे आधिकारिक प्रमाण फेला नपरे पनि इतिहास भने छोटो छैन । पुख्र्यौली पेसाका रूपमा २०२८ सालदेखि बाबुको बिँडो थाम्दै आउनुभएका काठमाडौँको नःघल टोलका चङ्गा बिक्रेता प्रतापमान श्रेष्ठ आˆना बाजेले पनि चङ्गा व्यवसाय गर्नुभएको कुरा बताउनुहुन्छ ।

चङ्गा र धार्मिक रीतिरिवाज

चङ्गा उडाउनुलाई मनोरञ्जन लिने तरिका मात्र हो भनेर सोच्नु गलत कुरा हो । विश्वमा धार्मिक, सामाजिक तथा वैज्ञानिक उद्देश्यले चङ्गा उडाउने चलन छ । चङ्गा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन्छ । युद्धको समय, माछा मार्न जानुपूर्व तथा अन्य परम्परागत कार्यहरूमा यसको उपयोग गरिएको पाइन्छ । नेपालमा चङ्गा उडाउनुलाई धार्मिक कार्य मानिन्छ । लोककथा र किंवदन्ती अनुसार वषर्ायाममा धेरै पानी परिसकेको हुने र धान पाक्ने बेला भइसकेको हुने हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भन्ने सन्देश चङ्गा उडाएर पठाएको मानिन्छ । चङ्गा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास पनि छ ।

केही व्यक्तिहरू चङ्गालाई पृथ्वी र स्वर्गबीचको सम्पर्क कडीका रूपमा लिन्छन् । चीनमा चङ्गा उडाउनुलाई दुष्टात्मा धपाउने प्रयासका रूपमा लिइन्छ । जापानमा प्रत्येक नयाँ वर्षको शुभ दिनमा चङ्गा उडाउने चलन छ । त्यहाँका बाबुहरूले छोराका नाममा चङ्गा उडाएर छोराको लामो आयुका लागि प्रार्थना गर्दछन् । यसलाई जापानीहरू वंश परम्परालाई अगाडि बढाउने प्रतीकका रूपमा मान्दछन् । कोरियामा चङ्गाको उपयोग दुर्भाग्य तथा दुष्टात्मा भगाउनका लागि गरिन्छ । कोरियालीहरू चान्द्र पात्रो अनुसार नयाँ वर्षको पूणिर्माको राति दुर्भाग्य भगाउन तथा सौभाग्य ल्याउनका लागि ठूलो चङ्गामा 'अशुभ जाओस्' लेखेर आकाशमा उडाउँछन् र आकाशमा उडिरहेको चङ्गाको धागोलाई काटिदिन्छन् । उनीहरूको विश्वास छ - त्यो चङ्गासँगै उनीहरूको दुर्भाग्य पनि आकाशमा जान्छ र सौभाग्य नजिक आउँछ । श्रीलङ्का र थाइल्याण्डमा चङ्गाको माध्यमबाट स्वर्ग र पृथ्वीबीच सम्पर्क हुन्छ र मरेपछि स्वर्ग पुगिन्छ भन्ने विश्वासमा चङ्गा उडाइन्छ ।

विज्ञानमा चङ्गाको उपयोग

चङ्गा केवल मनोरञ्जनका लागि मात्र उडाइन्न । सन् १८७४ मा स्कटल्याण्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर ल्सिनले चङ्गामा थर्मामिटर बाँधेर वायुमण्डलको तापक्रम लिनुभएको थियो । सन् १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाउनुभएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र दबाब नाप्ने काम गरेको थियो ।

सन् १७५२ मा बेञ्जामिन प|mाङ्कलिनले बादलमा पनि बिजुली हुन्छ भन्ने कुरा पत्ता लगाउनुभएको थियो । पानी परिरहेको समयमा तारको धागोमा फलामको साँचो राखेर चङ्गा उडाउँदा चट्याङ्गको प्रहारका कारण साँचो र तारमा बिजुली प्रवाहित भएको थियो । अर्का वैज्ञानिक सर जर्ज केलेले सन् १९०४ मा चङ्गाकै आधारमा ग्लाइडरको आविष्कार गर्नुभयो । बेलायतका ओलिभर तथा विलबर राइट दाजुभाइले सन् १९०३ मा हवाईजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चङ्गाको यथेष्ट प्रयोग गर्नुभएको थियो ।

संसारमै सबैभन्दा पहिलो बनेको रेल गुड्ने झोलुङ्गे पुल पनि चङ्गाकै सहायताबाट बनाइएको थियो भन्दा आश्चर्य लाग्न सक्छ तर कुरा शत-प्रतिशत सत्य हो । न्यूयोर्कमा चङ्गा उडाउने एक व्यक्तिले अर्को चङ्गा उडाउने व्यक्तिसित जोरी खोजेर चङ्गा उडाउँदै जाँदा उनको चङ्गा २५० मिटर फराकिलो नाग्रा नदीपारि पुग्यो । त्यसपछि चङ्गालाई चुँडालेर धागोसँग त्यसभन्दा अलि मोटो धागो बाँधियो र वारिपट्ट ितानियो । एवं रीतले एकपछि अर्को झन् बलियो डोरी तान्दातान्दै फलामे डोरीहरू तानियो र आखिरमा अमेरिका र क्यानाडाबीच संसारकै सबैभन्दा पहिलो रेल गुड्ने झोलुङ्गे पुल बन्यो ।

चङ्गा कति माथि उड्छ ?

अमेरिकी नागरिक हेनरी हेल्थले स्वीट्जरल्याण्डका ए.ई.सँगको सहकार्यमा सन् १८९८ फरवरी २८ मा १२ हजार ४७१ फिट माथिसम्म चङ्गा उडाएर विश्व कीर्तिमान कायम गर्नुभएको थियो । चङ्गा कति माथिसम्म पुग्छ भन्ने कुरालाई दुई तीन कुराले असर पार्दछ । मुख्य कुरा भनेको चङ्गामा हुने माथि उठाउने बल र आफूतिर तान्ने बल नै हो । चङ्गा कतिसम्म माथि उड्नसकछ भन्ने कुरा यी दुई बलको समानुपातमा भर पर्दछ । चङ्गाको तौल जति कम भयो, चङ्गालाई माथि उड्न त्यति नै सजिलो पर्दछ । सामान्यतया हावाको गति बढ्यो भने पनि चङ्गमाथि उठ्छ तर हावाको चाप एकनास रहिरहँदैन । यसकारण चङ्गा उडाउनेले धागो तानेर अथवा छाडेर चङ्गालाई तल माथि गर्ने गर्दछ । उडिरहेको चङ्गालाई आफूतिर तान्दा त्यसमा हावाको प्रभाव बढी पर्दछ । त्यतिखेर चङ्गा झन्-झन् अकासिन्छ र हावाको प्रभाव कम भएपछि त्यो तल र्झन थाल्दछ । त्यसो त एउटा मात्र चङ्गा उडाउँदाभन्दा लहरै उडाउँदा माथि पुर्‍याउन सजिलो पर्दछ । एक पटक अमेरिकाको इण्डियाना भन्ने ठाउँमा १९ वटा चङ्गा लहरै उडाएर सगरमाथाको उचाइभन्दा पनि माथि झन्डै ११ किलोमिटरको उचाइसम्म पुर्‍याइएको थियो ।

विभिन्न देशमा चङ्गा विभिन्न शैली र प्रकारका भए पनि नेपाली चङ्गा मौलिक भएको भनाइ चङ्गा उडानमा विशेष रुचि राख्ने र नेपालका तर्फबाट अन्तर्राष्ट्रिय चङ्गा उडान प्रतियोगितामा भाग लिनुहुने निर्मलमान तुलाधरको रहेको छ । भारतीय चङ्गासँग केही हदसम्म मिले पनि हाम्रा चङ्गाको बनोट प्रक्रिया अलि फरक छ । हामीकहाँ 'डाइमन्ड सेप' का चङ्गा नै बढी चलनचल्तीमा छन् । नेपाली चङ्गा उडान कला विश्वको नै उत्कृष्ट चङ्गा उडान कलाभित्र पर्दछ ।

अन्य शीर्षक
कोसीको कहर सचिन पोखरेल
वर्षभरिको दुःख बिसाउने पर्व दसैँ कमल रिजाल
एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ आरवी बस्नेत
घटस्थापनादेखि पुजिने प्रमुख शक्तिपीठहरू सुदर्शन अधिकारी
देवीका भिन्नाभिन्नै स्वरूप उमा कोइराला
महिमाबडा दसैँको बोधनाथ पौडेल
बीभत्स बलि प्रथा टीकाराम यात्री
चङ्गाको राम कहानी त्रिचन्द्र 'प्रतीक्षा'
अभिनेत्रीहरूसँग दसैँ संवाद लक्ष्मी खतिवडा
दसैँमा घुमघाम सहनशीला शर्मा
प्रसिद्धि सिद्धिथुम्काको नेमिष गौतम
कथा-व्यथा महिला पदयात्रा भरियाको निनाम लोवात्ती कुलुङ
स्वास्थ्यका कुरा थेरापीका कारण यौन चाहनामा तीव्रता
सुन्दर र स्वस्थ रहन एरोबिक नम्रता भण्डारी
अभिवादनका फरक फरक शैली विष्णुकुमार श्रेष्ठ
ढुङ्गे कुवा खन्दै ठाकुरदाइ केशव लामा
कृति परिचय
मानवोपयोगी प्राकृतिक वरदान - मह नारायण काफ्ले
मेरा गाजलु आँखामा जादु छ
सानो पुँजीबाटै ठूलो व्यवसाय गर्न सकिन्छ'- दिलीप अग्रवाल
सफलताका वैकल्पिक उपाय आर. मानन्धर
भर्ना भइन् कलेजमा कमला, निरन्तरतामा शंका रामकुमार एलन
अग्रणी महिला निर्मलकुमार आचार्य
छोराको अंश ढाकर, तोक्मा - छेटु शेर्पा
चाडपर्व मनाउने सन्दर्भमा देखिएको तडक भडकमा सुधार गर्न के गर्नुपर्ला ?
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px