Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
मुख्य आकर्षण
घटस्थापनादेखि पुजिने प्रमुख शक्तिपीठहरू
सुदर्शन अधिकारी
 

हिन्दूहरूको महान् पर्व बडादसैँमा घटस्थापनाको दिनदेखि नै विभिन्न शक्तिपीठहरूमा पूजा-अर्चना गरिन्छ । यी पीठहरूमा पूजा गर्नुको पछाडि पनि अनेकौँ धार्मिक विश्वास एवं किंवदन्तीहरू जोडिएका छन् । घटस्थापनाको दिनदेखि सुरुवात गरिने मठमन्दिरको सङ्क्षिप्त परिचय -

श्री गुहृयश्वरीः-

काठमाडौँ उपत्यकामा बागमती नदीको दक्षिणी किनारामा यो मन्दिर अवस्थित छ । यो स्थानमा सतीदेवीको गुहृय पतन भएको विश्वास गरिन्छ । यो स्थानमा सर्वप्रथम तेत्तीसकोटी देवताहरू पूजा-आराधना गरेको विश्वास पनि छ । घटस्थापनादेखि नै गुहृयश्वरीमा विशेष पूजा आराधना गरिन्छ । यहाँ देवीहरूको कुनै मूर्ति छैन । सतीदेवीको गुहृय पतन भएको स्थानमा मन्दिरको गर्भगृह छ । त्यहाँ एउटा सानो दुलो मात्र छ जहाँ भक्तजनहरूले कलश स्थापना गरी पूजा-आराधना गर्छन्

श्री जालपादेवी ः-

नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली नदीको किनारामा रहेको देवीघाटमा यी देवीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम कामधेनु गाईले पूजा-आराधना गरेको मानिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएकोले नेपालको इतिहासमा यसको विशेष महìव रहेको छ । यहाँ घटस्थापनादेखि नै भक्तजनहरूको घुइँचो लाग्छ ।

श्री भैरवी ः-

काठमाडौँ जिल्लाको गोकर्ण क्षेत्रमा यस मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ कान पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम विषकुम्भहरूले पूजा-आराधना गरेको मानिन्छ । बडादसैँको अवसरमा घटस्थापनादेखि नै श्रीभैरवीको विशेष पूजाआजा गरिन्छ ।

श्री दन्तकालीः-

यो मन्दिर सुनसरी जिल्लाको धरानमा रहेको छ । यहाँ सतीदेवीको दाँत पतन भएको विश्वास गरिन्छ । यस स्थानमा पनि बडादसैंको अवसरमा घटस्थापनादेखि नै विशेष पूजा-आराधना गरिन्छ ।

श्री छत्रेश्वरी ः-

सल्यान जिल्लाको छायाछत्रमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको शेष रहेको सबै अंग पतन भएको मानिन्छ । यहाँ सर्वप्रथम अष्टभैरवले पूजा-आराधना गरेकाले यहाँ कुनै अवसरमा पनि बली चढाइँदैन । यो नेपालका सबै शक्तिपीठहरूमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो ।

कमलाक्षी ः-

सल्यान जिल्लाकै लक्ष्मीपुरमा श्री कमलाक्षीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम योगमार्गीहरूले पूजा-आराधना गरेको मानिन्छ । एउटा पहाडको रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देखिन्छ ।

श्री गलेश्वरी ः-

म्याग्दी जिल्लाको राहुघाटमा

कालीगण्डकीको किनारमा रहेको यस स्थानमा सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ ।

श्री ज्वालापादेवी ः-

यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि पाँच किलोमिटर पश्चिम र छामगाम खोलाको किनारमा अवस्थित छ । यस स्थानमा सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम हनुमानले पूजा-आराधना गरेको मानिन्छ ।

श्री वागेश्वरी ः-

बाँके जिल्लाको नेपालगञ्चमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम किन्नरगणहरूले पूजा-आराधना गरेको मानिन्छ । एउटा ठूलो तलाउको किनारामा रहेको यो मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो ।

यसबाहेक काठमाडौँ शोभा

भगवती दक्षिणकाली भद्रकाली नुवाकोटको भैरवी, गोरखाको मनकामना, काभ्रेको पलाञ्चोक भगवती आदि मन्दिरहरूमा पनि घटस्थापनादेखि नै भक्तजनहरूले देवीहरूका पूजा-आराधना गर्दछन् ।

अन्य शीर्षक
कोसीको कहर सचिन पोखरेल
वर्षभरिको दुःख बिसाउने पर्व दसैँ कमल रिजाल
एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ आरवी बस्नेत
घटस्थापनादेखि पुजिने प्रमुख शक्तिपीठहरू सुदर्शन अधिकारी
देवीका भिन्नाभिन्नै स्वरूप उमा कोइराला
महिमाबडा दसैँको बोधनाथ पौडेल
बीभत्स बलि प्रथा टीकाराम यात्री
चङ्गाको राम कहानी त्रिचन्द्र 'प्रतीक्षा'
अभिनेत्रीहरूसँग दसैँ संवाद लक्ष्मी खतिवडा
दसैँमा घुमघाम सहनशीला शर्मा
प्रसिद्धि सिद्धिथुम्काको नेमिष गौतम
कथा-व्यथा महिला पदयात्रा भरियाको निनाम लोवात्ती कुलुङ
स्वास्थ्यका कुरा थेरापीका कारण यौन चाहनामा तीव्रता
सुन्दर र स्वस्थ रहन एरोबिक नम्रता भण्डारी
अभिवादनका फरक फरक शैली विष्णुकुमार श्रेष्ठ
ढुङ्गे कुवा खन्दै ठाकुरदाइ केशव लामा
कृति परिचय
मानवोपयोगी प्राकृतिक वरदान - मह नारायण काफ्ले
मेरा गाजलु आँखामा जादु छ
सानो पुँजीबाटै ठूलो व्यवसाय गर्न सकिन्छ'- दिलीप अग्रवाल
सफलताका वैकल्पिक उपाय आर. मानन्धर
भर्ना भइन् कलेजमा कमला, निरन्तरतामा शंका रामकुमार एलन
अग्रणी महिला निर्मलकुमार आचार्य
छोराको अंश ढाकर, तोक्मा - छेटु शेर्पा
चाडपर्व मनाउने सन्दर्भमा देखिएको तडक भडकमा सुधार गर्न के गर्नुपर्ला ?
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px