मधुपर्क जेठ, २०६९
 
नगरवधू
- डा. दीनबन्धु शर्मा
 

म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै

-अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन तर मेरो यस्तो मान्यता छ । मलाईं उसको यो क्रूर कार्य सुरूमा निकै डर लागेको भए तापनि उसको आवाजमा मेरो भयलाई विस्तारै मत्थर पार्न सक्ने सम्मोहक मधुरता थियो । यहाँ 'थियो' भन्नुको अर्थ मलाई यस्तो लागेको थियो भनेको हो भन्ने बुझियोस् र अब उप्रान्त यहाँ प्रयोग गरिएका निणर्ायक क्रियापदहरूको अर्थ पनि अनिणर्ायक वा सन्देहास्पद मान्न सकिन्छ भन्ने बुझियोस् ।

अँ, केही अगाडि मात्र यद्यपि मेरो अपहरण भएको थियो तर त्यसले भनी, 'म हजुरको सेवा गर्न चाहन्छु ।'

'म त तिमीलाई चिन्दिनँ Û' मैले विस्मित अभिनयमा भनेँ ।

'तर म तपाईंलाई चिन्दछु ।'

'कसरी ? म को हुँ ?' ' म को हुँ' भनेर त मैले उसलाई प्रश्न गरेको हुनुपर्छ तर वास्तवमा मैले आफैँलाई पनि यो प्रश्न गर्न सक्थेँ । उसले मधुर बोलीसहित गाडीभित्र कुनै जुस, सर्वत आदि खुवाएकी थिई कि भन्ने मेरो अनुमान छ । अहिले त्यही मानूँ - उसले दिएको अमृततुल्य जुस खाँदै उसकै गाडीमा म त्यो अपहरणकर्त्रीसँग लठारिन थालेको थिएँ । ऊ गाडी हाँकिरहेकी थिई तर म कुन्नि किन विरोध गरिरहेको थिइनँ । तपाईंहरू र म पनि यस्तो अड्कल गर्न त सकिहाल्छौं । जस्तै ः

-१) उसको बोलीले म लठ्ठिएको थिएँ,

-२) उसले दिएको 'जुस' नामक पेयले म लठ्ठिएको थिएँ,

-३) उसको मदमोहक रूपले म लठ्ठिएको थिएँ आदि आदि ।

मलाई यस्तो पनि हुन्छ भन्ने लागेको थिएन, पटक्कै थिएन । यो के भएको हो ?

बन्द चारैतिर अँध्यारो कोठालाई मधुरो बल्बको उज्यालोले दिउँसै रातजस्तै बनाइदिएको थियो । पूर्वतिर सानो झ्याल राखेर मैलो -वा मैलो रङको ) पर्दा पनि राखिएको थियो । एउटा खाटमा विस्तरा थियो र खाटको छेउमा टाँसेर एउटा प्लास्टिकको कुर्ची राखिएको थियो । त्यसै कुर्चीमा उसका र मेरा कपडा लुट्पुटिएका थिए । कपडाहरू सबै कुर्चीमा लुटपुट्याएपछि ऊ र म कस्ता थियौँ, यो त भन्नु नपर्ला Û

तर पख्नुस्, फेरि तपाईंहरू दुईवटा भ्यागुताहरू उभिएको कल्पना गरिहाल्नुहोला, उसले मलाई कुकुरजस्तो बनाएकी थिई किनभने ऊ कुकुर्नी मुद्रामा थिई । उसलाई यस क्रियामा बढो जोडसँग आनन्दानुभूतिको ध्वनि निकाल्नुपर्छ भन्ने राम्रै थाहा थियो ।

के यो यौन समागमको अवधि निकै लामो भएको हो ? म यस्तै केही सोचिरहेको थिएँ साथसाथै मलाईं यसरी महिलाले नै अपहरण गरेर आफूलाई यस्तो कार्यमा संलग्न गराएको यो पहिलो विस्मयकारी अनुभव भइरहेको बारे पनि सोचिरहेको थिएँ ।

'तिमीले यस्तो गर्न मलाई यहाँ ल्यायौँ ?' त्यसले भनी । उसको यो उच्चारण अत्यन्त स्वाभाविक ध्वनिमा आइरहेको थियो तर तपाईंहरूलाई थाहै छ, म आश्चर्यचकित भएँ ।

'तिमी आफैँले मलाई अपहरण गरेको होइन र ?' कस्तो गजबकी केटी रहिछे भन्ठान्दै मैले फेरि भनेँ, 'म हजुरको सेवा गर्न चाहन्छु भनेर तिमीले मलाई अपहरण गर्‍यौ अनि अहिले मलाई उल्टो अभियोग लगाउँदैछ्यौ, यस सम्भोग कार्यको शुल्क तिर्न गाह्रो लागेर, भनौँ न, त्यो शुल्क मलाई तिराउन यस्तो कुरा गरेकी हौली ।' यसो भन्दा ऊ खितितित्त हाँसी र भनी 'यहाँ त्यस्तो शुल्कको कुरा कसले गरेको छ र Û' उसको हाँसो यस्तो मादक लाग्यो कि, अब यसलाई के भन्ने, शास्त्रीय भाषामै भनौँ न, मेरो मन, शरीर, इन्दि्रय सबैमा विद्युततरङ्ग जस्तो पैदा भयो र अद्भूत रोमाञ्च भयो ।

कतिखेर त यी सबै ससाना घटनाहरू दुईपत्रे सपनामा भएका त होइनन् भने जस्तो लाग्थ्यो, जस्तो हुन्छ नि, सपनाबाट ब्युँझे भनेको पनि सपनामै Û

'हेर्नुस्, अपहरण पनि अनेक किसिमका हुन सक्छन्, अब भिन्न आसन भिन्न मुद्रामा 'टुँडाल' बनाएर ऊ बोलिरहेकी थिई, 'हुन त म एउटी नगरवधू नै हुँ, तपाईंजस्ता अनेक पुरुष, महिला र तेस्रो लिङ्गीहरूसँगसमेत मैले 'टुँडाल' क्रियाको भरपुर आनन्द लिएकी छु, तीमध्ये कतिपय स्मरणीय पनि भएका छन् तर जब मैले तपाईंलाई देखेँ मेरो सम्पूर्ण 'काम' अस्तित्व तपाईंले अपहरण गरिदिनुभयो, शास्त्रीय भाषामा भनुँ न, म काममोहित भएँ र यो कार्य गर्न बाध्य भए, यसलाई मैले तपाईंले गरेको अपहरण मानेकी छु ।

अहिले ऊ चुप लागेर चुरोट तानिरहेकी छे, म आइस राखेर हृविस्की तानिरहेको छु । उसको चुरोटको गन्ध, मेरो हृविस्कीको गन्ध र हामी दुवैको यतिबेरको सङ्घर्षबाट उत्पन्न काममय गन्धको ˆयुजन भएर एउटा अनौठो गन्धको निर्माण भएको छ, यस्तो मलाई लागेको छ । आˆनो मांशल नग्न शरीरप्रति उसको निरपेक्षता अथवा भनूँ न निर्लज्जता देखेर पनि मलाई ससानो आश्चर्य नै लागेको छ ।

मैले आˆनो टाउको हल्लाएर आˆनो नसा झार्न खोजेँ, त्यसरी झर्ने नसा भए पो । म यथातथ्य के हो, सबै कुरा ठम्याउन सकिरहेको छैन । मलाई नसाले यस्तो बनाएको हो वा यो कुनै किचकन्नी हो ? अथवा दुवै कुरो हो ? मलाई यस्ता कुरामा विश्वास त छैन भन्ने गरेको छु तर एकपल्ट उसका पैताला हेर्दा के बिग्रन्छ ? हेर्छु, सुल्टै छन् ।

'मेरो जन्म पूर्वी पहाडको एउटा अत्यन्त सुसंस्कृत परिवारमा भएको हो,' 'एकादेशमा.....' भने झैंँ उसले कथा हाल्न थालेजस्तो लाग्यो । अहिले उसको स्वर अलि खस्रो सुनेँ, यस्तो परिवारमा, तपाईंलाई थाहै होला-दायाँबायाँ डुल्न, घुम्न, धेरै इतरिन, पौडी खेल्न, कुनै अपरिचितसँग, हुन्छ नि, कुनै किसिमको निकट देखाउन आदि सबै वर्जित थिए । मलाई रामायण, महाभारत पढ्नुपर्छ भन्ने अर्ती-उपदेश दिइन्थ्यो-स्वाभाविक छ-राम-सीता-उर्मिला आदि पात्रको जस्तो मेरो चरित्र एवं व्यवहार होस् भन्ने अपेक्षा राखिन्थ्यो तर मलाई कुन्तीको चरित्रले बेजोड आकषिर्त गर्‍यो ।

कुनै यदुवंशी महाराज शूरसेनकी ज्येष्ठ सुपुत्रीको नाम पृथा थियो । शूरसेनका फुपाज्यू कुन्तीभोज थिए । यी दुई फुपाज्यू भदाहाबीच अत्यन्त प्रेमको सम्बन्ध थियो । विचरा कुन्तीभोज निःसन्तान थिए । शूरसेनले कुन्तीभोजलाई आˆनी प्रथम कन्या धर्मपुत्रीको रूपमा दान गरेका थिए । तिनै पृथालाई पछि कुन्ती भनियो । अर्थात् शूरसेन र कुन्तीभोज दुवैतिरबाट कुन्ती उच्चकुलीन थिइन् । महाराज कुन्तीभोजको सम्मोहक दरबारमा मानुँ कामदेवको स्थायी बसोबास थियो । नानी, सुसारे, पटरानी, महारानी, भान्से, माली सबैलाई कामदेवले सताइरहेको आभास हुन्थ्यो । अवाञ्छित भनिएका दृश्यहरू यत्रतत्र देख्न पाइन्थ्यो । यस वातावरणमा छटपटिएकी सुन्दरी किशोरी कुन्तीले सूर्यनारायण नामको ठिटोलाई आˆनै कक्षमा डाकेर यौन क्रिया सम्पन्न गरिन् । विवाहित भइसकेपछि उनको यो उन्माद रोकिनुपर्ने हो भन्ने मानिन्छ तर यस्तो भएन उनले विवाहपछि अझै यस कार्यलाई तीव्रता दिइन् । सुरूमा त मलाई कुन्तीको यस कामको यौनसन्तुष्टिसँग सम्बन्धित पक्षले तापज्वरो नै उठाइदियो । आफूले कुन्ती वा उनका ठिटाहरूले जस्तो गर्न नसकेकोमा पीडा अनुभव भइरहृयो, पछि मात्र मलाई थाहा भयो, उनीहरूको त्यस कार्यको वैयक्तिक शारीरिक सन्तुष्टिसँग सम्बन्धित महत्त्वबाहेक हस्तिनापुरको भावी राजनीतिक उद्देश्य प्राप्तिसँग सम्बन्धित झन् ठूलो महत्त्व पो रहेछ । त्यो यौनको उच्च राजनीतिक उपयोग थियो ।

अनि त म यस यौनसम्भोग कार्यको बहुआयामिक फाइदाहरूसँग परिचित हुँदै गएँ । यो जस्तो बहुफाइदाकारी तìव अरू कुनै छैन भन्ने कुरामा म ढुक्क भएँ । अनि त यो वृत्ति मेरो मुख्य वृत्ति बन्यो यद्यपि यो साधनकै तहमा छ ।

'यस्तो लामो पुराण मलाई किन सुनाउनुपर्‍यो र,' मैले झर्को मानेझैँं गरी भनेँ, 'तिमी बौद्धिक देखिन्छ्यौ तर काम चाहिँ यस्तो किन गछ्र्यौं ?'

'किन र ?' बौद्धिकसँग यौनको कुनै शत्रुता छैन, बरू अल्पबुद्धि भएकाहरू यौनव्यापारलाई व्यक्तिगत क्रियाकलापको रूपमा मात्र हेर्छन् तर बौद्धिकहरूलाई यसको व्यक्तिगत, सामाजिक, राष्ट्रिय आदि बहुगुणकारी फाइदा थाहा हुन्छ ।

'अब उठौँ,' म जुरूक्क उठेँ ।

'किन ? तपाईंलाई यस कार्यको मोटो ज्याला दिन बाँकी नै छ, त्यसभन्दा अगाडि समलिङ्गी मैथुनबाट पनि तृप्त गरूँ कि ?

'हे भगवान् के भनेको हो ?' म पुनः चकित भएँ ।

'तपाईंलाई मैले तन, मन र धनले अर्थात् कुनै पनि तरहले सन्तुष्ट पार्नुपर्छ, उसलेे भनी, 'समलिङ्गी मैथुनमा तपाईंको रुचि छैन ?' ऊ आँखा झिम्क्याएर मुसुक्क हाँसिरहेकी थिई ।

'त्यस्तो यहाँ कसरी सम्भव छ ?' मैले भनेँ, 'अर्थात् तिमी महिला छौँ र म पुरुष छु ।'

ऊ खितितित्त हाँसी - उही मनमोहक किचकन्नी हाँसो । उसले भनी, 'भनिन्छ - बेलायतको संसद्ले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन सक्दैन तर हामी यस क्रममा बेलायतभन्दा अलि अग्रगामी छौँ ।'

अनि उसले आˆनो नाङ्गो शरीरबाट कपडा छोडाएझैँ, अझ यसो भनौँ न, केराको बोक्रा छोडाएझैँ बाहिरी एक पत्र माथिदेखि तलसम्म छोडाई । अनुहार र शिरबाट पनि लामो केससहितको बोक्रो छोडाई । अनुमान गर्नुहोस्, म कस्तो उदेकको स्थितिमा पुगँे हुँला । मेरै अगाडिको दृश्य अब यस्तो थियो ः

१) ऊ अब युवती होइन पुरुष थियो,

२) उसको कपाल छोटो थियो,

३) उसका तिलचाम्ले जुँगा मोटा थिए,

४) उसको छातीमा जिङ्गि्रङ्ग रौँ थिए,

५) उसको हतियार लामो, धारिलो र उत्थित अवस्थामा थियो ।

अब तपाइर्ंले सधैँ देखेको तर अहिले कल्पना गर्न नभ्याएको कुरा पनि यहाँ थियो ः

६) ऊ गरिमामय संसद्मा प्रधानमन्त्रीको उम्मेदवार थियो ।

के उसको खास जन्म पुरुषकै रूपमा भएको थियो ?

यस कथालाई यहीँ सकेको भए पनि हुन्थ्यो तर अलिकति बाँकी कुरा पनि भनिहालूँ किनभने फेरि तपाईंहरू मलाई आˆनो कुरा लुकायो भन्नुहोला ।

मलाई डर लाग्नुको सट्टा अब रमाइलो लागिरहेको थियो । अनि अर्को आश्चर्य सुरू भयो किनभने उसले मेरो शरीरबाट पनि बोक्रा छोडाउन सुरू गर्‍यो ः

१) मेरो दोस्रो पत्र पनि पुरुष नै थियो,

२) मलाई आˆनो दोस्रो पत्र मन पर्‍यो,

३) म कुनै सर्वसाधारण 'जनता' नामको प्राणी थिइनँ,

४) म सांसद थिएँ र उसको विरोधी नै थिएँ, केही अघिसम्म भनौँ न Û

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px