मधुपर्क जेठ, २०६९
 
उपनामको खोजी
- प्रकाशप्रसाद उपाध्याय
 

केही दिन अघिको कुरो हो । नयाँ वर्षको पूर्वसन्ध्यामा केही साथीहरू बसेर चियापान गर्दै थियौँं । टेबुलमा भएको पत्रिकाको एउटा लेख देखेर एकजना साथीले मलाई घचघच्याउँदे भने - यार, मलाई तिम्रो आचारव्यवहार देख्दा अचम्म लाग्दछ ।

मैले सोधेँं - त्यस्तो के भयो भाइ ?

भन्न थाले - तिमीले यत्तिका वर्षदेखि लेख, निबन्ध र हास्यव्यङ्ग्य आदि केही न केही लेखिराखेका देख्दछु तर कुनै उपनाम बिना । कुनै उपनाम किन राख्दैनौ ? उपनाम बिनाको लेखकको त्यत्ति विघ्न धाक हुँदैन ज्ास्तो लाग्छ ।

मैले भनेंँ - हो र ? त्यस्तै हो भने हुन्छ । सोचँूला ।

सोचूँला होइन, सोची हाल्ने । नयाँ वर्षको पहिलो रचना उपनामका साथ छापिनु पर्छ । बुभ\mयौ - साथीले भने ।

मेरो उपनामका लागि उनको चिन्ताका लागि धन्यवाद दिंँदै भनेंँ - उसो भए तिमी भन न कुन उपनाम ठीक होला ?

पहिले तिमी नै भन । तबसम्म म सोच्दै गर्छु । बरू त्यतिन्जेल तातो कफीको अर्डर देउ न । चिया सकिएको गिलास पर सार्दै उनले भने ।

उनी मेरो साहित्यिक न्वारान गर्न खोजिरहेकाले मैले कफीको अर्डर दिएँ र भनेँं - हेर भाइ म गोविन्दपुरमा जन्मेको मानिस । 'गोविन्दपुरे' राखे कसो होला ?

अलि बिन्दास नाम सोच यार । यो त वजनदार भएन ।

'सुमन' नि ? मैले सोधेंँ ।

अर्को साथीले चुरोट सल्काउँदै भन्यो - यो साह्रै सुकुमारी उपनाम भयो । एक परिपक्क बूढो लेखकको उपनाम पनि अलि परिपक्व हुनु पर्‍यो । हैन त भाबुक ?

'भाबुक' भन्न थाले - हो त ।

यसरी मेरा साथीहरू र म उपनामको खोजीमा लाग्यौं, चिया कफीको घुट्की लिंँदै ।

आधा कप कफी सकिएपछि भाबुक भन्न थाले - यार तिमी आफ्नो उपनाम 'दुर्वासा' राख । तिम्रो उमेर र लेखनीको उग्रतालाई हेर्दा यो सही होला ।

भाबुकको सुझाउ सुनेर म झस्कन्छु । मसरहको कलियुगे, नास्तिक, फलाहारी, मांसाहारी लेखकलाई दुर्वासासरहका पुराण प्रसिद्ध ऋषिको समकक्ष राख्ने उसको प्रयास देख्दा ।

म विनित स्वरमा, ङच्िच हास्दै -साथीको भावनामा चोट नपुगोस् भनेर) भन्दछु - हेर, दुर्वासा त एक पुराणप्रसिद्ध ऋषि थिए । म भनेंँ भएँ एकजना नास्तिक, मांसाहारी व्यक्ति । उनीसित मेरो तुलना नगर । मैले आफ्नो उपनामका लागि उनको नाम राख्न सुहाउँदैन । दोस्रो, उनी आफ्नो क्रोधका लागि प्रसिद्ध थिए तर म त हास्यव्यङ्ग्य लेखक । अहिलेसम्म कुनै साहित्यिक पुरस्कार पाउन नसके पनि हाँस्ने र हँसाउने काममा संलग्न रहेको साधारण प्राणी । मलाई यो उपनाम स्वीकार्य छैन ।

मेरो प्रतिक्रिया सुनेर साथीहरू खिन्न भए कि भएनन् म भन्न सदिन तर एकजना साथी चुरोटको धुँवा छाडेर वातावरणलाई प्रदूषित मात्र गरिरहेको देखेर मैले भनँें - ओ दार्शनिक महोदय । तिमी पनि त केही बोल ।

ऊ भन्न थाल्यो - चुरोटको यो धुँवा फाल्दै म तिम्रै उपनाम त सोचिरहेको छु भाइ । तिमी लेखकहरू कल्पनाशील हुन्छौ, आफ्नो काल्पनिक गफलाई लेखको रूपमा पेस गरेर पाठकहरूलाई लठ्ठ पार्ने, हँसाउने कलामा सिपालु हुन्छौ । यसो हुँदा तिमीले आफ्नो उपनाम 'गफाडी' राखे कसो होला ?

उसको तर्क, विश्लेषण सुनेर सबैजना हाँस्दछन् तर मेरो मन चाहिं अलि खिसि्रक्क हुन्छ, कारण त्यतिबिघ्न चिन्तन र मेहनत गरेर तयार पारेको लेख, कथालाई उसले एउटा गफ ठान्ने गरेकोमा । हाम्रो भावना, सिर्जनात्मक कल्पना र श्रमलाई उसले 'गफ'को रूपमा हेरेकोमा तर प्रजातन्त्र, लोकतन्त्र र वर्तमान गणतन्त्रमा बोल्ने, विचार अभिव्यक्त गर्ने, नाराबाजी गर्ने र चक्काजामसम्म गर्ने छुट त सरकारले सबै वर्गका नागरिकहरूलाई दिएको छ भने म त भएँ उसको साथी । फेरि मेरो आग्रहमा नै त उसले यो सुझाव दिएको हो । यसर्थ उसको चित्त दुखाउने कुरा गर्न मलाई सुहाएन । म पुनः हाँसेको अभिनय गर्दै भन्छु - उसो भए तिम्रो विचारमा 'गफाडी' उपनाम ठीक होला ?

ऊ पुनः 'हो' भन्दछ तर अर्को साथीलाई यो उपनाम मन पर्दैन । -भलो होस् उसको) । ऊ भन्छ - तिम्रो भनाइ ठीक देखिए पनि यो उपनाम एकजना बूढो लेखकका लागि उपयुक्त देखिएन । यस्ताका लेखहरूको वजन कम हुन्छ र लेख कत्तिकै मर्मस्पर्शी किन नहोस्, पाठकहरूले नाम पढ्नासाथै अर्को लेखतिर आँखा दगुराउन थाल्छन् । जसरी हाम्रा आँखा कुनै...... उसका कुरा टुङ्गिन नपाउँदै हाम्रा कुरा सुनेर मुसुमुसु हाँस्दै, चिया कफीका कप रित्याउँदै बसेका साथीलाई सोध्छु - ए भाइ । तिमी किन चुप्प्ा बसेका आज ? के भो तिमीलाई ? तिमी पनि त केही भन ।

यत्तिका बेर हामीले यतिका उपनाम सोचिसक्यौं । कुनै पनि उपनाम सटिक भेटिएन । म त भन्छु तिमी आप\mनो पहिलो नामबाट नै लेख्ने गर । प्रकाश । कस्तो राम्रो नाम । तिम्रा लेखहरू पढ्दा पाठकहरूका मुख हँसिला र उज्याला हुँदा तिम्रो नाम पनि सार्थक हुने, अनि आप\mनो नमँ पनि पाठकहरूले सम्झी राख्ने किन उपनामको पछाडि भाग्नु पर्‍यो । उपनाम राखेर लेख्ने चलन अब कम हुँदैछ । हेर त कत्ति लेखकहरू आप\mनो नामबाटै प्रसिद्ध भइरहेछन् - उसले भन्यो ।

भाबुक भन्न थाले - कुरा त यिनको पनि ठिकै हो तर नयाँ वर्षको अवसरमा नयाँ उपनामका साथ लेखादि प्रस्तुत गर्ने कुरा न भएको हो ? तसर्थ भोलि एकपल्ट फेरि बसौं । नयाँ वर्ष पनि मानिने र नयाँ उपनाम पनि फेला पर्ने । कसो ? हुन्न ?

सबैजना, हुन्छ, किन न हुने । भोलि बरू ११ - १२ बजे फेरि बसौं - भन्दै आ -आप\mनो कुर्सीबाट उठ्छन् ।

म पनि साथीहरूका बहुमूल्य सुझावका लागि धन्यवाद दिंँदै, गोजीमा हात छिराउँदै साहु बसेको काउन्टरतिर लाग्छु र भोलि पुनः भेला हुने वचनका साथ हामी बिदा हुन्छौं ।

बसपार्कका लागि लम्किंदै गर्दा म सोच्न थाल्छु -भोलि भन्ने शब्द हामी नेपालीका लागि किन यतिबिघ्न पि्रय भएको ? हरेक काम भोलिका लागि किन पन्छिने ? भोलिको काम आज किन हुन नसक्ने ? भोलि शब्दबाट पीडित बिचरा हाम्रा आदिकविले भोलि शीर्षकमा एउटा कविताको नै रचना गरेर नेपाली पाठकहरूलाई आप\mनो पीडाबाट अवगत गराए पनि नेपालीहरूका लागि यो शब्द अझै पि्रय बनिराखेको देख्दा मलाई अचम्म लाग्छ । अनि मभित्र साहित्यिक नामकरणको यस पुनीत काममा पाठकहरूलाई किन वञ्चित गर्नु, उनीहरूको पनि राय सुुुुझाउ लिनु राम्रो हुन्छ कि ? भन्ने भावना पलाएर आउँछ । कसो त पाठकवृन्द, तपाईंहरूको पनि केही सुझाव छ कि ? भनी हाल्नोस् । उपनामको खोजीको निरन्तरता शान्त्िाप्रक्रिया नटुङ्गिएसरह अहिले टुङ्गिसकेको छैन ।

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px