मधुपर्क जेठ, २०६९
 
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
- गीतकार एवं गजलकार प्रकट पंगेनी शिव
 

सबैले प्रकट पंगेनी शिव भनेर चिन्छन् उनलाई तर थोरैलाई थाहा होला, उनी शिवराज पंगेनी हुन् । देउराली उकाली कास्कीका शिवले २०३३ सालमा स्थानीय 'हिमदूत' पत्रिकामा विडम्बना नामको कथा छपाएर साहित्याकाशमा प्रवेश गरेका हुन् । यो मन कतै अल्झेको छ, जूनको चिठ्ठी जूनालाई, प्रणयवेदका ऋचाहरुजस्ता गीत र गजल सङ्ग्रहले आफ्नो छाप बनाएका उनका छवटा कृति प्रकाशोन्मुख छन् । करिब ४० वटा गीत रेकर्ड गराएका उनले नाटक निर्देशन र अभिनयसमेत गरेका छन् । राजधानी आगमन क्रममा उनै शिवसँग जम्काभेट भयो नयाँ सडकमा । प्रस्तुत छ, सोही क्रममा मधुपर्कका लागि जी पथिकले गरेको

अन्तरङ्ग कुराकानी ।)

प्रकट पंगेनीलाई कसरी चिन्ने ?

यो एउटा छाप कसरी बन्यो भने कवितामा ग्रामीण परिवेश, गृहस्थीमा लेख्छु । 'गृहस्थी कवि' भनेर सुरू सरूभक्तले उपनाम दिनुभयो । दोस्रो पुस्तामा १४ लाइनका गीतबाट अर्को छाप पर्न गयो । गजलमा प्रणयपरक गजलले स्थापित बनायोेेेेेेेेेेेेेेेेेे ।

प्रणयपरकमा ढल्किनुको कारण ?

आँसु वेदनाका पनि लेखेको छु । संयोगान्तभन्दा वियोगान्तका दुईवटा गीतका पुस्तक नै छन् । मेरा फ्यानले काठमाडौँंको गुरुकुलमा 'प्रणयमा प्रकट दाइ' गरेपछि छाप बस्यो । मलाई पनि त्यस्तै मनपर्‍यो ।

प्रणयपरक गजलमा अश्लील वा हल्कापन हुन्छ भनिन्छ ?

यो आ-आफ्नो दृष्टिकोणको कुरा हो । गजल बुझ्नेले यसलाई बुझ्छ । अश्लीलताको आरोप पनि खेप्नुपर्यो । मेरा गजलमा संयोग होइन, स्पर्श छ । सौन्दर्यको वर्णन गर्दा अश्लील बन्न जान्छ भने यौन कुण्ठित दृष्टिकोण हो । आरोप लगाउनेमा डाहापन भेटेको छु ।

प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?

जुन समयदेखि प्रेमको परिभाषा चल्दै आयो, त्यो फेरिएन । युवाले गर्ने प्रक्रिया भनियो तर प्रेम शाश्वत हो, हरेक कुनै उमेरमा पनि प्रेम हुनसक्छ भनेर कहिल्यै भनिएन । पत्नीलाई गरिने प्रेम प्रेमिकालाई गरिँदैन ।

मागी कि भागी विवाह ?

दुवै भन्नुपर्यो । भेटघाट बोलचाल भयो, त्यसपछि मागियो । उसबेला मोबाइलबाट डेटिङ जाने चलन थिएन । चिठी वा समाचार पठाएर समय र स्थान मिलाउनुपर्थो । उनी दमौली म पोखरा देउरालीमा ५० किलोमिटर दूरी थियो । अचेलजस्तो दिनहुँ भेट हुने त कल्पनासम्म थिएन ।

यौनलाई साहित्यसँग जोड्ने कि नजोड्ने ?

मान्छेले राजनीतिसँग साहित्यलाई जोडे जुन मलाई मन पर्दैन । झन्डा बोकेर धेरैले साहित्यलाई अनुकूल बनाए । यौन र साहित्य अभिन्न कुरा हुन् । यौन पनि जीवन हो । साहित्य पनि जीवन हो । त्यसैले यौनलाई साहित्यमा उतार्नुपर्छ । यौनविनाको साहित्य नूनविनाको तरकारीजस्तै हुन्छ।

आफ्नै सबल पक्ष भन्नुपर्दा ?

यो उमेरमा आएर प्रणयका गजल लेख्न सुहाएन भन्ने जमात पनि छ । तिमी गृहस्थीका गीत कविता लेख्ने मान्छेले किन प्रणयलाई अँगाल्यौँ भनेर पनि प्रश्न गरे । उचाइ आफैँं घटायौ भन्ने पनि नभएका होइनन् तर कुनै गल्ती गरँें भन्ने लागेको छैन । अरूले लेख्न नसकेकालाई लेखेंँ, वाचन गरेंँ ।

कमजोर पक्ष नि ?

जहाँ पुग्नुपर्ने थियो, त्यहाँ पुग्न सकिएन । साथीभाइले धेरै कमाएका छन् । सहरमा महल ठड्याएका छन् । आफूले एक टुक्रा जग्गा जोड्न सकेको होइन । पारिवारिक दुःख झेल्नु परिरहेको छ । नाम कमाएँ तर दाम कमाउन सकेको छैन । थोरै लेखनीले नाम दियो मलाई । यो मानेमा म भाग्यमानी लेखक । सद्भाव र सम्मानको कमी छैन ।

प्रसङ्ग मोडौं, मर्निङ वाक गर्नुहुन्छ कि योग ?

पोखराको बसाइमा मर्निङ वाक गर्छु । हावा पवित्र र शुद्ध छ । पाँच बजेअघि घरबाट निस्कन्छु । झन्डै एक घण्टा हिँड्छु । त्यसपछि विनासोचाइ घरमा खाली दिमाग बनाएर एकछिन बस्छु तर काठमाडौंँ आएपछि त्यो काम हुँदैन । काठमाडौंँ बसाइ बनाउने योजना केही सातामै पूरा गर्दैछु तर मर्निङ वाकको सट्टा योग गर्ने सम्भावना छ । भगवान्को कृपा आजसम्म कुनै रोग लागेको छैन ।

पूजापाठ नि ?

पूजापाठ गर्दिनँ । मन्दिर पनि जान्नँ । टाढैबाट नमस्ते गर्छु । भगवान् मसँगै हुनुहुन्छ र आशीर्वाद दिइरहनुभएको छ जस्तो लाग्छ । दुःख होस् वा सुख, भगवान् सम्भिmरहन्छु । लाइन बस्दैमा मन्दिरमा पूजा गर्दैमा केही हुन्छ भन्ने लाग्दैन ।

शाकाहारी कि मांसाहारी ?

मांसाहारी । चुरोट र रक्सी पिउने गथ्र्ये । अहिले चुरोटमात्र पिउँछु । मासु चाहिन्छ भन्ने छैन तर छोडेको पनि होइन ।

चलचित्र हेर्नुहुन्न ?

हेर्छु तर हलमा कम जान्छु । घरमै टेलिभिजनबाट हेर्दा आनन्द लाग्छ । नाटक चलेको थाहा पाए थिएटर पुग्छु । चलचित्र, नाटक र टेलिसिरियलका कथाले त्यति प्रभाव पार्दैन तर हरेक पात्रको अभिनयले मलाई छुन्छ । पछिल्लो समयमा लुट हेरेँं । हिन्दीमा देशीब्वाइज ।

जीवन के रहेछ ?

जीवन वरदान हो । 'जिन्दगी यो उत्सब हो, वरदान ईश्वरको', हरिशरण लामिछानेको गीतलाई मैले पढाउने पोखराको स्कुलका भित्तामा लेखाएको छु । ठूलो प्राप्ति हो जीवन ठूलै चिठ्ठाजस्तो । कतिले खेर पनि फालेका छन् । जीवनको माया लाग्छ । कुनै गुनासो छैन मलाई जीवनसँग ।

जीवनसङ्गिनीसँग कत्तिको झगडा पर्छ ?

कहिलेकाँही ठाकठुक त परिहाल्छ नि । ३३ वर्ष भएछ बिहे भएको । पहिले पथ्र्यो तर १५ वर्षजति भएछ, त्यस्तो केही छैन । त्यो बेला पनि कमाउन नसकेको गुनासो हुन्थ्यो उनीबाट ।

रिसाए कसले फकाउँथ्यो ?

म आफैंँ फकाउँछु । गल्ती महसुस हुन्छ र फकाउँछु । क्षणिक रिस छ मसँग, खासै लामो हुन्न । आवेशमा आएर रिसाउँछु तर महसुस गरिहाल्छु ।

सपना देख्नुहुन्छ ?

कहिले डरलाग्दो र अत्तालिएको देख्थेंँ त कहिले खोला तरेको । अचेल त्यति देख्दिनँ । त्यसको प्रतिफल के हुन्छ पनि थाहा छैन । सपनामा त्यति विश्वास गर्दिनँ ।

जीवनको सपना ?

आफूलाई जहिले पनि जीवनलाई पि्रय बनाइराख्नुपर्छ, सरल बनाउँदै लैजानुपर्छ भन्ने लाग्थ्यो, लाग्छ तर महìवाकाङ्क्षा छैन । सरलता, नम्रता र शिष्टता नै मेरो परिचय हो, मलाई आमाले सिकाउनु भएका ।

लामो समय भयो साहित्य लेखेको, के रहेछ यसमा ?

पहिले रूचि थियो साहित्य । पछि नशा भनौं कि दैनिकी । आवश्यकता पनि बनेको छ । नलेखी बस्न सक्दिनँ । साहित्य अरूले जे परिभाषा दिए पनि म साथी भन्छु यसलाई । कविता, गीत, गजल, उपन्यास र कथा लेख्छु । यिनले मलाई जीवन दिएका छन् ।

साहित्यबाट अलग राखे के हुन्छ ?

एक्लो हुन्छु । अब त सक्दिनँ । २०३४ सालदेखि लेख्न थालेको थिएँ ३४ वर्ष पूरा भएछ । समकालीनले कलम थन्क्याइसकेँ तर पोखराका हामी सरूभक्त, तीर्थ श्रेष्ठ र म निरन्तर यसैमा छौं ।

पछिल्लो लेखन के चल्दैछ ?

सिमि्रकाको डायरी । यो उपन्यास हो । मैले पढाउने स्कुलको विषयमा आधारित छ । सिमि्रका पनि विद्यार्थी भएकाले पात्र बनाएँ । जहाँ म पाठ्यक्रमभन्दा फरक अर्थात् जीवनका पाठहरूलाई पढाउँछु । त्यसैले मूलपात्र पनि म आफैंँ छु । त्यही उपन्यासमा ढाल्दैछु ।

तपाईंका पात्र फरक हुन्छन् किन होला ?

अन्ना पहिलो पात्र हो । उसले गीत गजल लेख्ने प्रेरणा दिइन् । उसकै नाममा गीत गजल समर्पण गरेको छु । अनुश्रेया पनि पात्र हो, उसलाई भेटेपछि कथा लेख्न थालेंँ । सिमि्रका भेटेँं, विद्यार्थी हो डायरी लेख्दैछु । पछिल्लो पात्र हो, शैलीका । के पाउँछु उसबाट अनि कसरी अघि बढ्छु थाहा छैन ।

अन्त्यमा के लेखियोस् भन्ने लागेको छ नेपाली साहित्यमा ?

नयाँपन आए हुन्थ्यो तर यही र यस्तै भन्न सक्दिनँ ।

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px