मधुपर्क जेठ, २०६९
 
जालो
- दिनेश बस्नेत
 

घडी त हेरिनँ तर रातको त्यस्तै ११ बजेको हुँदो हो । 'गुहार गुहार' आवाज रातको सन्नाटा चिर्दै आयो र मेरो कानमा ठ्याक्क ठोक्कियो । म ओछ्यानबाट उठेँ । हतपत ढोका खोलेर बाहिर निस्के । आमा बा पनि बाहिर आउनु भयो । आवाज आइमाईको थियो । तल्लागाउँबाट आएको थियो तर कुन चाहिँ आइमाई को हो, ठम्याउन सकिएन ।

त्यतिबेला आमाले अनुमान गर्नु भयो - 'बटै बलेको स्वर हो कि Û तर कसैले किटानी गर्न सकेनन् । उसो त भन्न सक्नेगरी स्वरमा स्पष्टता पनि थिएन ।

'गुहार माग्नेलाई मद्दत गर्नुपर्छ, या त गुहार दिनुपर्छ ।' यो मानवीयपन हो, घरगाउँको एउटा असली धर्म पनि । परिस्थिति बिग्रदा कसको थाप्लोमा अनिष्ट बज्रपात हुन्छ, कसले भन्न

सक्छ ? एउटालाई पर्दा अर्कोले विघ्नवाधा र अड्चन फुकाउन सहयोग नगर्ने हो भने आफूलाई सामाजिक प्राणी हुँ भनेर गर्व गर्नुको के अर्थ रहृयो र ? गुहार दिनु त पर्छ, मेरो एउटा मनले मलाई बेस्कनी घच्घच्चिएँ । अनि मेरो मन घच्घच्चियो ।

अर्को मन भने त्यसको विरुद्धमा रहृयो र मलाई एक पाइला डेग चल्न दिएन । सोेचेँ, रातको झगडा जे जस्तोखालको पनि हुुनसक्छ । जँड्याहाको कारणले हुन सक्छ । सहयोग गर्ने स्वच्छ मनसायले जाँदा त्यहाँ दुष्परिणामको शिकार भइयो भने ? किन नदुखेको टाउको डोरी बाँधेर दुखाउनु ?

स्वभावतः जीवित आत्ममा उब्जने द्वन्द्वात्मक तर्क मभित्र पनि उब्जन्छन् । अर्थात् जुम्ल्याहा विचार मनभित्र एकैचोटि जन्मन्छन् । तिनै विचारको खिचातानीमा म तानातान भएजस्तो लाग्छ । मानौँ, बाख्राको पाठो एकातिर बाघले तानेको छ, अर्कोतिर गोठालाले । अन्ततः अरूको ज्यान जोगाउँदा आफू किन अप्ठेरोमा पर्नुजस्तो लाग्यो । अरूको भन्दा आˆनो ज्यान प्यारो लाग्ने असहयोगी पक्षले मलाई पछार्‍यो । 'भोलि थाहा हुन्छ, को-कसको झगडा भएको रहेछ, गुहार कसले मागेको रहेछ ? बुबाले भन्नुभयो । हामी सबै जना घरभित्र पस्यौँ । म एउटा मोटो खुलदुली बोकेर सुतँे । त्यसैमाथि निदाएँ ।

भोलिपल्ट मैले ओछ्यान नछोड्दै आमाले पँधेराबाट पानी ल्याइसक्नुभएको रहेछ । उहाँले सुनाउनु भयो - 'झगडा चन्द्रे र बटैबीच भएको रहेछ, बटैको हात भाँचिएको छ अरे । चन्द्रेको अनुहार कोतरिएको छ अरे, मलाई पँधेरामा मैनाले भन्थी ।'

नयाँ घटनाको खबर सम्प्रेषण पँधेराबाट हुन्छ, या त चिया पसलबाट । केही कुरा थपिन सक्छन् । केही कुरा नसमेटिएका हुन सक्छन् । त्यस दिनको घटनाको बयानको उद्घाटन पँधेराबाट भयो ।

बटैको चोर बानीको बारेमा भकभके -खास नाम चन्द्र्रवीर हो), भकभकाउने हुँदा कसैले भकभके भन्छन्, कसैले चन्द्रे भन्छन् । काकाले एकपटक गाइँगुइँ कुरा भनेका थिए - 'त्यो बटै ख्यालकी चोर्नी छे बाबु Û यसो आँखा झिमिक्क झिम्क्याउनै हुन्न, कहिले डाले घाँस चोरेर सखाप, कहिले तरकारी । चोर्नेका हजार दाउ भन्छन्, कुन चट चोर्छे, कुन चट । अनि खरबारीको घाँससमेत चोर्न बाँकी राखेकी छैन । के गर्ने खोई .......... ? छिमेकी अगतिला भएपछि साह्रै नोक्सान व्यहोर्नु पर्दोरहेछ । गर्न त अति नै गरेकी छे, कुन दिन थलामा फेला पारँे भने मैले बाँकी राख्दिन ।'

मलाई लाग्यो, हिजो चन्द्रेकाकाले रङ्गेहात पक्डेछन् र पहिलेदेखि कट्कटिएको रिसइवी साँध्ने मौका पाएछन् । लाटो रिस भएका मान्छे गुहारै माग्नेसम्म पारेछन्, बटैलाई । कस्तो हालत भयो होला ? चन्द्रेका काकाका घनजस्ता हात पाखुराले हान्दा, म घटनाबारे थप कुरा जान्न चाहन्थे ।

केही क्षणपछि हतारहतार काका आइपुगे र बालाई घटना विवरण भकभके भाषामा सुनाए । यस भेकमा गन्नेमान्ने व्यक्तिका रूपमा परिचित बाको गाउँसमाजमा पृथक अस्तित्व र महìव थियो । कसै कहाँ केही घटना घट्यो या कोही सन्धिसर्पनमा पर्‍यो भने सबैले उहाँलाई सम्झन्थे, सम्झन्छन् ।

मैले सुनेअनुसार टौवाको पराल चोरी भएको शङ्का पहिल्यैदेखि नै लागेको रहेछ । किन कि नथुतेको पाटो दिनानुदिन खस्कदै गएको उनले देखेछन् । 'पराल चोर्ने बटैबाहेक अरू कोही हुन सक्दैन ? उनलाई लागे पनि सवुत प्रमाण केही थिएन । न त उनले देखेका थिए । न त उनीसँग देखिजान्ने साक्षी थिए । एकदिन भने झिनोमसिनो प्रमाण फेला पारेछन् । त्यो के भने उनको टौवाबाट थुतिएको परालका तान्द्राबीच बारीसम्म चुहिएको र बटैको नापका पाइला बारीमा भेटिएको थियो अरे । चौपायाका डोब कतै नहुनाले वस्तुभाउले पराल खाएको अड्कलसम्म गर्न सकिँदैनथ्यो अरे । त्यसैले काकालाई लागेछ, कुन चट चोर्नी रहिछे ? अनि चियो गर्न थालेछन् दुई दिनसम्म लिचीको बोटको छेल पारी राति अबेरसम्म बसेछन् तर फेला पर्न सकिन्छ । हिजो पनि चियो गरी त्यही ठाउँमा बसेका थिए अरे । ११ बजे राति लर्खरलर्खर आएर टौवाको पराल अलि माथि चढेर थुत्न लागेकी मात्र के थिई अरे, त्यति नै बेला काकाले पछाडिबाट न्वारनदेखिको बल प्रयोग गरी बजाएछन् । तब बटै 'गुहारगुहार भन्दै चिच्याउन थालेकी रहिछे ।

बा र काका अझ कुरा गर्दै थिए । बटैको विदित आचरण केलाउँदै थिए । म चिया पसलतिर लागे । त्यहाँ पनि तिनै कुरा चलिरहेका थिए बेलाको बोलीझैँ । जहाँ कुरा चल्छ, त्यहाँ पक्ष र विपक्ष स्वतःस्फूर्त देखापर्छन् । सबैले आ-आˆनो तर्क सवल पार्ने प्रयास हरतरहबाट गर्छन् । अझ स्पष्टभन्दा यहाँको समाज अनुहार हेरेर पक्ष लाउने चलन छ । मानौँ जन्तीबाख्रोमा अनुहार हेरेर डाडु थपघट गरेझैँ ।

अर्को कुरा झगडीया पक्षहरू पनि कुन हाम्रो मान्छे हो ? कुन अर्काको ? जस्तो अनुचित मापदण्डमा आफू व्यक्त हुन्छन्, व्यावहारिकतामा प्रकट हुन्छन् ।

मलाई लाग्छ, व्यक्ति होइन विषयलाई महìव दिनुपर्छ, गल्ती गर्ने मान्छे चाहे त्यो आˆनै निकटतम् किन नहोस्, त्यसलाई समर्थन र आश्रय दिनु हुन्न, सही समयमा सही विवेकको प्रयोग गर्नु पर्दछ । हुन त मैले त्यस्तो मान्यता लिएर व्यवहार गर्दा कति ठाउँमा धोका अनुभव गरेको छु । आफन्तलाई शत्रुमा परिणत गरेको छु । मलाई अफसोच कत्ति छैन । आजकल मलाई लाग्न थालेको छ कि सत्य भनेको आखिर सत्य हो, असत्यलाई साथ दिँदा प्राप्त आनन्द क्षणिकभन्दा लामो समय टिक्न सक्दैन ।

यद्यपि चिया पसलमा विभिन्न तवरले मान्छेहरू बोलिरहेका थिए । आइमाई भएर हो या त उसलाई चोट लागेर हो, धेरै जना बटैको पक्षका तर्क बोलिरहेका थिए ।

'पहिलेदेखिको घिनलाग्दो र घटिया मान्छे हो । अब फेला पर्ने भयो, ज्यान जाला अब बटैले छोड्ने छैन ।'

-'कुरो अलि राम्ररी थाहा पाएको त छैन तर एउटी आइमाईमाथि त्यसरी जाइलाग्नु हँुदैनथ्यो । लौ त भनौँ भने गाँठे, आइमाईलाई त छोए पनि चर्को कानुन लाग्ने जात हो, अब क्यारेर उम्केला खोइ चन्द्रे Û बटैको चङ्गुलबाट ।'

-'त्यही त म भन्दै छु, मलाई चन्द्रेको नियत अलिकति पनि राम्रो लागेन । छिः छिः कहीं त्यस्तो व्यवहार पनि गर्नु । एउटी आइमाई कुन बेला दिसापिसाव गर्न बस्छे र हातपात गरौँला भनेर यस्तो जाडोमा ढुकी पनि कोही मान्छे बस्छन् ? कस्तोकस्तो इज्जत फाल्यो है, त्यसले । अब के गरी अनुहार देखाउला खोई, समाजमा । 'एउटा बिराउँछ, शाखा पिराउँछ' भन्छन् ।'

-'थाहा रहेनछ क्या हो, त्यस बजियालाई ? आइमाईलाई हातपात गर्‍यो भने लोग्ने मान्छे नाङ्गिन्छ भन्ने । आफू त त्यति अनपढ होइन, उही बेला छ कक्षा पढेको हो ।'

-'त्यति राम्ररी बुढी घरमा थिँदै थिई, कस्तो शुद्धी बिगारेर मोरो बटैका पछि लाग्यो होला । के सोच्यो होला ? आइमाईलाई त्यसरी हात हाल्न कहाँ पाइन्छ र आइमाईको कानुन त कडा छ नि ।'

धेरैका धेरैथरी कुरा सुनेपछि मैले बुझँे, उसले आफू पीडित भएको कुरा घरघरमा भन्दै हिँडेकी रहिछे । चन्द्रेकाका र उसको भनाइमा मैले कयौँ फरक पाएँ । अनगिन्ती अमिल्दो सन्दर्भ पाएँ । जसै हिजो राति बटै बारीको छेउ कुनामा दिसा गर्न लागेकी थिई अरे, त्यहीबेला चन्द्रेकाका पछाडिबाट बिरालो चालमा आई बटैको हात च्याप्प समाते अरे, अनि भुइँमा लडाउन खोजेका थिए अरे । एकातिर बटै फुत्किन खोज्ने, अर्कोतिर चन्द्रेकाकाले जबर्जस्ती आˆनो अभिष्ट पूरा गर्न वशमा ल्याउन खोज्ने गर्दा दुवै एक-आपसमा घाइते हुन पुगेका हुन अरे र बटैले 'गुहार' मागेपछि मात्र चन्द्रेकाका बटै छोडी हुर्रिएर घर गएका हुन अरे । बटैको भनाइअनुसार ऊ माथि चन्द्रेकाकाले हातपात गर्न खोजेका रहेछन्, आˆनो यौन चाहना पूरा गर्न ।

जे होस्, घटनाले एउटा आकार लिइरहेको थियो गाउँमा । म चिया पसलमा मोहोडामा जडवत् बसिरहेको थिए । चिया पसलमा उब्जेका पक्षपाती कुराले मलाई पनि केही न केही बोलौँबोलौँ लाग्यो । मन त्यसैत्यसै कोक्याएर आयो । मैले सबैको ध्यानाकर्षण हुनेखालको भूमिकासाथ भनेँ - जहाँसम्म मलाई लाग्छ देखिजान्ने साक्षी यहाँ कोही पनि छैनाँै, सुनेको मात्र भरमा एउटाको पक्षमा बोल्नु त्यति सान्दर्भिक हुँदैन । यथार्थ अर्को हुन सक्छ । हचुवाको भरमा बोल्दा अर्कालाई हानीनोक्सानी वा आत्मसम्मानमा ठेस पुग्न सक्छ । मैले पनि सुनेको कुरा हो, अन्यथा नठान्नु होला, बटै राति चन्द्रेकाकाको टौवामा पराल चोर्न गएकी थिई अरे । चियो गरी बसिरहेका उनले पराल थुत्न लाग्दा झम्काझम्की हुँदा त्यही बेलामा नै हातपात भएको थियो अरे । कुरो बाझिएको छ, त्यसैले चन्द्रेकाकाको दोष नभई दोष बटैको पनि हुनसक्छ । चन्द्रेकाकाको पनि मुख नराम्रोसित कोतारिएको छ । मैले अघि भर्खरै देखेर आएको हुँ र दोष काकाको पनि हुनसक्छ । मेरो विचारमा प्वाकप्वाकति बोल्नुभन्दा पहिले सत्य तथ्य के हो ? बुझ्न राम्रो हुन्छ ।

'आˆनो मान्छेको पक्षमा बोल्ने त यहाँको चलन नै हो क्यारे नि । उसैमाथि हातपात हुने उसैको दोष देख्ने ? यस्तो पनि कहीँको न्याय हुन्छ ।' तत्काल एउटाले भन्यो ।

'तपाईंले मैले भनेको कसरी सुन्नु भयो, कसरी बुझ्नु भयो कुन्नि ? मेरो भनाइ सुनेको मात्र भरमा एउटाको गल्ती ठम्याउनु अनुचित हुन्छ भन्ने हो । अन्यथा तपाइर्ंको तर्क ठीक हुन पनि सक्छ ।' मैले प्रष्ट्याउँदै भनेँ ।

'ऊ बटै यतै आउँदै छ ।' अर्काले भन्यो ।

त्यो प्रसङ्ग बन्द भयो । बटै चिया पसलमा आएर फैलिएर बोल्न थाली - 'ल हेर्नोस् बाबु हो, हात टुक्राटुक्रा भएर भाँचिएको छ । हातका चुरा फुटेर हात रक्ताम्य छ । आङ्भरि नीलडाम छन्, आधा हर चल्न भएको छैन, रातभरि रोइरोई सुतेकी छु । यस्तो अन्यायमा एउटी अवला पर्दा तपाईंजस्तो युवाहरू चुप लागेर बस्नु हुँदैन ।'

'तर मैले पनि कहाँ छोड्छु र त्यसलाई, मानव भएर दानवको व्यवहार गरेको छ, त्यो पापीले ममाथि । कालले छोड्ला म त्यसलाई छोड्ने छैन ।' फतरिदै-फतरिदै ऊ बाटो लागी ।

व्यवहारतः समाजमा केही घटना घट्छन् भने पञ्चभलाद्मी जोडेर या कचहरी बसेर छलफल गर्ने, गल्ती निक्र्यौल गर्ने र विवाद निम्ट्याउने गर्छ । भन्नाले समाजले नै कसको गल्ती हो ? छानविन गर्दछ । मेलमिलाप र सद्भावको भावना हुर्काउँछ तर दोषीलाई कुनै भौतिक सजाय दिँदैन । दोषी केवल एउटा दोषीको रूपमा चिनिने तर कुनै कारवाही नहुने हुँदा कति सामाजिक निर्णय एवं सामाजिक विशेषता मन नपराउने गर्दछन् । कोही कोही त सामाजिक प्रचलनलाई गौण ठानी कानुनी प्रक्रियाको बाटो अपनाउने पनि गर्दछन् । सायद बटैले पनि यस्तै ठानेर होला प्रहरी चौकीमा उजुरी गर्न कस्सिएकी थिई ।

मलाई स्पष्टसँग थाहा छ, त्यस्तो निर्णयमा उकेरा लगाउने मान्छेहरू भित्रभित्रै प्रशस्त छन् । यद्यपि उसले आइमाईहरूको एउटा जमात बनाउन गाउँटोलमा हिँडेकी छे । हाम्रा घरमा पनि मेरी श्रीमतीसँग भनेकी थिई - 'यसको लोग्ने घरमा छैन, यसको कोही पनि छैन भनेर म आइमाईमाथि त्यो जाइलागेको होइन ? एउटी आइमाईलाई मर्का पर्दा चुपचाप लाग्न कहाँ मिल्छ र ? यो त काल पल्किएजस्तो हो, भोलि तपाईंमाथि पनि पर्न सक्छ । फेरि तपाईं त पढेलेखेकी मान्छे Û अलि धेरै कुरा बुझ्नु हुन्छ । मत तपाईंलाई चौकीसम्म जाउँ भन्न आएकी हुँ । यसरी आइमाईलाई पर्दा आइमाई जुटिएन भने त लोग्नेमान्छेले सधैँ तल पार्छन् क्यारे नि ।'

मेरी श्रीमतीले उसको प्रस्ताव स्वीकार्न सकेकी थिइन । कारण म त्यहीँ थिएँ । उसले अनुहारमा पुलुक्क हेरी । सायद बटैलाई दिने प्रतिक्रिया खोजी । तब मलाई चित्त नबुझेको कुरा बटैतिर फर्केर भनँे - 'हुन त म पनि एउटा लोग्नेमान्छे परेँ । यसबखत तपाइर्ं लोग्नेमान्छे नभई आइमाई बटुल्दै हिँड्नुभएको छ । त्यसैले मेरो कुरा चित्त नबुझ्न सक्छ । तैपनि भन्नुपर्दा झगडा तपाइर्ं र चन्द्रेकाकाबीच भएको हो । लोग्नेमान्छे र आइमाईबीच भएको होइन । साँच्चिकै तपाईं पीडित हुनुहुन्छ भने हामी सबै तपाईंलाई सहयोग गर्दछाँै र गर्नु पनि पर्दछ । यसरी वर्ग छुट्याएर आइमाईको मात्र सहयोग लिई प्रहरी चौकीमा जानु जायज होइन । अर्को कुरा आजसम्म चलिआएको चलन, एकपटक पञ्चभलाद्मी जोड्नुहोस् । समाज भनेको समाज हो । चाहेर पनि समाजलाई लत्याई हिँड्न सक्दैनौँ । आखिर जहाँ गए पनि यहीको मान्छे चाहिन्छ । मान्नोस् यदि भोलि तपाईंको यो घटना मुद्दा मामिलामा परिणत भयो भने पनि साक्षीको रूपमा यहीँको मान्छे बकाउनु पर्ने हुन्छ । त्यसैले राम्ररी सोच्नुहोस् । फेरि फलानोले यसो भन्यो भनेर रिसाउन पाउनुहुन्न नि ।'

'तपाईंको कुरा के हुन् के हुन् ? बाबु' यति भनेर मलाई नराम्ररी हेरिन् । मेरो भनाइको आशय उनले बुझिन् कि बुझिनन् तर अवश्य पनि उनले मेरो कुरा तीतो महसुस गरेको अड्कल मैले गरेँ । सायद उनले मलाई चन्द्रेकाकाको मान्छे ठानिन् कि ? मलाई मनमा चिसो पस्यो ।

केही समयपछि सहर जाने बाटोमा आइमाईको लर्को देखियो । सम्भवतः त्यो लर्को चौकीतर्फ जान लागेको जस्तो लाग्दथ्यो मलाई । अनि यस्तो लाग्थ्यो कि कुनै शुभकाममा पनि नहिँड्ने आइमाई आज त्यहाँ सामेल भएका थिए, फुर्सदिला भएर हिँडेका थिए । अगाडि अगाडि बटै हिँडेकी थिई, पछाडि माता बूढी थिइन् । बीचमा ३०-३५ जना आइमाईहरू । मानौँ, सबैको मनमा पुरुषविरुद्धको नकरात्मक धारणा प्रज्ज्वलित भइरहेको थियो । एउटा सङ्गठित धारणा सूत्रवद्ध हुनुपर्छ भन्ने संस्थागत मान्यता सबैको मन मगजमा रङ्गमङ्गिएको थियो । तर त्यस्तो सोच केका लागि ? मेरो मनमा अस्पष्ट प्रश्नले उत्तर खोज्दथ्यो ।

परन्तु तिनीहरू पुरुषविरुद्ध एक किसिमको नाजायज सङ्गठनमा आबद्ध भइरहेका थिए । सम्पूर्ण पुरुष जातिलाई एउटै कित्तामा राखेर मूल्याङ्कन गरिरहेका थिए । साथसाथै एउटा जातीय कमजोरी प्रस्तुत गरिरहेका थिए । जसले नारी जातिको कहिल्यै आत्मउन्नति हँुदैन, कहिल्यै हित हुँदैन ।

फेरि मैले भन्न खोजेको यो होइन कि चन्द्रेकाका निर्दोष छन्, दोष जति बटैको छ । मेरो भनाइको मतलव यो हो कि गल्ती बटै या चन्द्रेकाकाबाट होस्, गल्ती गर्ने मान्छे उही मात्र हो, त्यसमा साम्प्रदायिक रङ दिनु हँुदैन । अर्थात् बटैले गल्ती गरे बटै मात्र सरोकार र कसुरदार ठान्नुपर्दछ । चन्द्रेकाकाले गल्ती गरे चन्द्रेकाकालाई मात्र । आइमाई या लोग्ने मान्छे भन्नु एउटा विकृति हो । एउटा मानसिक दुर्वलता हो, मेरो मनको ठम्याई थियो ।

समाजमा सचेत भनाउँदा नारीपुरुष दुुवै विरोधी धार बनाएर हिँड्न थाले भने समाजको अस्तित्व कता ढल्किएला ? के महिलाको जीवनस्तरमा विकास पुरुषको विरोध गर्दैमा हुनसक्छ ? मलाई समीक्षा गर्न मन लाग्यो ।

यद्यपि बटैजस्ता अशिक्षितको के कुरा गर्नु ? बौद्धिकताभित्र समेटिएका आइमाई पनि पुरुषप्रति नकारात्मक बनेका छन्, फरक यति हो । तिनीहरूको विरोध र पूर्वाग्रही भावना व्यक्त गर्ने शैली सैद्धान्तिक हुन्छ । अनि व्याख्या गर्दा लैङ्गिक धारणाअन्तर्गतका विभिन्न शीर्षकमा रहेर गर्दछन् । आफूले उठाएका आवाजलाई आकासजत्तिकै फराकिलोपन दिन्छन् । यस मानेमा मलाई अझ अचम्म लाग्छ कि नेपालको मूल कानुन संविधानमा नै समानताको उल्लेख गरिएको छ भने किन महिलाहरू पुरुष विरुद्ध अर्थात् जातीय उत्पीडनका नारा लगाउँछन् ? व्यावहारिकतामा उतार्न नसक्नु त आˆनै कमजोरी हो नि Û

साच्चै भन्नुपर्दा जबसम्म महिलालाई व्यावहारिक चेतनाले चिमोट्दैन, तबसम्म महिलाहरू पुरुषभन्दा निरीह, निर्धो भएको स्वानुभूति हुन्छ । त्यसैले महिलाहरू पुरुषविरुद्ध होइन चेतना प्राप्तिको लागि लड्न अग्रसर हुनुपर्छ । ताकि हिनताको जालोमा लर्खरिएको महिलापन अलग्याएर बाँच्न सकियोस् ।

त्यसरी म मानसिकरूपमा फतरिँदै थिए, बटैसहित आइमाईको जत्थाको लर्को मेरा आँखामा कुनै घुर्माइलो दृश्य बनेर ।

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px