घडी त हेरिनँ तर रातको त्यस्तै ११ बजेको हुँदो हो । 'गुहार गुहार' आवाज रातको सन्नाटा चिर्दै आयो र मेरो कानमा ठ्याक्क ठोक्कियो । म ओछ्यानबाट उठेँ । हतपत ढोका खोलेर बाहिर निस्के । आमा बा पनि बाहिर आउनु भयो । आवाज आइमाईको थियो । तल्लागाउँबाट आएको थियो तर कुन चाहिँ आइमाई को हो, ठम्याउन सकिएन ।
त्यतिबेला आमाले अनुमान गर्नु भयो - 'बटै बलेको स्वर हो कि Û तर कसैले किटानी गर्न सकेनन् । उसो त भन्न सक्नेगरी स्वरमा स्पष्टता पनि थिएन ।
'गुहार माग्नेलाई मद्दत गर्नुपर्छ, या त गुहार दिनुपर्छ ।' यो मानवीयपन हो, घरगाउँको एउटा असली धर्म पनि । परिस्थिति बिग्रदा कसको थाप्लोमा अनिष्ट बज्रपात हुन्छ, कसले भन्न
सक्छ ? एउटालाई पर्दा अर्कोले विघ्नवाधा र अड्चन फुकाउन सहयोग नगर्ने हो भने आफूलाई सामाजिक प्राणी हुँ भनेर गर्व गर्नुको के अर्थ रहृयो र ? गुहार दिनु त पर्छ, मेरो एउटा मनले मलाई बेस्कनी घच्घच्चिएँ । अनि मेरो मन घच्घच्चियो ।
अर्को मन भने त्यसको विरुद्धमा रहृयो र मलाई एक पाइला डेग चल्न दिएन । सोेचेँ, रातको झगडा जे जस्तोखालको पनि हुुनसक्छ । जँड्याहाको कारणले हुन सक्छ । सहयोग गर्ने स्वच्छ मनसायले जाँदा त्यहाँ दुष्परिणामको शिकार भइयो भने ? किन नदुखेको टाउको डोरी बाँधेर दुखाउनु ?
स्वभावतः जीवित आत्ममा उब्जने द्वन्द्वात्मक तर्क मभित्र पनि उब्जन्छन् । अर्थात् जुम्ल्याहा विचार मनभित्र एकैचोटि जन्मन्छन् । तिनै विचारको खिचातानीमा म तानातान भएजस्तो लाग्छ । मानौँ, बाख्राको पाठो एकातिर बाघले तानेको छ, अर्कोतिर गोठालाले । अन्ततः अरूको ज्यान जोगाउँदा आफू किन अप्ठेरोमा पर्नुजस्तो लाग्यो । अरूको भन्दा आˆनो ज्यान प्यारो लाग्ने असहयोगी पक्षले मलाई पछार्यो । 'भोलि थाहा हुन्छ, को-कसको झगडा भएको रहेछ, गुहार कसले मागेको रहेछ ? बुबाले भन्नुभयो । हामी सबै जना घरभित्र पस्यौँ । म एउटा मोटो खुलदुली बोकेर सुतँे । त्यसैमाथि निदाएँ ।
भोलिपल्ट मैले ओछ्यान नछोड्दै आमाले पँधेराबाट पानी ल्याइसक्नुभएको रहेछ । उहाँले सुनाउनु भयो - 'झगडा चन्द्रे र बटैबीच भएको रहेछ, बटैको हात भाँचिएको छ अरे । चन्द्रेको अनुहार कोतरिएको छ अरे, मलाई पँधेरामा मैनाले भन्थी ।'
नयाँ घटनाको खबर सम्प्रेषण पँधेराबाट हुन्छ, या त चिया पसलबाट । केही कुरा थपिन सक्छन् । केही कुरा नसमेटिएका हुन सक्छन् । त्यस दिनको घटनाको बयानको उद्घाटन पँधेराबाट भयो ।
बटैको चोर बानीको बारेमा भकभके -खास नाम चन्द्र्रवीर हो), भकभकाउने हुँदा कसैले भकभके भन्छन्, कसैले चन्द्रे भन्छन् । काकाले एकपटक गाइँगुइँ कुरा भनेका थिए - 'त्यो बटै ख्यालकी चोर्नी छे बाबु Û यसो आँखा झिमिक्क झिम्क्याउनै हुन्न, कहिले डाले घाँस चोरेर सखाप, कहिले तरकारी । चोर्नेका हजार दाउ भन्छन्, कुन चट चोर्छे, कुन चट । अनि खरबारीको घाँससमेत चोर्न बाँकी राखेकी छैन । के गर्ने खोई .......... ? छिमेकी अगतिला भएपछि साह्रै नोक्सान व्यहोर्नु पर्दोरहेछ । गर्न त अति नै गरेकी छे, कुन दिन थलामा फेला पारँे भने मैले बाँकी राख्दिन ।'
मलाई लाग्यो, हिजो चन्द्रेकाकाले रङ्गेहात पक्डेछन् र पहिलेदेखि कट्कटिएको रिसइवी साँध्ने मौका पाएछन् । लाटो रिस भएका मान्छे गुहारै माग्नेसम्म पारेछन्, बटैलाई । कस्तो हालत भयो होला ? चन्द्रेका काकाका घनजस्ता हात पाखुराले हान्दा, म घटनाबारे थप कुरा जान्न चाहन्थे ।
केही क्षणपछि हतारहतार काका आइपुगे र बालाई घटना विवरण भकभके भाषामा सुनाए । यस भेकमा गन्नेमान्ने व्यक्तिका रूपमा परिचित बाको गाउँसमाजमा पृथक अस्तित्व र महìव थियो । कसै कहाँ केही घटना घट्यो या कोही सन्धिसर्पनमा पर्यो भने सबैले उहाँलाई सम्झन्थे, सम्झन्छन् ।
मैले सुनेअनुसार टौवाको पराल चोरी भएको शङ्का पहिल्यैदेखि नै लागेको रहेछ । किन कि नथुतेको पाटो दिनानुदिन खस्कदै गएको उनले देखेछन् । 'पराल चोर्ने बटैबाहेक अरू कोही हुन सक्दैन ? उनलाई लागे पनि सवुत प्रमाण केही थिएन । न त उनले देखेका थिए । न त उनीसँग देखिजान्ने साक्षी थिए । एकदिन भने झिनोमसिनो प्रमाण फेला पारेछन् । त्यो के भने उनको टौवाबाट थुतिएको परालका तान्द्राबीच बारीसम्म चुहिएको र बटैको नापका पाइला बारीमा भेटिएको थियो अरे । चौपायाका डोब कतै नहुनाले वस्तुभाउले पराल खाएको अड्कलसम्म गर्न सकिँदैनथ्यो अरे । त्यसैले काकालाई लागेछ, कुन चट चोर्नी रहिछे ? अनि चियो गर्न थालेछन् दुई दिनसम्म लिचीको बोटको छेल पारी राति अबेरसम्म बसेछन् तर फेला पर्न सकिन्छ । हिजो पनि चियो गरी त्यही ठाउँमा बसेका थिए अरे । ११ बजे राति लर्खरलर्खर आएर टौवाको पराल अलि माथि चढेर थुत्न लागेकी मात्र के थिई अरे, त्यति नै बेला काकाले पछाडिबाट न्वारनदेखिको बल प्रयोग गरी बजाएछन् । तब बटै 'गुहारगुहार भन्दै चिच्याउन थालेकी रहिछे ।
बा र काका अझ कुरा गर्दै थिए । बटैको विदित आचरण केलाउँदै थिए । म चिया पसलतिर लागे । त्यहाँ पनि तिनै कुरा चलिरहेका थिए बेलाको बोलीझैँ । जहाँ कुरा चल्छ, त्यहाँ पक्ष र विपक्ष स्वतःस्फूर्त देखापर्छन् । सबैले आ-आˆनो तर्क सवल पार्ने प्रयास हरतरहबाट गर्छन् । अझ स्पष्टभन्दा यहाँको समाज अनुहार हेरेर पक्ष लाउने चलन छ । मानौँ जन्तीबाख्रोमा अनुहार हेरेर डाडु थपघट गरेझैँ ।
अर्को कुरा झगडीया पक्षहरू पनि कुन हाम्रो मान्छे हो ? कुन अर्काको ? जस्तो अनुचित मापदण्डमा आफू व्यक्त हुन्छन्, व्यावहारिकतामा प्रकट हुन्छन् ।
मलाई लाग्छ, व्यक्ति होइन विषयलाई महìव दिनुपर्छ, गल्ती गर्ने मान्छे चाहे त्यो आˆनै निकटतम् किन नहोस्, त्यसलाई समर्थन र आश्रय दिनु हुन्न, सही समयमा सही विवेकको प्रयोग गर्नु पर्दछ । हुन त मैले त्यस्तो मान्यता लिएर व्यवहार गर्दा कति ठाउँमा धोका अनुभव गरेको छु । आफन्तलाई शत्रुमा परिणत गरेको छु । मलाई अफसोच कत्ति छैन । आजकल मलाई लाग्न थालेको छ कि सत्य भनेको आखिर सत्य हो, असत्यलाई साथ दिँदा प्राप्त आनन्द क्षणिकभन्दा लामो समय टिक्न सक्दैन ।
यद्यपि चिया पसलमा विभिन्न तवरले मान्छेहरू बोलिरहेका थिए । आइमाई भएर हो या त उसलाई चोट लागेर हो, धेरै जना बटैको पक्षका तर्क बोलिरहेका थिए ।
'पहिलेदेखिको घिनलाग्दो र घटिया मान्छे हो । अब फेला पर्ने भयो, ज्यान जाला अब बटैले छोड्ने छैन ।'
-'कुरो अलि राम्ररी थाहा पाएको त छैन तर एउटी आइमाईमाथि त्यसरी जाइलाग्नु हँुदैनथ्यो । लौ त भनौँ भने गाँठे, आइमाईलाई त छोए पनि चर्को कानुन लाग्ने जात हो, अब क्यारेर उम्केला खोइ चन्द्रे Û बटैको चङ्गुलबाट ।'
-'त्यही त म भन्दै छु, मलाई चन्द्रेको नियत अलिकति पनि राम्रो लागेन । छिः छिः कहीं त्यस्तो व्यवहार पनि गर्नु । एउटी आइमाई कुन बेला दिसापिसाव गर्न बस्छे र हातपात गरौँला भनेर यस्तो जाडोमा ढुकी पनि कोही मान्छे बस्छन् ? कस्तोकस्तो इज्जत फाल्यो है, त्यसले । अब के गरी अनुहार देखाउला खोई, समाजमा । 'एउटा बिराउँछ, शाखा पिराउँछ' भन्छन् ।'
-'थाहा रहेनछ क्या हो, त्यस बजियालाई ? आइमाईलाई हातपात गर्यो भने लोग्ने मान्छे नाङ्गिन्छ भन्ने । आफू त त्यति अनपढ होइन, उही बेला छ कक्षा पढेको हो ।'
-'त्यति राम्ररी बुढी घरमा थिँदै थिई, कस्तो शुद्धी बिगारेर मोरो बटैका पछि लाग्यो होला । के सोच्यो होला ? आइमाईलाई त्यसरी हात हाल्न कहाँ पाइन्छ र आइमाईको कानुन त कडा छ नि ।'
धेरैका धेरैथरी कुरा सुनेपछि मैले बुझँे, उसले आफू पीडित भएको कुरा घरघरमा भन्दै हिँडेकी रहिछे । चन्द्रेकाका र उसको भनाइमा मैले कयौँ फरक पाएँ । अनगिन्ती अमिल्दो सन्दर्भ पाएँ । जसै हिजो राति बटै बारीको छेउ कुनामा दिसा गर्न लागेकी थिई अरे, त्यहीबेला चन्द्रेकाका पछाडिबाट बिरालो चालमा आई बटैको हात च्याप्प समाते अरे, अनि भुइँमा लडाउन खोजेका थिए अरे । एकातिर बटै फुत्किन खोज्ने, अर्कोतिर चन्द्रेकाकाले जबर्जस्ती आˆनो अभिष्ट पूरा गर्न वशमा ल्याउन खोज्ने गर्दा दुवै एक-आपसमा घाइते हुन पुगेका हुन अरे र बटैले 'गुहार' मागेपछि मात्र चन्द्रेकाका बटै छोडी हुर्रिएर घर गएका हुन अरे । बटैको भनाइअनुसार ऊ माथि चन्द्रेकाकाले हातपात गर्न खोजेका रहेछन्, आˆनो यौन चाहना पूरा गर्न ।
जे होस्, घटनाले एउटा आकार लिइरहेको थियो गाउँमा । म चिया पसलमा मोहोडामा जडवत् बसिरहेको थिए । चिया पसलमा उब्जेका पक्षपाती कुराले मलाई पनि केही न केही बोलौँबोलौँ लाग्यो । मन त्यसैत्यसै कोक्याएर आयो । मैले सबैको ध्यानाकर्षण हुनेखालको भूमिकासाथ भनेँ - जहाँसम्म मलाई लाग्छ देखिजान्ने साक्षी यहाँ कोही पनि छैनाँै, सुनेको मात्र भरमा एउटाको पक्षमा बोल्नु त्यति सान्दर्भिक हुँदैन । यथार्थ अर्को हुन सक्छ । हचुवाको भरमा बोल्दा अर्कालाई हानीनोक्सानी वा आत्मसम्मानमा ठेस पुग्न सक्छ । मैले पनि सुनेको कुरा हो, अन्यथा नठान्नु होला, बटै राति चन्द्रेकाकाको टौवामा पराल चोर्न गएकी थिई अरे । चियो गरी बसिरहेका उनले पराल थुत्न लाग्दा झम्काझम्की हुँदा त्यही बेलामा नै हातपात भएको थियो अरे । कुरो बाझिएको छ, त्यसैले चन्द्रेकाकाको दोष नभई दोष बटैको पनि हुनसक्छ । चन्द्रेकाकाको पनि मुख नराम्रोसित कोतारिएको छ । मैले अघि भर्खरै देखेर आएको हुँ र दोष काकाको पनि हुनसक्छ । मेरो विचारमा प्वाकप्वाकति बोल्नुभन्दा पहिले सत्य तथ्य के हो ? बुझ्न राम्रो हुन्छ ।
'आˆनो मान्छेको पक्षमा बोल्ने त यहाँको चलन नै हो क्यारे नि । उसैमाथि हातपात हुने उसैको दोष देख्ने ? यस्तो पनि कहीँको न्याय हुन्छ ।' तत्काल एउटाले भन्यो ।
'तपाईंले मैले भनेको कसरी सुन्नु भयो, कसरी बुझ्नु भयो कुन्नि ? मेरो भनाइ सुनेको मात्र भरमा एउटाको गल्ती ठम्याउनु अनुचित हुन्छ भन्ने हो । अन्यथा तपाइर्ंको तर्क ठीक हुन पनि सक्छ ।' मैले प्रष्ट्याउँदै भनेँ ।
'ऊ बटै यतै आउँदै छ ।' अर्काले भन्यो ।
त्यो प्रसङ्ग बन्द भयो । बटै चिया पसलमा आएर फैलिएर बोल्न थाली - 'ल हेर्नोस् बाबु हो, हात टुक्राटुक्रा भएर भाँचिएको छ । हातका चुरा फुटेर हात रक्ताम्य छ । आङ्भरि नीलडाम छन्, आधा हर चल्न भएको छैन, रातभरि रोइरोई सुतेकी छु । यस्तो अन्यायमा एउटी अवला पर्दा तपाईंजस्तो युवाहरू चुप लागेर बस्नु हुँदैन ।'
'तर मैले पनि कहाँ छोड्छु र त्यसलाई, मानव भएर दानवको व्यवहार गरेको छ, त्यो पापीले ममाथि । कालले छोड्ला म त्यसलाई छोड्ने छैन ।' फतरिदै-फतरिदै ऊ बाटो लागी ।
व्यवहारतः समाजमा केही घटना घट्छन् भने पञ्चभलाद्मी जोडेर या कचहरी बसेर छलफल गर्ने, गल्ती निक्र्यौल गर्ने र विवाद निम्ट्याउने गर्छ । भन्नाले समाजले नै कसको गल्ती हो ? छानविन गर्दछ । मेलमिलाप र सद्भावको भावना हुर्काउँछ तर दोषीलाई कुनै भौतिक सजाय दिँदैन । दोषी केवल एउटा दोषीको रूपमा चिनिने तर कुनै कारवाही नहुने हुँदा कति सामाजिक निर्णय एवं सामाजिक विशेषता मन नपराउने गर्दछन् । कोही कोही त सामाजिक प्रचलनलाई गौण ठानी कानुनी प्रक्रियाको बाटो अपनाउने पनि गर्दछन् । सायद बटैले पनि यस्तै ठानेर होला प्रहरी चौकीमा उजुरी गर्न कस्सिएकी थिई ।
मलाई स्पष्टसँग थाहा छ, त्यस्तो निर्णयमा उकेरा लगाउने मान्छेहरू भित्रभित्रै प्रशस्त छन् । यद्यपि उसले आइमाईहरूको एउटा जमात बनाउन गाउँटोलमा हिँडेकी छे । हाम्रा घरमा पनि मेरी श्रीमतीसँग भनेकी थिई - 'यसको लोग्ने घरमा छैन, यसको कोही पनि छैन भनेर म आइमाईमाथि त्यो जाइलागेको होइन ? एउटी आइमाईलाई मर्का पर्दा चुपचाप लाग्न कहाँ मिल्छ र ? यो त काल पल्किएजस्तो हो, भोलि तपाईंमाथि पनि पर्न सक्छ । फेरि तपाईं त पढेलेखेकी मान्छे Û अलि धेरै कुरा बुझ्नु हुन्छ । मत तपाईंलाई चौकीसम्म जाउँ भन्न आएकी हुँ । यसरी आइमाईलाई पर्दा आइमाई जुटिएन भने त लोग्नेमान्छेले सधैँ तल पार्छन् क्यारे नि ।'
मेरी श्रीमतीले उसको प्रस्ताव स्वीकार्न सकेकी थिइन । कारण म त्यहीँ थिएँ । उसले अनुहारमा पुलुक्क हेरी । सायद बटैलाई दिने प्रतिक्रिया खोजी । तब मलाई चित्त नबुझेको कुरा बटैतिर फर्केर भनँे - 'हुन त म पनि एउटा लोग्नेमान्छे परेँ । यसबखत तपाइर्ं लोग्नेमान्छे नभई आइमाई बटुल्दै हिँड्नुभएको छ । त्यसैले मेरो कुरा चित्त नबुझ्न सक्छ । तैपनि भन्नुपर्दा झगडा तपाइर्ं र चन्द्रेकाकाबीच भएको हो । लोग्नेमान्छे र आइमाईबीच भएको होइन । साँच्चिकै तपाईं पीडित हुनुहुन्छ भने हामी सबै तपाईंलाई सहयोग गर्दछाँै र गर्नु पनि पर्दछ । यसरी वर्ग छुट्याएर आइमाईको मात्र सहयोग लिई प्रहरी चौकीमा जानु जायज होइन । अर्को कुरा आजसम्म चलिआएको चलन, एकपटक पञ्चभलाद्मी जोड्नुहोस् । समाज भनेको समाज हो । चाहेर पनि समाजलाई लत्याई हिँड्न सक्दैनौँ । आखिर जहाँ गए पनि यहीको मान्छे चाहिन्छ । मान्नोस् यदि भोलि तपाईंको यो घटना मुद्दा मामिलामा परिणत भयो भने पनि साक्षीको रूपमा यहीँको मान्छे बकाउनु पर्ने हुन्छ । त्यसैले राम्ररी सोच्नुहोस् । फेरि फलानोले यसो भन्यो भनेर रिसाउन पाउनुहुन्न नि ।'
'तपाईंको कुरा के हुन् के हुन् ? बाबु' यति भनेर मलाई नराम्ररी हेरिन् । मेरो भनाइको आशय उनले बुझिन् कि बुझिनन् तर अवश्य पनि उनले मेरो कुरा तीतो महसुस गरेको अड्कल मैले गरेँ । सायद उनले मलाई चन्द्रेकाकाको मान्छे ठानिन् कि ? मलाई मनमा चिसो पस्यो ।
केही समयपछि सहर जाने बाटोमा आइमाईको लर्को देखियो । सम्भवतः त्यो लर्को चौकीतर्फ जान लागेको जस्तो लाग्दथ्यो मलाई । अनि यस्तो लाग्थ्यो कि कुनै शुभकाममा पनि नहिँड्ने आइमाई आज त्यहाँ सामेल भएका थिए, फुर्सदिला भएर हिँडेका थिए । अगाडि अगाडि बटै हिँडेकी थिई, पछाडि माता बूढी थिइन् । बीचमा ३०-३५ जना आइमाईहरू । मानौँ, सबैको मनमा पुरुषविरुद्धको नकरात्मक धारणा प्रज्ज्वलित भइरहेको थियो । एउटा सङ्गठित धारणा सूत्रवद्ध हुनुपर्छ भन्ने संस्थागत मान्यता सबैको मन मगजमा रङ्गमङ्गिएको थियो । तर त्यस्तो सोच केका लागि ? मेरो मनमा अस्पष्ट प्रश्नले उत्तर खोज्दथ्यो ।
परन्तु तिनीहरू पुरुषविरुद्ध एक किसिमको नाजायज सङ्गठनमा आबद्ध भइरहेका थिए । सम्पूर्ण पुरुष जातिलाई एउटै कित्तामा राखेर मूल्याङ्कन गरिरहेका थिए । साथसाथै एउटा जातीय कमजोरी प्रस्तुत गरिरहेका थिए । जसले नारी जातिको कहिल्यै आत्मउन्नति हँुदैन, कहिल्यै हित हुँदैन ।
फेरि मैले भन्न खोजेको यो होइन कि चन्द्रेकाका निर्दोष छन्, दोष जति बटैको छ । मेरो भनाइको मतलव यो हो कि गल्ती बटै या चन्द्रेकाकाबाट होस्, गल्ती गर्ने मान्छे उही मात्र हो, त्यसमा साम्प्रदायिक रङ दिनु हँुदैन । अर्थात् बटैले गल्ती गरे बटै मात्र सरोकार र कसुरदार ठान्नुपर्दछ । चन्द्रेकाकाले गल्ती गरे चन्द्रेकाकालाई मात्र । आइमाई या लोग्ने मान्छे भन्नु एउटा विकृति हो । एउटा मानसिक दुर्वलता हो, मेरो मनको ठम्याई थियो ।
समाजमा सचेत भनाउँदा नारीपुरुष दुुवै विरोधी धार बनाएर हिँड्न थाले भने समाजको अस्तित्व कता ढल्किएला ? के महिलाको जीवनस्तरमा विकास पुरुषको विरोध गर्दैमा हुनसक्छ ? मलाई समीक्षा गर्न मन लाग्यो ।
यद्यपि बटैजस्ता अशिक्षितको के कुरा गर्नु ? बौद्धिकताभित्र समेटिएका आइमाई पनि पुरुषप्रति नकारात्मक बनेका छन्, फरक यति हो । तिनीहरूको विरोध र पूर्वाग्रही भावना व्यक्त गर्ने शैली सैद्धान्तिक हुन्छ । अनि व्याख्या गर्दा लैङ्गिक धारणाअन्तर्गतका विभिन्न शीर्षकमा रहेर गर्दछन् । आफूले उठाएका आवाजलाई आकासजत्तिकै फराकिलोपन दिन्छन् । यस मानेमा मलाई अझ अचम्म लाग्छ कि नेपालको मूल कानुन संविधानमा नै समानताको उल्लेख गरिएको छ भने किन महिलाहरू पुरुष विरुद्ध अर्थात् जातीय उत्पीडनका नारा लगाउँछन् ? व्यावहारिकतामा उतार्न नसक्नु त आˆनै कमजोरी हो नि Û
साच्चै भन्नुपर्दा जबसम्म महिलालाई व्यावहारिक चेतनाले चिमोट्दैन, तबसम्म महिलाहरू पुरुषभन्दा निरीह, निर्धो भएको स्वानुभूति हुन्छ । त्यसैले महिलाहरू पुरुषविरुद्ध होइन चेतना प्राप्तिको लागि लड्न अग्रसर हुनुपर्छ । ताकि हिनताको जालोमा लर्खरिएको महिलापन अलग्याएर बाँच्न सकियोस् ।
त्यसरी म मानसिकरूपमा फतरिँदै थिए, बटैसहित आइमाईको जत्थाको लर्को मेरा आँखामा कुनै घुर्माइलो दृश्य बनेर ।