मधुपर्क जेठ, २०६९
 
एडिक्टरः म कि साहित्य ?
- सुरेश प्राञ्जली
 

पि्रय शङ्कर लामिछाने,

म तिम्रो लेखनबाट किन यसरी प्रभावित भएँ, मसँग उत्तर छैन । तिमी 'स्यामुअल हन्टिङटन' र 'कार्ल पोल्यानी' भन्दा पनि धेरै माथि छौं । हेर न शङ्कर, जीवन स्वःरˆतारमा हिँडिरहेको छ । गएको माघ १० मा तिम्रो ३६ औंँ पुण्यतिथिमा एक राष्ट्रिय अखबारमा तिम्राबारे लेखेँ, थोरै भए पनि र आजका 'लेखक'लाई तिम्राबारे थप अलिकति भनेँ । तिमी छैनौं, आज । जिउनुको अर्थवोध कत्ति छैन ममा Û जीवनका मेरा स्थूलपदचापहरू कुनै एउटा एडिक्सनको 'बाउन्डरी' भित्र निर्ममतापूर्वक कैद गराइए भने, म यो भन्न पनि सक्छु कि-म कुनै एडिक्टर होइन Û 'एडिक्टर' तर अपसोच Û सोच्नेहरू-जे सोँचुन, मेरो नै सोंच सोचिदेऊ पनि म भन्दिनँ । जो, म यहाँ भनिरहेछु -एउटा पृथक एडिक्सन Û ) जसको विम्ब म जबरजस्ती अक्षरका 'पेरिकार्डियम'हरू भित्र कोचारिरहेछु ।

डिप्रेस गराउला । शुष्कताहरू निम्ताउला Û कोही बोलोस् मृत्यु निचोरेर 'साहित्य' एडिक्टर हुनै सक्दैन भनेर । त्यो बेला प्रत्यक्ष मेरो एडिक्सनका प्रुफहरू पोखिदिनेछु । सडक Û एडिक्टर हुन सक्दैन ।

पहाड Û

गगनचुम्बी घरहरू Û

के कोही - एडिक्टर हुनै नसक्ने -?)

० ०

प्रयोगशाला । जहाँ म, प|mग डाइसेक्सन -ब्रेन एक्सपोज) गरेर अध्ययन गरिरहेको हुन्छु, त्यो बेला सायद म प|mगको एडिक्ट भने अवश्य गरिरहेको हुन्छु कि -?) 'रेडियो एक्टिभिटिज्म्' अनुरूप कुनै फोसिलको अन्वेषण गरिरहँदा, के त्यो बेला त्यसको एडिक्सन हँुदैन र -?) Û

शङ्कर, जीवनको 'टाइट्रेसन'मा, भोगाइ भन्ने एउटा तìवको सोलुसनलाई डेसिकेटरमा राखेर, -जसलाई डेसिनर्मल सोलुसन सपोज गरियोस् Û) फिनेलोफ्याथलिनका थोपाहरू मिसायौं भने, निकाल्न सक्छौ र सहज रूपमा)- 'न्युट्रल पोइन्ट Û'

'स्ट्रेन्थ । अनि, ' जीवनको नर्मालिटी । असलमा, निबन्ध लेख्न बसेको होइन म Û भर्खर, ल्यावबाट प्रस्तिथ छु - 'टाइट्रेसन' सकाएर Û तर होइन जीवनको, केवल Û सोडिएम कार्बोनेट सोलुसनको Û किन-किन यतिबेला यो जीवनको 'टाइट्रेसन' गर्न मन लागिरहेछ, Û तर, सम्भव होला-कसरी -?) थिअरीटिकल्ली -?) या, प्राक्टिकल्ली, -?) पि्रय शङ्कर, यतिखेर प्रोफेसर एम.एन. झा को खुम्चिएको अनुहार Û काँचका बिकरहरू Û डेसिकेटर Û र, मलाई अफसांेच लागिरहेछ, कारण, उहाँले मलाई जीवन - टाइट्रेसनको पद्धति सिकाउनु भएन Û

त्यहाँबाट आफूलाई निकालेपछि चर्चको बाटो हुँदै, कोठासम्म पुर्‍याएँ, स्वयम्लाई, घिसारेरै भए पनि Û

अँ, चर्च Û एउटा क्रिश्चियन साथीको 'म्यारिज सेरेमनी' मा, उसको निम्ताको कदर गर्दै पुगेको थिएँ त्यहाँ Û एउटा, फरक 'स्टाइल' जो मेरा सम्झनाहरूमा यद्यपि बसिरहेछन् Û भनें नि माथि, मैले-'एउटा क्रिश्चियन साथ ।' किन भन्नु पर्ने है त्यसो -?) हिन्दू भनेको भए पनि त हुने, वा मुसलमान भनेको भए, वा बौद्धिस्ट नै भनेको भए, -वा.............Û) के यी माथि भनेका चिज पनि वर्गीय हुन्छ र ? कि निर्माण गरेका हुन ईश्वरले ? वा, येशु, बुद्ध, मोहम्मद ..... कसले -?)

मान्छेले बनाएका कुनै पनि चिज मान्दिनँ, म । अकारण या सकारण जेहोस् । म मान्छे नै होइन ईश्वर पनि होइन, म । अमान्छे पनि हेाइन । एउटा इमेज हुँ, त्यो पनि यस पृथ्वीको होइन । र होइन कुनै ग्रहको पनि । एस्टिरोइड्स, कमेट्स, कसैको पनि Û सूर्यको पनि होइन Û

केवल Û एउटा अयोनिज साहित्यको । -जो जन्मिएकै छैन, जन्माइएकै छैन Û ) र, जन्माइने पनि छैन, कहीँ-कतै ।

यसो भनौं अझ Û केवल, मेरो इमेज एउटा भ्रान्तीवत् तत्व हो । यसैबाट म चालित छु । यहाँका अक्षरहरू ः शब्दहरू मेरो एडिक्ट गरिरहेछन् - स्वयम् साहित्य नै मेरो इमेजको एडिक्ट गरिरहेछ Û लेख्दैछु - लेख्दा-लेख्दै के भयो यो, थाहा छैन । निबन्ध नै भयो, या जस्तै भयो । असलमा, हुनुपर्ने त अर्को चिज हो -जुन स्वयम्लाई नै थाहा छैन Û) ।

साहित्य- म यो शब्द नै बुझि्दनँ Û

जान्दिनँ Û र, लेख्दिनँ पनि Û

खासमा, साहित्य अपसोच हो । आज जीवनको अन्तिम विन्दुमा आएर - म 'रिअलाइज' गर्दैछु । त्यो अपसोचको पनि अपसोच Û जीवनको स्वयम्को एउटा 'अटिप्मिस्टिक' तìव हो र यो पनि हो, एउटा 'थिअरी' भोगाइहरूको । संसारमा, यदि त्यस्तो तुच्छकर वस्तु छ भने यही एउटा साहित्य हो ।

सहपाठिनीले एकपटक भनेकी थिई कक्षा- शब्दशः 'साहित्य लेख्नेहरू पागल हुन्छन् ।'

उनले भनेका कैयन् शब्दहरूमध्ये मलाई यो अंश 'पागल' खुव मन पर्‍यो Û र, मन लागिरहेछ -देहोर्‍याऊँ, तेहेर्‍याऊँ......। त्यसो त, उसले लेख्नेहरू पागल भेटी या लेखाइमा ? -त्यो टाउको दुखाइको विषय भएन Û)

किन -?) समयको अर्को -इतर) घुम्तीमा ऊ मेरो निकटतम् वस्तु हो । -जसको बीच कुनै स्पेस नै छैन । मानांै एकै तìवका दुईर् रेस्पेक्टिभ इलेक्ट्रोनहरू हौं हामी Û)

एउटी बहिनी सरह Û एउटी प्रेमिका सरह ÛÛ -?)

-..............Û)

उसले पागल भनी साहित्य लेख्नेलाई । म, असाहित्य लेखरै पनि पागल । आखिर यो सम्भव छ होला ? र, सत्य यो हो म कुनै अमूर्त चित्र -शब्दको- अक्षरको) यो कापीको क्यानभासमा पोतिरहेछन, निष्प्राण तìवको छातीउपर । र, पनि कुनै आवश्यकता छैन मलाई साहित्यिक 'बी कम्प्लेक्स'को । न छ कुनै साहित्यिक-रिहृयाविलिटेसन सेन्टरको । यद्यपि, एउटा यो छ, आवश्यकता-'विशिष्टतम् र विशुद्ध नेपाली साहित्य Û'

त्यो विदेशी साहित्य- जसलाई तपाईंले सिमाना कटाउनु हुन्छ -नेपाल भित्राउनु हुन्छ Û) त्यसको स्वरुप, प्रारूप, अरूप -

भौतिक Û

शारीरिक Û

मानसिक Û

-...........Û)

-कुनै पनि होस् Û)

सम्पूर्ण रूपहरूलाई नेपाली बनोट दिनु तपाइर्ंको कर्तव्य हुनेछ, एउटा आयामिक प्रयास हुनेछ Û एउटा कुरा, ती ल्याइएकाहरू कुनै पनि हालत फिर्ता नजाउन्, नेपाली वाङ्गमयलाई तिलाञ्जलि दिएर-बुद्धले भौतिकताको दिए जस्तै Û

प्रसङ्ग जस्ता उठाए पनि असलमा, म लेखिटोपल्छु -

लेख्दिनँ Û शङ्करले भनेजस्तै । एकै शब्दमा भन्नु पर्दा - 'एडिक्ट' Û यही गरिरहेछु म Û आखिर त्यही गलत बोलँें- यथार्थमा, साहित्य नै मेरो 'एडिक्ट' गरिरहेछ शङ्कर, जीवनको हरेक कोणबाट ।

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px