मधुपर्क जेठ, २०६९
 
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
 

मधुपर्कको ५१४ औंँ अङ्कको मुखपृष्ठमा घण्टाघरको तस्बिर छापेर यसले मुलुकलाई समय बित्दै गएको प्रति सतर्क हुन आग्रह गरेको प्रष्ट बुझिन्छ । जेठ १४ भित्र संविधान नबने मुलुक ठूलो अन्योलको खाडलमा जाकिने प्रष्टतः देखिएको अवस्थामा मुखपृष्ठ अत्यन्त सामयिक छ तर दुःखको कुरो भित्रका कुनै सामग्री भने यससँग सम्बन्धित रहेका पाइएनन् । पाइए मात्र क्यालेन्डरको अन्तिम महिना चैत महिनाको साहित्यिक अभियानसँग सम्बन्धित विवश वस्तीको 'किन सुस्ताए लोकतान्त्रिक आन्दोलनका स्रष्टाहरू ?' शीर्षकको मूललेख मात्र । लोकतन्त्र पुनःस्थापनाका लागि सक्रिय रहेका स्रष्टाहरू संविधान नबने लोकतन्त्रमाथि खतरा आइपर्ने अवस्थामा भने त्यत्तिकै सक्रिय छैनन् शायद कोही कुनै दलका कार्यकर्ता बनी पदको लालचमा छन्, कोही निराशामा गलित छन् । यो कुरा मूललेखको अन्त्यमा अभिव्यक्त गर्दै लेखक वस्तीले गणतन्त्र संस्थागत नहोउन्जलेसम्म आफूहरूको गहन र अहम् भूमिका रहेको यथार्थलाई स्रष्टाहरूले आत्मसात गर्न आहृवान गरेका छन् ।

सान्दर्भिक चर्चाको रूपमा देवी पन्थीको लेख 'विविध साहित्यिक आन्दोलन, पर्व, घटना र काण्ड' मा महत्त्वपूर्ण जानकारी पस्किन खोजिएको भए पनि अपूरो रहेको छ । कथा सामग्रीको कुरो गर्दा विवश पोखरेलको 'ओत' र सागर 'मणि' थापाको 'यात्रा' कथाले नारी र पुरुषको यौन अराजकताको सुन्दर चित्राङ्कन गरेका छन् । सुषमा मानन्धरको 'गल्लीको झ्याल' मा यौन मनोविज्ञानको केस्रा छोडाइएका छन् बडो सुन्दर तवरले । यो कथाको पात्र अराजक छैनन् अरू दुई कथाका झैं । 'ओत' कथाको महिला पात्र स्वच्छन्दताको अराजक पात्र हो भने 'यात्रा' को पात्र यौन रोगी हो । यी तीनवटै कथाहरूले कथाको सौन्दर्य राखेका छन् ।

'झिङगी' कथामा डा. राजेन्द्र विमलले एक शोषित, पीडित पात्रले के कस्तो तवरले आफू जञ्जालमा फस्दै गएको र वर्तमान भोग्न बाध्य रहेको कुरो बुनेका छन् । तर झिङनीको अर्थ खुलाएका छैनन् ।

'चार्ज सिद्धियो' कथामा रमेशजङ्ग थापाले मोबाइल व्याप्त हालको समयमा आफूलाई मन नपर्ने कुराका लागि कनेक्ट हुनुपर्ने, गर्नुपर्ने बेलामा चार्ज सकियो भनी उम्किने । निहुँ गर्न पाइने कुराको यथार्थपरक व्यङ्ग्य गरेका छन् एक कारुणिक कथा बुनेर । लघुकथामा 'मान्छेको छाउरो' र 'उपकार' मा एक मानिसले अर्को मानिसप्रति गर्नुपर्ने व्यवहार गर्न नसकेको विसङ्गत पक्ष औँल्याइएका छन् । यी दुवै कथाका लेखक आˆनो लेखनको प्रारम्भतिर नै रहेको विषयवस्तु र प्रस्तुतीकरणले देखाउँछ ।

निबन्ध र नियात्रातर्फ अनुपम रोशीको 'साँझको आरती, ब्रहृमानाल र जलेका लासहरू' सुन्दर छ । सीताराम उप्रेतीको 'पहाड' भने साहित्यिक निबन्ध बन्न सकेको छैन । कलात्मकताको दृष्टिकोणबाट । नवराज लम्सालको नियात्रा 'आमा तिमी धादिङ' सुन्दर छ प्रस्तुतीकरणले ।'

यो अङ्कको पुछारको पातोको 'हेर्दाहेदै' स्तम्भमा वसन्तप्रकाशले सुन्दर ढङ्गले विगत सम्झाउँदै हरहालतमा स्वाभिमान नत्याग्ने स्रष्टाहरूलाई साँघुरो मन, प्रदूषित सोच, यथास्थिति कर्म र दलीय दृष्टिकोणलाई छाडेर धेरै माथि उठ्न आग्रह गरेका छन् ।

धु्रव नेपाल

चिदीपानी, पाल्पा, हाल ः पूर्वी टिमोर

á प्रयोगवादी कविताको हारमा हेटौंडेली सर्जक सुवास खनाल '१०४ ज्वरो' सहित उपस्थित भएछन् । शीतल गुरुङ 'कादम्बिनी' गीत गजलका क्षेत्रमा चर्चित नाम हो तापनि उनका गीतलाई उनकै आˆना गजलले नै जित्छन् जस्तो मलाई लाग्छ, बाँकी स्रष्टाकै इच्छा ।

á शिवराज योगीले प्रसिद्ध गजलकार ललिजन रावलको अन्तरङ्ग प्रस्तुत गरेर पाठकवर्गलाई राम्रै गुन गरेका छन् ।

á सङ्घर्षशील सर्जक जगदीश घिमिरेबारे दीपक सापकोटाले सौर्य दैनिक -२०६८ फागुन १३, शनिबार) को लागि प्रयोग गरेको आˆनो सामग्री मधुपर्कमा समेत प्रकाशन गर्न दिएछन् । यसलाई के

भन्ने ?

á हरिगोविन्द लुईंटेेलसँग मनोज न्यौपानेले गरेको विधा/विषय वार्ता सान्दर्भिक छ तर प्रश्नहरू साहित्यिक आन्दोलन र गिरˆतारीमा मात्र केन्दि्रत भए कि Û

á 'प्रवेश' स्तम्भमा प्रकाशित लेख रचनाले नवोदित स्रष्टालाई मलजल गरेकै छ । मोनिका खतिवडाको 'जीवन' पनि सोही स्तम्भमा समेटिएको भए बल्ल साँचो न्याय ठहथ्र्यो, हैन र Û

á देवी पन्थीले साहित्यिक आन्दोलन, पर्व, घटना र काण्डलाई एकै ठाउँ जमघट गराई प्रकाशन गरेको सान्दर्भिक चर्चालाई प्रशंसनीय मान्नुपर्छ ।

á अनुपम रोशीको निबन्धकारिता परिष्कृत लेखनतर्फ उन्मुख मात्र छैन, जीवन र मरणसम्बन्धी साँच्चै मननयोग्य दृष्टिकोण व्यक्तिएको रहेछ- प्रकाशित निबन्धमा ।

á प्रसिद्ध छन्दकवि रमेश खकुरेलले 'अन्तरङ्ग' मा सजिलो तरिकाले एक दुई छन्दका कविता लेख्ने तौरतरिका सिकाउन सकेको भए अझ महत्त्व पनि बढ्थ्यो ।

á 'हस्ताक्षर' स्तम्भको डा. बेञ्जु शर्माको कविताले चिराचिरामा विभक्त भई अवसानको पराकाष्टातर्फ उन्मुख नेपाली समाजको तीतो यथार्थलाई सजीव बिम्ब प्रतीकले उनेको पाए । कविता ज्यादै बौद्धिक, पेचिलो, मार्मिक र सटिक छ ।

á चैत अङ्कमा प्रकाशित कविताहरूमध्ये मनु मन्जिलको कविता 'हजुरआमा र हामी नानीहरू' सर्वाधिक बेजोड छ ।

á यस अङ्कमा गीतिहारमा सरस्वती श्रेष्ठ 'सरु' को गीत जति सशक्त र मर्मान्तक छ -त्यत्तिकै खल्लो र फितलो लेखन प्रकाशित भएछ -जयबहादुर घिमिरेको गीत ।

á महाकवि देवकोटा विशेष व्यक्तित्व कुमारबहादुर जोशीको सङ्घर्षै सङ्घर्षमय अतीत तुलसीहरि कोइरालाका कलमबाट पढ्न पाइयो । वास्तवमा जोशी त सङ्घर्ष, पीडा र सफलताका अर्को सगरमाथा रहेछन् ।

छवि ज्ञवाली

सिसास, भैरहवा, रूपन्देही

मधुपर्क मासिकको वैशाख अङ्कमा प्रकाशित कृष्णप्रसाद पराजुलीको आˆनै हस्ताक्षरको कविता निकै मन पर्‍यो । नयाँ वर्ष नयाँ सोचः नयाँ अपेक्षा-नयाँ जोश शीर्षकको सान्दर्भिक लेख पढेपछि विभिन्न अग्रज साहित्यकारहरुले नयाँ वर्षमा केके गर्ने भन्ने बारेमा जान्न पाइयो । हरिकला अधिकारीको सञ्चारसम्बन्धी उखानमा शीर्षकको लेख निकै राम्रो लाग्यो । अमोद भट्टराईको कविताले मेरो मन साह्रै रमायो । नारायण तिवारी कथामा जमेका रहेछन् । मातृका पोखरेलको भर्‍याङ र मान्छे शीर्षकको कविता यस अघि नै प्रकाशित भैसकेको थियो । दोहोेर्‍याएर मधुपर्कमा किन छापियो एउटै कवितालाई ? गोकुल अधिकारीको नयाँ नेपाल शीर्षकको कविताले नेपाल नयाँ बन्न सक्नेजस्तो देखियो ।

सरस्वती शर्मा जिज्ञासुको गजलले नेपालमा शान्ति अवश्य छाउन सक्नेछ भन्ने विश्वास लिएको छु । स्रष्टा गीता केशरीको अन्तरङ्गले अचेल जिउनुको अर्थ खुम्चिएको छ भनिएको रहेछ । कुनै कुनै रचनाकारहरुको फोटो नराखेको हुँदा अलि दुःख लाग्यो मलाई । टीका चाम्लिङको कविताको बिगि्रएर छापिएछ ।

अरुणबहादुर खत्री "नदी"

सामाखुसी मार्ग, काठमाडौं

'मधुपर्क' वैशाख अङ्कमा समालोचनात्मक लेख प्रकाशित गरिदिनु भएकोमा धन्यवाद । तर मेरो नामको अघिल्तिर डा. राखिएकोमा मैले विद्यावारिधि वा चिकित्सकका रूपमा सो उपाधि नपाएको व्यहोरा अनुरोध गर्दछु ।

कान्ता भट्टराई

 

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px