मधुपर्कको ५१४ औंँ अङ्कको मुखपृष्ठमा घण्टाघरको तस्बिर छापेर यसले मुलुकलाई समय बित्दै गएको प्रति सतर्क हुन आग्रह गरेको प्रष्ट बुझिन्छ । जेठ १४ भित्र संविधान नबने मुलुक ठूलो अन्योलको खाडलमा जाकिने प्रष्टतः देखिएको अवस्थामा मुखपृष्ठ अत्यन्त सामयिक छ तर दुःखको कुरो भित्रका कुनै सामग्री भने यससँग सम्बन्धित रहेका पाइएनन् । पाइए मात्र क्यालेन्डरको अन्तिम महिना चैत महिनाको साहित्यिक अभियानसँग सम्बन्धित विवश वस्तीको 'किन सुस्ताए लोकतान्त्रिक आन्दोलनका स्रष्टाहरू ?' शीर्षकको मूललेख मात्र । लोकतन्त्र पुनःस्थापनाका लागि सक्रिय रहेका स्रष्टाहरू संविधान नबने लोकतन्त्रमाथि खतरा आइपर्ने अवस्थामा भने त्यत्तिकै सक्रिय छैनन् शायद कोही कुनै दलका कार्यकर्ता बनी पदको लालचमा छन्, कोही निराशामा गलित छन् । यो कुरा मूललेखको अन्त्यमा अभिव्यक्त गर्दै लेखक वस्तीले गणतन्त्र संस्थागत नहोउन्जलेसम्म आफूहरूको गहन र अहम् भूमिका रहेको यथार्थलाई स्रष्टाहरूले आत्मसात गर्न आहृवान गरेका छन् ।
सान्दर्भिक चर्चाको रूपमा देवी पन्थीको लेख 'विविध साहित्यिक आन्दोलन, पर्व, घटना र काण्ड' मा महत्त्वपूर्ण जानकारी पस्किन खोजिएको भए पनि अपूरो रहेको छ । कथा सामग्रीको कुरो गर्दा विवश पोखरेलको 'ओत' र सागर 'मणि' थापाको 'यात्रा' कथाले नारी र पुरुषको यौन अराजकताको सुन्दर चित्राङ्कन गरेका छन् । सुषमा मानन्धरको 'गल्लीको झ्याल' मा यौन मनोविज्ञानको केस्रा छोडाइएका छन् बडो सुन्दर तवरले । यो कथाको पात्र अराजक छैनन् अरू दुई कथाका झैं । 'ओत' कथाको महिला पात्र स्वच्छन्दताको अराजक पात्र हो भने 'यात्रा' को पात्र यौन रोगी हो । यी तीनवटै कथाहरूले कथाको सौन्दर्य राखेका छन् ।
'झिङगी' कथामा डा. राजेन्द्र विमलले एक शोषित, पीडित पात्रले के कस्तो तवरले आफू जञ्जालमा फस्दै गएको र वर्तमान भोग्न बाध्य रहेको कुरो बुनेका छन् । तर झिङनीको अर्थ खुलाएका छैनन् ।
'चार्ज सिद्धियो' कथामा रमेशजङ्ग थापाले मोबाइल व्याप्त हालको समयमा आफूलाई मन नपर्ने कुराका लागि कनेक्ट हुनुपर्ने, गर्नुपर्ने बेलामा चार्ज सकियो भनी उम्किने । निहुँ गर्न पाइने कुराको यथार्थपरक व्यङ्ग्य गरेका छन् एक कारुणिक कथा बुनेर । लघुकथामा 'मान्छेको छाउरो' र 'उपकार' मा एक मानिसले अर्को मानिसप्रति गर्नुपर्ने व्यवहार गर्न नसकेको विसङ्गत पक्ष औँल्याइएका छन् । यी दुवै कथाका लेखक आˆनो लेखनको प्रारम्भतिर नै रहेको विषयवस्तु र प्रस्तुतीकरणले देखाउँछ ।
निबन्ध र नियात्रातर्फ अनुपम रोशीको 'साँझको आरती, ब्रहृमानाल र जलेका लासहरू' सुन्दर छ । सीताराम उप्रेतीको 'पहाड' भने साहित्यिक निबन्ध बन्न सकेको छैन । कलात्मकताको दृष्टिकोणबाट । नवराज लम्सालको नियात्रा 'आमा तिमी धादिङ' सुन्दर छ प्रस्तुतीकरणले ।'
यो अङ्कको पुछारको पातोको 'हेर्दाहेदै' स्तम्भमा वसन्तप्रकाशले सुन्दर ढङ्गले विगत सम्झाउँदै हरहालतमा स्वाभिमान नत्याग्ने स्रष्टाहरूलाई साँघुरो मन, प्रदूषित सोच, यथास्थिति कर्म र दलीय दृष्टिकोणलाई छाडेर धेरै माथि उठ्न आग्रह गरेका छन् ।
धु्रव नेपाल
चिदीपानी, पाल्पा, हाल ः पूर्वी टिमोर
á प्रयोगवादी कविताको हारमा हेटौंडेली सर्जक सुवास खनाल '१०४ ज्वरो' सहित उपस्थित भएछन् । शीतल गुरुङ 'कादम्बिनी' गीत गजलका क्षेत्रमा चर्चित नाम हो तापनि उनका गीतलाई उनकै आˆना गजलले नै जित्छन् जस्तो मलाई लाग्छ, बाँकी स्रष्टाकै इच्छा ।
á शिवराज योगीले प्रसिद्ध गजलकार ललिजन रावलको अन्तरङ्ग प्रस्तुत गरेर पाठकवर्गलाई राम्रै गुन गरेका छन् ।
á सङ्घर्षशील सर्जक जगदीश घिमिरेबारे दीपक सापकोटाले सौर्य दैनिक -२०६८ फागुन १३, शनिबार) को लागि प्रयोग गरेको आˆनो सामग्री मधुपर्कमा समेत प्रकाशन गर्न दिएछन् । यसलाई के
भन्ने ?
á हरिगोविन्द लुईंटेेलसँग मनोज न्यौपानेले गरेको विधा/विषय वार्ता सान्दर्भिक छ तर प्रश्नहरू साहित्यिक आन्दोलन र गिरˆतारीमा मात्र केन्दि्रत भए कि Û
á 'प्रवेश' स्तम्भमा प्रकाशित लेख रचनाले नवोदित स्रष्टालाई मलजल गरेकै छ । मोनिका खतिवडाको 'जीवन' पनि सोही स्तम्भमा समेटिएको भए बल्ल साँचो न्याय ठहथ्र्यो, हैन र Û
á देवी पन्थीले साहित्यिक आन्दोलन, पर्व, घटना र काण्डलाई एकै ठाउँ जमघट गराई प्रकाशन गरेको सान्दर्भिक चर्चालाई प्रशंसनीय मान्नुपर्छ ।
á अनुपम रोशीको निबन्धकारिता परिष्कृत लेखनतर्फ उन्मुख मात्र छैन, जीवन र मरणसम्बन्धी साँच्चै मननयोग्य दृष्टिकोण व्यक्तिएको रहेछ- प्रकाशित निबन्धमा ।
á प्रसिद्ध छन्दकवि रमेश खकुरेलले 'अन्तरङ्ग' मा सजिलो तरिकाले एक दुई छन्दका कविता लेख्ने तौरतरिका सिकाउन सकेको भए अझ महत्त्व पनि बढ्थ्यो ।
á 'हस्ताक्षर' स्तम्भको डा. बेञ्जु शर्माको कविताले चिराचिरामा विभक्त भई अवसानको पराकाष्टातर्फ उन्मुख नेपाली समाजको तीतो यथार्थलाई सजीव बिम्ब प्रतीकले उनेको पाए । कविता ज्यादै बौद्धिक, पेचिलो, मार्मिक र सटिक छ ।
á चैत अङ्कमा प्रकाशित कविताहरूमध्ये मनु मन्जिलको कविता 'हजुरआमा र हामी नानीहरू' सर्वाधिक बेजोड छ ।
á यस अङ्कमा गीतिहारमा सरस्वती श्रेष्ठ 'सरु' को गीत जति सशक्त र मर्मान्तक छ -त्यत्तिकै खल्लो र फितलो लेखन प्रकाशित भएछ -जयबहादुर घिमिरेको गीत ।
á महाकवि देवकोटा विशेष व्यक्तित्व कुमारबहादुर जोशीको सङ्घर्षै सङ्घर्षमय अतीत तुलसीहरि कोइरालाका कलमबाट पढ्न पाइयो । वास्तवमा जोशी त सङ्घर्ष, पीडा र सफलताका अर्को सगरमाथा रहेछन् ।
छवि ज्ञवाली
सिसास, भैरहवा, रूपन्देही
मधुपर्क मासिकको वैशाख अङ्कमा प्रकाशित कृष्णप्रसाद पराजुलीको आˆनै हस्ताक्षरको कविता निकै मन पर्यो । नयाँ वर्ष नयाँ सोचः नयाँ अपेक्षा-नयाँ जोश शीर्षकको सान्दर्भिक लेख पढेपछि विभिन्न अग्रज साहित्यकारहरुले नयाँ वर्षमा केके गर्ने भन्ने बारेमा जान्न पाइयो । हरिकला अधिकारीको सञ्चारसम्बन्धी उखानमा शीर्षकको लेख निकै राम्रो लाग्यो । अमोद भट्टराईको कविताले मेरो मन साह्रै रमायो । नारायण तिवारी कथामा जमेका रहेछन् । मातृका पोखरेलको भर्याङ र मान्छे शीर्षकको कविता यस अघि नै प्रकाशित भैसकेको थियो । दोहोेर्याएर मधुपर्कमा किन छापियो एउटै कवितालाई ? गोकुल अधिकारीको नयाँ नेपाल शीर्षकको कविताले नेपाल नयाँ बन्न सक्नेजस्तो देखियो ।
सरस्वती शर्मा जिज्ञासुको गजलले नेपालमा शान्ति अवश्य छाउन सक्नेछ भन्ने विश्वास लिएको छु । स्रष्टा गीता केशरीको अन्तरङ्गले अचेल जिउनुको अर्थ खुम्चिएको छ भनिएको रहेछ । कुनै कुनै रचनाकारहरुको फोटो नराखेको हुँदा अलि दुःख लाग्यो मलाई । टीका चाम्लिङको कविताको बिगि्रएर छापिएछ ।
अरुणबहादुर खत्री "नदी"
सामाखुसी मार्ग, काठमाडौं
'मधुपर्क' वैशाख अङ्कमा समालोचनात्मक लेख प्रकाशित गरिदिनु भएकोमा धन्यवाद । तर मेरो नामको अघिल्तिर डा. राखिएकोमा मैले विद्यावारिधि वा चिकित्सकका रूपमा सो उपाधि नपाएको व्यहोरा अनुरोध गर्दछु ।
कान्ता भट्टराई