मधुपर्क जेठ, २०६९
 
हेर्दा हेर्दै
-बसन्त प्रकाश
 

म असिनपसिन र दौडधूप गर्दै

हाम्रो जीतको लागि

रन बनाइरहेँ

उसले

हामीलाई नै हराउन

जानाजानी निर्लज्ज 'वाइड बल' फालिरह्यो ।

ट्वान्टी ट्वान्टी संस्करणको आई.पी.एल. मा चेन्नई सुपर किङ्सको तर्फबाट व्याटिङ गर्न महेन्द्रसिंह धोनी र सुरेश रैना मैदानमा देखिए । एकाएक मेरो छोरोले सोध्यो - 'बाबा Û हजुर धोनी रोज्ने कि रैना ?' उसको सहज प्रश्नले मलाई असहज बनायो । एउटै टिममा खेल्न आएका दुवै खेलाडीको खेल स्तर, रन सङ्ख्या र समग्र खेल नहेरी कसलाई रोज्ने ? म धर्मसङ्कटमा परेँ । छोरोले फेरि दोहोर्‍यायो ः 'ल, त्यसो भए मै भन्दिन्छु म रैना बाबा धोनी ।'

लगभग मेरो छोरोकै औसत मनस्थितिले हामीमा विद्यमान विडम्बनायुक्त सारलाई प्रतिनिधित्व गर्छ । हामी एउटै टिम, एउटै वर्ग, एउटै सत्य एउटै सोच र एउटै खोजमा भए पनि आ-आˆनो स्वार्थ अनुकूलको व्यक्ति, व्यक्तित्व, कृति, कृतित्व र परम्परा संस्कृतिको वकालतमा मरिहत्ते गर्छौं । राजनीतिक वाद मिल्दामिल्दै पनि हामी कतै वैद्य र दाहालको विवाद गर्छौं, कहीँ ओली र खनालको वकालत गर्छौं अनि कतै देउवा र कोइरालाको पक्षपोषणमा उत्रन्छौँ ।

बदलिँदो मुलुकको तस्बिर र पुनर्संरचनाको प्रसङ्गमा समेत यही मति सक्रिय छ । यदि सङ्घीयता हाम्रो अभीष्ट हो भने जातीय, भूगोल, शक्ति सामथ्र्य अनि धर्म संस्कृतिको सङ्कुचन किन ? खोजी नयाँ नेपाल हो भने पुराना संस्कार र परिपाटी त्याग खै ? दोस्रो बुद्ध स्वरूप हुन कोही तयार नहुने ? अनि सहमति एवं सहकार्यको राग मात्र उरालेर पुगिन्छ कहाँ ? राजनीति र त्यस परिवेशभित्रको यही विरोधाभासले सबै तह र तप्कालाई गाँजिसकेको छ । विभिन्न सङ्घ, सङ्गठन, व्यावसायिक संस्थादेखि साहित्यिक गुठी र पुरस्कारसमेतमा कामभन्दा अनुहार, सोचभन्दा व्यवहार र आदर्शभन्दा कारोवार हेर्ने प्रवृत्ति हावी छ ।

मलाईं वैशाख महिनामा दुईवटा व्यावसायिक सङ्घसंस्थाको कार्यक्रममा सहभागी हुने मौका मिलेको थियो । पहिलो भेला कर्मचारी मित्रहरूको थियो भने दोस्रो जमघट लेखक, कविहरूको थियो । कर्मचारी भेलामा एक मित्रले मलाई भने - 'म यो युनियनमा छु भने मैले किन 'थानी' वा 'देवकोटा' को बिल्ला भिर्नैपर्ने ? अर्को भेलाका एक कवि साथीले भने - 'म त्यो संस्थाका लागि तनहुँमा जन्मेकाले अयोग्य भएँ । शायद म झापामा जन्मेको भए स्वीकार्य हुने थिएँ कि ? अत्यन्तै मार्मिक छन् भोगाइका यी पाटाहरू । अचेल व्यक्तिले जन्मदै तथाकथित कुल र ठाउँमा जन्मनुपर्ने र हुर्कंदा गुट/उपगुटमा लाग्नुपर्ने कटु वास्तविकतालाई स्वीकार्नै पर्ने बाध्यता जन्माएको छ ।

हामी विगतका क्रुर व्यवस्था प्रणाली र संरचनाका विरुद्ध चर्का कुरा गर्छौं । कहिले कुन कालको, कहिले कुन थरको, कहिले कसको वर्चस्वको खिलापमा असहमति प्रदर्शित गर्दै सबैको 'जय' हुने संरचना बनाइने उधारो कुरा उठाउँछौं तर जब परिवेश परिवर्तित हुन्छ, तब हामी विगत बिर्सन्छौँ । सँगै मर्ने बाँच्ने कसम खाएर दुर्घटनापछि टाउकोमा चोट लागेर स्मृति गुमाएका सिनेमा पात्रहरूजस्तै बन्न हामी किञ्चित लाज मान्दैनौँ ।

यो सोच, यो विडम्बना, यो त्याज्य मान्यता कहिलेसम्म हामीबीच रहिरहने हो ? त्यसको पत्तो छैन । यद्यपि हामी जो सिर्जनाको सुकर्ममा गर्व गर्छौं, त्यो समूह र वृत्तले कम्तीमा अन्य क्षेत्र र परिवेशको भन्दा उदात्त मान्यता र विशाल छाती देखाउन सक्नुपर्छ । सर्जक यदि विचारले ऐक्यबद्ध हुन चाहन्छ भने उसलाई जातपात र भातको 'छोइछिटो' ले मापन गरिनु पक्कै निरर्थक हुन्छ । व्यक्तिका सोच, शैली, कार्यसम्पादन र समग्र आचरण नहेरी कित्ताकाट गरिनुले एकाध आनामा आˆनो घर त बन्न सक्छ तर त्यसले सिङ्गो धरातललाई आˆनो हाताबाहिर पार्छ भन्ने तथ्य कसैले पनि बिर्सनु हँुदैन ।

कहिलेकाँही यस्तो लाग्छ 'सर्वहिताय' को यस्तो अपेक्षा राख्नु निरर्थक खोजी हो कि Û वास्तवमा डाँडामा बसेर कराएपछि हावाले उडाइहाल्दोरहेछ । खोँचमा बसेर बोल्दा कसैले सुन्दारहनेछन् । खोज्दाखोज्दै खोजी हराउने माहोलमा नखोज्दा नखोज्दै 'काकताली' त पर्ने कुरै होइन, त्यो चाहिँ यतिखेर ज्ञात भएको छ । अनि पाँच दिने टेस्टपछि एक दिनको पचास ओभर हुँदै तीनघण्टे ट्वान्टी ट्वान्टीको झरेको क्रिकेट संस्करण जस्तै हामी आफैँले पो संसार नबुझेका हौ कि ? यस्तो भान भइरहेछ । हतारपछि फुर्सदमा पछुताउने सिद्धान्त हट्दै क्रमशः छिटोछिटो चौका छक्का ठोक्ने मनोवृत्ति अँगाल्न पो ढिला भयो कि ? अहिले यस्तै/उस्तै लागिरहेछ ।

समयले चौका छक्का ठोकिसक्यो,

म क्रिकेट सिक्दैछु

मानिसहरूले 'शङ्काको लाभ' लिइसके

म खै ? किन ?

प्रतिबद्धताको कुरा गर्दैछु ?

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px