मधुपर्क जेठ, २०६९
 
सपना र शिव अधिकारीहरु
- सरूभक्त
 

यातना घर

इरेजरले मेटिएका अनुहारहरू

स्वयम्भू माफियादेवहरूको अर्चना गर्छन्

यो युग नरभक्षी बाघहरूको युग होइन

नरभक्षी नरहरूको युग हो Û

वेवारिसे लासहरू

गाउँ छोड्ने सपनाका लस्कर चलेका छन्

भोकाएका अजिङ्गरहरू

छुचुन्द्राहरूका जुलुसमा सामेल छन्

ए Û यो देशबाट देवताहरू विस्थापित भइसके ?

त्यसो भए मन्दिरहरूको होइन

भ्रष्टाचारहरूको जीर्णोद्धार गरौँ

लोपोन्मुख गिद्धहरू

आमाहरूलाई सोध, प्रत्येक गर्भ घाइते छ Û

मृगमरिचिका

देशका लागि सर्वत्र देश विस्फोटित छ

दोर्जेलाक्पा हिमालको कसम

यो देशमा अब खतराहरू मात्र सुरक्षित छन् Û

ˆयाउराहरूको आत्मकथा

ध्रुवीय भालुहरूको डरयुक्त भर छ

कस्ले कस्को स्थिति सार्वजनिक गर्ने ?

जीवन सधैँ भुइँचालो र्फकने प्रतीक्षामा व्यतीत छ Û

अलिनो भान्सा

दरबारमार्गका झडपहरू

एम्बुस जडान जिन्दगीका जिजीविषाहरूसँगै

सपना भुलाई गएका शिव अधिकारीहरू कता लागे ?

बन्दका हल्लाले बन्द देश

सावधान, तोडा चलेको छ

डबलीमा कात्तिक नाचहरू हेर्दै

ऊ लास परेका जुलुसहरू जीवनको अभिनय गर्दैछन् Û

आङमा लुगा छैन ?

त्यसो भए निःशुल्क केटि्रमोक्साजोल खाऔं

कठ्याङ्गि्रने जाडो याम

मनहरूको अकुपन्चर चलेको छ Û

अन्धोयुग

के ब्रेल छाम्ने औँंलाहरू पनि लोप भई सके ?

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px