मधुपर्क जेठ, २०६९
 
उन्मक्त परी र पवन
- हरिप्रसाद भट्टराई
 

पवन, उनको अतृप्त चाहना

अनि, परी, मनको उर्लंदो वासना ।

जहाँ,

चढ्दो लाली वैँसले उन्मुक्त उनी

यौवनको प्यास नै मेटाउने कामोत्तेजना

जहाँ

फागुको होली, अबीरको उन्मात सबै सम्भिmयो

चैतको हुरी पवन त्यो, वैशाखमा हानियो ।

त्यहीँ,

गर्मीको अट्ठाहाससँगै, पवनको स्पर्शमा उनको पोखियो

धक्धक धड्कन बढ्दै, जोडले दुवैको बजि्रयो ।

जहाँ,

धड्कन यसरी बल्भिmयो जब, दुई शिखर समीप हुँदा,

लठ््ठिए दुवै शरीर, जब पवनको स्पर्श चुचुरोमा ठोक्किँदा ।

त्यही,

पानी पानी भइन् ती परी, उसको आँलिगन पाउँदा,

सृष्टिको अनौठो आनन्द भयो, जब दुवैको साथ बाँड्दा

जहाँ,

शिखर द्वयको चलायमानले, ऊ तलतिरै ओर्लियो

त्यही भाका 'परी' को मिल्दा, उसको ओठ नाइटोमै लस्सियो ।

त्यहीँ,

जोडी ओठको स्पर्शले, मथिङ्गल नै खल्बलियो,

पैतालादेखि शिरसम्म, करेण्टकै बहाव चल्यो ।

जहाँ,

शब्दविहीन श्वासको भाषा, एकापसमा बाँडियो,

धड्कन बढ्यो, ठाउँमै कोल्टियो त्यो, एक्कासि उर्लियो ।

त्यहाँ,

हरियाली होइन, कङ्क्रिटको सहर पनि होइन, झाडी देखियो,

नौलो र कालो-अँध्यारो झाडी समीप हुँदा, नारी थामियो ।

जहाँ,

कामबेग त्यस्तो थाहा नै नपाई, दुवैमा सिर्जित भो,

त्यसैको परिणाम, हावाको झोका पवन, उनमा समेटियो ।

त्यही,

अन्धोवेग सरी, प्रेमको, आलिङ्गलमा ती दुवैको,

केही बेर विवेक शून्य तर अतृप्त चाहना, पूरा भयो ।

qअर्घाखाँची ।

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px