खुम्चिएर आफ्नै Åदयको कुना कुनाबाट
दुखेर आफ्नै कोलाजहरुबाट
सुक्दै पलाउँदै जीवनको आँकुरामा
ऋहिले समय पल प्रतिपल सुनामी सपनाको झापड हानिरहेछ
खोजेर विश्व यातनाशिविरका तनावहरु
इतिहासका गर्तहरुबाट
ब्ाासी दुर्गन्धित चेतनाका हरक उतारेर
घाइते मर्महरुमा डसिरहेछ पला-पला
तूफानका चक्रवाती मुस्लाहरु
अन्धो आवेगमा उडिरहेछ आफैंबाट
जोखाना हेरेर प्रगतिको
दोवाटो भुलेको यात्रीजस्तै
भङ्गालोबाट छुट्टएिको नदीको धार
गन्तव्य उवाउने चेष्टा बगिरहन्छु छालहरुमा
कहिले छालहरु सुक्छु बगरहरुमा
कहिले बगरहरु सीमा मिचेर बग्छु आफूभर
छातीको भूगोलमा फैलिरहेको सग्लो सुनामी यात्रा
गन्तव्य यात्राको गीत हो
गन्तव्य जीवनको गति हो
यात्राका अवरोधहरुको तातो सुनामी पचाएर
बैशको उन्माद छेकिरहेकी युवती मेरो/ देश, मेरो समय
पचाउन सक्दैन गतिहरु
उधिन्न सक्दैन सञ्जीवनीहरू
अक्करमा झुण्डिएको समय चक्रको अवरोध
छिचोल्न नसक्ने नामर्दको शिकार भएपछि
कहिले रोदनका हिक्काहरु
कहिले उद्बोधनका झिल्काहरु
उछिटि्टंदैनन् अचेल राँको बनेर
देखिरहेछु
करङ्भाटाहरु गल्दै सड्दै
कर्कलाका लुला डाँठ थुपि्ररहेको विधायक
क्षितिज उचाल्ने सपनाको बरखी बारेर
त्यही अपशकुनको विष्फोटले
चुहान बनेको छातीको कुहर
दिलको भूगोलमा नमिठो चोट
बासी सपनाको जलनमा
चिसो धँुवा पुत्पुताइरहेछ
तिमीदेखि मसम्म ।
अक्षर आवास, धादिङ्बेसी