मधुपर्क जेठ, २०६९
 
पर्खिबसेका मनहरु
- नारायण 'गोदारे'
 

ए, मान्छे

तिम्रो जेमन्त लिला बन्द गर

अन्धमुष्टि कालो बादल नफैलाऊ

चट्याङ नबर्साऊ

अन्धड हुरी नफैलाऊ

शान्तिका प्रतीक

परेवाका जोडीहरू

आकाशमाझ उड्दैछन्

कावा खाँदैछन्

तिनलाई धरामा र्झन देऊ

चारो चर्न देऊ

वचेरासँग स्नेह जोर्न देऊ

आँधी वषर्ा नबर्साऊ

बाढी भेल नलगाऊ

हाम्रा घर गाउँका

नानीहरू

पाठ्यसामग्री बोकेर

पाठशाला जाँदैछन्

भरे घर फर्किनेछन्

आमाका छातीमा टाँसिएर

स्नेह जोर्ने छन्

ए, मान्छे

विचार गर

विमर्श चलाऊ

शान्तिलाई बोलाऊ

देश बनाऊ

श्रमिकका पसिनालाई सम्झ

कलकारखाना चलाऊ

नृत्य गानमा उमङ्ग बढाऊ

नयाँ नेपाल खिलखिलाऊ

आमाको मुहार

सिद्धिचरण मनहरू

पर्खिबसेका छन्... ।

q धनुषा

 

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px