मधुपर्क जेठ, २०६९
 
साहित्य
- मुक्तिनाथ शर्मा
 

 

पाकेका स्याउका दानाभित्रको रसमाधुरी

काफल् ऐंसेलु सुन्तला आँप अम्बा भरी भरी

जस्तो पाइन्छ सुस्वाद खाँदा आनन्द आउँछ

साहित्य रस हो त्यस्तै स्वादिलोपन ल्याउँछ ।।

के गर्न हुन्छ के गर्न हुँदैन जो बताउँछ

क्रोधको बेग जो रोक्छ सभ्य शान्त बनाउँछ

शान्ति क्रान्ति यही बोल्छ बेला मौका उदाउँछ

साहित्य जीवनीभित्र स्वादिलो पन ल्याउँछ ।।

वन काफलमा जस्तै वासना मग्मगाउँछ

छल्छल्कल्कल खोलीको बोलीमा कल्कलाउँछ

चिर्बिर् चरी जुरेलीको बोल्छ माया लगाउँछ

खाना समाजको हो यो स्वादिलो पन ल्याउँछ ।।

ज्ञानको भोक मेटिन्छ भेटिन्छ चेतना सफा

सच्चिदानन्द सौन्दर्य भावना उच्च निर्मल

उन्नति प्रगति निम्ति ज्ञान विज्ञान छाउँछ

साहित्य चेतना छर्दै स्वादिलो पन ल्याउँछ ।।

भाषाको जननी हो यो मान्छेको श्रेष्ठ मित्र हो

जिन्दगीको उचाइ यो भोगको स्वाद एहि हो

स्रष्टा द्रष्टा यही नै हो समाज मन्पराउँछ

विशाल क्षेत्र साहित्य स्वादिलो पन ल्याउँछ ।।

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px