मधुपर्क, २०६६ कात्तिक
 
अजम्मरी महाकविप्रति
-माधव नेपाल प्रधानमन्त्री
 

महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झेर उहाँमै केन्दि्रत रहेर जुन चित्रकला महोत्सव आयोजना गर्नुभएको छ, यो वास्तवमा उहाँप्रतिको ठूलो सम्मान हो । साहित्य, कला, सङ्गीतजस्ता मौलिक सिर्जनाहरूबाट राष्ट्रको सेवा गर्ने स्रष्टाहरू अजम्मरी हुन्छन् र उनीहरूको सम्झना सधैँभरि भइरहन्छ भन्ने कुराको द्योतक आजको कार्यक्रम हो भन्ने मलाई लाग्छ ।

महाकवि देवकोटाका बारेमा मैले धेरै भनिरहनुपर्दैन । उहाँको मृत्युको आधा शताब्दीपछि आजसम्म पनि सधैँ उत्तिकै चर्चा पाइरहने उहाँको उचाइ बराबरका नेपाली स्रष्टाहरू कोही छैनन् भन्दा अत्युक्ति नहोला । मैले बुझेसम्म आजसम्म नेपालमा सबभन्दा बढी खोज, अनुसन्धान, अध्ययन र विवेचना कसैको भएको छ भने महाकवि देवकोटाको नै भएको छ । उहाँका विषयमा कैयौँ पुस्तकहरू लेखिएका छन् । विभिन्न विद्वान्हरूले विद्यावारिधिहरू हासिल गर्नुभएको छ । विद्यालयदेखि विश्वविद्यालय तहसम्म सम्भवतः सबभन्दा बढी पढिने-पढाइने स्रष्टा पनि देवकोटा नै हुनुहुन्छ ।

मुलुकले सधैँ-सधैँ सपुतहरू पाउँदैन । आ-आफ्नो युगमा, आ-आफ्नो क्षेत्रमा एकाध जना व्यक्तित्वहरू जन्मिन्छन्, जसले युगौँयुगसम्म पनि आफूलाई स्थापित गराउने सफलता पाउँछन् । महाकवि देवकोटाको जन्म शताब्दी मनाइरहेको यस अवस्थामा उहाँ नेपालीहरूको मात्र होइन, विदेशी साहित्यकारहरूको दिमागमा पनि जीवित हुनुहुन्छ । त्यस्ता स्रष्टालाई महोत्सवको आयोजना गरी सम्झनुले वास्तवमा मुलुककै कला र साहित्यप्रति सम्मान भएको छ भन्ने मलाई लाग्छ ।

लक्ष्मीप्रसाद देवकोटा जुन समयमा जन्मिनुभयो, जुन समयमा उहाँले शिक्षा हासिल गर्नुभयो र जुन समयमा उहाँले साहित्य रचना गर्नुभयो, त्यो समय आजभन्दा निकै भिन्न थियो । जहानियाँ राणाशासन र राजतन्त्रका बीचमा पनि उहाँले एउटा विद्रोही र क्रान्तिकारी साहित्यकारका रूपमा आफूलाई स्थापित गराउनु चानचुने कुरा थिएन । वास्तवमा उहाँको त्यही विशिष्ट गुणले नै हामीले आजसम्म पनि उत्तिकै मर्यादा र सम्मानका साथ सम्भिmरहेका छौँ ।

महाकवि देवकोटाको जन्म शताब्दीको अवसर पारेर आज यहाँ मुलुकका प्रतिष्ठित चित्रकारहरू भेला हुनुभएको छ । उहाँहरूको चित्रकला पनि महाकवि देवकोटामै समर्पित छ । चित्रकारहरूले देवकोटालाई आ-आफ्नै कोणबाट हेर्नुभएको छ ।

लक्ष्मीप्रसाद देवकोटा राजनीतिमा पनि लाग्नुभएको थियो । शिक्षामन्त्रीका रूपमा पनि उहाँले मुलुकको सेवा गर्नुभएको थियो तर उहाँको राजनीतिक व्यक्तित्वका बारेमा मानिसहरूलाई त्यति धेरै मतलब छैन तर उहाँले नेपाली भाषालाई अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउनका लागि समेत गरेको योगदान भने आज पनि ताजै छ ।

अवश्य पनि महाकवि देवकोटाका यिनै अमर कार्यहरूको सम्झना गर्दै 'महाकवि देवकोटा शताब्दी महोत्सव २०६६' मनाउने निर्णय भएको छ । यस वर्षभरि विभिन्न कार्यक्रम आयोजना गर्नका लागि शतवाषिर्की समारोह समिति नै गठन भएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू जारी राख्नुहुने नै छ । आफ्नो युगका महान् स्रष्टा लक्ष्मीप्रसाद देवकोटाप्रति हार्दिक श्रद्धा व्यक्त गर्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु ।

-महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्कीको अवसरमा आयोजित चित्रकला महोत्सव -२३ साउन, ०६६) मा प्रमुख अतिथिको रूपमा व्यक्त गर्नुभएको मन्तव्य)

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px