मधुपर्क, २०६६ कात्तिक
 
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
-गोविन्द भट्ट
 

लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यजगत्का एक महारथी मात्र थिएनन् त्यसबाहेक अझै उनी आˆनो अद्भूत प्रतिभा, बहुआयामिक चरित्र र बहुपक्षीय योगदानहरूका कारण तत्कालीन नेपाली समाजका एक सुप्रतिष्ठित राष्ट्रिय व्यक्ति अनि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आधुनिक नेपालका एक सम्मानित प्रतिनिधि-पुरुष पनि हुन पुगेका थिए । त्यसैले उनी आˆनै विधामा मात्र सीमित रहिरहन खोज्ने अन्य निकै स्रष्टाहरूभन्दा अलि फरक श्रेणीमा पर्दछन् । उदाहरणका लागि उनलाई हाम्रै वरिपरिको दक्षिण एसिया क्षेत्रका रवीन्द्रनाथ टैगोर, फैज अहमद फैज, मोहमद इकबाल, नजरुल इस्लाम अनि त्यस बाहिरका मायाकोब्स्की, शेली, गेटे, मोराभिया, पाब्लो नेरुदा र आई छिङ्जस्ता आˆना कृतिहरू र अन्य सार्वजनिक कार्यकलापहरूबाट स्वदेशको सीमा नाघेर र अन्तर्राष्ट्रिय व्यक्तित्व बनिसकेका देशभक्त मनीषिहरूको पङ्क्तिमा पनि सहजै उभ्याउन सकिन्छ । उनी भारत तथा चीनका साथै भौगोलिक दृष्टिबाट सुदूर भेगमा पर्ने रुस, अङ्ग्रेजी भाषी युरोप र अमेरिकामा समेत अनुदित भएर अन्य नेपाली स्रष्टाहरूभन्दा बढी सुपरिचित भइसकेको पाइन्छ । उनका नाउँमा राजधानी काठमाडौँ मात्र हैन मोफसलका सहर-बजार र केही ग्रामीण क्षेत्रहरूमा समेत अनेकौँ वाचनालय, पुस्तकालय, पार्क, सडक गल्ली, साहित्यिक सङ्घसंस्था र पुरस्कारहरू स्थापित गरिएका छन्, उनका विषयमा हजारौँ लेख रचना, दर्जनौँ शोधग्रन्थ र केही महाकाव्यहरूसमेत रचिएका र त्यसगरी अनेकौँ चुट्किला, कथा र किंवदन्तीहरू बनेका छन् र चित्रहरू कोरिएका छन् । अझ विदेशमा पनि उनको सालिक राखिएको र यौटा नगरको नामकरण गरिएको छ । यसरी हेर्दा सम्भवतः हाम्रा प्राथमिककालका भानुभक्त आचार्यपछि देश र विदेश दुवैतिर यतिसारो मान्यता र लोकपि्रयता आर्जन गर्दै नेपालीको नाउँ फिँजाउने अर्का स्रष्टा लक्ष्मीप्रसाद देवकोटा नै हुन पुगेको देखिन्छ ।

देवकोटाको महानता र यस्तो व्यापक लोकपि्रयताका मूल आधारहरू के हुन् त ? हाम्रो साहित्यको त्यस कालखण्डको नेपाली आकाशमा आ-आˆनै प्रतिभाले प्रकाशित अनेकौँ नक्षेत्रहरू रहे पनि तीमध्येमा देवकोटा नै किन त्यसरी ताराहरूका बीच एक चन्द्रझैँ जाज्वल्यमान हुन पुगे त ? देवकोटाप्रतिको यो श्रद्धा र स्नहेको अटुट भावधारा के उनका केही महाकाव्य, खण्डकाव्य र अन्य केही कृतिहरूका कारण नै यसरी प्रवाहित भइरहेको हो त ? देवकोटा यसरी सामान्यहरूका बीच असामान्य वा समानहरूका बीच विशिष्ट र सर्वप्रमुख हुनुका पछाडि के कस्ता कारकतìवहरू रहे त ? अथवा एक विद्वान् समीक्षकले औँल्याएझैँ देवकोटालाई प्रदान गरिएको 'महान्'को यो विशेषण "देवकोटाको साहित्यिक व्यक्तित्वलाई ठम्याएर दिइएको हो कि श्रद्धा र भक्ति मुछेर दिइएको यो विशेषण देवकोटाका भक्तगणको हो हो मा हो हो मिलाउने पुरानो नेपाली प्रचलनकै पुनरुक्ति मात्र" हो ?

यी सबै गम्भीर प्रश्नहरू हुन् र हामीले ती सबैको समाधान गर्नै पर्दछ । के उनको जीवनसित अभिन्नरूपमा गाँसिएका यस्ता महìवपूर्ण पक्षहरूलाई साहित्यभन्दा बाहिरका विषय वा राजनीतिका कुरा भनेर झिकिदिँदा देवकोटाको साहित्यलाई बुझ्न र उनको समग्र मूल्याङ्कन गर्न सकिएला ? के हामीले अब विशुद्ध साहित्यवादमा साँघुरिएर रहेको पुरानो समीक्षा प्रणालीलाई छाडेर सर्वाङ्गीण दृष्टिसहितको नयाँ समाजशास्त्रीय समीक्षा पद्धतिलाई अँगाल्ने बेला आएन र ? अहिलेलाई सङ्क्षेपमा तिनको उत्तर दिँदै के भन्न सकिन्छ भने देवकोटा स्रष्टा व्यक्तित्व र सार्वजनिक व्यक्तित्व यी दुवैका योगदानहरू अर्थात् नेपाली साहित्यका साथै नेपालको स्वतन्त्रता र प्रतिष्ठाका लागि उनले गरेका अन्य निःशर्त सेवा परिश्रम त्याग तपस्या सङ्घर्ष जीवनदान पनि समग्रमा उनको महानता र लोकपि्रयताका कारण हुन् ।

लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यलाई एक भकारी ग्रन्थहरू दिए र त्यसबाहेक अझै उनका अप्रकाशित कृतिहरूको लेखाजोखा गर्न त बाँकी नै रहेको छ तर उनको साहित्यिक पक्ष उनको महìवपूर्ण पक्ष भए पनि सम्पूर्ण जीवनको समग्र पक्ष भने होइन र उनको सार्वजनिक व्यक्तित्वलाई पनि त्यसमा जोडेर नहेरेसम्म उनको सर्वाङ्गीण मूल्याङ्कन पनि गर्न सकिने छैन । अझसम्म देवकोटालाई एक कविका रूपमा मात्र हेरेर वा प्रस्तुत गरेर उनको वास्तविक छविलाई खण्डित र सङ्कुचित पारिएको हुनाले नै उनीबारे माथिका ती केही प्रश्नहरू खडा भएका हुन् ।

महाकवि देवकोटाको जीवन उनको साहित्यभन्दा कम विविधतापूर्ण र मर्मस्पर्शी छैन । उनको कथा पनि स्वयं नै एक महाकाव्य वा उपन्यासजस्तो लाग्दछ । उनले नेपाली साहित्यलाई मात्र हैन नेपालको प्रजातान्त्रिक आन्दोलन तथा जनपक्षीय साहित्यिक सांस्कृतिक जागरणमा पनि प्रभावकारी योगदानहरू गरेर नेपाली समाजलाई अझै उन्नत र जागृत बनाउन तर्फ सक्रिय भूमिका खेले । प्रजातन्त्रका लागि २००४ देखि २००६ सालसम्म बनारसमा निर्वासित जीवन बिताउँदा उनका जहानपरिवारको विचल्ली, राणाशासकहरूद्वारा उनको घर रोक्का र त्रिचन्द्र कलेजको प्राध्यापकको जागिरबाट निष्काशन, तिनताकै ओखतीको अभावमा माइलो छोरोको असामयिक निधन र विदेशमा कविता बेचेर पेट पाल्नुपर्ने विवशताबीच पनि उनले कुनै गनगन वा गुनासो गरेको सुनिएन । नेपाल फर्केर आएपछि पनि निकै वर्ष बेरोजगारीको स्थिति र रातदिन ट्युशन पढाएर गृहस्थी चलाउनुपर्ने बाध्यता । अर्को छोरोको पनि निधन र त्यसको बज्रप्रहार सहँदै उनले सहँदै खप्दै आˆनो र अन्य साहित्य साधन सामाजिक कार्यकलाप यथावत् चलाइ नै रहे । त्यसैगरी जीवनको उत्तरार्द्धमा क्यान्सरको अपरेशनपछि हाडछाला मात्र बाँकी रहेर मरणासन्न अवस्थामा पुगेका ती महाकविले प्रज्ञाप्रतिष्ठानबाट आफूले पाउनुपर्ने आठ महिनाको पारिश्रमिक रोकिएकोले गुन्द्रुक सिस्नो खाएर जिनतिन बाँच्नुपरेको अवस्था जनाउँदै बारम्बार आˆना हाकिम, मन्त्री र राजदरबारमा अनुरोध आग्रह गर्नु र बिन्तीपत्र चढाउनु परेको बृतान्त पनि ज्यादै हृदयविदारक छ । अघि राणाकालमा स्थापित नेपाल भाषा प्रकाशिनी समिति र प्रजातन्त्रकालमा स्थापित नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा कुनै खासै अन्तर देखिएन । जीवनभरि देश सेवा र साहित्य सेवा गरेर विश्वमै नेपालको प्रतिष्ठा बढाउने महाकविले अन्तिम अवस्थामा त्यसरी प्रताडित र अपमानित हुनुपरेको घटना साँच्चि नै नेपाली साहित्यको इतिहासमै एक कलङ्क भएर रहेको छ तर पनि देशभक्त देवकोटाले निधन हुनुअघिसम्म प्रजातन्त्र फलोस्-फुलोस्, त्यो मर्न नपाओस् भन्ने सन्देश नेपालीहरूलाई दिइरहे ।

यस सन्दर्भमा, यौटा दुःखको कुरो त के हो भने देवकोटाको सार्वजनिक व्यक्तित्वका राष्ट्रिय र अन्तर्राष्ट्रिय आयामहरूलाई अदेखा गर्दै हामीकहाँ अझसम्म पनि नराम्ररी जरो गाडेर बसेको परम्परावादी शास्त्रीय समीक्षा पद्धतिका अनुयायीहरूले एकपक्षीय दृष्टिबाट उनलाई नेपालीका प्रथम महाकाव्यकार र अनेकौँ महाकाव्य, खण्डकाव्य, निबन्ध रचना आदिका अद्भूत चमत्कारी आँसुकवि, तीन महिना, अझ दस दिनमै महाकाव्यहरू लेखिदिनसक्ने, श्लोकमै कुरा गर्न र भाषण दिनसक्ने, एक बसाइमै खण्डकाव्य लेखी सिध्याएर उठ्ने एक अलौकिक सारस्वत प्रतिभा आदिका रूपमा मात्र उभ्याउँदै आएका छन् । त्यसैगरी उनीहरूले उनका शिल्पविधान, भाषाशैली, बेजोड कल्पनाशक्ति र अभिव्यञ्जनात्मक क्षमताजस्ता काव्यकलाका रीतिवादी विश्लेषण विवेचनामा अथवा उनका रचनाहरूमा अन्तर्निहित प्रकृति दर्शन, सौन्दर्य दृष्टि, आध्यात्मिक प्रवृत्ति, रहस्यवाद र आदर्शवादजस्ता विषयवस्तुहरूको अमूर्त व्याख्या विश्लेषण गर्नमा नै बढी परिश्रम खर्चेका छन् । त्यसैगरी, अर्कातिर पाश्चात्य शिक्षाबाट प्रभावित आधुनिक प्राध्यापक र अङ्ग्रेजीवाजहरूले पनि उनलाई मुख्यतः युरोपेली रोमान्टिसिज्मका पक्का अनुयायी र त्यस धारका एक प्रमुख नेपाली प्रतिनिधिका रूपमा मात्र सीमित गरिदिन खोजेको देखिन्छ तर समग्रमा यी दुवैथरिका विद्वान्हरूबाट सच्चा देवकोटाप्रति न्याय हुन सकेको छैन । अब हामीले यी सङ्कीर्ण घेराहरूबाट निस्कँदै र जडसूत्रवादी पद्धतिहरूलाई सच्याउँदै देवकोटाका कृति, व्यक्तित्व र अन्य सामाजिक-सांस्कृतिक योगदानको ऐतिहासिक परिप्रेक्ष्यमा र समाजशास्त्रीय दृष्टिबाट सर्वाङ्गीण व्याख्या गर्नुपर्ने भएको छ । विगतमा एक दुई विद्वान्ले त्यसतर्फ प्रयास गरेजस्तो देखिए पनि त्यो अपर्याप्त रहेको छ र केहीले यसलाई सरसरी छोएर मात्र पन्छाइदिने गरेका छन् ।

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px