मधुपर्क, २०६६ कात्तिक
 
महाकवि विषयमा मेरो विद्यावारिधि
- डा. कुमारबहादुर जोशी
 

वि.सं. २०३१ साल चैतमा मित्र वासुदेव त्रिपाठीको लामो भूमिकासहित मेरो महाकवि देवकोटा र उनका महाकाव्य सहयोगी प्रकाशन, काठमाडौँबाट प्रकाशित भयो । त्यतिबेला म त्रि-चन्द्र क्याम्पसमा पढाउँथेँ । मेरो औपचारिक शिक्षा संस्कृतमा दर्शनशास्त्री, अङ्ग्रेजीमा बी.ए. र नेपालीमा एम.ए. थियो । खास गरेर एस.एल.सी. कोर्स पढ्न सुरू गर्दा अर्थात् वि. सं. २०१५ सालतिर कोर्समा समाविष्ट महाकवि देवकोटाका दुई कविता 'यात्री' र 'मार्ग' पढेपछि म देवकोटाप्रति निकै आकषिर्त हुन थालेको थिएँ । यसो त पछि आई.ए. पढ्दासम्ममा लेखनाथको 'जीवनचङ्गा' र माधव घिमिरेको 'विश्वबन्धु' जस्ता कविता पढेपछि म लेखनाथ र माधव घिमिरेप्रति पनि कम आकषिर्त हुन थालेको थिइनँ तर विशेष आकषिर्त चाहिँ देवकोटाप्रति नै हुन थालेको थिएँ । कविता वा साहित्यको एउटा प्रमुख गुण सर्वकालीन हृदयस्पर्शिता जो हो, त्यो उक्त तीनै कविका कवितामा नपाइने होइन तर विषयवस्तु र प्रस्तुतिशैली तथा शिल्पको नवोन्मेष र नवीन सौन्दर्यचेतनाका सन्दर्भमा देवकोटा मलाई सर्वाधिक मनपर्ने कवि बनिसकेका थिए । त्यतिञ्जेल -२०३१ साल) सम्ममा मेरा सञ्चयन -निबन्धसङ्ग्रह, २०२५), सिंहसार्थवाह -खण्डकाव्य, २०२६) र चार अमर कविका पाँच काव्यकृति

-समालोचनासङ्ग्रह, २०२९) पनि प्रकाशित भइसकेका थिए । अनि यिनै सब पृष्ठभूमिमा होला, मलाई त्रि.वि. नेपाली शिक्षण समिति, कीर्तिपुरमा आंशिकरूपमा कक्षा लिइदिन आग्रह आयो, खास गरी मित्रद्वय वासुदेव त्रिपाठी र ठाकुर पराजुलीमार्फत । अनि म २०३२ सालको आधाआधिदेखि कीर्तिपुरमा पनि पढाउन जान थालेँ ।

यस्तैमा, २०३३ सालमा मेरो सरुवा त्रि-चन्द्रबाट नेपाली शिक्षण समिति -हाल केन्द्रीय नेपाली विभाग) कीर्तिपुरमा भयो । त्यतिखेर यहाँ ताराप्रसाद जोशी रिटायर्ड हुने र उहाँको ठाउँमा वासुदेव त्रिपाठी विभागीय प्रमुख बन्नुहुने निश्चितप्राय भइसकेको रहेछ । केही समयपछि यस्तै भयो पनि । त्यतिखेर नेपाली विभागमा २०२४ सालमा नेपालीमा एम.ए. गर्ने हामी सहपाठीहरू चार जना जम्मा हुन आइपुगेका थियौँ- वासुदेव त्रिपाठी, ठाकुरप्रसाद पराजुली, वल्लभमणि दाहाल र म स्वयं । हामी चार जना औधि मन मिल्ने साथी थियौँ । मैले यहाँ अरू विषयका साथै मुख्यतया महाकवि देवकोटा पढाउने जिम्मेवारी पाएँ । अनि त मलाई 'के खोज्छस्

काना ? आँखा' भइहाल्यो । म रमाइरमाइ महाकवि देवकोटाको पठन-पाठनमा विशेषरूपमा केन्दि्रत हुन थालेँ । यसैबीच एकदिन मेरो मनमा महाकवि देवकोटा विषयमा विद्यावारिधि गर्न पाए हुन्थ्यो भन्ने लाग्यो र सो कुरा मित्र त्रिपाठीलाई सुनाउँदा उहाँले मलाई हौसला दिँदै भन्नुभयो- "महाकवि देवकोटामा विद्यावारिधि तपाईंले नगरे कल्ले गर्ने ? तपाईंले महाकवि देवकोटा र उनका महाकाव्य लेखी नै सक्नुभएको छ भने तपाईंलाई त्यति गाह्रो पनि नहोला ।" त्रिपाठीले यसो भन्नुहुँदा मैले उहाँले मेरो उक्त महाकवि देवकोटा र उनका महाकाव्यको भूमिकामा लेख्नु भएको कुरा सम्झन पुगेँ, जुन यस्तो छः "देवकोटा-साहित्यको अनुगमबाट आगम -निष्कर्ष) तिर पुग्नाका लागि समालोचकले आफूलाई माझ्नु र खार्नुका साथै आˆनो जीवन समर्पण गर्नुपर्ने देखिन्छ । यस दृष्टिले म कुमार जोशीलाई आहृवान गर्न चाहन्छु किनभने वर्षौंसम्म उहाँ देवकोटा-साहित्यमा डुब्नु भएको छ र अझै डुब्दै हुनुहुन्छ । अनि देवकोटा उहाँको अध्ययन-रुचिको केन्द्रीय साहित्य रहेको पाइन्छ । त्यसैले उहाँकै आगामी अझ विस्तृत र परिपक्व देवकोटा-समालोचना-ग्रन्थ नै प्रस्तुत महाकवि देवकोटा र उनका महाकाव्यको अझ सशक्त विकल्प बनोस् Û इत्यादि ।" आˆना मित्र र विभागीय प्रमुख अनि 'लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन' शीर्षकमा विद्यावारिधि गरिसक्नु भएका त्रिपाठीका यी कुराले म हौसिएँ, अनि उहाँकै सरसल्लाहमा मैले महाकवि देवकोटा विषयमा विद्यावारिधि शोधकार्य गर्नका निम्ति २०३३ साल साउनमा त्रिभुवन विश्वविद्यालयमा नाम दर्ता गराएँ । मेरो र अझ खास विश्वविद्यालयको आग्रहमा त्रिपाठी नै मेरो शोधनिर्देशक बन्नुभयो भने शोधविशेषज्ञद्वयमा डा. चूडामणि बन्धु र डा. मोहनहिमांशु थापा रहनुभयो । महाकवि देवकोटा विषयक मेरो शोधकार्य औपचारिकरूपमा यसरी नै सुरु भएको हो ।

विश्वविद्यालयमा आˆनो पढाउने काम सकिएपछि देवकोटाले लेखेका र देवकोटाबारे लेखिएका लेख-रचनाहरू जम्मा गर्न उपत्यकाका प्रमुख पुस्तकालयहरू धाउन थालेँ- कहिले मदन पुरस्कार पुस्तकालय त कहिले राष्ट्रिय पुस्तकालय तथा अभिलेखालय, कहिले पद्मकन्या क्याम्पस पुस्तकालय त कहिले केशर पुस्तकालय अनि कहिले चाहिँ त्रि.वि.केन्द्रीय पुस्तकालय । त्यो बेला फोटोकपी मेसिन हामीकहाँ आइसकेको थिएन त्यसैले सार्ने काम सबै हातैले लेखेर गर्नुपथ्र्यो । यसो हुँदा सामग्री-सङ्कलनमै मेरो समय र श्रम ज्यादा लाग्यो- करिब तीन/चार वर्ष नै तर सामग्री सङ्कलनको काम शोधकार्य गर्दा शोध पूरा नहुञ्जेलसम्म नै चलिरहने रहेछ, मैले पछि अनुभव गरेँ ।

नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाएर प्रचुर रचना प्रदान गर्ने बहुमुखी प्रतिभा लक्ष्मीप्रसाद देवकोटाको मूल सिर्जनक्षेत्र कविताविधा जो हो, त्यो नै मेरो शोधक्षेत्र थियो भने मेरो शोधशीर्षक थियो- 'महाकवि देवकोटाको कवितायात्रा र त्यसका मोड-उपमोडहरूको विवेचना' । यसअनुसार महाकवि देवकोटाका कविता-कृतिहरू अर्थात् फुटकर कविता, काव्य-खण्डकाव्य तथा महाकाव्यहरू के-कति छन्, पत्ता लगाएर तिनको सङ्कलन गर्नु नै मेरो प्राथमिक काम थियो र मैले उक्त प्रकार तीन/चार वर्ष परिश्रम गरेर प्रथमतः यही काम मोटामोटीमा पूरा गरेंँ । फलस्वरूप देवकोटाले लेखेका प्रकाशित-अप्रकाशित गरी लगभग ७०० जति फुटकर कविताहरू, २१ वटा खण्डकाव्यहरू -'मैना' काव्यसङ्ग्रहमा सङ्ग्रहित सातवटा खण्डकाव्यसहित) तथा छवटा महाकाव्यहरू -देवकोटाले लेख्न प्रारम्भ गरेका तथा प्रारम्भिक केही अंश पत्रपत्रिकामा प्रकाशितसमेत भएका भए पनि अधूरै छाडेका 'सुषमालोचन', 'भक्त प्रहृलाद' तथा 'सत्याभास' वा 'बुद्धचरित्र' जस्ता महाकाव्यबाहेक) भेटिए ।

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px