मधुपर्क, २०६६ कात्तिक
 
देवकोटाः जीवन्त कविता !
-तेजेश्वरबाबु ग्वंग
 

एकै देवकोटा अनेक भइदिन्छ । प्रत्येक कवितामा लक्ष्मीप्रसाद देवकोटा आफैँ अस्तित्व बनेर फुकिदिन्छ । लाग्छ, देवकोटाका फत्र\mयाईमा म नि मुस्काइरहेको हुन्छु । लाग्छ, उनका कवितामा ब्रहृम-विवेकका स्वानुभूति हाँसिदिन्छ मुसुक्क । मुसुक्क ओठहरूका फत्र\mयाईमा देवकोटा ः जीवन्त कविता बनिदिन्छ । कहिले कण्ठाग्र पारिदिन्छु महाकवि देवकोटा-सिर्जनाका वाणीहरूलाई । कहिले स्वरभरि गीत गाइदिन्छुÙ 'कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो ?'

नितान्त जिज्ञाशामूलक प्रश्नका पेटारो गुथ्दै थालिएका देवकोटाका 'यात्री' कविता अध्यात्म चिन्तनमुखी महका चाकाझैँ लाग्न थाल्छ । प्रत्येकचोटि पढ्छु एकै कविता अनेक भइदिन्छु मै पनि देवकोटाका चेला । बिहानी पाठमा पढ्छु । मिरमिरे बिहानी घाम झुल्किदिन्छ यात्रीका यात्रासित । प्रश्नका जिज्ञाशासित चिन्तनमुखी चेतना फुरिदिन्छ । मानौँ चेतनाको चुनारी फुकाइरहेझैँ फरर...फरर... । गर्न खोजिएको सतत् प्रयास मस्तिष्कको द्वार खोल्न लागिएकै हो । एउटा क्षितिज उघार्छ अध्यात्म चिन्तनमा रूपक अलङ्कार जडेर मानिसको दैहिक अङ्गप्रत्यङ्गलाई मन्दिरमा रूपान्तर गरेर यात्री कविता । जीवन यात्रा भरिदिन्छन् यात्री कविता वाचन भरिभरि ।

कविता, अध्ययनका आल्हावादहरू छताछुल्ल भइदिन्छन् यो मनभरि, मुटुुभरि, शरीरभरि, अङ्गप्रत्यङ्गभरि । म यात्री बनिदिन्छु, कविता पाठनभरि, वाचनभरि यात्री कविताभरि । यात्री कवितासितै जीवनयात्रा भरिदिन्छु, सललल पानीका प्रवाह बनी । हावाझैँ अदृश्य गति लिइदिन्छु आˆनै प्रवाहमान पाइलाभरि । हिँड्दाका पाइलाहरू अदृश्य दृश्य जस्तैÙ मानौँ पातहरूका झुलनमा मात्र हावाका अस्तित्व बोध गर्न भ्याइने भए जस्तै यात्री कविताका सहयात्री भइदिन्छु गुरुघरान कविता घरान बनेर । म यात्राभरि यात्री बजिदिन्छु आˆनै दैहिक जीवन यात्राभरि । आफै आफूलाई चहार्दै आˆनै मन्दिर आफैँ अपार ठान्दै । झण्डै उस्तै यात्रा भरिरहेको हुन्छु जस्तै कि कस्तुरी-मृगका अनवरत थकानविनाका तलास वरण गरेर । लाग्न थाल्छ ः कस्तुरी-मृग पनि देवकोटाका यात्रीजस्तै अथवा यात्री पनि कस्तुरी-मृगजस्तै भौँतारिरहेको हुन्छ । आˆनै नाभीका अन्तस्करणका वासना र सुगन्ध तलासमा तलासिँदै । यात्री पनि त आफै अपार मन्दिर बनेर अर्कै कल्पनाका मन्दिर चहारिरहेका देख्छन् देवकोटाका दर्शनयुक्त दार्शनिक महाकवि ।

मान्छे आफैँ आˆनै मन्दिरवाहक यात्री । उनका चर्मचक्षु पर्याप्तिन्न पर्याप्तता भित्रभित्रै । भौँतारिनै त पर्छ मान्छे केवल चर्मचक्षु भेदी जन्तु बनिदा । देवकोटाका यात्री भाव सत्यार्थ बटुल्न नसकी मान्छेकै काँध चढी विचरण गर्दा हुन्छन् । सायद देवकोटाका यात्री प्रकारान्तरमा लाग्छ यदाकदा इदी अमिन भइदिएको हुन्छ । गोराका काँढ चढी युगान्डाका भूतपूर्व राष्ट्रपति इदी अमिन पनि त गोराका काँढमाथि कालका अहं अस्तित्व खोजिरहेका रहृयै भएथे आˆनै अहंकारी राज्यकालभरि । सायद आˆनै अस्तित्व वरण गर्न नभ्याएका यात्री पनि तामदानमा बोकाइएर मन्दिर परिसर चहारिरहेका हुन्छन् निरन्तर । यात्रीका देवकोटा कालीन मानिसहरूका काँढ चढाई तामदान नै त थियो । भुक्तभोगी यो जीवन्त सास फेराइका अनुभूति नै त

रहे -बनेको छ । रैशरवाफका तुजूकहरू त्यस्तै थिए । त्यसताका । गरिबमाथिका रजाईं अचेलभरि भाकामा सामन्ती चर्चा ।

सोच्दासोच्दै देवकोटाका 'यात्री' फैलिन्छ दिगन्त । एउटा सामाजिक व्यवहार, आचरण र गराइ भोगाइहरूका चहराइ । यात्री कविता काव्यिक दायराबाट सामाजिक पृष्ठपोषणका ज्वलन्त उदाहरण नै बन्नपुग्छ । यात्री कविता अब काव्यधाराका प्रयोगात्मक प्रस्तुति मात्र नभएर सामाजिक संस्कारका पहिचान सूत्र बन्न पुग्छ । कविता कल्पनाका प्रजनन सूत्र मात्र नबनेर सामाजिक, धार्मिक धरातलका चेतना-बिम्ब पनि बनिदिएको हुन्छ । यात्री कविताका माध्यमबाट तत्कालीन सामाजिक रीतिरिवाज बोध सहजतापूर्वक गर्न सकिने क्षितिज उघि्ररहेको हुन्छ । युगीन व्याख्या विश्लेषणको सङ्घारमा कविता समकालीन सास फेर्छ । कविताका स्वासप्रस्वाससित कविताका कवि आत्मा जीवन्त यात्रा भर्न आइपुग्छन् । देवकोटाका कवि आत्मा हाम्रै सजीवतासित नयाँ नेपालको नवीन भावधारा ओकलिदिन्छ ।

आफैँलाई सजीव दैहिक मन्दिरमा प्रतिस्थापन गर्दै देवकोटा हातखुट्टाका नली-हाडहरूलाई मजबूत खम्बाहरूका बिम्ब तयार गर्छन् । प्रतीकात्मकता यात्री कविताका स्वरूप धारण गर्छन् । बिम्ब बोधिसत्व कविका मात्र नभएर पाठकीय परिवेशका पनि ललित सौन्दर्यानुभूति बन्छ । यिनै ललित सौन्दर्याभूतिमा मार्मिक पाठक कविताका सौन्दर्य मर्मका रसस्वादन गर्छन् वा गर्न भ्याउँछन् । काव्यिक रसस्वादन कविताका मर्मस्पर्शी भाव, शैली र शब्द विन्यासबीचबाट तर्किन्छ । तिनलाई काव्यचेतका तìवहरू जसलाई हामी अलङ्कार र साधना साधन भन्छौँ, का प्रयोग र व्यवहार गरेर काव्यिक अभियानका अभियन्ता बन्छौँ । कविताको मर्मस्पर्शी पाठक समाज जति साकार बन्छ उति नै कविचेतले चेतना प्राप्त गर्न पुग्छ । काव्यिक जैविकताका ऊर्जा भन्नु मर्मभेदी पाठक चेतनाका झुम्याइ भन्ठान्छु म ।

महाकवि देवकोटा एउटै 'यात्री' कविता रचना धर्म धारणा गरेर मानवीय धर्म सन्देशका शङ्खध्वनिका नाद गुञ्जन गर्छन् । मस्तिष्कलाई उनी सुनौलो छानाका रूपक अलङ्कारका सिँगार भर्छन् । तीक्ष्ण मस्तिष्कका छानामा घामका स्पर्शहरू हुन्छन् अनि टल्कन्छन् ।

क्या Û मजाको बिम्ब बोधिसत्व सञ्चार गर्छन् देवकोटाका महाकवि यात्रामय जीवन रसपूर्ण मानवधर्मी कविता यात्री । यात्री कविता सार्थक कविता ठहर्छ जहाँजहाँ जबजब यिनले मानवतावादी बिगुल बजाउँछन् । सार्थक कविता मावनतावादी सन्देशका नाद फुक्छन् । पाठकले नाद सन्देशलाई यावत् यात्रामय जीवन सञ्चारकहरूसम्म प्रक्षेपण गरिदिनुपर्छ कविता युगजयी बन्छ । मानव हित र कल्याणमा कवि र कविता अमरत्व ग्रहण गर्न पुग्छ । कालजयी चमत्कारी चेत चुल्याएर ।

सुनका छाना त बन्यो बन्यो मस्तिष्क । कहाँ कोरा कल्पनाका घारी बन्छन् कवि चेतना । स्वस्थ कल्पनामा कवि बनेका देवकोटाका विश्लेषक विवेचना गर्छन् ः निबन्धमा पोखिएर, खनिएर, पस्किएर कि अस्वस्थ कल्पनाले पागल बनाउँछ । निबन्धकार लक्ष्मीप्रसादका युगान्तकारी निबन्धकार देवकोटा लक्ष्मी निबन्धसङ्ग्रहभरि । जेहोस् देवकोटा देवकोटा नै हुन् कवितामा होउन्, निबन्धमा होउन्, गीति कविता होउन्, महाकाव्य होउन् जताततै, जहाँसुकै, सबैतिर, सर्वत्र, छताछुल्ल । इन्दि्रयहरूका द्वार, नसा नदीका तरल तरङ्ग स्वस्थ बिम्बवाहक बन्छन् शरीररूपी मन्दिर धामको । कति मीठो अनुप्रास चखाउँछ नसा नदीका तरल तरङ्गहरू । जति पढ्यो उति नै पुगोइन र पुगिन्न देवकोटाका सारगर्भित कविता-यात्री । कति गेय र ध्येय बनिदिन्छ यहीँ यही भौतिक शरीरको मन्दिर आफैँमा अपार । कत्रो अध्यात्म दर्शन भर्छन् कविगुरु मेरा लक्ष्मीप्रसाद देवकोटा । कवितामा आध्यात्मिक जीवन दर्शन गराउँदो छ यात्री सिर्जना ।

मस्तिष्क चेतनमय छानामा नै बिम्बित हुन्छन् देवकोटाका सर्जक प्रतिभामा । उही मनको सिंहासनमा जगत् ईश्वरका राज हुँदोरैछ । सुन्दै आल्हादक । पढ्दै आनन्ददायक । गुन्दै गहिराइमा पुगिन्छ शान्तकार अर्थात् शान्त आकार शान्तिका अजस्र स्रोत जीवन धाम, आफूझैँ अपार मन्दिर अर्थात् पार गरी नसकिने व्योममय व्यस्टि यो जीवनलीलालाई देवकोटाका स्वस्थ कवि अत्याधुनिक आम सञ्चारका लागि पनि अनमोल आख्यान भर्न पुग्छन्ः

चेतनको यो ज्योति हिरण्यमय

उसको शिरको ताज

शरीरको यो सुन्दर मन्दिर

विश्व क्षेत्रको माझ ।

कहाँ सतहगामी छन्- ईश्वर । ईश्वर गम्भीर छन् । गम्भीरपनकै कारण ईश्वर गहिराइ रोज्छन्, मन पराउँछन् अनि त अन्तराल भेदी बन्छन् । त्यस्ता अन्तस्करणमुखी अविनाशी चेतनतìव ईश्वर बन्दारैछन् । ईश्वर भेट्न सतह बगेर पुग्दोहुन्न । अन्तरयामी हुन सक्दो बन्नुपर्दोरहेछ । आफूभित्र आफैसित आफैँलाई नियालेर । आफूभित्र आफैँले आफूलाई पसाल्नु अन्तरयामी भन्नुको पर्याय बन्छ । आफूलाई जतनले आफैभित्र समावेश गराउने अभियान एउटा यौगिक साधना बन्छ । आत्मयोग सरल भएर पनि सितिमिति सहज बन्दैन । यो साधनारत सदाचार ठहर्छ । सदाचार सधैँभरि नगरी नहुने आचार । सदाचार सदाबहार बनाइनुपर्ने, निरन्तर अटुट राख्नुपर्ने साधना । त्यसैले मेरा गुरु कवि भनूँ कविगुरु अझै मुखरन गर्छन् ः

''भित्र छ ईश्वर, बाहिर आँखा

खोजी हिँड्छौ कुन पुर ?

ईश्वर बस्दछ गहिराइमा,

सतह बहन्छौ कति दूर ?

अध्यात्म दर्शन पन्थी कवि देवकोटा ईश्वरका निवासस्थान आˆनै दैहिक मन्दिर मान्छन् । ईश्वरका दिव्य दर्शन आफैँमा गर्न सकिन्छ, विश्वस्त बन्छ कवि । साविक दरसाविकदेखि आफँै पाइलागामी ईश्वर आˆनै पाइला, आˆनै गतिमा भेटेर पनि भेट्टनि सहज सप्ठ्यारो बन्नन् । अप्ठ्यारो लागिदिन्छन. ईश्वरभेट भनौँ प्रत्यक्ष दर्शन । ईश्वर अन्तरङ्गका रङमा रङ्गएिर प्रत्यक्षीकरण हुन्नन् । अप्रत्यक्ष ईश्वर अनाकार अमूर्त रहन्छन् । जो अमूर्त रहन्छन् त्यो आकारमा प्रत्यक्ष बन्नन् । यस्तो लाग्छ अमूर्तमान् ईश्वरको रूप बन्छ । त्यसैले भनूभनू लागिरहन्छ कि ईश्वर उस्तै देखिन्छ जस्तै आफू । देवकोटाको कवि महान् भइदिन्छ मैसित मेरै स्वरमा । मेरै दर्शनमा । मेरै स्पर्शमा । मरै दृष्टिमा । मेरै लेखनीमा । मेरै बुझाइ । मेरै व्याख्या र विश्लेषणमा । मानौँ देवकोटा मूर्ततासितका अनाकारजस्तो, आकारभित्रको व्यापकताजस्तो । आफैँसित हिँड्ने गहिरो गहिरो अन्तरआत्माजस्तो । चैतन्यभित्रको चेतनाजस्तो । सचेत रहेर पनि जगाई नै राखिनु पर्ने सजीव र सार्थक घचघच्याईजस्तो ।

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px