मधुपर्क, २०६६ कात्तिक
 
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
-नरेन्द्रराज प्रसाइ
 

महाकवि देवकोटा सानैदेखि कविता लेख्थे । उनले सुरुमा नेपाली भाषा र संस्कृत भाषामा कविता लेखे । एकपटक यिनले गीताको आधारमा संस्कृतभाषामा कविता लेखेर आˆना बुवा तिलमाधव देवकोटालाई देखाए । उनका बुबाले कविता हेरेपछि कवितालाई 'अशुद्ध, बेकम्मा र नमिलेको' भनेर ˆयाँकिदिए । त्यति मात्र होइन, उनलाई संस्कृतमा कविता लेख्न नजान्ने भनेर उनका बुबाले गाली पनि गरे । अनि त्यसै दिनदेखि उनले संस्कृतमा कविता लेख्ने रुचिलाई तिलाञ्जलि दिए । त्यसपछि उनी एकोहोरो रूपमा नेपाली भाषामा मात्र कविता लेख्न थाले । आˆना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै उनले सानैमा कविता लेख्ने प्रेरणा बटुलेका थिए । साथै उनी छिप्पिँदै गएपछि वर्डस्वर्थ र शेलीका प्रभावमा पनि डुबे ।

लेखनको विषय नै महाकवि देवकोटाको पि्रय साथी हुन थाल्यो । त्यसैले लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो । वास्तवमा एकोहोरो शैलीका कारण उनी लेख्न थालेपछि त्यसमा नै चुर्लुम्मै डुबिदिन्थे । यसै प्रसङ्गमा उनले लेखे पनि "मैले लेख्ने बानी नगरेको भए म बिलकुल बेकम्मा गधा हुने थिएँ ।" उनी जे बोल्थे हृदयबाटै बोल्थे र जे लेख्थे आˆनो ब्रहृमले सिकाएकै कुरा लेखे ।

महाकवि देवकोटा कविता लेखनका सिद्धहस्त कालीगढ थिए । उनीमा लेखनको आत्मविश्वासले धुरी टेकेको थियो । काव्यलेखनका बारे उनले भनेका पनि थिए- "म श्लोकमा कुरा गर्न सक्छु । दिनभरि श्लोकमै फतफताइरहन सक्छु ।" प्रतिभा र साधनाको सङ्गमले गर्दा उनी नेपाली संसारमा नै कवितालेखनका अति विशिष्ट स्रष्टामा स्थापित भए । देवकोटा स्वयंमा नै एउटा बेग्लै, विशिष्ट एवं जसकसैले लेख्न नसक्ने महाकाव्य थिए । वास्तवमा चैतन्यले भनेजस्तै

''देवकोटा साहित्य क्षेत्रका महान् हस्ती हुन् ।'' अझ जगदीश घिमिरेका पारामा लागेर भन्नुपर्दा "देवकोटा एक अद्वितीय साहित्यिक भर्‍याङ थिए जसले एउटा वर्णमाला च्यापेको बालक काव्यलाई यस सदीको अभिव्यक्तिसम्म पुर्‍याइदिए ।"

महाकवि देवकोटा दरबार स्कुल पढ्दा आˆना साथीहरूलाई कविता सुनाउने गर्थे । त्यस बेला उनले कहिले नेपाली र कहिले अङ्ग्रेजी कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे । त्यति बेला उनलाई उनका सहपाठीहरूमध्ये केहीले भने, ''लक्ष्मीप्रसाद आˆनो दाजु लेखनाथ देवकोटासँग कविता लेखाएर स्कुलमा ल्याउँदो रहेछ । अनि ऊ यहाँ आफैले लेखेजस्तो गरी कविता सुनाउँदो रहेछ । देवकोटा मागेको लुगामा राम्रो देखिन चाहने सुकुलगुण्डो र नक्कली मयूर हो ।'' साथीभाइको जति खप्की खाए तापनि उनी साथीभाइमाझ कविता सुनाउन छोड्दैनथे तर पनि उनका साथीहरू उनलाई कवि मान्न तयार थिएनन् । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । अनि कविताको शीर्षक पनि त्यसै घडी त्यहीँ छानियो । कविताको शीर्षक 'दरबार स्कुल' राखिएको थियो । यिनले पनि सबै विद्यार्थीमाझ पन्ध्र मिनेटमै कविता लेखे । त्यो कविता उनले सबै विद्यार्थीलाई सुनाए । त्यस बेहोराले हल्लाखल्ला मच्चियो । अनि त्यस स्कुलका शिक्षकहरू पनि त्यो कविता सुन्न तम्से । निष्कर्षमा शिक्षकहरूले पनि देवकोटालाई धाप मारे । त्यस बेला नै दरबार स्कुलका शिक्षकहरूले उनलाई 'कोपिलाउँदो कवि'को दर्जा पनि दिए । देवकोटाको स्कुले जीवनमा उनले पिनाकीप्रसाद आचार्यलाई पनि आˆनो कवितालेखनको गुरु थापेर कविता लेख्न थालेका थिए र ती कविता पनि उनी पहिलोचोटि आचार्यलाई नै सुनाउने गर्थे ।

महाकवि देवकोटाले म्याटि्रक पास गरेपछि अङ्ग्रेजी स्रष्टाहरूका रचना पढ्न विशेष ध्यान दिन थाले । त्यति बेला उनले पढ्ने क्रममा वर्डस्वर्थ, शेली, शेक्सपियर, वाइरन, मैथ्यू आर्नोल्डका कृतिहरूको अध्ययन गरेका थिए । आईएस्सी पढ्ने क्रममा उनले 'दि ब्यालेड सावित्री एण्ड सत्यवान्' लेखेका थिए । पछि त्यही कवितालाई उनले 'सावित्री सत्यवान्' नाटकमा लगेर पनि मिसाए । उनले आफू त्रिचन्द्र कलेजमा पढेकै बेला गोरखापत्रमा कविता छपाएका थिए । त्यस बेला उनले 'लक्ष्मी टीसी कलेज, नेपाल'को नाउँ राखेर त्यो कविता छपाएका थिए । अठ्ठाइस श्लोकको त्यस कविताको शीर्षक 'वसन्त षोडशी' थियो । उनको प्रथम औपचारिक कविताका रूपमा त्यसैलाई लिन सकिन्छ र त्यो कविता संवत् १९८५ साल वैशाखमा छापिएको थियो ।

महाकवि देवकोटाले १९९१ सालको मङ्सिरमा गोरखापत्रमा आˆनो औपचारिक नाउँमा 'पूणिर्माको जलधि' शीर्षकमा कविता लेखे । त्यसपछि १९९१ फागुनमा नै प्रथमपटक प्रकाशित 'शारदा'मा उनको 'गरिब' शीर्षकमा कविता छापियो । त्यसै बेलादेखिको नेपाली साहित्यमा देवकोटा र शारदाको विषयलाई खिपेर चूडामणि बन्धुले लेखे ''शारदाको युग भन्नु र देवकोटाको युग भन्नु एउटै कुरा हो ।''

महाकवि देवकोटालाई आˆना प्रोफेसर शारदाप्रसाद मुखर्जीको निधनले पनि गहिरो चोट पुर्‍यायो । अनि उनले अङ्ग्रेजी भाषामा गुरु वेदना लेखे । त्यसपछि उनी अङ्ग्रेजी साहित्यलेखनमा पनि औपचारिकरूपमा क्रमशः देखा पर्न थाले ।

महाकवि देवकोटाले सानैमा कविता लेखे । प्रथमपटक यिनले आˆनी जेठी भाउजू सोमकुमारी -लेखनाथ देवकोटाकी जेठी पत्नी) को व्यथामा जलेर नै कविता लेखेका थिए । 'म त अभागी पो भएँ' भन्ने कविता लेखेर यिनले आˆनी ठूली भाउजू सोमकुमारीलाई देखाउँदा उनी दस वर्ष पनि पुगेका थिएनन् । अनि त्यही रचना नै उनका बुबा तिलमाधव देवकोटाका हातमा पनि पुग्यो । आˆना बुबाले त्यसबापत धाप मारेपछि उनले फेरि अर्को कविता लेखे । उनका दाजु लेखनाथले आˆनी मन परेकी भाउजूमाथि सौता ल्याएपछि देवकोटाले आफू मर्माहत भएर नै भावना पोखेका थिए ः

घनघोर दुखसागर संसार जान भाइ

नगरे घमण्ड कहिल्यै मर्नु छ हामीलाई ।

महाकवि देवकोटाले बाल्यकालमा नै संस्कृत भाषाको 'अमरकोश' 'रघुवंश' र नेपाली भाषामा लेखनाथ पौडयालका विभिन्न कविता पढेका थिए ।

महाकवि देवकोटा सिर्जनात्मक गुण भएका अति विशिष्ट साधक थिए । उनले भानुभक्त आचार्यलाई साह्रै श्रद्धा गरे । श्रद्धा मात्र होइन, उनले भानुभक्तलाई नेपाली भाषासाहित्यका नै सर्वश्रेष्ठ पुरुष माने । यस विषयमा पनि उनले लेखे ''हामी भानुभक्त पढेर शिक्षा सुरु गर्दछौँं र उनलाई हेला गरेर समाप्त गर्दछौँ ।'' साथै उनले लेखनाथ पौड्याललाई आˆनो आदर्श पुरुष माने । देवकोटाजस्ता महान् साधकलाई मान्ने अर्का महान् साधक बालकृष्ण सम थिए । त्यति मात्र होइन, देवकोटालाई पत्याउने उनका गुरु लेखनाथ पौडयाल पनि थिए तर देवकोटा समसँग धेरै ठट्टा पनि गर्थे । त्यही क्रममा एक दिन देवकोटाले समलाई भने "म हजुरहरूको राणातन्त्रकै विरोधमा पनि लेखिदिन सक्छु । त्यो मैले लेखेको कुरा हजुरहरूलाई नै पनि थाहा हुने छैन ।" त्यसै बेला राणाशाहीको विरोधको व्यङ्ग्य गर्दै उनले 'लुत्ते कुकुर' पनि लेखे ।

महाकवि देवकोटालाई लेखनकलाका बिजुली पनि भनियो । यसबारेको तथ्यलाई उनैले स्वीकारेका पनि छन् "केही व्यक्ति छन् जसले मलाई विद्युत् कविको संज्ञा प्रदान गरेका छन्Ù मानौँ स्विच थिचिदिनु मात्र पर्छ र मेरो मुटु फोनको रेकर्डझैँ स्वतः घुम्न थाल्नेछ र त्यसबाट ध्वनित हुनेछ काव्य, सिर्फ काव्य । जनसाधारणमा के हल्ला छ भने संस्कृत एवं अङ्ग्रेजीमा मैले पाण्डित्य हासिल गरेको छु, नौ भाषामा म पूर्ण दक्ष छु ।" वास्तवमा देवकोटा नेपाली साहित्याकाशका एउटा सग्लो तारा हुन् । यसै भाकालाई कृष्णप्रसाद पराजुलीको शब्दमा भन्दा ''महाकवि देवकोटा नेपाली साहित्यका धु्रवतारा थिए ।''

जुद्धशमशेर श्री ३ महाराज भएपछि उनको स्तुति गर्दै महाकवि देवकोटाले कविता लेखे । त्यस बेला उनले नेपाली र अङ्ग्रेजी दुवै भाषामा स्तुति कवितागान गरेका थिए । त्यो कविता उनले जुद्धशमशेरका हजुरमा चढाए र एक हजार रुपियाँ बक्सिस पनि पाए । चन्द्रशमशेर श्री ३ भएपछि उनको पनि स्तुति गाएर उनले कविता लेखे ।

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px