मधुपर्क, २०६६ कात्तिक
 
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
-रोचक घिमिरे
 

महाकवि देवकोटा आप\mनो लेखनलाई परिमार्जित गर्ने, परिष्कार गर्ने कुरामा सहमत

हुँदैनथे । लक्ष्मी निबन्धसङ्ग्रहको 'श्रीगणेशायनमः' शीर्षक निबन्धमा उनी भन्छन्- "म कुनै शैलीका निम्ति लेख्तिन... मन जसरी डुल्यो जस्तो

झुुल्काझुल्की फेला पर्‍यो उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत प्रयासले मनुष्यको कला बिग्रन्छ । ... म राम्रो बनाएर देखाउन चाहन्न, आएको कुरा आओस् । ... बनावटी कलाभन्दा प्राकृतिक कला रोचक हुन्छ ।" देवकोटाका सहकर्मी समालोचक डा. ईश्वर बराल पनि देवकोटाबारे यसै भन्छन्- "लेखन गतिलाई बिथोलेर रचनालाई सिँगार्ने ध्याउन्नतिर ती कहिल्यै लागेनन् Û तिनले केरमेर गरी आफ्ना रचनालाई सच्याएनन्..." -'हिमालचुली'को भूमिका)

महाकवि देवकोटाका रचना अध्ययन गर्दा उपर्युक्त कुराहरू सही सावित हुन्छन् । उनी आफ्ना रचनाहरूलाई कुँद्न, चिरिच्याट्ट पारेर सिँगार्नपट्ट िलागेनन् । सिर्जनामा समाधिस्थ भएको बेला अन्तस्करणबाट प्रतिभाको अजस्र स्रोत जुनरूपमा प्रवाहित हुन्थ्यो त्यसैलाई कलमबाट आकार दिन्थे महाकवि तर आफ्नो अमर कविता 'पागल'लाई परिष्कृत पार्न भने महाकविले आफ्नो उपर्युक्त मान्यतालाई पन्छाएको देखिन्छ । 'पागल' कविता रचनाको पृष्ठभूमिबारे प्रत्यक्षदर्शी जनकलाल शर्माले 'महाकवि देवकोटा एक व्यक्तित्व दुई रचना' शीर्षक पुस्तकमा विस्तृत चर्चा गरेका छन् । त्यो कविता लेखेको भोलिपल्ट बिहानै -२००९ साल जेेठको अन्त्यतिर) जनकलाललाई बोलाएर सुनाए महाकविले । त्यसको एउटा पङ्क्तिमा लेखिएको थियो -

तिम्रा महापण्डित राहुल मेरा मूर्ख Û

भ्ाारतीय विद्वान् महापण्डित राहुल साङ्कृत्यायनले देवकोटासम्बन्धी एउटा लेखमा देवकोटालाई राँचीको पागलखानामा पनि राखिएको थियो भनेर लेखेका थिए र त्यही झोकमा महापण्डित राहुलतर्फ सङ्केत गर्दै उनले त्यस कवितामा मूर्ख भनेका थिए । जनकलालको सुझावमा महाकवि त्यस पङ्क्तिबाट 'राहुल' हटाउन राजी भए अनि त्यो पङ्क्ति यस्तो बन्यो -

तिम्रा महापण्डित मेरा मूर्ख Û

'पागल' कवितामा पहिलो संशोधन देवकोटाले त्यसरी गरे । पछि त्यो कविता 'प्रगति' द्वैमासिकको तेस्रो अङ्क -२०१० भाद्र - आश्विन) मा प्रकाशित भयो । यो कविताले नेपाली साहित्य क्षेत्रमा ठूलो हलचल नै ल्यायो र लोकपि्रय भयो । 'प्रगति'मा छापिएको तेस्रो वर्षमा देवकोटाले आफ्नै अध्यक्षतामा गठित काव्य प्रतिष्ठानद्वारा प्रकाशित 'इन्द्रेनी' को सातौँ अङ्क -२०१३ साल)मा 'पागल' कवितालाई अङ्ग्रेजी अनुवादसहित फेरि छापे । 'इन्द्रेनी' मा छापिएको 'पागल'मा देवकोटाले ठाउँ-ठाउँमा हेरफेर गरेका छन् । विभिन्न पुस्तकहरूमा 'पागल' कविताका दुई किसिमका पाठ छापिएका पाइन्छन् । एउटा पाठ 'प्रगति'बाट र अर्को पाठ 'इन्द्रेनी'बाट दिइएका हुन्छन् । महाकविले आफैँ परिष्कार गरी अङ्ग्रेजीमा समेत आफैँले अनुवाद गरी 'इन्द्रेनी'मा छपाएको 'पागल' कविता 'प्रगति'मा छापिएभन्दा परिमार्जित र सुन्दर बनेको छ । महाकविले रुचाएको त्यही पाठ नै सबै सङ्कलनहरूमा प्रकाशित हुनु उचित हुन्थ्यो तर त्यसो भएको छैन । 'प्रगति'मा प्रकाशित 'पागल'को पाठ डा. ईश्वर बरालको 'हिमालचुली' जनकलाल शर्माको 'महाकवि देवकोटा एक व्यक्तित्व दुई रचना' आदिमा रहेका छन् भने साझा प्रकाशनको 'लक्ष्मी कविता सङ्ग्रह' 'साझा कविता' आदिमा 'इन्द्रेनी'का पाठ समावेश गरिएका छन् त्यसरी पाठ भेद भएका 'पागल' कविताका पङ्क्ति यस्ता छन् ः-

'प्रगति'मा-

ती कोमलाकार चाँदनीमा

'इन्द्रेनी'मा-

ती कोमलाकार पाषाण चाँदनीमा

'प्रगति'मा-

ज्ाादूगर्नी मतिर हाँसेर, पत्रिएर, बास्निएर, उप्सिएर

बिँउझिएर, बदलिएर

यही अंश 'इन्द्रेनी'मा यस्तो छ-

जादूगर्नी मतिर हाँस्दा

पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर

'प्रगति'मा-

-क ं ख) वर्ग तिम्रो क२ं कखं ख

हरहमेशा चलिरहेछ

'इन्द्रेनी'मा-

तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ

'प्रगति'मा-

तिम्रो एक केशमा ४५ वर्षको तुषाराको छिर्का परेको देखेर

म चालीस दिन रुँदा मलाई छँटाएको भने

'इन्द्रेनी'मा त्यही अंशलाई यसरी तन्काइएको छ-

एक सुन्दरीका केशमा समयका तुषाराको

पहिला छिर्का परेको देखेर

म्ा तीन दिन रुँदा

म्ोरो आत्मालाई बुद्धले छुँदा

मलाई छँटाएको भने

'प्रगति'मा-

मलाई एक साथीले चिमटेर भने

'रे बहुलट्ठी खै तिम्रो मासु अझ मरेको छैन'

'इन्द्रेनी'मा-

एक साथीले बेस्सरी चिमटी दिए Û

र भने 'ए पागल तेरो मासु अझ मरेको छैन'

यस्ता कुरा भए सालसाल

पागल छु साथी Û यस्तै छ मेरो हाल Û

'प्रगति'मा-

रण्डीलाई लास भनेको छु

'इन्द्रेनी'मा-

छिपेकी रण्डीलाई लास भनेको छु

'प्रगति'मा-

महात्मालाई निन्दा गरेको छु

'इन्द्रेनी'मा-

महात्मा भनाउँदाको निन्दा गरेको छु

'प्रगति'मा-

तिम्रा महापण्डित मेरा मूर्ख

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px