मधुपर्क, २०६६ कात्तिक
 
महाकविः सहानुभूति होइन सम्मान पत्र
;
 

सुनको दिन एक उदाउँछ रे

जल चञ्चल भैकन गाउँछ रे ...

भोजपुर जिल्लाको सदरमुकामसँग जोडिएको गाउँ पोखरेमा सरस्वती मिडिल स्कुल थियो उहिले हाम्रो बाल्यकालमा । अहिले पनि त्यो सरस्वती निम्न माध्यमिक विद्यालय भएर बाँचिरहेकै छ । त्यही स्कुलमा कक्षा तीन या चारतिर पढ्दा सबैभन्दा पहिले मैले 'सुनको दिन एक उदाउँछ रे' शीर्षकको यो बालगीत गाउने मौका पाएको थिएँ । त्यतिबेला नेपाली साहित्य पढाउने सरले लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भन्नुभएको थियो थिएन सम्झन सकिन तर आˆनो बालमनोविज्ञानमा रमाउने सुनको दिन एक उदाउँछ रे लेख्ने कविलाई मैले बालकवि चैँ पक्कै सम्भिmएको थिएँ ।

भोजपुर बजारको दक्षिणमा अहिले पनि ठिङ्ग उभिइरहेको विद्योदय हाईस्कुलमा आएपछि मैले लक्ष्मीप्रसाद देवकोटालाई 'कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो,' भन्ने कविता लेखकका रूपमा चिन्ने मौका पाएँ । ऊ जमानामा त्यस्तो भौतिक चेतनाले भरिएको कविता लेख्ने कवि कत्ति आँटिलो होला भनेर म छक्क परेको थिएँ । भर्खरभर्खर मुलुकी ऐन आएको हुनाले दलित जातिले मन्दिर प्रवेश गर्ने आन्दोलन चलेको थियो त्यतिबेला हाम्रो जिल्लामा पनि । ब्राहृमणहरूले जनै हलोको अनौमा बेरेर गोरु जोतेर विद्यमान सामाजिक विकृतिका विरुद्ध युद्धघोष गरेको समय थियो त्यो । त्यसैले 'जाउ समाउ आर्तहरूको चहर्‍याइरहेको घाउ' भन्ने कविता हाम्रा दाजुहरू सँगसँगै हामीसम्म पनि आएको थियो विद्रोह बोकेर ।

काठमाडौँ आएपछि मैले लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भनेर चिनेँ र मलाई सबैभन्दा बढी मनपरेको 'पागल' कविता पनि पढेँ । लक्ष्मी निबन्ध सङ्ग्रहचाहिँ मैले सबैभन्दा पुछारमै पढेको हुँ उतिबेला पनि । समयक्रममा मैले लक्ष्मीप्रसाद देवकोटाको पशुपति आर्यघाटमा लेखिएको अन्तिम र एउटा कविता 'आखिर श्रीकृष्ण रहेछ एक' भन्ने कविता पनि मैले पढेँ ।

स्वर्गीय लक्ष्मीप्रसाद देवकोटा अहिलेसम्म भौतिक शरीर धारण गरेर बाँचिरहेका भए १०० वर्ष पूरा गर्थे । उनको भौतिक शरीर खरानी भयो आधा शताब्दी अघि नै । र पनि मलाई उनको नाम अगाडि शतायु लेख्न मन लागेको छ किनभने नेपाली गद्य र पद्य साहित्यमा अहिलेसम्म हामी सबैका अगुवा भएर लक्ष्मीप्रसाद देवकोटा बाँचिरहेका छन् र बाँचिरहने छन्, नेपाली साहित्यको इतिहास रहेसम्म ।

महाकवि देवकोटाको आस्था धेरैले खोजेका छन् अँध्यारोमा हात्ती छामेर । महाकविको लेखनलाई आजको आँखाले होइन, सत्तरी वर्ष पुरानो नेपाली चेतनाको धरातलमा उभिएर हेर्न सक्नु र सिक्नु पर्छ । महाकविले रुसी समाजवादको प्रशंसा गरेका छन् र गरेका छन् चिनियाँ क्रान्तिको मुक्तकण्ठले प्रशंसा । यी प्रसङ्गसँगै तासकन्दको गोष्ठीमा लक्ष्मीप्रसाद देवकोटाको उपस्थितिले अन्तर्राष्ट्रिय चेतनाका आधारमा हाम्रा महाकविलाई प्रस्टैसँग साम्राज्यवाद विरोधी खेमामा उभ्याएको छ । जहाँसम्म नेपालभित्रको सन्दर्भ हो त्यसमा पनि महाकवि देवकोटा आˆनो समयको शीर्षस्थ अग्रगामी सोच भएका साहित्यकारका रूपमा चिनिन्छन् । महाकविका अधिकांश पात्रहरू नेपालको समाजसँग जोडिएका छन् । नेपाली संस्कृतिसँग जोडिएका छन् । मुनामदन र कुञ्जिनीजस्ता काव्यहरू सयौँ वर्षसम्म नेपाली सभ्यता र संस्कृतिका संवाहक भएर रहिरहने छन् किनभने ती हाम्रै माटोको पसिनामा बाँचिरहेका छन् र बाँचिरहने छन् ।

लक्ष्मीप्रसाद देवकोटाको साहित्यसँग सधैँ जोडिएर आउने पक्ष भएको छ- उनको गरिबी । आजभन्दा सत्तरी/असी वर्ष पहिले देवकोटा खाली कलमसँग मात्रै खेलेका थिएनन् । उनी आफैँ काठमाडौँमा घरबार भएको, प्रतिष्ठित मध्यमवर्गीय परिवारमा जन्मिएर हुर्किएको, उतिबेलाको हिसाबमा शिक्षित व्यक्तित्व, भिन्नभिन्न कालखण्डमा कुनै न कुनै जागिरमा लागेको, अल्पकालकै लागि भए पनि शिक्षामन्त्री भइसकेको र ट्युसन पढाउनबाट फुर्सद नभएको नेपालीलाई गरिबको चित्रण गर्नु भनेको नेपालको गरिबीलाई नचिन्नु नै हो । लक्ष्मीप्रसाद देवकोटाका सन्दर्भमा गरिबीको पाटोलाई चर्चा नगर्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ । गरिबीको धरातलमा महाकवि देवकोटालाई सहानुभूति दिनु राम्रो हुँदैन । महाकवि सहानुभूतिको पात्र होइन, सम्मानको पात्र हो । उनले नेपाली साहित्यमा दिएको योगदानका कारण मात्र उनी सम्मानका पात्र हुन् ।

नेपाली साहित्यका महाकविका बारेमा जति लेख्ता पनि थोरै हुन्छ । भारतका महापण्डित राहुल सांकृत्यायनले एक्लो नेपाली साहित्यका देवकोटा हिन्दी साहित्यका पन्त, प्रसाद र निराला हुन् भनेर दिएको सम्मान नै लक्ष्मीप्रसाद देवकोटाको यथार्थ परिचय हो । महाकविका बारेमा मैले केही लेख्न खोजेको होइन, मैले नेपाली साहित्यका मणिरत्न लक्ष्मीप्रसाद देवकोटाप्रति थोरै शब्दको श्रद्धाञ्जली मात्र अर्पण गर्न खोजेको हुँ ।

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px