मधुपर्क, २०६६ कात्तिक
 
कालजयी खण्डकाव्यः मुनामदन
-शिवप्रसाद भट्टराई
 

नेपाली काव्य साहित्यमा स्वच्छन्दतावादी भावधारालाई प्रवेश गराउने महाकवि लक्ष्मीप्रसाद देवकोटा -१९६६-२०१६) को 'मुनामदन' खण्डकाव्यलाई सबैभन्दा बढी मन पराइएको कृतिको रूपमा लिने गरिन्छ । उनका 'लुनी', कुञ्जिनी, 'म्हेन्दु' आदि अन्य खण्डकाव्यहरू पनि उत्कृष्ट र पठनीय छन् तर पनि यी खण्डकाव्यहरूका तुलनामा नेपाली समसामयिक समाजको समग्र पक्षको स्वच्छ चित्रण एवं देश, काल र वातावरण सम्बद्ध यथार्थको प्रकटीकरण जति र जुन मात्रामा 'मुनामदन' मा पाइन्छ, त्यति उनका अन्य खण्डकाव्यमा पाउन सकिँदैन । त्यसैगरी 'शाकुन्तल', 'सुलोचना', 'प्रमिथस', 'पृथ्वीराज चौहान', 'महाराणा प्रताप' आदि उनका महाकाव्यहरूले पनि नेपाली काव्य साहित्यलाई निकै ऋणी तुल्याएका छन् । यी यथार्थका बीच पनि उनका प्रत्येक निबन्ध र त्यसभन्दा पनि बढी 'मुनामदन' खण्डकाव्यमा नै उनको कल्पनाशक्ति र साहित्यिक क्षमताको सर्वोत्कृष्ट परिचय पाउन सकिन्छ ।

हुनसक्छ यिनै कारणहरूले गर्दा नै आˆनो जीवनको अन्तिम समयमा स्वयं महाकवि देवकोटाले 'मुनामदन' बाहेक मेरा अन्य सारा कृति जलाइदिए हुन्छ भनेर आˆना अनेकौं उत्कृष्ट सिर्जनाहरूमध्ये 'मुनामदन'लाई बचाएर राख्न विशेष अनुरोध गरेको पाइन्छ । नेपाली साहित्यका अनुरागी पाठक र सर्वसाधारणले समेत यसलाई अत्यन्तै मन पराउनु र आजपर्यन्त पनि वर्षैपिच्छे सबैभन्दा बढी बिक्री हुने पुस्तकमा 'मुनामदन' नै पर्नसक्नुले पनि यो खण्डकाव्य स्वयंमा नेपाली खण्डकाव्य क्षेत्रकै अत्यन्त उत्कृष्ट र कालजयी खण्डकाव्य बन्नपुगेको छ ।

'मुनामदन' खण्डकाव्यमा पोखिएको जीवनûदर्शन, ईश्वरप्रतिका आस्था र विश्वास, मानव र उसका विविध स्वरूप, चरित्र र कार्य, घात-प्रतिघात, राष्ट्र र राष्ट्रियता, प्रकृतिप्रेम जातिप्रेम, मानव-धर्म, देशमै केही गर्ने जोश, जाँगर, आत्मविश्वास र हिम्मत भए पनि गरिबी, अभाव र पछौटेपनको कारण विदेश पस्न बाध्य र विवश हुनुपर्ने किसिमको युवाहरूको दारुण परिस्थिति, विकृति र विसङ्गतियुक्त मानव जीवनको चर्चा र चित्रण आदि 'मुनामदन' खण्डकाव्यमा राम्ररी अभिव्यक्त हुन पुगेको छ । यसरी यो खण्डकाव्यमा नेपाल र नेपाली जनजीवनको समग्रता छ र यसकै सापेक्षतामा जीवन-भोगाइका विविध उहापोहमाथि पनि राम्रो प्रकाश पारिएको छ । महाकवि देवकोटाको 'मुनामदन' खण्डकाव्यमा निम्न यथार्थहरू अभिव्यक्त हुन पुगेका पाइन्छः-

-क) जीवन-दर्शन

जीवन भनेकै कुनै पनि प्राणीको जन्मदेखि मृत्युसम्मको अवधि हो भने जीवनबारे गरिएको चिन्तनयुक्त विचार नै जीवन-दर्शन हो । यसकै सापेक्षतामा जीवन र जगत्को रहस्यमय यथार्थलाई मानिसले राम्रोसँग बुझ्ने प्रयास गर्नुपर्छ । आˆनो जीवन चर्चालाई पनि तदनुरूप ढाल्न सक्नुपर्छ । जीवनलाई हेर्ने र बुझ्ने मानिसको दृष्टिकोण जस्तो हुन्छ, जीवन पनि त्यस्तै हुन्छ । त्यसैले मानिस जीवनवादी हुनुपर्छ । सत्कर्मबाट नै मानिसले आˆनो जन्म र जीवनलाई सार्थक तुल्याउन सक्छ । त्यसैले देवकोटाले आˆनो 'मुनामदन' खण्डकाव्यमा प्राणीहरूमध्ये सर्वश्रेष्ठ र चेतनशील मानिएको मानिसलाई आˆनो शरीरमा एक मुठी सास रहँदासम्म पृथ्वीमा सत्कर्म गर्न सल्लाह दिँदै लेखेका छन्ः-

पृथिवीभित्र रोपेको बीउ स्वर्गमा फल्दछ,

दिएको जति पृथिवीभित्र माथि नै मिल्दछ ।

वास्तवमा भन्ने हो भने आजको वैज्ञानिक भौतिकवादी प्रगति पनि गीता-दर्शनको यो शक्तिमा कुनै परिवर्तन ल्याउन सकेको छैन । यसले के प्रमाणित गर्दछ भने हाम्रो अध्यात्मवादी जीवन दर्शनको प्राचीनता आजको एक्काइसौँ शताब्दीको समय-सन्दर्भमा पनि असङ्गदिग्ध रूपमा नै सिद्ध छ किनभने यो विविध सांस्कृतिक सूत्रहरूको अन्वेषणबाट नै जीवन-दर्शनका रूपमा उपयोग र उपभोग हुँदै खारिँदै गएको एउटा उत्कृष्ट पूर्वीय दर्शनको रूपमा विश्वमा नै परिभाषित हुनपुगेको देखिन्छ । 'मुनामदन' को उपर्युक्त कवितामा पनि यही जीवन दर्शन परिभाषित भएको छ र यसले प्रत्येक मानिसलाई जीवनवादी र कर्मशील बन्न सल्लाह पनि दिएको छ ।

-ख) ईश्वरप्रतिको आस्था

कसैकसैले महाकवि देवकोटालाई अनिश्वरवादी व्यक्तित्वको रूपमा पनि चर्चा गर्ने गरेको पाइन्छ । यस परिप्रेक्ष्यमा उनका समग्र कृतिहरूमा कहीँ कतै पनि उनी अनिश्वरवादीका रूपमा देखा पर्दैनन् । उनी ईश्वरवादी र आस्तिक नै देखापर्छन् । उनमा ईश्वरलाई हेर्ने, चिन्ने, बुझ्ने र मान्ने दृष्टिकोण मात्र फरक रहेको पाइन्छ । उपासना र साधनाको गहिराइलाई बुझेर मात्र मानिसले ईश्वरको पूजा-आराधना गर्नुपर्ने मान्यता उनले अगाडि सारेका छन् । ईश्वर भनेको के हो ? सत्य नै ईश्वर हो । सत्य जहाँ हुन्छ, ईश्वर त्यहीँ हुन्छ । त्यसैले ईश्वरलाई चिन्न देख्न र बुझ्न विश्वब्रहृमाण्डलाई बुझ्नुपर्छ । यसलाई बुझ्न छालाका आँखा वा बाहिरी आँखा मात्र पर्याप्त हुँदैनन् । यसका लागि मानिसले आˆनो भित्री आँखा वा ज्ञानका आँखा उघार्न सक्नुपर्छ भन्ने तथ्यमा उनका अनेकौँ कृतिहरूले प्रकाश पारेका छन् । 'मुनामदन' खण्डकाव्यमा पनि उनको ईश्वरप्रतिको दृष्टिकोण अझ प्रखररूपमा अभिव्यक्त भएको छ । मुनाले विदेश गएका मदनलाई सम्भिmँदै गरेको अवस्थामा 'मुनामदन' खण्डकाव्यमा पनि उनको ईश्वरप्रतिको आस्था यसरी अभिव्यक्त हुनपुगेको छः-

हे पशुपति Û हे गुहृयेश्वरी ÛÛ प्याराको गाथमा,

नबनोस् धूलो, नबिझोस् काँडा, मङ्गल होस् साथमा ।

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px