मधुपर्क, २०६६ कात्तिक
 
महाकविः अमेरिका र वेद मेहता
-गोविन्द गिरी प्रेरणा
 

सन् २००२ को कुनै महिना वाशिङ्गटन डी.सी.को जर्ज टाउनमा अवस्थित वर्निस एण्ड नोवल पुस्तक गृहमा भारतीय अमेरिकी लेखक वेद मेहतासँग भेट गर्ने अवसर जुरेको थियो । उनको नव प्रकाशित पुस्तकको बजारका लागि पुस्तकाश पढ्ने सिलसिलामा । कार्यक्रम सकिएपछि मैले उनीसँग कुरा पनि गर्ने अवसर पाएँ । मैले आˆनो नाम बताएर म नेपाली हुँ भन्ने बित्तिकै उनले मेरो हात समातेर भने- 'मैले नेपालको महाकवि देवकोटालाई भेटेको छु । उनको बारे पुस्तकमा लेखेको पनि छु । '

मैले झलक्क माइकल हटलाई सम्झेँ-सन् १९९२ मा म बेलायत भ्रमणमा जाँदा माइकल हटले उनको विश्वविद्यालयमा बोलाएका थिए । कुरै कुरामा महाकवि देवकोटाको प्रसङ्ग निस्कियो । अनि उनले भनेँ 'महाकवि देवकोटा मृत्यु शय्यामा छँदा डम मोरियस र वेद मेहताले भेटेका थिए । उनीहरूले आ-आˆनो पुस्तकमा त्यस विषयमा लेखेका छन् । म त्यसको फोटोकपी तपाईंलाई दिन्छु ।'

उनले ती अंशको फोटोकपी दिएका थिए । त्यो अझै काठमाडौँमा मसँग सुरक्षित छ ।

तर पछि इमेलमा वेद मेहताले सोधे-

'वाकिङ द इण्डियन स्टि्रट पढेको हो ?' पढेर केही प्रश्न छ भने सोध्न सकिन्छ ।

मैले पुस्तक खोजेँ । सन् १९६१ मा प्रकाशित सो पुस्तक बजारमा सहज उपलब्ध नहुने रहेछ तर प्रयोग भइसकेका पुस्तकको बजारमा भने पाइयो र मगाएँ ।

वास्तवमा वेद र डोमलाई काठमाडौँ पुर्‍याउने श्रेय भने हान सुइयानलाई दिनुपर्छ । उनले एकदिन भन्छिन् -

'मर्नुअघि एकपल्ट काठमाडौँ हेर्नैपर्छ ।'

हानको यही भनाइले डोम र वेद काठमाडौँ जाने निर्णयमा पुगेका थिए ।

डोमका पिता नेपालका 'ए' क्लासका राणा जर्नेलसँग परिचित थिए र उनकै आतिथ्यमा डोन र वेद काठमाडौँमा बस्ने प्रबन्ध हुने भयो ।

उनीहरूको यात्रा तत्कालीन समयको विमान डकोटा अर्थात् डी.सी.३ मा दिल्लीबाट आग्रा र वनारस हुँदै भएको थियो ।

काठमाडाँै बसाईको क्रममा एकदिन एक नेपाली कविको घरमा साहित्यिक जमघटको आयोजना गरिन्छ र कविता वाचन कार्यक्रम पनि हुन्छ । नेपाली र अङ्ग्रेजीमा कविता वाचन हुन्छ ।

त्यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाकोे चर्चा हुन्छ । एक जनाले भन्छन्- उनले जति नेपाली साहित्यको इतिहासमा कसैले योगदान गरेका छैनन् । उनी महान् प्रतिभा हुन् । उनी यो मुलुकका गहना हुन् । उनले गर्दा नै हामी प्रख्यात भयौँ । आदि, इत्यादि ।

त्यस जमघटमा देवकोटाको उपस्थिति अनुभव हुन्छ । अनि वेदले सोध्छन्- 'उहाँ कतिबेला

आउनुहुन्छ ?'

प्रत्युत्तरमा वेदले सुन्छन्-ओहो Û तपाईंलाई थाहा छैन ? उहाँ त पशुपतिनाथमा मृत्यु शय्यामा हुनुहुन्छ ?

जर्नेलले डोम र वेदलाई घुमाउन खटाएका राजकुमारले उनीहरूलाई पशुपति आर्यघाट पुर्‍याउँछन् जहाँ देवकोटा क्यान्सरको पीडाले अखण्ड पीडामा हुन्छन् । देवकोटा उनीहरूलाई भेटाउन लगेकोमा राजकुमारलाई धन्यवाद दिन्छन् ।

वेदको कथन अनुसार देवकोटाले भने- ''मृत्युको सन्दर्भमा हामी हिन्दूहरूभन्दा क्रिश्चियनहरूको ठीक छ । उनीहरू सङ्गीत बजाउँछन् र स्वर्गबाट दूतहरू पठाइएको विषयमा बताइन्छ र पादरीले नम्र शब्दमा स्वर्ग जाने विषयमा बताउँछन् तर हाम्रो पशुपतिले कुनै शान्ति दिँदैन । मेरो हृदय धाँजाधाँजा परिरहेछ । ''

'म दुई सय पाउण्डको थिएँ अहिले ९० पाउण्डको भएको छु । तपाईंहरूले जे देखिरहनुभएको छ, यो त अस्थिपञ्जर मात्रै हो । क्यान्सरले मलाई जलाइरहेछ । कुनै नर्क र अग्नि पनि त्यति खराब हुँदैन जति यो छ । मलाई तपाईंहरू आशीर्वाद दिनहोस्, यौटा मर्न लागेको मानिसलाई आशीर्वाद दिनुहोस् Û' देवकोटाले उनीहरूलाई भने ।

यसबीच उनलाई बरफले सेकिँदै थियो र देकोटाले भने ''यसले अलिकति राहत हुन्छ । यो क्यान्सर जतिको पीडादायी दुनियाँमा अरू केही छैन । ''

महाकवि देवकोटाले भनेका छन्- म कवितामै कुरा गर्न सक्छु । साँच्चै उनी साहित्यकै लागि पैदा भएका थिए र क्यान्सरले अग्नि दहन गरिरहँदा पनि उनको नेपाली साहित्यप्रति नै चिन्तन जारी थियो ।

महाकवि आफूले अनुवाद गरेको सङ्कलन कस्तो छ त्यो जान्न उत्सुक हुन्छन् मृत्यु शय्यामा पनि । त्यो इन्द्रेनी पत्रिकाको अप|mो एसियाली अङ्क थियो, कविताङ्क जसमा नेपाली र अङग्रेजी दुवै भाषामा कविताहरू प्रकाशित थिए र धेरैजसो अनुवाद महाकवि देवकोटाको थियो । त्यसमा अनूदित कतिपय कविताहरू निबन्धकार शङ्कर लामिछानेको ताहाचलको डेरामा भएको तथ्य शङ्कर पत्नी रत्ना लामिछाने अझै सम्झना गर्छिन् ।

क्यान्सरको असहृय पीडाका बीच मृत्यु शय्यामा देवकोटा भन्छन्- ''तपाईंहरूका केही हरफहरू सुनाउनुहोस् न Û हुन त म बुझ्न नसकुँला नभए तपाइर्ंहरूले सङ्क्षेपमा बताउनु भए पनि हुन्छ । ''

डोमले कविता सुनाउँछन् 'डोरोशीलाई पत्र' अनि कविताहरू, पहाडका विषयमा, देवदूत, प्रेम र साहसको बारेमा ।

यी कविता श्रवण गरिसकेपछि देवकोटाको प्रतिक्रिया थियो- 'तपाईंहरूको जस्तो अङ्ग्रेजीमा मेरो पकड भएको भए Û .... तपाइर्ंहरू जस्तैले नेपाली सिक्नुपर्छ र हाम्रो साहित्य विश्वका लागि अनुवाद गर्नुपर्छ । हामीसँग भावना छ तर भाषा छैन । '

यसैबीच महाकवि विस्तारै लोलाउँछन् अनि अचेत हुन्छन् । डम र वेदले प्रत्यक्ष बिदावारी हुने अवस्था रहँदैन ।

वेद मेहता अहिले न्यूयोर्कमा बस्छन् । उनी अझै देवकोटाको सम्झना गर्छन् ।

देवकोटालाई जीवनकालमा अमेरिका आउने अवसर जुरेन । अप|mो एसियाली लेखक सङ्घको तासकन्द सम्मेलनका लागि तत्कालीन सोभियत रूस पुगेका थिए तर सन् १९८० मा न्यूयोर्क, अमेरिकाको कोलम्बिया विश्वविद्यालय छापाखानाले डेविड रूविनद्वारा अनूदित कवितासङ्ग्रहको पुस्तक 'नेपाली भिजन्स, नेपाली डि्रम्स' युनेस्कोको स्वीकार्यमा प्रकाशित भयो । यो पुस्तक नै कुनै पनि नेपाली कविको अमेरिकाको विश्वविद्यालय छापाखानाले प्रकाशित पहिलो र हालसम्म अन्तिम पुस्तक हो ।

हालः अमेरिका

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px