मधुपर्क, २०६६ कात्तिक
 
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
-प्रा. गोपीकृष्ण शर्मा
 

महाकवि लक्ष्मीप्रसाद देवकोटा -१९६६-२०१६) प्रकृतिका कवि हुन् । यिनका प्रायः कविता-काव्यहरूमा प्रकृतिको महिमा गाइएको छ । सुन्दरीजल, सन्ध्या, झञ्झाप्रति, रानीवनमा, ज्वरशमना प्रकृति आदि कविताहरू प्रकृतिकै महìव दर्शाउने गरी प्रस्तुत भएका छन् । कुञ्जिनी, म्हेन्दु, लूनी आदि खण्डकाव्य र शाकुन्तल, वनकुसुम आदि महाकाव्यहरूमा कविले विभिन्न कोणबाट प्रकृतिको महिमागान गरेका छन् । शान्त-स्निग्ध प्रकृतिका साथै उग्र-क्रूर प्रकृतिको चित्रण पनि यिनका काव्यमा पाइन्छ । महाकवि देवकोटाले तन्मय र मन्मय दुवै खालका प्रकृतिको प्रयोग गरेका छन् । नेपाली कविता साहित्यमा लक्ष्मीप्रसाद देवकोटा शिखर पुरुष हुन् । त्यसैले उनले चराहरूजस्तै कविले बोल्नुपर्छ भन्ने कविवैशिष्ट्यको उल्लेख गरेका छन् । 'चराको बोली पछ्याउने देवकोटा प्रकृति प्रयोगका अविजेय प्रतिभा हुन् ।

आˆना पिता कवि पं. तिलमाधव देवकोटाको आनुवंशिक संस्कार, संस्कृत तथा मूलतः अङ्ग्रेजी शिक्षाको प्रभाव र समसामयिक कवि-लेखकको सहसम्पर्कका साथै भाषानुवाद परिषद्मा लेखकका पदमा नियुक्ति हुनाले पनि लक्ष्मीप्रसाद देवकोटाको कविता लेखनमा तीव्रता आएको देखिन्छ । औपचारिक शिक्षातर्फ बी.ए., बी.एल. उत्तीर्ण गरेका लक्ष्मीप्रसाद देवकोटाको अङ्ग्रेजीमा एम. ए. गर्ने धोको चाहिँ पारिवारिक कारणले समेत अधूरै रहृयो । केही संस्कृत शिक्षा र बढी मात्रामा अङ्ग्रेजी शिक्षाको प्रभावले पनि उनलाई काव्यसिर्जनातर्फ सक्रिय तुल्यायो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले थोरै समयावधिमा पनि धेरै काव्यकृतिहरूको रचना गरे । यिनका प्रकाशित कृतिहरूमा पाँच महाकाव्य, बाह्र खण्डकाव्य र एक खण्डकाव्यसङ्ग्रह, बाह्र कवितासङ्ग्रह, दुई निबन्धसङग्रह, दुई नाट्यकृति, एक कथासङ्ग्रह, एक उपन्यास र एक समालोचना सङ्ग्रह गरी सैंतीस पुस्तकाकार साहित्यिक कृतिहरू छापिइसकेका छन् । यीबाहेक देवकोटाद्वारा नेपाली भाषामा अनुवाद गरिएका कृति पनि प्रकाशित भएका छन् । यिनको 'शाकुन्तल' शीर्षक अङ्ग्रेजी महाकाव्य पनि प्रकाशित छ । यसबाट महाकवि देवकोटाको निरन्तर सिर्जनशीलता र आँसु लेखनका पक्षहरू पनि स्पष्ट हुन्छ्न ।

कविताविधाबाट नै लक्ष्मीप्रसाद देवकोटाको साहित्य यात्रा थालनी भएको हो । १० वर्षकै उमेरमा १९७६ सालमा उनले 'घनघोर दुःख सागर' भन्ने दुईहरपे कविता लेखेका थिए । प्रकाशनतर्फ भने लक्ष्मीप्रसाद देवकोटाको 'पूणिर्माको जलाधि' भन्ने कविता 'गोरखापत्र' -१९९१ मङ्सिर १५) मा र 'गरिब' भन्ने कविता 'शारदा' -१९९१, वर्ष १ सङ्ख्या १) मा सर्वप्रथम देखापरेका हुन् । १९९२ सालमा लक्ष्मीप्रसाद देवकोटाको सर्वाधिक लोकपि्रय खण्डकाव्य 'मुनामदन' को प्रकाशन भयो । स्वच्छन्दतावादी प्रकृतिअन्तर्गत आत्मपरकता, प्रकृतिप्रेम र गीतिमयताजस्ता पक्षहरू रहन्छन् । यही प्रवृत्तिले पनि लक्ष्मीप्रसाद देवकोटालाई प्रकृतिको प्रेमीका रूपमा प्रस्तुत गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविता र काव्यहरूमा मनग्गे प्रकृति प्रयोग पाइन्छ । यिनको 'वनकुसुम' महाकाव्य चाहिँ प्रकृति प्रयोगका दृष्टिले पनि विशेष उल्लेख्य छ ।

'वनकुसुम' को रचना २०००-२००३ सालको बीचमा भएको अनुमान छ । यसको प्रकाशन भने साझा प्रकाशनबाट सर्वप्रथम २०२५ सालमा भयो । यो छन्दोबद्ध महाकाव्य हो र यसमा दस सर्ग छन् । वनकुसुम वनमा फुल्ने फूल हुँदै हो, यहाँ 'वनकुसुम' वनमा नै रमाउने एउटी किशोरी हुन् । सहरिया परिवेश र सौतेली षड्यन्त्रबाट अत्तालिएका युवराज उत्तम -कतै नरेन्द्र पनि) वनमा विश्रान्तिका लागि जान्छन् र झरनामा नुहाइरहेकी १७ वर्षे किशोरी वनकुसुमलाई देखेर उतै भुल्छन् । पछि पुरुषको भेषमा आएकी मन्त्रीपुत्री प्रतिमाले सहरमा फर्काउन खोज्दा पनि उत्तम मान्दैनन् । अन्त्यमा युवा सेनापति मदन र कान्छी रानी मन्दारिकाको षड्यन्त्रको भण्डाफोर हुन्छ र कान्छी रानी आत्महत्या गर्छिन् । युवराज उत्तम सहरमा देखिन्छन् मात्रै । यसरी उत्तमको सारा जीवन वनमै रमाएको छ र प्रतिमाले समेत आफू मर्ने बेलामा उत्तमको विवाह वनकुसुमसँगै हुनु पर्छ भनेकी हुन्छे । यसरी जालझेल र षड्यन्त्रको सहरिया जीवनभन्दा प्रकृतिकै आधिपत्य रहेको ग्रामीण जीवन नै उत्तम छ भनेर 'वनकुसुम' काव्यले वन्य जीवनको प्रशंसा गरेको छ ।

'वनकुसुम' महाकाव्यमा विभिन्न कोणबाट प्रकृतिको प्रयोग छ । यहाँ वस्तुपरक प्रकृति चित्रण पाइन्छ नै, ठाउँठाउँमा आत्मपरक प्रकृति चित्रण पनि छ । तन्मय वा वस्तुपरक प्रकृतिको सुन्दर छटाको वर्णनमा कविले धेरै

पङ्क्ति लेखेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले कतिपय ठाउँमा प्रकृति चित्रण यसरी गरेका छन्ः

उँचा परी कुसुम शोभित छन् अटाली

हेर्दा सुवर्ण धन सुन्दर शृङ्गमाली ।

उद्यानका उपर ती बहुल प्रसून

कुँज्छन् विहङ्गम जहाँ सुखमा नवीन ।।

-प्रथम सर्ग ८)

छुन्छिन् उषा कुसुम धेर गुलाफ पारी

छुन्छन् सुवर्ण धन हेम प्रसून भारी ।

त्यो स्वर्गको धनु रँगाउँछु फूलबारी

र्झछन् सुगन्ध छविका पथमा तयारी ।।

-प्रथम सर्ग ५१)

कर हरा जसमा मधुरा चरा

मृदु कुरासित च्याँपन आँकुरा

रुचि र चञ्चु चलाउँदछन् चली

विटप छन् ढकमक्क ढलीमली ।।

-द्वितीय सर्ग ३७)

प्रत्येक सर्गमा यस खालका तन्मय प्रकृति चित्रणका उदाहरणहरू यहाँ पाइन्छन् । 'वनकुसुम' महाकाव्यमा कथानकलाई प्रकृति चित्रणको आधारभूमिका रूपमा राखिएको छ । प्रकृतिको महिमा स्पष्ट पार्न सहरिया जीवनलाई धोका र षड्यन्त्रका रूपमा प्रस्तुत गर्दै ग्रामीण जीवनलाई विशेष महìव दिइएको छ ।

पर्वतमा बादलबाट झरेका जलरेखाले राजदरबार नै बनेछ कि भनी उत्प्रेक्षा गरिएको एउटा श्लोक हेरौँः

जलदका जल-मूल मनोहर, बुनिन गै गिरिबीच बनी घर ।

तलझरी थलमा अतिसुन्दर बनिगएछ कि यो नृपमन्दिर ।

-द्वितीय सर्ग १३)

वनकुसुममा मन्मय प्रकृति प्रयोग पनि धेरै ठाउँमा देखा परेको छ । महाकवि देवकोटाले प्रकृतिमा जीवन देख्छन् र मानवीकृत प्रकृतिको प्रयोग गर्छन् । छहराले साउती गरेको हुन्छ, फूलहरू गुनगुनाउँछन्, भवँराले साथ दिएका हुन्छन् । कतै फूलमा चराको आरोप र कतै चरामा फूलको आरोप हुन्छ । केही उदाहरण हेरौँः

उड्छन् कुनै कुसुम ती चिडिया बनेर

फुल्छन् कुनै विहग बोट चडी झुलेर ।

मेघै विना किरण भै धनु इन्द्ररड्ढी

बन्दै फुटेर भुइँ बन्दछ चारु ढड्ढी ।।

-प्रथम सर्ग, २६)

किल्लातुल्य पहाडनीलहरूले छन् जो सदा वेष्टित

झनदिउन् वहारका प्रकृतिका ती वन्य सौन्दर्यमा ।

पाई रत्न लडी हीरा लडिबडी मोती झरेका गुडी

चाँदी कल्कल चल्मले लहरमा क्या मख्ख फसाउँछन् ।।

-पञ्चम सर्ग ३०)

महाकवि देवकोटाले सुकुमार र शान्त स्निग्ध प्रकृतिको प्रयोग गरेका छन् नै, कतिपय ठाउँमा क्रूर-विद्रोही प्रकृतिको प्रयोग पनि छ । राजाको हत्या गर्ने उद्देश्यले कान्छी रानीले सर्वतमा विष मिलाएर खुवाएको प्रसड्ढमा यहाँ प्रकृति पनि क्रूर विहृवल बनेको देखिन्छः

झरिन सन्ध्या वन्ध्यासरि अचल अन्धा शिखरमा

छुट्टी धन्दा फन्दा जन मुदित बन्दा पहरमा ।

अँध्याराका धारा निशिसँग फुहारासरि झरे

रुँदा तारा सारा पिलिपिलि सहाराविनु मरे ।

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px