मधुपर्क, २०६६ कात्तिक
 
सपूत राष्ट्रको
-ललिता 'दोषी'
 

छोरा हुनु तिमीजस्तो सपूत राष्ट्रको

तिम्रै नामले पनि उठ्छ शिर देशको

नेपालीका गहभरि छ तिम्रै तस्बिर आज

धन्य लक्ष्मी तिमीले राख्यौ जन्मेको लाज ।

नेपालीका धुकधुकीहरूमा तिमी सुस्तरी चल्मलाउँछौँ

रवि, शशी तिमी, तिमी किन पो बिलाउँछौँ

लाग्छ छहरा, पहरा आज तिम्रै गीत गाउँछन्

मोती दन्त देखाउँदै हिमाल मुस्काउँछन् ।

लक्ष्मी, लक्ष्मी भन्दै लाग्छ पहाड जुरमुराउँछ

थकित बटुवा पनि तिम्रै गीत गुनगुनाउँछ

मेरो लक्ष्मी पुनः जन्म भन्दै आमा कोक्याउँछिन्

तिम्रै सम्झना धर्ती लाग्छ गह रुझाउँछिन् ।

लहरा, पहरा, छहरा लाग्छ तिम्रै सम्झनामा टोलाउँछ

कुहूकुहूँ गर्दै कोइली लाग्छ तिमीलाई बोलाउँछ

मणिरत्न तिमी, हौ अजम्बरी फूल

भुल्ने छैन नेपालीले तिम्रो अमूल्य गुण ।

-बुद्धनगर, काठमाडौँ

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px