मधुपर्क, २०६६ कात्तिक
 
म शून्यमा शून्यसरी बिलाएँ
-भानुभक्त पोखरेल
 

भुली स्वयं सिर्जन सावधानी

गरेर आफैँप्रति बेइमानी

बतासिई स्वप्निल कल्पनामा

न लागि हे, संयम साधनामा

गरी सधैँ हड्बड गड्गडाएँ

म शून्यमा शून्यसरी बिलाएँ ।

'निर्माण हो काव्यकला, परिष्कृति-

चाहिन्छ, चिल्ल्याउनुपर्छ निर्मित

टिक्तैन रे अस्थिर, हड्बडे कवि

मैल्याइ आˆनै कृतिकर्मको छवि,

भन्ने बुझेरै पनि गड्बडाएँ

म शून्यमा शून्यसरी बिलाएँ ÛÛ

हुँदाहुँदै सागरतुल्य पानी

छँदाछँदै मन्दरको मदानी

रहेन मेरो स्थिर स्वानुभाव

आँधी-समाधिप्रति भेदभाव,

जतासुकै लर्बर लर्बराएँ

म शून्यमा शून्यसरी बिलाएँ ।

लगाम आफैँ नसकी समाउन

गरेर आˆनै शतचूर्ण खण्डन

विना महामन्थन, स्वाऽनुशासन

भुìयाइ सत्सिर्जन-चेत, चिन्तन

सुरम्य सङ्लो नबनी सुसाएँ

म शून्यमा शून्यसरी बिलाएँ ।

'नसङ्लिँदा भाव-विचार-पोखरी

प्रयोग यद्वा विनियोग निर्झरी-

आधाउधी घट्तछ शक्ति वीरको

प्रभाव यद्वा प्रतिभा अधीरको'

भन्ने कुराको बनियो निदर्शन-

मेरो महाप्रतिभा शक्ति, सिर्जनÙ

बुझी-बुझी आसन डग्मगाएँ

म शून्यमा शून्यसरी बिलाएँ ।

बेला बिताएपछि चाल पाई

आˆना सबै भूल रुँदै सकारी

हेरी धरा, आँसु पिरा खसाएँ

म शून्यमा शून्यसरी बिलाएँ ।

-यो शीर्षकीय पङ्क्ति महाकवि देवकोटाको मरणासन्न अवस्थाको उद्गार हो ।)

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px