पूर्वी दिशाको प्रणयपताका
बोकी, फैली फरफर फर्फर !
हृयूँचुली पग्ली र्झन सिपालु
चेतनाताका झरना झर्झर !
पश्चिम उड्ने प्वाँख सजाई
नाग्बेलीका घुम्तीहरूमा !
सजल सजेको मानवताको
बत्ती बलेको एक कलामा !
कल्पतरुझैँ कलरवधुनमा
कल्पनाका चञ्चु उघारी !
फैली शाखा शाश्वत युगका
भाका खोल्ने जलको झारी !
पोथ्रा सिञ्ची वागहरूमा
फक्री गुलाफी पत्र हजार !
प्रजातन्त्रको बत्ती बलेको
हेर्न उजेलो सब संसार
आर्तहरूका आँचल पक्री
मलम लगाई हिँड्न तयार Û
कलियुगको ऊ मानव बत्ती
नवभाकाको उच्च निधार Û
टललल टल्क्यो झलल झल्क्यो
उद्बोधनको विद्युत् तार Û
तरङ्गहरूमा तैरीतैरी
भवको खिच्दै भावुक सार Û
सललल सङ्लो दिलको खोली
तनको छोप्यो तातो धार Û
चेतनाताका ज्वार उफारी
सागर छल्क्यो छलछलछल् Û
बालु किनारा भित्र उमार्यो
अक्षरहरूका बिरुवा कोमल Û
बिरुवावयमा कतिकति फक्रे
रागसुवासी सुन्दर सार Û
यमुना किनारा टुकुटुकु दौड्यो
प्रणयलताका पक्री धार Û
शाहजाहँको सुन्दर खोपी
ज्वरशमनाको खोली द्वार Û
यसजगमा ऊ तप्क्यो तपतप
शीत सजाई, बाजु बजाई Û
गौरवगहमा लाई धाप
ताप बलेको अनलाग्निमा Û
हिमचुलीको ऊ एक धरोहर
तपतप पग्ली थपथप अग्ली Û
गगन छोई चुक्छ सरोहर
पग्ली पुग्दछ झोपडी चुम्न Û
फैली सवेरै झिल्का छर्न
प्रमिथसको ऊ दिव्य मुटु हो Û
एक्लै हिँड्दछ पीडा हर्न
अक्षर वनका कल्पतरुमा Û
मानवताका शाखालाई
दिव्य दयाका लहर लताका Û
धर्तीबाटै क्षितिज सजाई
किरणप्रभाका साथ ऊ ओर्ली Û
तिरमिर तारा फैलिरहेछ
फैलिफैली जनका मनमा Û
हिमचुलीजस्तै अग्लीरहेछ
अग्लीअग्ली भरना बन्दै Û
इन्द्रेनीमा पग्लीरहेछ
प्रजातन्त्रको प्रमिथस हो ऊ Û
अमरपताका फैलिरहेछ
भावहरूका दिलदिल भाका Û
सिमसिम झरीझैँ तैरिरहेछ Û
-ओखलढुङ्गा, बिगुटार