मधुपर्क, २०६६ कात्तिक
 
महाकविप्रति
-राधा बाँस्कोटा
 

मनमा राखेँ तनमा राखेँ शिरमा सजाएँ

सुरमा तिम्रो मिलाई लय बाँसुरी बजाएँ ।

उघारेँ आँखा मिलाई भाखा पाखामा नचाएँ

मृगका पाठा मयूर बुट्टे तिमीमै सजाएँ ।।

जे लेख्छु ऐले अक्षर तिमी स्वरूप तिम्रै यो

टलक्क टल्की झलक्क झल्की मसामु उदायो ।

ममात्र होइन सबैमा देख्छु स्वरूप तिम्रै त्यो

पूजाका थाली अक्षताभित्र तिमी नै सजेको ।।

अँधेरी रात उघारी ढोका ढोकाकै छेउमा

आरती बल्यौ उजेलो पारी दिलले दिलमा ।

मानवताका गाएर गीत संसार घुमेछौ

स्वतन्त्रताका पखेटाभित्र प्रकृति चुमेछौ ।।

पातको प्रीति फुकाई फर्फर प्रेमको संसार

गाउँमा ल्यायौ, बस्तीमा ल्यायौ प्रेम भो संसार ।

ठालुसिङ काँपे आलुसिङ काँपे सामन्त काँपेछन्

निरङ्कुश बाँच्ने शासक तिमै्र सामुमा काँपे झन् ।।

चन्द्रमा छोई कसम खायौ चन्दकै सामुमा

झल्मल बत्ती चन्द्रको जस्तै बालेर धर्तीमा ।

पूजारी तिमी हे प्रजातन्त्री Û प्रजाकै तन्त्रमा

जिन्दगी सारा समर्पण गर्‍यौ मानव मन्त्रमा ।।

गरिब रोए हसायौ हाँस्ने सामन्त रुवायौ

अन्यायी माथि बज्रझैँ बज्री न्यायलाई हँसायौ ।

पर्वाह केही गरेनौ आफ्नो आफूलाई रुवायौ

'रोएर आफू हँसाउने संसार' सन्देश सुनायौ ।।

नसके पनि उचाइँ चुम्न उडान तिम्रो त्यो

मनको मैलो पखाल्न हेर्छु उडान तिम्रो त्यो ।

असल तिम्रो सम्झेर मात्र रमाउँछ दिल यो

त्यो दिलभित्र यो दिल राखी अग्लन्छ माथि यो ।।

मनमा राखेँ तनमा राखेँ शिरमा सजाएँ

सुरमा तिम्रो मिलाई लय बाँसुरी बजाएँ ।

सबमा राखेँ सर्वाङ्ग तिम्रो दिलमा टसाएँ

उघाँर आँखा मिलाई भाखा गीतमा नचाएँ ।।

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px