मधुपर्क, २०६६ कात्तिक
 
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
-श्यामदास वैष्णव
 

'ज्योति-स्तम्भ' झैँ थिए उनी, उज्ज्वलता फैलाए- विचारले Û

सुधारवादी ध्येय लिएर 'दक्ष' बने व्यवहारले Û

"विचार घुस तेजिला, हृदयमा उज्यालो भर

अँधेर-निशिमा परेँ, किरण छाऊ हे सुन्दर Û"

भन्दै, शिव-सुन्दर भावले-भित्री चेत उघारेर Û

अथक परिश्रम कविले गरे-साहित्य-क्षेत्र सिँगारेर Û

धनी थिए चेतनताका उनी, लागिपरेथे 'ज्ञान-युद्धमा' ।

प्रभाव पर्न गएथ्यो सबतिर-शोषित, पीडित, प्रबुद्धमा ।

अमर बनेथ्यो उनको चिन्तन, कहलिए- 'लक्ष्मीप्रसाद' भनी Û

अपहेलित जीवनको उद्धार-गर्ने ठहरिन गए- 'गुनी' Û

पहाड, उपत्यका, तराई सबैतिर, 'कवि-नजर' पुगेको देखिन्छ ।

सबै जात र वर्गहरूकन-कृतिले ब्यूँझाएको पाइन्छ ।

पूर्वीय संस्कार भएका मान्छे, पश्चिमतिर पनि लागे हेर्न ।

शिक्षा, दीक्षा, पठन-युक्त भई, लागे 'अशोभनीयता' फेर्न ।

'भुलभुल कविता मूल फुटे' झैँ, उनको 'भाव-प्रवाह' फुटेथ्यो ।

प्रतिभाबाट छुटी छहरा, हृदय हृदयमा- 'स्पर्श' गरेथ्यो ।

उपत्यकाको गाथा उनले, छन्द झ्याउरेमा ब्यूँझाए ।

'मुना-मदन' को रचेर काव्य, घर-घरलाई 'द्रवित' तुल्याए Û

"ईश्वरको हाँसो पाएका फूल, छोएर नमार Û"

भनेर उनले अर्कै नै नयाँ देखाए संसार Û

पूर्वीय गौरव दर्शाउँदै- उनले रचेथे- 'शाकुन्तल' Û

मीठो लाग्छ भनी गाथा- थिए उठाएका यो भूतल Û

पश्चिमी जगत्तिर हेरी कविले- 'प्रमिथस' काव्य रचेथे ।

पूर्व र पश्चिम दर्शनलाई- उनले 'निकै' मथेथे ।

'ल्हुनी' र 'म्हेन्दु' सिर्जना गर्दै- शेर्पा र तामाङ वर्ग जगाए ।

गुँथेर गाथा- 'कुञ्जिनी'को, 'राउतहरूको' हाल खुलाए

आस्तिक-नास्तिकको गन्थन- 'सुलोचनामा' हेर्न सकिन्छ ।

बाहुन, राणा, क्षेत्रीहरूको गतिविधि जान्न र बुझ्न सकिन्छ ।

गोसाइँ-स्थानको निर्झर गान सुनेर उनले लेखे काव्य ।

उनको प्रतिभाले देखायो- 'सुन्दर प्रकृति' बनेको भव्य ।

'स्वदेश गौरव' दर्शाउँदै- उनले चिनाए विविध स्थान ।

'भरेर चेत' विशालताको, कविले गर्न खोजे उत्थान ।

वीरहरूको गाथालाई 'लक्ष्मीले' जगाएको पाइन्छ ।

वलिदानी, साहसीप्रति पनि कविले 'सम्मान' जताएको देखिन्छ ।

बोले धर्म- 'कुन मन्दिरमा 'पूजा' गर्छौ- आऊ Û'

मैले बोलेँ- "वीरहरू वलिदान भएको ठाउँ ।"

यस्ता उत्सर्गी भावमा- 'सेवालाई' महìव दिएर

विवेक र पसिना ठूलो ठानी उनी हिँडेथे- 'सत्य' भजेर Û

'वन कुसुम' फुलेको देखाएर, रज-नायक त्यहाँ पुर्‍याएथे ।

दन्त्य कथाको पारी भान, कविले काव्य उब्जाएथे ।

विविध प्रकारका 'रचना' रच्दै-शिक्षणतिर पनि बढे उनी ।

अदक्षलाई 'दक्ष' बनाई-उच्च गराउन भिडे उनी ।

स्वतन्त्रताको महिमा सम्झी, 'चौहान' र 'राणा प्रताप' जगाए ।

जस्तै आपत् आइपरे पनि, हिम्मत नहार्नुको 'होस' खुलाए ।

'शाहजहाँको' बुझेर इच्छा, 'ताजमहलतिर' दिए ध्यान Û

सहृदयताको व्यापकतामा, यिनका कृतिहरू भर्थे ज्यान Û

रजपूतहरूको साहस सम्झी, 'नाटक' रचिएथ्यो रमणी Û

अरावलीको सुन्दरतामा, 'भल्केथ्यो' 'जल दरबार' 'मणि' ।

स्वदेश-सुधारक शिक्षासेवी, लेख्न तपस्वीतुल्य उनी,

यत्रतत्र सगाइ हिँड्थे- 'हित-चिन्तक' भई, बनी 'सगुनी' ।

रोएको सारङ्गीमा देखे गायन गर्नेहरूको गीत ।

पिछडेका वर्गहरूमा उनले दर्शाएथे- आˆनो प्रीत ।

"के गरुँ त यसै सुतुँ ? अँध्यारैमा ? भन्थे- हजुर Û

हिमालमा जब 'धप्प' बल्दो देखिइन्थ्यो गजुर Û"

पग्ले 'सृजनघन' भनेर उनले- इन्द्रेणीको रङ खुलाए Û

यात्री बन्दै देश-विदेशको 'पुकार-पहाडी' पनि व्यक्ताए Û

शिक्षा अनि साहित्य-क्षेत्रले उनको धेरै नाम चलायो ।

'नेपाल नानीतुल्य छ' भन्दै 'लक्ष्मी निबन्धले' विश्व चिनायो Û

'ज्ञान-ज्योति' फैलाउन खातिर, बन्न गए 'शिक्षा मन्त्री' उनी Û

त्रिभुवन विश्वविद्यालयको साथै ठडियो 'प्रज्ञा निकाय' पनि Û

'हिमवत्खण्डी'- आदर्शसाथ पश्चिमको गुणलाई उघारी ।

भौतिक-आध्यात्मिकता दुवै-उग्राए उनले, खूब विचारी ।

सुनको बिहान उदाउने कुरा- बालक रमाउन गरेथे उनले ।

चरा र स्वर्गको मीठो गीत, उत्साह जगाउन कथेथे उनले ।

अङ्गे्रजी भाषामा भई प्रवीण, उनले त्यसमा पनि रचे कृति Û

अङ्ग्रेजीका प्रख्यात सिर्जना अनुवाद गरेर- थपे द्युति Û

नेपाल र नेपालीको गौरव, थियो 'रहर' बढाउने उनमा ।

रुस र अन्यत्र पुगेर पनि-देखाए चमत्कार सम्मेलनमा ।

'देश-सुधारक' उनी हुँदा, लागे-राजनीतितर्फ पनि ।

'हैरानी' भोग्न पर्‍यो यसबाट, घेरिन आए-धुर्त वैगुनी ।

धेरैले उनलाई 'ढाल' बनाए, चाहिने नचाहिने काम गराए ।

छलकपट र स्वार्थी घेरामा- उनको 'यश' जति धमिल्याए Û

'अभिशाप' हुन गयो गतिविधि सारा, यसबाट हुन गए 'डण्डित' पनि Û

घायल पछीतुल्य बनेर- हुन गए बडो 'पीडित' उनी Û

ईष्र्या द्वेषले थाल्यो डस्न, देखाए 'दोष' सहयोगीले नै ।

कुरा लगाई 'जाति' बन्ने- राखे इरादा उपयोगीले नै ।

तब लाग्यो उनलाई क्यान्सर रोग, कुपथ परेको ठानियो ।

सक्रिय हुन खोज्नेको 'आन्द्रा', भारततर्फ लगेर काटियो ।

'नेपालीमै' स्वदेशभर पढाउने उनको 'आदर्श' थियो ।

विषाक्त कारण बन्न गएर-यसबाटै क्लेश उब्जन गयो ।

खेद मनाए साराले तब- कुटिल काम हुन गएकोमा Û

'भौगोलिक त्रुटि भो' भने कसैले- 'गुणका वैरी' बढेकोमा Û

आखिर-निभ्न नै गए उनी, मर्न नचाहँदा नचाहँदै पनि ।

शिक्षक विद्यार्थीहरू झुमिए- 'अन्तिम दर्शन' गर्न भनी Û

गरियो प्रार्थना पुगी चितामा- "देवदूत हे महान्" भनेर Û

स्थानीय व्यक्तिहरू त्यहाँ झुके, गुम्यो उज्यालो भन्ठानेर Û

श्रमिक थिए कवि उपकारी, हेर्न खोज्दथे 'तम' खारी Û

कृतघ्नताको बनी शिकार, उल्टो 'दोषी' भई लाचार Û

मुटुको धुकधुक बन्द भएको, आर्यघाटमा चिता जलेको Û

देखे संवेदनशीलहरूले- 'सत्व मिटी' निर्द्वन्द्व भएको Û

आज पचासौँ वर्षपछि- कविको मनाउन लागिँदैछ 'शताब्दी Û

मरेपछि गुण देखिन थाल्यो, अवगत हुँदैछ उनको 'उपलब्धि' Û

'गुणको अन्त्य हुँदोरहेनछ'- भन्ने देखिन थाल्यो अहिले Û

भित्र घुसेको 'उज्ज्लताको'- सुकीर्ति फैलन थाल्यो अहिले Û

ज्वालामुखी विस्फोट भएथ्यो कविलाई पागल ठानिँदा,

छैटौँ इन्द्रीय बोलेथ्यो-रहस्य भित्री नजानिँदा ।

परिपञ्ची स्वार्थ विरुद्धमा जागृति- 'अभियान' थाल्नेलाई,

ठान्दै-ईशा, गान्धीतुल्य- गरिदोरहेछ पछि हाई हाई ÛÛ

गीतामा झैँ- सार कुरा जति ग्रहण गरौँ अब हामी सबले Û

'विकार' र 'विकृति' पन्छाएर- 'शुभ-चिन्तन' प्रबल गरौँ सबले Û

उपसंहार-

हानथापको खेलमा, पर्न गए कवि झेलमा ।

'मालिकवादी' परिपञ्चीको फस्नगए- ठेलमठेलमा Û च

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px